फलोअपः बैदाम प्रहरीको नियन्त्रणबाट छुटे ३ जना

पाेखरा | माघ ६, २०७९

फलोअपः बैदाम प्रहरीको नियन्त्रणबाट छुटे ३ जना तस्बिर: पवन भण्डारी

पोखराः   पोखरा महानगरपालिका १७ वडाकार्यालय अगाडी सडक निर्माणमा ढिलाई भएको विषयमा प्रद्धर्शन गर्नेक्रममा प्रकाउ परेका तीन जना छुटेका छन् । 


विरौटा– छोरेपाटन सडकखण्डको निर्माणकार्यमा ढिलाई गरेको भन्दै स्थानीयले हिजो (बिहिबार) वडा कार्यालय अगाडी विरोध प्रद्धर्शन गरेका थिए । 


स्थानीयले वडा कार्यालय अगाडी प्रद्धर्शन गर्ने क्रममा विरौटा– छोरेपाटन सडकखण्डसँगै सिद्धार्थ राजमार्ग केही समय अवरुद्ध हुन पुगेको थियो ।  अवरुद्ध सडक सञ्चालनमा गर्न गएको नेपाल प्रहरीले उछृृङ्खल गतिविधि गरेको भन्दै ३ जनालाई नियन्त्रणमा लिएर छोडेको वडा कार्यालय बैदामका डीएसपी युवराज भण्डारीले जानकारी दिए । 


‘निर्माण कार्य समयमा नै नहुँदा स्थानीयमा आक्रोश पैदा हुनु स्वभाविक हो, वडा कार्यालय अगाडी प्रद्धर्शन भइरहेको थियो, भण्डारीले भने, ‘प्रद्धर्शनमा केही व्यक्तिले उशृङ्खल गतिविधि गरेपछि नियन्त्रणमा लिएर छोडिसकिएको छ ।’ 


पूर्वाधार ढिलाईसुस्तीमा दवाव दिन आवश्यक छः स्थानीय


पोखरा १७ स्थित अन्तरगत पर्ने विरौटा–छोरेपाटन सडकखण्ड निर्माण कार्यमा ठेकेदारले ढिलासुस्ती गरेको भन्दै स्थानीयले वडा कार्यालय अगाडी प्रद्धर्शन गरेपछि वडा कार्यालयले ध्यानाकर्षण गरेको छ ।

 
वडा कार्यालय अगाडी स्थानीयले प्रद्धर्शन गरेपछि वडा कार्यालयमा आज (शुक्रबार) स्थानीय र जनप्रतिनिधिहरुबीच ठेकेदारले गर्ने ढिलासुस्तीमा स्थानीय र जनप्रतिनिधिहरुले दवाव दिन आवश्यक रहेको वडाध्यक्ष राधिका कुमारी शाहीले बताएको स्थानीय पवन भण्डारीले जानकारी दिए । 


‘वडा कार्यालय अगाडी हुँदै गएको सडक खण्डमा अलपत्र जस्तै बन्दा स्थानीय सरकारले दवाव दिनुपर्ने हो, भण्डारीले भने, ‘स्थानीय सरकारको त्यो कदम नचाल्दा हामीले वडा कार्यालय अगाडी प्रद्र्धशन ग¥यौ, फलस्वरुप आज वडा कार्यालयमा जनप्रतिनिधि र स्थानीयबीच पूर्वाधार क्षेत्रमा ठेकेदारले गर्ने ढिलासुस्तीमा सदैव खवरदारी गर्ने सहमति भएको छ ।’ 


 

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् ।    सामाजिक क्षेत्रमा...

थप पढ्नुहोस्

काठमाडौ:   सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ।   एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...

थप पढ्नुहोस्

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्