१३ लाख बढीको बियर नष्ट

पाेखरा | बैशाख २७, २०८०

१३ लाख बढीको बियर नष्ट photo Parbin Magar

पोखरा:    पोखरामा म्याद गुज्रेको बियर जिल्ला प्रशासन कार्यालय कास्कीले नष्ट गरेको छ । 


लाभाजु इन्टरप्राइजेजको स्टोरबाट बरामत गरेको १३ लाख ९८ हजार ५ सय ३० रुपैयाँको म्याद गुज्रेको बियर प्रशासनले पोखरा महानगरपालिका १७ मुस्ताङचोकस्थित गल्फकोर्षको जग्गामा नष्ट गरेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । 


जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले म्याद गुज्रेका बियर बिक्री गर्ने लाभाजु इन्टरप्राइजेजलाई ३ दिनभित्र बिलबिजकसहित प्रशासनमा उपस्थित हुन सूचना पठाइएको जानकारी दिए ।


लाभाजुलाई उपभोक्ता संरक्षण ऐन अनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी भानुभक्त ढकालले जानकारी दिए । 

 

प्रशासनले ६ सय ५० एमएलको ३ सय १३ कार्टुन र ३ सय ३० एमएलको ६ कार्टुन बियर पोखरा महानगरपालिका ५ प्रस्याङ शिवालय मार्गस्थित लाभाजु  इन्टरप्राइजेजको स्टोरबाट १३ लाख ९८ हजार ५ सय ३० रुपैयाँ बराबरको बर्डवाइजरको म्याद गुज्रेको बियर बरमत गरेको थियो । 


 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्