नेपाली नागरिकता त्यागेर समुन्द्रपार बसाई हिँड्नेको ताँतीमा १३ पोखरेली
कास्की | जेठ ९, २०८०
पोखरा: अघिल्लो आर्थिक वर्षदेखि हालसम्म १३ जना कास्कीवासीले नेपाली नागरिकता त्यागेका छन् ।
उनीहरुले नागरिकता त्यागेसँगै देश छाडेर बाहिरिइसकेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार देश त्यागेर उनीहरुमध्ये केही यूरोपियन देश त केही एशियाली मुलुक पसेका छन् ।
तथ्यांकअनुसार घान्द्रुक, र पोखराका ८ जना बेलायत पुगेका छन् । त्यस्तै, २ जनाले अष्ट्रेलियाको नागरिकता लिएका छन् ।
दुई जनाले यूरोपको फिनल्याण्ड र लाट्भीयाको नागरिकता लिएका छन् । त्यस्तै एकजना हंगकंग पुगेको प्रशासकीय अधिकृत राजेन्द्र शर्माले जनाएका छन् ।
नागरिकता त्यागेकामध्ये बेलायत र हंगकंगमा सपरिवार गएका छने भने अन्य एकल छन् । अधिकृत शर्माका अनुसार केही वर्ष पहिल्यैदेखि यूरोपको नागरिकता लिन चाहनेहरुले नागरिकता त्याग्न दिएको निवेदन प्रक्रियामा थियो ।
बेलायत र हंगकंग जानेहरु त्यहाँको सेनामा रहेको पृष्ठभूमि छ । नागरिकता त्याग्ने अन्यको बसोबास विदेशमै लामो समय रहेको र उनीहरु त्यहीको नागरिक हुन योग्य भएको प्रमाण पेश गरेपछि प्रक्रिया अघि बढेको शर्माले जनाए ।
नेपाली नागरिकता त्याग्नेमा पोखरा वडा नम्बर १, ५, ८ र १६ का रहेका छन् ।
‘आगामी दिनमा देशको नागरिकता त्यागेर विदेश बसाई हिँड्नेको ताँती बढ्ने सम्भावना अधिक छ’ शर्मा भन्छन् ‘अमेरिकन डिभी र अन्य देशमा लामो समय बसेपछि प्रायः नेपाल फर्कन नचाहने देखिएको छ ।’
त्यस्तै, ५ जनाको नेपाली नागरिकता रद्द गरिएको छ । कुनैपनि व्यक्तिको दोहोरो नागरिकता भएको हकमा प्रयोजनअनुसार पहिलो वा दोस्रो नागरिकता त्याग गर्न सकिने कानूनी प्रावधान रहेको छ ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

