चार दिवसीय क्षमता विकास तालिम सुरु

पाेखरा | जेठ ३, २०८०

चार दिवसीय क्षमता विकास तालिम सुरु

पोखरा:   अनुसन्धान व्यवस्थापन एकाइ, बिन्दुवासिनी संस्कृत विद्यापीठ, पोखराको आयोजनामा आजदेखि चार दिवसीय क्षमता विकास तालिम सुरु भएको छ ।

 

तालिमको एक कार्यक्रमका बीच गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले उद्घाटन गर्नुभयो । कार्यक्रममा कुलपति बिखर्चीले संस्कृत वाङ्मय मानवताको जरो भएको बताउँदै यो नैतिक चेतना र सभ्यताको श्रोत भएको उल्लेख गर्नुभयो । बाहिरी संसारले उच्च महत्त्व दिनुका साथै माया गरेको यस वाङ्मयलाई हामीले कदर गर्न नसकेको उहाँले बताउनुभयो ।

 

विद्यालय शिक्षामा संस्कृत हटाउनु दुर्भाग्य भएको उल्लेख गर्दै उहाँले हाम्रो सभ्यता र संस्कृतिको मौलिकता जोगाउन संस्कृतको पठनपाठनलाई  तल्लो तहसम्मै पु¥याउनु जरुरी रहेको बताउनुभयो । क्षमता विकास तालिमले शिक्षाको गुणस्तरीयता अभिबृद्धि गर्ने उहाँले बताउनुभयो ।

 

पदोन्नतिका लागि मात्र अनुसन्धान गर्ने प्रवृत्ति रहेकोमा जोड दिदै उहाँले तालिम र अभिमुखीकरणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । वद्यापीठका प्राचार्य डा. जगन्नाथ रेग्मीले विद्यापीठलाई अनुसन्धान एवम् प्राज्ञिक क्षेत्रमा गतिशील बनाउन सबैको साथ र सहयोग आवश्यक भएको बताउनुभयो ।

 

विद्यापीठका संस्थापक प्राचार्य सह प्राध्यापक श्रीराम बरालले तालिमका उपलब्धिलाई व्यवहारमा उतार्नु जरुरी रहेको बताउनुभयो । विद्यापीठका प्राचार्य डा.जगन्नाथ रेग्मीको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा अनुसन्धान व्यवस्थापन एकाइका संयोजक सह प्राध्यापक डा. चूडामणि कँडेलले स्वागत गर्नुभएको थियो ।

 

सहप्राध्यापक सत्यराज सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यपत्र प्रस्तुतीका दुई सत्र अन्तर्गत पहिलो सत्रमा पृथ्वीनारायण क्याम्पसको अंग्रेजी विभागका उपप्राध्यापक डा.सवीन्द्रराज भण्डारीले प्रोस्पेक्ट्स एण्ड च्यालेन्ज्स अफ टिचिङ कम्पलसरी इङ्गलिस इन शास्त्री फस्ट एण्ड सेकेन्ड इयर विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्र माथि पोखरा विश्वविद्यालयका उपप्राध्यापक भरत ढकालले  टिप्पणी गर्नुभएको थियो भने प्राध्यापकहरू श्यामप्रसाद पौडेल, अम्बिकाप्रसाद भट्टराई, योगराज पौडेल, विष्णुप्रसाद शर्मा, प्रकाश पौडेलले  विभिन्न जिज्ञासा र सुझाव व्यक्त गर्नुभएको थियो ।

 

दोस्रो सत्रमा सिद्धान्त ज्योतिषका सह प्राध्यापक पूर्णचन्द्र वाग्लेले “प्रथम लग्नानयनमा देखिएका समस्या र निराकरणका उपायहरू” शीर्षकको अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो । उक्त अवधारणापत्रमा सह प्राध्यापक श्रीराम बरालले टिप्पणी एवम् प्राध्यापकहरू पशुपति दवाडी, नारायणप्रसाद सापकोटा, योगराज पौडेल, जगन्नाथ रेग्मी, सवीन्द्रराज भण्डारी, भानुभक्त आचार्यले विभिन्न जिज्ञासा र सुझाव व्यक्त गर्नुभएको थियो । 


 

काठमाडौं:  त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ।  मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदै बिदामा कटौती गर्नेगरी...

थप पढ्नुहोस्

काठमाडौं:   देशभर बिहीबार साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदे...

थप पढ्नुहोस्

काठमाडौं:   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ ।  मन्त्रालयका सचिव डा. विकास देव...

थप पढ्नुहोस्