रेडियो अन्नपूर्णले चैत १८ गते बृहत रक्तदान गर्ने
पाेखरा | फागुन २२, २०७९
पोखरा: पोखरा स्थित रेडियो अन्नपूर्णले आउँदो चैत १८ गते बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । रेडियोले सामाजिक उत्तरदायित्व अन्र्तगत यसबर्ष पनि चैतको तेश्रो शनिबार २१ औं बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको रेडियोका स्टेशन म्यानेजर संजयकुमार मल्लले जानकारी दिए ।
रक्तदान कार्यक्रमलाई सफल बनाउन विभिन्न समितिहरु समेत गठन गरिएको छ । आइतबार बसेको बैठकले कृष्ण सुवेदीलाई संयोजक र सबिन रेग्मीलाई सहसंयोजकको जिम्मेवारी दिइएको छ ।
नारायण क्षेत्रीलाई प्रचारप्रसार संयोजकको जिम्मेवारी दिइएको छ । बजार ब्यबस्थापकको उपसमितिमा नारायाण पौडेल, आर्थिक ब्यबस्थापन संयोजकमा अगन्धर सुबेदीलाई तोकिएको छ ।
प्रमाणपत्र वितरण तथा रेकर्डमा राजाराम पौडेल, संघ संस्था परिचालनमा आरजु बिष्ट सल्यानी, स्वागत तथा स्वयमसेवक ब्यबस्थापनमा शोभा नेपाल, प्रत्यक्ष प्रशारणमा कञ्चन थापा, युवा परिचालन उपसमितिमा कबिता श्रेष्ठ र प्राविधिकमा नारायण कुइकेललाई जिम्मेवारी दिइएको स्टेशन म्यानेजार मल्लले बताए ।
कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी भएकी छिन्। शुक्रबार राति सम्पन्न मतगणनामा रास्वपाकी गुरुङले प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २० हजार ८ सय ५५ ...
पोखरा। कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल लोकप्रिय मतका साथ विजयी भएका छन् । एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा र...
चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो । गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दा...

