अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसः पोखरामा हस्तकलाका सामग्री प्रदर्शन, हेरौं पन्ध्र तस्वीरमा
पाेखरा | फागुन २४, २०७९
तस्वीरः सुनगाभाकर्मी बिबी रोका मगर
पोखरा: महिला सीप विकास संस्थाले पोखरामा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा एक कार्यक्रम आयोजना गरि हस्तकलाको सामग्री प्रदर्शन गरेको छ ।
संस्थाले ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा संस्थामा क्रियासिल महिलाकर्मीहरुले उत्पादन तथा निर्माण गरेको हस्तकलाका सामग्रीहरु प्रदर्शन गरेको हो ।
स्थानीय कच्चापदार्थ अल्लो, हेम, ऊन, मकैको खोष्टाबाट निर्माण गरिएका फूल, गुडियो, कार्पेट, झोला, टोपी लगायतका सामग्री प्रदर्शन गरेको संस्थाका अध्यक्ष देवी गुरुङले बताईन ।
‘महिला सीप विकास संस्था पोखरा, अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा नै स्थापना भएको हो, गुरुङले भनिन्, ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अन्य कार्यक्रम भन्दा हस्तकाल प्रदर्शनीसँगै औपचारिक कार्यक्रममा आयोजना गरेका हौं ।’
संस्थाले महिला दिदीबहिनी, गरिब, पिछडिएका, अपाङ्ग, एकल,द्धन्द्ध पीडित, उत्पीडित भएका महिलाहरुलाई तालिम प्रदान गर्दै आएको छ । तालिम प्रदानपछि महिलाहरुलाई स्वरोजगार प्रदान गर्ने संस्थाको मुख्य लक्ष्य रहेको छ ।
संस्थाले उत्पादन गरेको हस्तकलाका सामग्रीहरु अमेरिका,जर्मन, इटली, कोरिया, क्यानडा, अष्ट्रेलिया जापान लगायतका देशहरुमा निर्यात गर्दै आएको छ ।
महिला सीप विकास संस्था पोखराले उत्पादन गरेका हस्तकलाका सामग्रीहरुः
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

