पोखरा सम्पन्न ड्रागन बोट रेसमा चिनियाँ टोली सिचुवान च्याम्पियन
पाेखरा | असार ९, २०८०
PHOTO: PREM (THAPA)7
पोखरामा: चीनको सिचुवान ड्रागन बोट टिमले फेवातालमा सम्पन्न पहिलो नेपाल– चीनमैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार फेवातालमा भएको २ सय र ५ सय मिटर दुवैतर्फको फाइनल खेलमा सिचुवान टिमले उपाधि जितेको हो ।
प्रतियोगितामा विजेता भएको सिचुवान ड्रागन बोट टिमले २ सय र ५ सय मिटर दुवै विधामा उत्कृष्ट बन्दै ५ लाख ५० हजार रुपैयाँका दरले ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । त्यस्तै, प्रतियोगितामा उपविजेता भएको नेपाली टिम ‘नारा ड्रागन बोट टिम’ले २ र ५ सय मिटर दुवै विधामा उपविजेतासँगै ३ लाख ५० हजार रुपैयाँका दरले ७ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
मैत्रीपूर्ण प्रतिस्पर्धामा चीनकै युनान ड्रागन बोट टिम तेस्रो भएको छ । दुवै विधामा तेस्रो युनानले प्रति विधा २ लाखका दरले ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको हो ।

प्रतियोगितामा नेपाली टिम एनआरसीए उत्कृष्ट ४ मा पर्न सफल भएको थियो ।
प्रतियोगितामा नेपाल र चीनका ४/४ गरी ८ टिम सहभागी थिए । शुक्रबार भएको समूह चरणको खेलबाट नेपालका २ र चीनका २ टिम अन्तिम ४ मा प्रवेश गरेका थिए ।
प्रतियोगितामा भाग लिएका ८ वटै टिमले जनही नगद १, १ लाख रुपैयाँदरले पुरस्कार प्राप्त गरेका छन् ।
पाेखरा : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ । तस्बिरहरू:- ...
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

