पहिलो वर्षमै लय समातेको ‘मानशा सहकारी’
पाेखरा | कात्तिक ५, २०७९
पोखरा : पोखरा वडा नं. १७, २१ र २२ कार्यक्षेत्र तोकी सेवा शुभारम्भ गरेको मानशा बहुउद्देश्यीय सहकारी संस्थाले स्थापनाको पहिलो वर्षमै लय समातेको छ । पोखरा १७, बिरौटा, हिमालीटोलीमा कार्यालय रहेको सहकारीले अब कार्यक्षेत्र विस्तार गरी ६ वडा बनाउने लक्ष्य राखेको छ । यस्तै, ९१ लाख शेयर पूँजी बढाई २ करोड पु¥याउने लक्ष्य पनि राखेको छ ।
सहकारीको प्रथम वार्षिक साधारणसभाको अवसरमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष गोविन्दप्रसाद देवकोटाले कुल निक्षेपमा वृद्धि गरी ३ करोड २० लाख पु¥याउने र ऋण रकम पनि ४ करोड ६० लाख पु¥याउने लक्ष्य राखिएको बताए । हाल एक सय सात जना शेयर सदस्य संख्या रहेकोमा यसलाई वृद्धि गरी चालु आर्थिक वर्षमा २ सय पु¥याउने लक्ष्य पनि उनले सुनाए ।
‘अघिल्लो आर्थिक वर्षमा ६ महिनामात्र सेवा सञ्चालन भयो । तर अब संस्थामा बचत, ऋण लगायत विभिन्न गतिविधिमा उत्कृष्ट योगदान पु¥याउने सदस्यहरुलाई सम्मान तथा पुरस्कृत गरिनेछ ।’ – अध्यक्ष देवकोटाले भने– ‘रेमिटेन्स सेवा तत्काल सुरु गरिने, मानशा कल्याणकारी कोष स्थापना गरी शेयर सदस्यहरुका सामाजिक तथा आर्थिक हितका कार्यक्रम संचालन गर्ने, टपरी उद्योग चलाउने, कृषि तथा पशुपालनलाई परियोजनामार्फत् अघि बढाउने हाम्रो योजना छ ।’
कार्यक्रमका प्रमुख अतिथि पोखरा १७ की वडाध्यक्ष राधिका शाही योगीले वडामा कार्यक्षेत्र बनाएका दर्जन जति बहुउद्देश्यीय सहकारी रहेकाले यी सबै सहकारीको प्रतिनिधित्व हुने गरी समिति बनाएर वडाबासीको हितमा विभिन्न उत्पादनमूलक कार्यक्रम अघि बढाउन अनुरोध गरिन् । ‘कृषि उत्पादन तथा संकलन केन्द्र, महिलाको उद्यमशीलता, दुग्ध संकलन केन्द्र सञ्चालन, बजारीकरण गर्न सहकारीहरु अग्रसर भएमा स्थानिय सरकारले सहयोग गर्नेछ । बहुउद्देश्यीय सहकारीहरुले स्थानिय क्षेत्रमा केही गर्न र समृद्धिको यात्रामा सँगै अघि बढ्न सकोस् भन्ने आग्रह गर्दछु । हाम्रो सहयोग हुनेछ ।’ – अध्यक्ष योगीले भनिन् ।
पोखरा महानगरपालिका सहकारी विभागका रजिष्ट्रार भरतराज पौडेलले सहकारी अभियानमा चुनौति थपिएको भन्दै सहकारी सञ्चालकहरुले गम्भीर भएर संस्था चलाउन आग्रह गरे । ‘लगानी गर्दा सुरक्षामा ध्यान दिनुप¥यो । ऋण असुली, बचत फिर्ताको समयको लेखाजोखा गरेर लगानी गर्नुपर्छ । नत्र, बचत फिर्ता गर्न सकिएन भने संस्था डुब्छ । सहकारी अभियानमा असर पुग्छ ।’ पौडेलले भने– ‘सदस्यहरु पनि चिनेजति सबै सहकारीमा सदस्य बन्ने, ऋण लिनु पनि छैन, बचत गर्नु पनि छैन । चिनेका सञ्चालक सदस्यले भनेकै भरमा शेयर लियो । बोन पाए लियो, गयो । यसरी हुँदैन । संस्था कसरी चलिरहेको छ । गहिरिएर बुझ्न म आग्रह गर्दछु ।’
सहकारीका अध्यक्ष गोविन्दप्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा मादी गाउँपालिका ४ का वडाध्यक्ष शिवप्रसाद सापकोटा, पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित सदस्य रामप्रसाद कँडेल, मयुर बहुउद्देश्यीय सहकारीका अध्यक्ष मिनराज खड्का, कोअपरेटिभ म्यानेजर्स क्लबका सचिव मोहनप्रसाद अधिकारी लगायतले संस्थालाई शुभकामना दिएका थिए । कार्यक्रममा कोषाध्यक्ष सञ्जय पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक विशाल सुवेदीको लेखासमितिको प्रतिवेदनलाई बन्दसत्रमा पारित गरिएको थियो । कार्यक्रमको सञ्चालन सचिव प्रकाश सुवेदीले गरेका थिए ।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

