काठमाडौं:  गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ ।  मन्त्रालयले आज विज्ञप्ति जारी गरी भनेको छ, &l...

पोखरा:  प्रदेश सरकारले गुरुङ र मगर भाषालाई समेत सरकारी कामकाजको भाषा बनाएको छ ।  गण्डकी प्रदेशमा अब नेपालीका साथसाथै गुरुङ र मगर भाषा पनि सरकारी कामकाज हुने छ ।  मङ्गलबारको बैठकबाट ‘गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मत पारित भएको छ ।  सामाजिक विकास, युवा तथा खेलकूद मन्त्री बिन्दुकुमार थापाले यो विधेयकमाथि दफावार छलफल गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । विधेयकमाथि मङ्गलबार नै दफावार छलफल भई पारित भएको हो । गुरुङ र मगर समुदायका सांसदहरू आआफ्ना जातीय पोशाकमा सदनमा उपस्थित भएका थिए ।  यहाँको कुल जनसंख्याको १९.७९ प्रतिशत मगर र ११.३१ प्रतिशत गुरुङ जाति छन् । सोहि जनसंख्याका मानिसहरुलाई कामकाजमा सहज बनाउने, उनीहरुले बोल्ने मगर र गुरुङ भाषाको संरक्षण, सम्बद्र्धन र प्रवद्र्दन गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले विधेयक ल्याएको थियो ।  सो विधेयकलाई विहीबार गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले निर्णायार्थ पेश गरेपछि सर्वसम्मत पारित भएको हो । प्रदेशका मन्त्रालय, आयोग, निर्देशनालय, कार्यालय वा संगठित संस्थामा अब सरकारी कामकाजको भाषामा यी दुई भाषा थपिनेछन् । कार्यालयमा रहने सार्वजनिक दस्तावेजहरु समेत यी दुई भाषामा अनुवाद गरी अभिलेखिकरण गर्नुपर्ने, सेवाग्राहीले मगर वा गुरुङ भाषामा निवेदन, प्रमाण, कागजात पेश गरेमा कार्यसम्पन्न भएपछि सोही भाषामा आवश्यक कागजात उपलब्ध गराउन सक्ने व्यवस्था यसमा छ ।  सरकारले नेपालीका अतिरिक्त मगर र गुरुङ भाषामा समेत प्रदेश राजपत्र प्रकाशन गर्न सक्नेछ भने मगर र गुरुङ भाषामा उच्च शिक्षासम्म अध्ययन, अध्यापनको व्यवस्था गर्न सक्ने प्रावधान राखिएको छ ।  विधेयकमाथिको दफाबार छलफलमा प्रदेशसभा सदस्यहरू कांग्रेसका महेश भट्टराई र सरस्वती गुरुङ, एमालेका सुधीरकुमार पौडेल, निर्मला थापा र गणेशमान गुरुङ, माओवादी केन्द्रका कुसुम बुढा पुन र हरिबहादुर भण्डारी र राप्रपाकी बिन्दु पौडेलले भाग लिएका थिए ।  उनीहरुले मगर, गुरुङसहित अन्य भाषाको संरक्षण र सम्वर्धनमा समेत जोड दिए ।  सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री थापाले आवश्यकता र औचित्यका आधारमा कार्याविधि र नियमावली बनाएर अन्य भाषाभाषीलाई समेत संरक्षण र सम्वर्धन गर्ने बाचा गरे ।  यो विधेयक गत फागुन २३ मा प्रदेश सभामा पेस भएको थियो ।  

