वडा सदस्यको निधनपछि महानगरमा शोक सभा
पाेखरा | फागुन १४, २०७९
पोखरा: पोखरा महानगरपालिका वडा नम्बर ४ का वडा सदस्य सञ्जय कुमार श्रेष्ठको निधनमा महानगरले आज (आइतबार) १ बजेपछि महानगर तथा सबै वडामा शोक सभा गर्दै कार्यालय बन्द रहने जनाएको छ ।
वडा सदस्य श्रेष्ठको निधनपछि महानगरले एक सूचना प्रकाशित गर्दै पोखरा महानगरपालिका वडा नम्बर ४ को कार्यालय पूर्णरुपमा बन्द गर्ने र १ बजेपछि महानगरपालिकाको कार्यालय, महाशाखा, शाखा कार्यालय र सबै वडा कार्यालयमा १ बजेपछि शोक सभा गर्दै कार्यालय बन्द रहने जनाएको हो ।
वडा सदस्य श्रेष्ठको आइतबार बिहान फिस्टेल हस्पिटलमा उपचारको क्रममा निधन भएको थियो ।

पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

