गोलघरमा महानगरको डोजर, सूचनापार्टीसहितको पोखरेली घर बनाउने योजना

पाेखरा | माघ १७, २०७९

गोलघरमा महानगरको डोजर, सूचनापार्टीसहितको पोखरेली घर बनाउने योजना

पोखरा:    पोखरा महानगरपालिकाले जिल्ला ट्राफिक कार्यालय कास्कीको पुरानो भवन (गोलघर) मा डोजर चलाएको छ । 


पोखरा महानगरपालिका ९ पृथ्वीचोकस्थित गोलघरलाई पोखरा महानगरपालिकाको कार्यपालिकाको बैठकको निर्णयानुसार आजदेखि भत्काउन सुरु गरिएको हो ।


पोखराको सुन्दरतालाई मध्यनजर गर्दै जिर्ण अवस्थामा रहेको गोलघर भत्काउन थालिएको पोखरा ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले बताए । 


उनले जिर्ण अवस्थामा रहेको पोखरा गोल घरलाई भत्काएर पोखराको आर्कषण पोखरा घर बनाउने योजनामा रहेको सुनाए । ‘पोखरामा आउने पर्यटकलाई लक्षित गरेर पोखरेली घर बनाउने योजनासहित अगाडी बढेका छौं, मर्सानीले भने, ‘जिर्ण अवस्थामा रहेको पोखरा गोल घरमा रहेको ट्राफिक कार्यालयलाई सुविधा सम्पन्न भवनमा सारेका छौं । यस ठाउँमा अब पोखरालाई आर्कषण गर्ने गरि पोखरा घर निर्माण गर्ने योजनामा छौं । 

 


वडाध्यक्ष मर्सानीले पर्यटकीय क्षेत्रको सूचनापार्टीसहित ‘पोखरा आर्ट ग्यालरी’ यसै भवनमा निर्माण हुने बताए । ‘पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित सहित पर्यटकीय क्षेत्रको सूचनापाटी, पोखरा आर्ट ग्यालरी, पुस्तकालय, घन्टाघरसहितको भवन निर्माण गर्न बजेट विनियोजन गरेका छौं, करिब २ रोपनी जग्गामा योजना तयार हुनेछ ।’ उनले भने । 


विज्ञ टोलीले तत्काल डिपियार तयार गर्ने बताउदै २ वर्ष भित्र योजना पुरा गर्ने लक्ष्य रहेको जानकारी दिए । मर्सानीका अनुसार पोखरा घर निर्माण गर्न पोखरा महानगरपालिकाले यो आर्थिक वर्ष २ करोड बजेट विनियोजन गरेको छ ।

 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्