चेम्बर अफ कमर्स दक्षिण इकाईको रक्तदान १३ गते
पाेखरा | जेठ ११, २०८०

पोखरा: चेम्बर अफ कमर्स दक्षिण क्षेत्र इकाई पोखरा महानगरपालिका १७, २१, २२ र ३३ ले वृहत रत्तदानको आयोजना गर्ने भएको छ ।
‘रक्तदान जीवनदान, जीवनदान महादान, रक्तदान गरौ पुण्य कमाऔं’ भन्ने नारासहित आगामी १३ गते शनिबार बिरौटाचोकमा रक्तदानको आयोजना गर्न लागको आयोजक संस्थाका अध्यक्ष गोकर्ण क्षेत्रीले जानकारी दिए ।
उनले पोखरा क्षेत्रमा भएको रक्तअभावको समस्यालाई मध्यजनर गर्दै वृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।
उनका अनुसार बिरौटा चोकमा हुने रक्तदान विहान ७ बजे सुरु हुनेछ ।
गुल्मी: बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोर सडकको गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित राक्से भन्ने स्थानमा...
झापा: झापामा एक व्यक्तिको हत्या भएको छ । मेचीनगर–७ गैरीगाउँका ५० वर्षीय नारायण ज्ञवालीले दुवागढीका ४० वर्षीय फौमोदिन मोहमदको बुधबार राति हत्या गरेका हुन् । प्रहरी नायव उपरीक्षक खड्काका अनुसार...
काठमाडौं: जेनजी समूह र नेपाली सेनाबिच आज वार्ता हुने भएको छ । बुधबार जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद हुँदा औपचारिक छलफल हुन सकेको थिएन । नेपाली सेनाले आन्तरिक सहमत...