पोखरामा बस र स्कुटर ठोक्किदा एकको मृत्यु, एक घाइते
पाेखरा | जेठ ४, २०८०
पोखरा: पोखरा पुम्दीभुम्दीमा नगरबस र स्कुटर ठोक्किदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
पोखरा महानगरपालिका २२ पुम्दिभुम्दिको भित्री सडकखण्डमा ग १ ख ३२२७ नम्बरको बस र ग २३ प ३६५६ नम्बरको स्कुटर ठोक्किदा स्कुटरमा सवार हेम्जाका ४६ वर्षीय तुल्सीप्रसाद त्रिपाठीको मृत्यु भएको हो ।
दुर्घटनास्थलबाट त्रिपाठीलाई उद्धार गरि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएपनि डाक्टरले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ । यस्तै सोही स्कुटरमा सवार पोखरा मालेपाटनका २२ वर्षीय शिशिर त्रिपाठी घाइते भएका छन् ।
घाइते शिशिर त्रिपाठीको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

