ढोरपाटन:  सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा निहुरो र अम्रिसोखेती गरिएको छ । वडा कार्यालय र स्थानीयले तीनवटा सामुदायिक वनमा झाडी फाँडेर करिब ३०० रोपनी क्षेत्र...

काठमाडौं:  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ५७ अङ्कले उकालो लागेर एक हजार नौ सय ३६ दशमलव ८३ मा पुगेको छ । निर्वाचनको माहोल अन्तिम चरणमा पुगेसँगै नेप्सेमा सकारात्मक प्रभाव देखिएको हो । त्यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ४९ अङ्कले उकालो लागेर तीन सय ८१ दशमलव शून्य छ मा पुगेको छ । कूल दुई सय २३ कम्पनीको ४३ लाख ८४ हजार चार कित्ता शेयर रु एक अर्ब ७१ करोड ५४ लाख १९ हजार दुई सय ८६ बराबरको कारोबार भयो । आजको कारोबारपछि बजार पूँजीकरण रु २७ खर्ब ८६ अर्ब दुई करोड ३४ लाख ५१ हजार तीन सय ८७ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहकै शेयर मूल्य उकालो लागेको छ । कारोबारका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १४ करोड ३९ लाख १५ हजार नौ सय ७२ बराबरको कारोबार भयो । त्यस्तै शिवम् सिमेन्ट रु १३ करोड ४० लाख २७ हजार दुई सय ८८, हिमालयन डिस्टिलरी रु १० करोड २९ लाख ६३ हजार आठ सय ७३, फरवार्ड माइक्रोफाइनान्स रु सात करोड ९० लाख ६५ हजार दुई सय ७४ र हिमालयन पावर पार्टनर रु छ करोड १३ लाख २६ हजार आठ सय ३२ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।   नेप्सेका अनुसार सिकेलेस हाइड्रोपावर र सयपत्री हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल तराई सात दशमलव ५१, रिडी पावर कम्पनी छ दशमलव शून्य तीन र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ९९ प्रतिशतले कमाएका छन् । त्यस्तै, फरवार्ड माइक्रोफाइनान्स दुई दशमलव ९७, इमर्जिङ नेपाल एक दशमलव ८७, तारागाउँ रिजेन्सी होटल एक दशमलव ६९, समता घरेलु लघुवित्त एक दशमलव ४० र युनिलिभर नेपालका लगानीकर्ताले शून्य दशमलव ९६ प्रतिशतले गुमाएका छन् । 

काठमाडौं:   चालु आर्थिक वर्षको पहिलो चार महिनामा सरकारी बजेट खर्च साढे १९ प्रतिशत मात्रै भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्म रु तीन खर्ब ५० अर्ब ९८ करोड ७३ लाख खर्च भएको हो । जुन वार्षिक विनियोजित बजेटको १९ दशमलव ५७ प्रतिशत बराबर हो । यस अवधिमा चालुतर्फ २३ दशमलव ७८ प्रतिशत बजेट खर्च भएको छ । चालु आवका लागि चालु शीर्षकमा रु ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख बजेट बिनियोजन भएकोमा कात्तिक मसान्तसम्ममा रु दुई खर्ब ८१ अर्ब ३८ करोड ६१ लाख खर्च भएको हो ।  त्यस्तै, पुँजीगततर्फ रु तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख बजेट बिनियोजन भएकोमा हालसम्म छ दशमलव ९१ प्रतिशत अर्थात् रु २६ अर्ब २९ करोड ६१ लाख बराबर खर्च भएको छ ।  वित्तीय व्यवस्थापन शीर्षकमा रु दुई खर्ब ३० अर्ब २१ करोड ७७ लाख बराबरको वार्षिक बजेट रहेकोमा अहिलेसम्म १८ दशमलव ८१ प्रतिशत अर्थात् रु ४३ अर्ब ३० करोड ५१ लाख खर्च भएको छ ।  यही अवधिसम्म सरकारको राजस्व सङ्कलन १९ दशमलव ११ प्रतिशत रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षका लागि कूल रु १४ खर्ब तीन अर्ब १४ करोड ७० लाख बराबर राजस्व उठाउने सरकारको लक्ष्य रहेकोमा कात्तिक मसान्तसम्ममा रु दुई खर्ब ६८ अर्ब सात करोड १७ लाख बराबर असूली भएको छ । जसमध्ये कर राजस्वतर्फ १८ दशमलव ९७ प्रतिशत अर्थात् रु दुई खर्ब ४५ अर्ब ७८ करोड ६८ लाख र गैरकर राजस्वतर्फ २० दशमलव ६८ प्रतिशत अर्थात् रु २२ अर्ब २८ करोड ४९ लाख उठेको छ । पहिलो चार महिनामा सरकारले रु तीन अर्ब ४१ करोड ५९ लाख वैदेशिक अनुदान लिएको छ । जुन वार्षिक लक्ष्यको छ दशमलव १६ प्रतिशत बराबर हो । चालु आवका लागि सरकारले रु ५५ अर्ब ४५ करोड ८३ लाख वैदेशिक अनुदान लिने लक्ष्य राखेको छ ।

