गोरखाकी सुशिला माओवादी गण्डकी सचेतक
पाेखरा | माघ १२, २०७९
पोखराः नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश संसदीय दलको बैठकले प्रमुख सचेतक सुशीला सिम्खडालाई बनाएको छ ।
गोरखाकी सिम्खडा समानुपातिकबाट चुनिएकी हुन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा माओवादीका ८ सांसद छन् । संसदीय दलका नेता हरिबहादुर चुमान भौतिक पूर्वाधार मन्त्री बनेका छन् ।
म्याग्दीबाट निर्वाचित रेशमबहादुर जुग्जाली पनि मन्त्री नियुक्त भएका छन् । माओवादीको चुनावचिन्हबाट चुनाव जितेका नेसपाका फणीन्द्र देवकोटा मन्त्रीका प्रबल दावेदार भए पनि माओवादीको भागमा २ मन्त्रालयमात्र पर्दा उनी मन्त्री बन्न पाएनन् ।
प्रमुख सचेतकलाई प्रदेश सभा सचिवालयले चालकसहित गाडी सुविधा उपलब्ध गराउँछ । प्रदेश सभा सदस्यलाई अनुशासनमा राख्नेदेखि ह्विप जारी गर्नेसम्मको अधिकार प्रमुख सचेतकलाई हुन्छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

