निर्वाचनमा निष्पक्ष पत्रकारितामा जोड

पाेखरा | कात्तिक ५, २०७९

निर्वाचनमा निष्पक्ष पत्रकारितामा जोड

पोखरा : आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको तयारी तीव्र छ । निर्वाचनको समयमा भ्रामक, दुष्प्रचार तथा द्धेष फैलाउने किसिमका समाचार आइरहेका हुन्छन् ।

 

त्यसैले निर्वाचनमा निष्पक्ष भएर पत्रकारिता गर्न सचेत गराउने उद्धेश्यले मिडिया एक्शन नेपालले देशका सात वटै प्रदेशमा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारका लागि निर्वाचनमा निष्पक्ष रिपोर्टिङ तथा दुस्प्रचार र घृणायुक्त अभिव्यक्तिको रोकथाम विषयक कार्यशालाको आयोजना ग¥यो ।   

 

विभिन्न चरणमा असोज १२ देखि सुरु भएको एक दिने प्रदेशस्तरीय कार्यशालाको अन्तिम दिन शुक्रबार गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पन्न भएको छ । कार्यशालाका सहजकर्ता तथा मिडिया एक्शन नेपालका अध्यक्ष लक्ष्मण दत्त पन्तले पत्रकारले विशेषत् निर्वाचनको समयमा समाचारको तथ्य जाँच पटक पटक गर्नुपर्नेमा जोड दिए । उनले निर्वाचनका बेला उम्मेदवार तथा राजनीतिक दलहरुले पत्रकारलाई माध्यम बनाएर आफ्नो प्रचारप्रसार गर्नसक्ने भएकाले पत्रकार अझ बढी चनाखो बन्नुपर्ने बताए । 

 

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले निर्वाचनको समयमा पत्रकार कुनै प्रलोभनमा नपरी सत्य समाचार बाहिर ल्याउनुपर्ने बताइन् । अहिलेसम्मको निर्वाचनमा गण्डकी प्रदेशमा अमर्यादित तथा भ्रामक किसिमका समाचार सम्प्रेषण कमै हुने गरेको दाबी गर्दै उनले पत्रकारिताको आचारसंहिता भित्र रहनुपर्नेमा सचेत गराइन् । 

 

मिडिया एक्शन नेपालका सचिव गनेश घिमिरेले पत्रकारले मानवअधिकारको मुद्धामा संवेदनशील र सन्तुलित भएर रिपोर्टिङ गर्नुपर्ने बताए । यस्तै कार्यशालाका सहजकर्ता मानवअधिकार विशेषज्ञ सन्तोष क्षेत्रीले डिजिटलाइज्ड समयमा पत्रकारका कारण दुष्प्रचार तथा द्धेष सजिलोसंग फैलन सक्ने जोखिम भएकाले शब्द चयन तथा समाचारको दृष्टिकोणमा संवेदनशील हुन पत्रकारलाई आग्रह गरे । 

 

सहभागि पत्रकार सुमन गुरुङले निर्वाचनमा राजनीतिक दल र भोटमात्र नभइ निर्वाचनका अन्य मुद्धामा पनि लेख्ने बताउदैं निष्पक्ष रिपोर्टिङ गर्ने प्रतिबद्धता जनाए । यस्तै रिना थापाले कार्यशाला फलदायी भएको भन्दै दुष्प्रचार हुनसक्ने जोखिमबाट सचेत भइ रिपोर्टिङ गर्ने बताइन् । कार्यशालामा २० जना पत्रकारको उपस्थिति रहेको थियो । 

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्