जनप्रतिनिधि र ठेकेदार खोज्दै विरौटा-छोरेपाटन सडक खण्डमा स्थानीयको चक्काजाम

पाेखरा | बैशाख १२, २०८०

जनप्रतिनिधि र ठेकेदार खोज्दै विरौटा-छोरेपाटन सडक खण्डमा स्थानीयको चक्काजाम Photo Bhupal Gurung

पोखरा:  पोखराको विरौटा-छोरेपाटन सडकखण्ड निर्माणमा ढिलाई गरेको भन्दै स्थानीयले जनप्रतिनिधि र ठेकेदार खोज्दै सडक चक्काजाम गरेका छन् ।
 

सिद्धार्थ राजमार्गसँग जोडिएको पोखरा १७ विरौटा–छोरेपाटन सडक खण्ड राम विल्डर्स कम्पनीले ठेक्का लिएर समयमै काम सम्पन्न नगरेको भन्दै पटकपटक ध्यानाकर्षण गराएपनि निर्माणलाई तिव्रता नदिएको भन्दै स्थानीयले आज सडक चक्काजाम गरेको बताएका छन् । 


उक्त सडकखण्ड निर्माणमा ढिलाई भएको भन्दै कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले संसदमा समेत जानकारी गराएकी थिईन् । 


विरौटा-छोरेपाटन सडकखण्ड निर्माणको जिम्मा लिएको कम्पनीलाई सो योजना सम्पन्न गर्न सरकारले केही समय म्याद थप गरेको थियो । 
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्