काठमाडौं:   गण्डकी प्रदेश  प्रमुख डिल्लीराज भट्टसहित पाँच प्रदेश प्रमुखहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ ।  काठमाण्डौमा उपलब्ध पाँच प्रदेश प्रमुखहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार राति प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको हो ।   भेटमा संघीयताको कार्यान्वयन, प्रदेश सरकारको कामकारबाही तथा संघ र प्रदेश सरकारको समन्वयका विषयमा छलफल भएको थियो । उहाँहरूबीच आ–आफ्नो प्रदेशको अवस्थाका बारेमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री ओलीसँग भेट गर्न पाँच प्रदेशका प्रदेश प्रमुखहरू सोमबार अबेर बालुवाटार पुग्नुभएको थियो । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, कोशी प्रदेश प्रमुख परशुराम खापुङ, मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ भेटमा सहभागी हुनुहुन्थ्यो । कोशी र कर्णालीका प्रदेश प्रमुख असार १८ गते राष्ट्रपतिसँग भेटपछि काम विशेषले आफ्नो प्रदेश फिर्ता भएकाले उपस्थित हुन सक्नुभएन ।   प्रदेश प्रमुख प्रदेशको प्रमुखमात्र नभई केन्द्रको प्रतिनिधि पनि भएकाले संघ र प्रदेशबीचको समन्वयकर्ता रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले पछिल्लो समय संघीयता र त्यसमाथि पनि प्रदेश संरचनाको आलोचना भएको उल्लेख गर्दै संघीयतालाई बलियो र प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।   सामूहिक भेटवार्तामा प्रदेश प्रमुखहरूले राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा सात वटै प्रदेशका प्रमुखहरु शितल निवास पुगी भेटवार्ता र छलफल गरेको जानकारी गराउनुभयो ।  प्रदेश प्रमुखहरूले आफ्नो कार्यक्षेत्रका सामाजिक, राजनीतिक तथा आर्थिक अवस्थाबारे साझा अवधारणा बनाई प्रधानमन्त्री समक्ष प्रतिवेदन हस्तान्तरण गर्नुभएको थियो ।   प्रदेश प्रमुखहरूले आफूले भोग्नुपरेका कठिनाइ, कानुन तथा नियममा रहेका अन्यौलहरूको बारेमा जानकारी गराउँदै यसको समाधानका लागि प्रधानमन्त्रीसमक्ष अनुरोध गर्नुभयो । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रधानमन्त्रीसँगको भेटमा मुख्यतः संघीयताको प्रभावकारी कार्यान्वयनको विषयमा छलफल भएको जानकारी दिनुभयो । उक्त अवसरमा प्रदेश प्रमुखहरूले प्रधानमन्त्रीसँग नियमित सम्पर्क र समन्वयका लागि आग्रह पनि गर्नुभएको थियो ।   प्रधानमन्त्री ओलीले संघीयताको प्रभावकारी कार्यान्वयन, यसमा देखिएका समस्या र समाधानका उपायबारे सबै प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूलाई बोलाएर छलफल गर्ने बताउनुभएको छ । उक्त अवसरमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले आफ्ना प्रदेश कार्यालयबाट प्रकाशित बुलेटिन प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभएको थियो ।   

काठमाडौं:   चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुनेको संख्या १८ पुगेको छ ।  जिल्लाको टिमुरेमा बाढीमा १८ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी हेम बहादुर शाहीले जानकारी दिए ।  सुरक्षाकर्मीले बेपत्ताको खोजी र उद्धारकार्य जारी राखेको छन् ।  चारजना चिनियाँ कामदारसहित १८ जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्धारका लागि खटिएका तीनजना प्रहरी छन् ।  बेपत्ता हुनेमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । 

काठमाडौं:  नुवाकोटको विदुरमा त्रिशूली नदीमा फसेकाको उद्धार नेपाली सेनाले गरेको छ।  बाढीमा फसेको लामो समयपछि मंगलबार बिहान पुगेको नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको हो।  नुवाकोटका पत्रकार रामहरि न्यौपानेका अनुसार लामो समय फसेर ज्यान जोखिममा रहेका दुई जनाको सेनाले उद्धार गरेको हो। ठुलो बाढी आएपछि लामो समय रुखमा बसेर उनीहरुले ज्यान जोगाएका थिए। थप विवरण आउन बाँकी छ।

