पोखरामा म्याद गुज्रेका १३ लाख बढीको बियर प्रशासनको नियन्त्रणमा

पाेखरा | बैशाख २६, २०८०

पोखरामा म्याद गुज्रेका १३ लाख बढीको बियर प्रशासनको नियन्त्रणमा

पोखरा:   पोखरामा म्याद गुज्रेका १३ लाख बढीको बर्डवाइजरको बियर प्रशासनले नियन्त्रणमा लिएको छ । 


पोखरा महानगरपालिका ५ प्रस्याङ शिवालय मार्गस्थित लाभाजु  इन्टरप्राइजको स्टोरबाट १३ लाख ९८ हजार ५ सय ३० रुपैयाँ बराबरको बर्डवाइजरको बियर जिल्ला प्रशासन कार्यालय कास्कीले नियन्त्रणमा लिएको सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । 


‘स्थानीयहरुले लावाजु इन्टरप्राइजको स्टोरबाट म्याद गुज्रेको बियर बिक्री हुँदै आएको छ भन्ने गुनासो आएपछि अनुगमनको क्रममा जाँदा म्याद गुज्रेको बियर बरामत गरेका हौं, ढकालले भने, ‘भोलि म्याद गुज्रेको बियरलाई सरकारवालाहरुको उपस्थितिमा बियर नष्ट गछौं, त्यसपछि म्याद गुज्रेको बियर कसरी पोखरा ल्याइयो भनेर थप अनुसन्धान गछौं ।’


उनका अनुसार बर्डवाइजरको बियर पोखरा लाभाजु  इन्टरप्राइजको स्टोरबाट बरामत भएको हो । ६ सय ५० एमएलको ३ सय १३ कार्टुन र ३ सय ३० एमएलको ६ कार्टुन बियर प्रशासनले बरामत गरेको हो । 


कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार म्याद गुज्रेका बियर नष्ट गरेपछि ऐन अनुसार कारवाही हुने जानकारी दिए । 
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्