धुलो र धुँवाले निस्सासिए बिरौटावासी, भन्छन्ः –पानी हालिदेउ

पाेखरा | फागुन ४, २०७९

धुलो र धुँवाले निस्सासिए बिरौटावासी, भन्छन्ः –पानी हालिदेउ

पोखरा:    पोखरा महानगरपालिका १७ स्थित विरौटा–छोरेपाटन सडकखण्ड निर्माणाधिन छ, दिनहु कति सवारी आउँछन् जान्छन, सडक खण्डबाट निस्कने धुलो र धुवाबाट विरौटाका स्थानीय आजित छन् । 

 
हिजोदेखि विरौटा–छोरेपाटन सडकखण्ड धुलो र धुवाले ढाक्न थालेपछि स्थानीयले सडकमा पानी हाल्न माग गर्न थालेका छन् । केहीदिन अगाडी निर्माण कम्पनीले काममा ढिलाईसुस्ती गरेको भन्दै स्थानीयले प्रर्दशन समेत गरेका थिए । 


सडकमा ठेकेदारले हिजोदेखि पानी नहाल्दा सवारी आवतजावत गर्दा धुलोका कारण यात्रामा सास्ती भएको स्थानीय चन्द्र भण्डारीले जानकारी दिए । 


सिद्धार्थ राजमार्गसँग जोडिने यो सडकखण्ड निर्माणाधिन रहेको छ । निर्माणाधिन सडकखण्डमा दैनिक पानी हाल्नुपर्ने भएपनि निर्माण कम्पनीले हिजोदेखि पानी नहाल्दा धुलोका कारण प्रदुषण फैलिएको छ । 
 

काठमाडौं:  तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...

थप पढ्नुहोस्

–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की   नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

थप पढ्नुहोस्