रेडियो अन्नपूर्णको २२ औं वार्षिकोत्सव
पाेखरा | बैशाख १३, २०८०
पोखरा: रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले आफ्नो २२ औं वार्षिकोत्सव मनाएको छ । रेडियो अन्नपूर्ण २०५८ साल वैशाख १२ गते स्थापना भएको हो ।
२२ औं वार्षिकोत्सवको कार्यक्रममा बोल्दै रेडियोका प्रबन्धक निर्देशक सुनयना पालिखेले स्थापना काल देखिको सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यलाई निरन्तरता दिने बताईन् ।
निर्देशक डा.माया लामाले स्रोता शुभेच्छुकहरुको साथ र सहयोगका कारण रेडियोले भिन्न पहिचान बनाउन सफल भएको बताईन् ।
निर्देशकद्धय विजेश पालिखे र बरदान ताङवे लामाले चुनौती सँगसँगै नयाँ सम्भावनाको खोजी गर्ने बताए । कार्यक्रममा स्टेसन म्यानेजर सञ्जयकुमार मल्ल, बरिष्ठ प्रस्तोता आरजु विष्ट सल्यानी ,अन्नपूर्णकर्मी बासुदेव मिश्र, कन्जन थापा र नारायण पौडेलले समय सँगसँगै रेडियोलाई परिमार्जन गर्दै लैजानुपर्ने बताए ।
रेडियोले उत्कृष्ट कार्य गर्ने विभिन्न कर्मचारीहरुलाई सम्मानसमेत गरेको छ । वेस्ट स्टाफ अफ दि इएरबाट संबाददाता सबिन रेग्मी सम्मानित भए । उनलाई ११ हजार १ सय ११ रुपैयाँ नगदसहित सम्मानपत्रले सम्मान गरेको छ । त्यस्तै रेडियोकर्मी आरजु बिष्ट सल्यानी र कृष्ण सुबेदी लाई बिभिन्न कार्यक्रमको संयोजक बाट सम्मान गरेको छ ।
शान्ति र विकासका लागि संचार नारासहित स्थापना भएको रेडियो अन्नपूर्ण अन्तर्गत पब्लिक एफएम ९९.६ मेगार्हज र अनलाईन अन्नपूर्ण न्यूज पोर्टल भगिनी संस्थाका रुपमा रहेका छन् ।
रुकुम पूर्व: रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । लोकमार्ग...
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिप सुरु भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा सुरु भएको च्याम्पियनसिपमा पहिलो दिन शसस्त्र...
पोखरा: पोखरा महानगर वडा नं १५ को आयोजनामा जारी वृहत खेलकुद महोत्सवमा शुक्रबार विद्यालय स्तरीय छात्रछात्रा दौड सम्पन्न भएका छन । जसअन्तर्गत छात्रा तर्फको दौडको उपाधि सेन्ट फ्रान्सिका बिजय बिकले ह...

