१० हजार डलरसहित त्रिभुवन विमानस्थलबाट विदेशी नागरिक पक्राउ

काठमाडाैं | साउन २, २०८०

१० हजार डलरसहित त्रिभुवन विमानस्थलबाट विदेशी नागरिक पक्राउ सांकेतिक तस्वीर

काठमाडौं:     नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० हजार अमेरिकी डलरसहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । 


विमानस्थल सुरक्षार्थ खटिएको  प्रहरीले नेपाल एअरलाइन्सको उडानमार्फत् काठमाण्डौदेखि दुबई जान लागेका लेबनानका नागरिक ४२ वर्षीय एल यमन महमदलाई पक्राउ गरेको हो ।  


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हाते झोला जाँच क्षेत्रबाट झोलामा लुकाएर लैजान लागेको  एक सय दरका एक सय थान अमेरिकी डलर फेला पारेपछि उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।


पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको छ ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्