बिजिबी कोरियन रेष्टुरेन्ट सञ्चालनमा
पाेखरा | कात्तिक ७, २०७९
पोखरा: पोखरा महानगरपालिका ६ लेकसाइडमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरि बिजिबी कोरियन रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।
आज (सोमबार) नेपालका क्याप्टेन विजय लामाले बिजीबी कोरियन रेष्टुरेन्टको उद्घाटन गरेका हुन् ।
२०४५ सालबाट पोखराको लेकसाइडमा बिजिबी रेष्टुरेन्ट सञ्चालन गर्दै आएका ज्याक तामाङले कोरियन रेष्टुरेन्ट सञ्चालनमा ल्याएको तामाङले जानकारी दिए ।
उनका अनुसार अहिले बिम बिम रेष्टुरेन्ट क्याफे प्रा.लिमा परिणत भइ बिजीबी समुहले सञ्चालन गर्दै आएको छ । बिजीबी कोरियन रेष्टुरेन्टको अर्काे शाखा काठमाण्डौंको ठमेलमा बिस्तार गरिने तयारी भइरहेको सञ्चालक तामाङले बताए ।
रेष्टुरेन्टमा तयार हुने कोरियन परिकार तथा आवश्यक पर्ने मलासजन्य समाग्रीहरु सबै कोरियाबाट नै आयात गरिने उनले बताए । साथै खानाको लागि आवश्यक पर्ने भाँडाकुँडा तथा टेबल कुर्चीको व्यवस्था कोरियाको शैलीमा नै तयार गरिएको छ ।
आजबाट औपचारिक रुपमा सञ्चालन गरिएपछि विगत ३ महिनादेखि रेष्टुरेन्ट सञ्चालन रहेको थियो ।
उक्त रेष्टुरेन्टमा ४५ प्रकारका कोरियन खाना तयार हुनेछ भने रेष्टुरेन्ट बिहान ११ः३० देखि बेलुका १० बजेसम्म खुल्ने बताइएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