काठमाडौं:  मंगलबार बिहान सवा दिन बजे आएको बाढीले नेपाल–चीन जोड्ने मितेरीपुलबीच भागमा भाँचिएर बगाई टिमुरेस्थित भन्सार यार्डमा बाढी पसेको थियो ।  त्यहाँ रहेका सात आठवटा गाडी र आठ नौवटा मालबाहक कन्टेनर डिब्बा बगाएको बगाएको जानकारी सशस्त्र प्रहरीले दिएको छ ।  रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका वडा नं. २ रसुवागढीस्थित नेपाल–चीन सीमानाकामा चीनतर्फ वर्षाको कारण बाढी आउँदा नेपाल–चीन जोड्ने मितेरीपुल बीच भागमा भाँचिएर बगाई टिमुरे स्थित भन्सार यार्डमा बाढी पसेको थियो ।  भन्सार यार्डमा एक जना स्थानीय, एक जना नेपाल प्रहरी र बिओपी टिमुरेमा कार्यरत सप्रज प्रदिप वाग्ले चारैतर्फ बाढीले गर्दा फसेकोले उद्धार कार्यको प्रयास भइरहेको जानकारी सशस्त्र प्रहरीले दिएको छ । बाढी बढेकाले उद्धार कार्य कठिन भएको जानकारी दिइएको छ ।  नदीमा पानीको बाहब धेरै बर्दै गई रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय नागरिकहरुलाई सचेत गराइएको बिओपी टिमुरे रसुवाबाट सहायक प्रहरी निरीक्षक प्रकाश पाण्डे कमाण्डमा २० जनाको टोली खटिएको छ ।   रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति भएको पुगेको छ । बिहान ६ बजेबाट बजे रसुवा गोसाइँकुण्ड गापा २ तातोपानी स्थित पासाङल्हामु राजमार्ग अन्तर्गत स्याफ्रुबेशी–रसुवागढी सडकखण्डमा भोटेकोशी नदीमा आएको बाढीले सडक पूर्ण कटान गरी पहिरो झरी सडक अबरुद्ध रहेको छ । उद्धार सामग्रीसहित उद्धारकर्ता घटनास्थल तर्फ गएको जानकारी पनि सशस्त्र प्रहरीले दिएको छ । 

काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले आज तीन जनाको नाम सिफारिस गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तको संयोजकत्वको सो समितिले प्रधानमन्त्री एवं कुलपति ओली समक्ष ती नाम सिफारिस गरेको हो ।  सिफारिस भएकाहरुमा वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति प्रा डा खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्वडीन प्रा डा विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख प्रा डा दीपक अर्याल रहनुभएको छ । उपकुलपति प्रा डा केशरजङ्ग बरालले दिनुभएको राजीनामा गत चैत २८ गते स्वीकृत भएपछि गत चैत ३१ गते कुलपति ओलीले शिक्षाध्यक्ष केसीलाई पदपूर्ति नभएसम्मका लागि बढीमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिनुभएको थियो । कुलपति ओलीले गत जेठ ६ गते शिक्षामन्त्री पन्तको अध्यक्षतामा राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य र शिक्षा मन्त्रालयका सचिव रहेको सिफारिस समिति गठन गर्नुभएको थियो ।