कास्की:  गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रहेका रामजी बरालले लज सञ्चालनमा ल्याएका छन् ।   गतवर्षदेखि पोखरा महानगरपालिका २२ पुम्दीकोटमा ‘जय शम्भो पुम्दीकोट लज एण्ड रेष्टुरेन्ट’ सञ्चालनमा रहेको बरालका छोरा कुलप्रसादले जानकारी दिए । उनका अनुसार हाल प्राविधिक कारणले एक महिना सेवा बन्द गरिएको छ ।   सो लज आफुले हेर्दै आएको बताउदै पारिवारिक लगानी रहेको कुलप्रसादले बताए । ‘हामी कोही पनि छुट्टिएका छैनौं, उनले भने, ‘त्यसैले पारिवारिक लगानी नै भन्न मिल्छ र म माननीय कै छोरा हो नि ।’   लज स्थापनाको मूख्य उद्देश्य धार्मिक र आन्तरिक पर्यटनलाई बढावा दिने रहेको उनले जनाए । यससँगै पर्यटनमार्फत आत्मनिर्भर र उद्यमी हुनपनि व्यवसायले सघाउ पुग्ने उनको धारणा छ ।    करिब डेढ करोड रुपैयाँ लगानी रहेको लजमा एक डिलक्ससहित पाँच कोठा, रेष्टुरेन्ट र ६० जना अट्ने सेमिनार हल रहेको छ । शिव मन्दिरबाट सो लज पाँच मिनेटको पैदल दूरीमा रहेको छ ।   नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता एवम् मन्त्री बराल आसन्न निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् ।   

काठमाडौं:  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा प्रतितोला रु चार सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु ९८ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९८ हजार तोकिएको हो  ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार नौ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा  प्रतितोला रु १० ले घटेर रु एक हजार दुई सय ८५ तोकिएको महासङ्घले जनाएको छ ।महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।

काठमाडौं:  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ४० अङ्क बढेर एक हजार नौ सय ११ दशमलव २६ विन्दुमा पुगेको छ ।  आजको कारोबारमा ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ८६ अङ्क बढेर तीन सय ७६ दशमलव ५७ विन्दुमा पुगेको छ ।  कूल दुई सय ३२ कम्पनीको २४ लाख ९५ हजार छ सय १२ कित्ता शेयर रु ८५ करोड ९४ लाख छ सय १२ मूल्यमा कारोबार भएको छ । आजको कारोबारपछि बजार पुँजीकरण रु २७ खर्ब ४९ अर्ब ११ करोड ४५ लाख १६ हजार पाँच सय १७ पुगेको छ ।  नेप्सेका अनुसार कारोबारका आधारका रिडी पावर कम्पनी शीर्ष स्थानमा छ । कम्पनीको रु छ करोड तीन लाख ३८ हजार छ सय ३० बराबरको कारोबार भयो ।  हिमालयन डिस्टिलरी रु चार करोड एक लाख ९० हजार सात सय १६, नेपाल लाइफ इन्स्योरेन्स रु तीन करोड ८१ लाख २६ हजार तीन सय ३०, शिवम् सिमेन्ट रु तीन करोड ७८ लाख ५८ हजार पाँच सय २३ र जाल्पा सामुदायिक लघुवित्तको रु दुई करोड ७८ लाख १४ हजार नौ सय ४६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।  आजको कारोबारमा सिक्लेस हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । साथै, गणपति लघुवित्त सात दशमलव ७१, नारायणी डेभलपमेन्ट बैंक पाँच दशमलव ५३, रिडी पावर कम्पनी पाँच दशमलव ४४ र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले चार दशमलव ६५ प्रतिशत शेयर मूल्य बढेको छ ।  त्यस्तै, जनउत्थान सामुदायिक चार दशमलव १३, सबैको लघुवित्त तीन दशमलव ६८, विशाल बजार कम्पनी दुई दशमलव ८४, बुद्धभूमि नेपाल हाइड्रोपावर दुई दशमलव ७४ र लक्ष्मी उन्नती कोषका लगानीकर्ताले दुई दशमलब ६४ प्रतिशतले गुमाएका छन् ।

