अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसः पोखरामा हस्तकलाका सामग्री प्रदर्शन, हेरौं पन्ध्र तस्वीरमा

पाेखरा | फागुन २४, २०७९

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसः पोखरामा हस्तकलाका सामग्री प्रदर्शन, हेरौं पन्ध्र तस्वीरमा तस्वीरः सुनगाभाकर्मी बिबी रोका मगर

पोखरा:   महिला सीप विकास संस्थाले पोखरामा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा एक कार्यक्रम आयोजना गरि हस्तकलाको सामग्री प्रदर्शन गरेको छ ।   


संस्थाले ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा संस्थामा क्रियासिल महिलाकर्मीहरुले उत्पादन तथा निर्माण गरेको हस्तकलाका सामग्रीहरु प्रदर्शन गरेको हो । 


स्थानीय कच्चापदार्थ अल्लो, हेम, ऊन, मकैको खोष्टाबाट निर्माण गरिएका फूल, गुडियो, कार्पेट, झोला, टोपी लगायतका सामग्री प्रदर्शन गरेको संस्थाका अध्यक्ष देवी गुरुङले बताईन । 


‘महिला सीप विकास संस्था पोखरा, अन्तरराष्ट्रिय  नारी दिवसको अवसरमा नै स्थापना भएको हो, गुरुङले भनिन्, ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अन्य कार्यक्रम भन्दा हस्तकाल प्रदर्शनीसँगै औपचारिक कार्यक्रममा आयोजना गरेका हौं ।’


संस्थाले महिला दिदीबहिनी, गरिब, पिछडिएका, अपाङ्ग, एकल,द्धन्द्ध पीडित, उत्पीडित भएका महिलाहरुलाई तालिम प्रदान गर्दै आएको छ । तालिम प्रदानपछि महिलाहरुलाई स्वरोजगार प्रदान गर्ने संस्थाको मुख्य लक्ष्य रहेको छ । 


संस्थाले उत्पादन गरेको हस्तकलाका सामग्रीहरु अमेरिका,जर्मन, इटली, कोरिया, क्यानडा, अष्ट्रेलिया जापान लगायतका देशहरुमा निर्यात गर्दै आएको छ । 


महिला सीप विकास संस्था पोखराले उत्पादन गरेका हस्तकलाका सामग्रीहरुः

 

 

 

 

 

 

 

 

 

 

 

 

 


 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्