सार्वजनिक जग्गा मिचेर संरचना बनाए डोजर लिएर आउछु: अध्यक्ष कार्की

पाेखरा | चैत २५, २०७९

सार्वजनिक जग्गा मिचेर संरचना बनाए डोजर लिएर आउछु: अध्यक्ष कार्की

पोखरा:    पोखरा महानगरपालिका वडानम्बर १४ का अध्यक्ष बोध बहादुर कार्कीले मापदण्ड मिचेर संरचना बनाए भत्काइदिने चेतावनी दिएका छन् । 


हवेली मार्ग हुदै मान्द्रेढुङ्गा जाने ढलान बाटोको शुक्रबार उद्याटन गदै वडाध्यक्ष कार्कीले कानुन विपरीत काम गरेमा खरो रुपमा उत्रने चेतावनी दिएका हुन् । जनताको दुखःसुखमा सथै छु, समस्या लिएर आउनुहोस् आफ्ना वडावासीहरुलाई सहज रुपमा फछ्यौट गर्छु, तर सार्वजनिक सम्पतीमा हुने हस्तक्षप र मिचाह प्रबृतीविरुद्ध निर्मम भएर काम गर्छु, कार्कीले भने ।  


भित्री सडक मर्मत र विस्तारका क्रममा सडक हडपेको पाइएकाले डोजर लिएर आउनुपर्ने अवस्था सृजना नगर्न आग्रह गरे । घर बनाउदा मापदण्ड मिच्ने, कम्पाउण्ड र गेट बनाउने गरेको भन्दै कार्कीले नक्सा पास गर्ने बेलामा कडाई गरिएको बताए । 


वडामा २५ करोड बरावरको बजेट भित्रीएको बताउदै अध्यक्ष कार्कीले कार्यान्वयनमा गएका योजना सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्ने बताए । १८० वटा भन्दा बढि योजनामा अहिले काम भईरहेको उनले जानकारी दिए । वडाध्यक्ष कार्कीले योजना नभएको कुनै पनि टोल नरहेको दाबी गरे । 


उपभोक्ता समितिले काम गर्दा गुणस्तरमा ध्यान दिन पनि उनले आग्रह गरे । कमसल काम भएको जानकारी भए कुनै पनि योजनाको सम्पन्नतामा हस्ताक्षर नगर्ने कार्कीले बताए । 


उक्त अवसरमा कालिका क्याम्पस अगाडीको हवेली मार्ग ढलानमा उपभोक्ता र वडाको सहलगानीमा बाटो ढलान गरिएको उपभोक्ता समितिका सचिव किरण अधिकारीले जानकारी दिए ।  वडाको २० लाख र उपभोक्ताले ३ लाख ५४ हजारको सहलगानीमा २०८ मिटर बाटो ढलान गरिएको अधिकारीले बताए ।

 
उपभोक्ता समितिका अध्यक्ष देव बहादुर कार्कीले हवेली मार्ग हुदैँ मान्द्रेढुङगासम्म जोड्ने सडक ढलानका लागि बजेटको व्यवस्था गर्न माग गरे । 


 

 चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो ।    गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दा...

थप पढ्नुहोस्

काठमाडौं।     प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ ।   प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको  सबैलाई धन्यवाद द...

थप पढ्नुहोस्

गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ ।    उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२०  मतान्तरले पछाडी पार्दै ...

थप पढ्नुहोस्