पोखराका ४ सय ८६ मेकानिक्सलाई टि.टि खोप

पाेखरा | जेठ २९, २०८०

पोखराका ४ सय ८६ मेकानिक्सलाई टि.टि खोप

 पोखरा:     गण्डकी अटो मेकानिकल वक्स एशोसिएसनले मेकानिक्सहरुलाई निशुल्क टि.टि खोप सहित स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ । एशोसिएसनले पश्चिमाञ्चल सामूदायिक अस्पतालको सहकार्यमा मेकानिक्सहरु धेरै रहेको स्थान, पृथ्वीचोक बसपार्क, औधोगिक क्षेत्र,बाग्लुङ्ग बसपार्क र याम्दीमा  घुम्ती शिविर मार्फत ४८६ जनालाई खोप लगाइएको अध्यक्ष सन्तोष कुमार मिश्रले बताए ।
      
  
प्राणघातक रोगको रुपमा धनुष्टङ्गकारलाई लिने गरिएको धातुका कारण शरीरको कुनै पनि भागमा रगत आउने गरी काटेमा सो बाट शरीरभरि फैलन गई शरीर बाङ्गीने लामो समय उपचार गराउँदा धेरै खर्च हुने हुदाँ टिटानसको खोप प्रभावकारी रहेको डा. युक्त नारायण रेग्मीले बताए । ३ डोज लगाएपछि १० वर्ष खोप लगाउन नपर्ने हुदाँ खोप सेवा प्रभावकारी रहेको डाक्टर रेग्मीले बताए । 
      

कार्यक्रमको शुभारम्भ गर्दै पश्चिमाञ्चल सामुदायिक अस्पतालका अध्यक्ष हरि पाण्डेले खोप सेवा सङ्गै मेकानिक्सका लागी सहुलियत सेवा अस्पतालले प्रदान गर्ने बताए । एशोसिएसनका अध्यक्ष सन्तोष मिश्रको सभापतित्वमा भएको कार्यक्रममा प्रेस सल्लाहाकार कृष्ण थापा, रेडियो सराङ्गकोटका निर्देशक राममनि पौडेल, सामुदायिक अस्पतालका उपाध्यक्ष अर्जुन ज्ञवाली, संस्थाका पूर्व अध्यक्ष सानुमान जलारी, सल्लाहाकार छम बहादुर खत्री, उपाध्यक्ष कृष्ण खाँड, महासचिव विष्णु अधिकारी, कार्यक्रम संयोजक लिल बहादुर सुनारले खोप सेवाले  मेकानिक्सको स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्