हङकङ बजार व्यवसायीको रोकिएन आन्दोलन, भन्छन् – 'ठेकेदारको प्रवेश भए सडक तताउछौं'

पाेखरा | जेठ ११, २०८०

हङकङ बजार व्यवसायीको रोकिएन आन्दोलन,  भन्छन् – 'ठेकेदारको प्रवेश भए सडक तताउछौं'

पोखरा:   कृषि सामग्री कम्पनी लिमिटेडले पोखराको हङकङ बजारलाई टेण्डर प्रक्रियामा लैजान खोजेपछि व्यवसायीहरु चरणबद्ध आन्दोलनमा छन् ।
 

उनीहरुले आफ्नो माग पूरा नभएको भन्दै निरन्तर विरोध जनाउदै आएका छन् । उनीहरुले विभिन्न  नाराबाँजीसहित महानगर र वडा कार्यालय घेर्दै विरोध गरिरहेका छन् ।
 

चरणबद्ध आन्दोलनमा रहेका उनीहरुको आज १ सय १८ दिन पुगेको छ । 

 

ए​कदशक अगाडिबाट पोखरा महानगरपालिका ९ स्थित कृषि साम्रगी कम्पनीको स्वामित्वमा रहेको ७ रोपनी जग्गामा बसेर फुटपाथ व्यवसायीलाई व्यवस्थापन गर्दै एकिकृत बजारको मोडलमा हङकङ बजार निर्माण गरिएको थियो ।

 

हाल सोही बजारमा व्यवसाय गर्दै आएकामाथि कम्पनीले अस्वाभाविक भाडा बढाएको भन्दै आन्दोलनमा उत्रेका हुन् ।  

 

कृषि सामाग्री कम्पनीको स्वामित्वमा रहेको जग्गा फुटपाथ व्यवसायीहरु भन्दा अगाडि नै नन्द प्रसाद तिवारीले भाडा लिएको र अहिले तिवारी र कम्पनीले गरेको सम्झौता अवधि सकिएको भन्दै कम्पनीले न्यूनतम १२ लाख १५ हजार भाडा दिन सिलबन्दी बोलपत्र आह्वान गरेपछि व्यवसायीले विरोध गर्नुको विकल्प नरहेको व्यवसायीहरुको भनाई छ । 

 

पोखरा हङकङ बजार व्यवस्थापन समितिका अध्यक्ष कृष्णमाया गुरुङले कृषि सामग्री कम्पनीले व्यवसायीको हित विपरित टेण्डर प्रक्रियाबाट बजारमा ठेकेदार भित्राए सडकमा आएर व्यवसाय सञ्चालन गर्ने चेतावनी दिइन् ।

 

उनले माग पूरा नभएर सडक तताउनेसमेत बताइन् ।

‘कम्पनीले फुटपाथ व्यवसायीहरुको हित विपरित भाडादर बढाएर विचौलियालाई फाइदा पुग्ने गरी टेण्डर आह्वान गरेको छ, गुरुङ आक्रोशित हुदै भनिन्, ‘हामीलाई त्यहाँ व्यवस्थापन गर्दा झाडी नै झाडी थियो, अहिले बजार भइसकेपछि विचौलियाहरुलाई फाइदा पुग्ने गरी टेण्डर आह्वान भएको छ ।’

 

उनले फुटपाथ व्यवसायीहरुको हित विपरित टेण्डर प्रक्रियाबाट ठेकेदार प्रवेश गरे बजारको क्षतिपूर्ति माग गर्दै सडकमा नै आएर व्यवसाय सञ्चालन गर्ने सुनाइन्  ।

 

यता कृषि सामग्री कम्पनीको स्वामित्वमा रहेको ७ रोपनी जग्गा कम्पनीले न्यूनतम १२ लाख १५ हजारमा नघट्ने गरी सिलबन्दी बोलपत्र आह्वान गरेपछि तीन जनाले टेण्डर प्रक्रियामा भाग लिएको कृषि सामग्री कम्पनी लिमिटेड पोखराले जनाएको छ । 


 

पाल्पा:   पाल्पाको रम्भा गाउँपालिका– २ फोक्सिङकोट र  वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको छ।  राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्...

थप पढ्नुहोस्

पोखरा:  पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिक एक युवकको हत्या भएको छ ।  वन विज्ञान अध्ययन संस्थान नजिकै घन प्रहार गरेर हत्या गरेको अवस्थामा अन्दाजी ३०/३५ वर्षीय युवकको ...

थप पढ्नुहोस्

काठमाडौं:  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी, पूर्व मुख्यसचिव वैकुण्ठ अर्याल लगायत विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित...

थप पढ्नुहोस्