विश्वका समस्या माथि लेकसाइडमा बहस
पाेखरा | जेठ १३, २०८०

पोखरा: फर्जी औषधीका कारण विश्वमा बढ्दै गएको खतरामा बहस भयो । अर्काे बहसचाहिँ विश्वमा बढ्दै गएको आर्थिक मन्दीमाथि थियो । विद्युतीय फोहोर अर्थात ई–वेस्टको सुरक्षित व्यवस्थापन बहसको अर्काे विषय भयो ।
पोखराको लेकसाइडमा शुक्रबार यस्तो बहसमा सहभागीचाहिँ विभिन्न ‘देशका प्रतिनिधि’ थिए । संयुक्त राष्ट्र संघको महासभामा देशहरुको प्रतिनिधित्व गर्दै आएकाहरु बहसमा जुटे । त्यसो त ती सहभागी प्रतिनिधि नेपालकै १५ जिल्लाबाट आएका हुन् । युथ थिंकर्स सोसाइटीले राष्ट्र संघको नमुना महासभा आयोजना जो गरेको थियो, जहाँ उनीहरु विभिन्न ८० देशको प्रतिनिधित्वको अभ्यास गर्दै थिए ।
महासभामा डेलिगेटहरु आफ्नो देशका समस्यामा केन्द्रित भएका थिए । शुक्रबारबाट सुरु भएको नमुना महासभा १४ गतेसम्म चल्ने आयोजक संस्था युथ थिंकर्स सोसाइटी (वाइटिएस)ले जनाएको छ । महासभामा १५ जिल्लाका एक सय २० जना सहभागी भएका छन् । उद्घाटन समारोहका प्रमुख अतिथि नेपालका लागि अमेरिकी राजदूतावासका एक अधिकारी धु्रव शाह थिए ।
शाहले नमुना महासभाले डेलिगेटलाई आलोचनात्मक विश्लेषण सीपहरूको वृद्धि, कसरी गर्न सकिन्छ भन्ने कुरा सिकाउने बताए । ‘यो एउटा अवसर हो । तपाईंहरुको यो प्रशिक्षण वा सिकाइमार्फत शैक्षिकसँगै राष्ट्रिय तथा विश्वव्यापी मुद्दाहरू कसरी उठाउने भन्ने जान्न बुझ्न अवसर पाउनुहुनेछ,’ शाहले भने । उनले यस्तो प्लेटफर्मलाई डेलिगेटले अवसरका रुपमा लिने विश्वास गरे ।
नमुना सभामा विश्वव्यापी समस्याहरूको सम्भावित समाधानहरू कसरी गर्ने भन्ने समाधानका उपायहरु पनि प्रस्तुत भएको थियो । विषय वस्तुमा केन्द्रित भएर भोटिङ गर्दा नीतिगत, कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्धलाई मध्यनजर गर्नुपर्ने उल्लेख थियो । संस्थाका अध्यक्ष रिजन ढुंगानाले डेलिगेटहरुलाई सौहार्दपूर्ण वातावरणमा कार्यक्रममा सहभागी हुन अनुरोध गरे । उनले नमुना सभा एउटा सिकाइ भएकाले यसको भरपूर प्रयोग गर्न अनुरोध समेत गरेका थिए । कार्यक्रममा वाइटिएसका कोफाउन्डर क्षितिज भट्टराई उपस्थित थिए । अतिथिका रुपमा वामन घिमिरे उपस्थित थिए । कार्यक्रम पुष्पाञ्जली सापकोटाले सञ्चालन गरेकी थिइन् । कार्यक्रमको बारेमा प्रतीक पौडेल जानकारी गराएका थिए ।
काठमाडौं: नेपाली सेनाले विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै मुलुकभर आज बेलुकी ५ बजे सम्म निषेधाज्ञा निरन्तर रहने र तत्पश्चात् भोलि भदौ २६ गते बिहान ६ बजे सम्म कर्फ्यू आदेश जारी हुने जनाएको छ । सेना...
काठमाडौं: नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर हामी फेरि उठ्ने बताएका छन्। बुधबार बिहान नेत्रलाल अभागीको कविता सामाजिक सञ्जाल फेसबुकमा साभार गर्दै उनले यस्तो बनाएका हुन्। उनल...
काठमाडौं: हाल देशभर मनसुनको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थ...