दाङमा एक वृद्धालाई कुटपिट गरी लुटपाट

दाङ | जेठ ११, २०८०

दाङमा एक वृद्धालाई कुटपिट गरी लुटपाट फाइल तस्बिर

दाङ:   दाङमा अज्ञात व्यक्तिले घरेलु हितयार प्रहार गर्दा एक जना वृद्ध महिला घाइते भएकी छन् ।


घोराही उपमहानगरपालिका–१३ सेवार बासबोटस्थित ६२ वर्षिया राखीमाया रोकामाथि बुधवार घरमै आयी एक जना अज्ञात व्यक्तिले घरेलु हतियार प्रहार गर्दा गम्भीर घाइते भएकी हुन् ।

 

 घाइते रोकाको भैरहवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिएका छन् । एसपी वलीका अनुसार बुधबार दिउँसो करिब ४ बजे अन्धाजी २५ र ३० वर्षको व्यक्तिले घरभित्र आएर रोकामाथि कुटो तथा चुलेसीले टाउँको तथा ‍शरीरका विभिन्न भागमा प्रहार गरेको थियो ।


ती व्यक्तिले रोकाको ढाई तोलाको सुनको सिक्री  र मोबाइल फोनसमेत लुटपाट गरी फरार भएको एसपी वलीले बताएका छन् । ती व्यक्तिको खोजी कार्य भइरहेको छ ।

 

घाइते रोका आफ्नी माइली छोरीसँग घरमा बस्दै आएकी थिइन् । बुधवार दिउँसो उनी घरमा एक्लै भएको मौका छोपेर उक्त घटना भएको हो । ‘घटनाको प्रकृति हेर्दा लुटपाट जस्तो देखिन्छ,’ एसपी वलीले भने, ‘यद्यपि घटनाको अनुसन्धान भइरहेको छ ।’


प्रहरी प्रमुख वलीले आफू रातिदेखि नै घटना स्थलमा खटेर अनुसन्धान गरिरहेको बताए । ‘घटना कसले र किन गर्‍यो अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘घटना नजिक पुगेका छौं, दोषी छिट्टै पत्ता लगाउछौं ।’

गुल्मी: बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ ।  कालीगण्डकी करिडोर सडकको गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित राक्से भन्ने स्थानमा...

थप पढ्नुहोस्

झापा:  झापामा एक व्यक्तिको हत्या भएको छ । मेचीनगर–७ गैरीगाउँका ५० वर्षीय नारायण ज्ञवालीले दुवागढीका ४० वर्षीय फौमोदिन मोहमदको बुधबार राति हत्या गरेका हुन् । प्रहरी नायव उपरीक्षक खड्काका अनुसार...

थप पढ्नुहोस्

काठमाडौं:  जेनजी समूह र नेपाली सेनाबिच आज वार्ता हुने भएको छ । बुधबार जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद हुँदा औपचारिक छलफल हुन सकेको थिएन ।  नेपाली सेनाले आन्तरिक सहमत...

थप पढ्नुहोस्