  काठमाडौं:  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजारले बढेको छ । सोमबार प्रतितोला रु ९७ हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९८ हजार दुई सय तोकिएको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार सात सय थियो ।       त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा  प्रतितोला रु ३०ले बढेर रु एक हजार तीन सय २५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।

  काठमाडौं: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक सयले घटेर रु ९७ हजार दुई सय कायम भएको छ ।  सुनको मूल्य अघिल्लो आइतबार प्रतितोला रु ९७ हजार तीन सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार सात सय कायम भएको छ । आइतबार तेजावी सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार आठ सय थियो ।      त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार दुई सय ९५ तोकिएको महासङ्घले जनाएको छ ।

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज १० दशमलव ५४ अङ्कले ओरालो लागेर एक हजार आठ सय ८३ दशमलव १६ मा सीमित भएको छ ।  यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ८३ अङ्कले ओरालो लागेर तीन सय ७० दशमलव ५३ मा सीमित भएको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको शेयर उकालो लाग्दा १२ उपसमूहको शेयर ओरालो लागेको छ । ल दुई सय २५ कम्पनीको २० लाख २८ हजार तीन सय ४८ कित्ता शेयर रु ७७ करोड ४९ लाख ११ हजार सात सय छ मूल्यमा खरिद बिक्री भए । आइतबारको कारोबारपछि बजार पुँजीकरण रु २७ खर्ब आठ अर्ब ७० करोड १२ लाख ८२ हजार चार सय ३१ बराबर रहेको छ ।   कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । उक्त कम्पनीको रु १० करोड ३९ लाख ९६ हजार बराबरको कारोबार भएको छ । निर्धन उत्थान लघुवित्त रु दुई करोड ४० लाख ५२ हजार तीन सय ३९, नबिल बैंक रु दुई करोड ३८ लाख २५ हजार नौ सय ५०, हिमालयन पावर पाटनर रु दुई करोड २६ लाख ४६ हजार दुई सय ३७ र नेपाल पुर्नबीमा कम्पनी रु दुई करोड १६ लाख ३९ हजार छ सय सात मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार लक्ष्मी इक्विटी फण्ड सात दशमलव ९०, लक्ष्मी उन्नति कोष तीन दशमलव ७७, मन्दाकिनी हाइड्रोपावर तीन दशमलव ७४, सिँगटी हाइड्रोपावर तीन दशमलव ३६ र गुर्खाज फाइनान्सका लगानीकर्ताले तीन दशमलव १४ प्रतिशतले कमाएका छन् । त्यस्तै नवील ब्यालेन्स फण्ड दोस्रो छ दशमलव ९०, निर्धन उत्थान लघुवित्त छ दशमलव ४०, सिटिजन म्युचुअल फण्ड पहिलो पाँच दशमलव ४२, मनकामना स्मार्ट लघुवित्त पाँच दशमलव १८ र आशा लघुवित्तका लगानीकर्ताले चार दशमलव ८६ प्रतिशतले गुमाएका छन् । 

काठमाडौं: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार तीन सय तोकिएको छ । गत शुक्रबार प्रतितोला रु ९६ हजार सात सयमा कारोबार भएको सुन आज प्रतितोला रु छ सयले बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार दुई सय थियो ।      त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार तीन सय तोकिएको महासङ्घले जनाएको छ ।