पोखरा:   गण्डकी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा ‘दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना’ अन्तर्गत औद्योगिक प्रशिक्षार्थी तालिम (अपे्रन्टिशीप) कार्यक्रमका उत्कृष्ट शिक्षालय, उद्योग र प्रशिक्षार्थीलाई एक कार्यक्रममा सम्मान गरिएको छ । शिक्षालय तर्फ निर्मल मावि, व्यास तनहुँ प्रथम घोषित हुँदै रु ५० हजारसहित सम्मानित भयो भने धवलागिरी बहुप्राविधिक शिक्षालय, थासाङ मुस्ताङ द्वितीय रु ३० हजार, पोखरा प्राविधिक शिक्षालय तृतीय रु २० हजार र रणविर जनहित मावि, वालिङ स्याङ्जा चौथो रु १० हजार नगद सहित सम्मानति भए । चार वटा सीप तर्फ उत्कृष्ट उद्योगहरूलाई रु २५ हजार नगद र सम्मान पत्र प्रदान गरियो। सम्मानित हुनेमा होटल व्यवस्थापन तर्फ पोखराको टेम्पल ट्री रिसोर्ट एण्ड स्पा, भवन निर्माण तर्फ जुम कन्स्ट्रक्सन, इलेक्ट्रिकल इञ्जिनियरिङ तर्फ वालिङ स्याङ्जाको समिर इलेक्ट्रिकल्स तथा अटोमोबाइल इञ्जिनियरिङ तर्फ पोखराकै अक्टोपस अटोमोबाइल प्रालि परे । प्रशिक्षार्थी श्रेणीमा समेत उत्कृष्टता प्रदर्शन गर्ने १६ जनालाई विभिन्न वर्गमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार स्वरूप नगद रकम क्रमशः रु १५ हजार, १० हजार, ७ हजार देखि ५ हजार तथा प्रमाणपत्रद्वारा सम्मान गरियो । जसमा होटल व्यवस्थापन तर्फ पोखरा प्राविधिक शिक्षालयका सन्दिप परियार प्रथम, पोखरा प्राविधिक शिक्षालयका निशान सुनार द्धितिय, धवलागिरी प्राविधिक शिक्षालयका सृजन अधिकारी तृतिय र पोखरा प्राविधिक शिक्षालयका रुपेश श्रेष्ठ चौथो भएका छन् । बिल्डिङ कन्सट्रक्सन तर्फ गण्डकी बहुप्राविधिक शिक्षालयका अरुण मल्ल प्रथम, गण्डकी बहुप्राविधिक शिक्षालयका सन्तोष पाण्डे द्धितिय, गण्डकी बहुप्राविधिक शिक्षालयका अस्गर मियाँ तृतिय र गण्डकी बहुप्राविधिक शिक्षालयका सारुख मोहमद मियाँ सान्तवना भएका छन् । यस्तै, इलेक्ट्रिकल ईञ्जिनियरिङ तर्फ रणविर जनहित माविका समिर कार्की प्रथम, देवेन्द्र नेपाली दोस्रो, विवेक राम तेस्रो र दामोदर अर्याल सान्तवना भएका छन् । अटोमोबाईल ईञ्जिनियरिङ तर्फ पोखरा प्राविधिक शिक्षालयका तेजेन्द्र थापा घर्ति पहिलो, विनम श्रीष द्धितिय, रोशन सुनार तृतिय, विवश गुरुङ सान्तवना भएका छन् । कार्यक्रममा बोल्दै सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले स्वदेशी स्रोतमै आधारित यस्ता कार्यक्रमलाई मन्त्रालयले निरन्तरता दिने प्रतिबद्धता जनाए । स्विस सरकार विकास सहयोग परियोजनालाई धन्यवाद दिँदै मन्त्री थापाले परियोजनाको निरन्तर सहयोगको समेत अपेक्षा गरेका छन् । युवालाई उद्योगी बन्न प्रेरित गर्ने र त्यसै अनुरुप बजेटको समेत व्यवस्थापन गरिएको भनाई उनको छ । सचिव नवराज ढकालले सीपयुक्त युवाशक्ति नै समृद्धिको आधार भएको उल्लेख गरे । नीजि क्षेत्रको विकास गरेर मात्रै राज्य अगाडि बढ्न सक्ने उनले बताए । सरकारले सहजीकरण मात्र गर्ने हुँदा सीप सिकेर उद्यमी बन्न तर्फ प्रेरित हुन युवालाई उनको आग्रह छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष संजीव बहादुर कोइरालाले नीजि क्षेत्र सरकारसँग समन्वय गरि अगाडि बढ्न तयार रहेको बताए ।  विद्यार्थीले सरकारी लगानीलाई खेरा जान दिन नहुने अभिव्यक्ति उनको छ । सरकारले लगानी गर्ने र विद्यार्थी बीचमा नै छाड्ने प्रवृतिले यो क्षेत्रमा केही गर्न चाहने विद्यार्थीलाई समस्या भएको उनले उल्लेख गरे । सरकारले केही गरेन भनेर भाष्य सिर्जना गर्नु गलत भएको र पछिल्लो समय विकासको गतिविधि बढ्दै गएको उनले प्रष्टाएका छन् । उपसचिव तोयानाथ लम्सालले तालिम, उद्योग र शिक्षालयबीचको सहकार्यले कार्यक्रम प्रभावकारी बनेको बताए । औद्योगिक प्रशिक्षार्थाी तेजेन्द्र थापा घर्तीमगर, टेम्पल ट्री रिर्सोट एण्ड स्पाका एचआर म्यानेजर रामकृष्ण कँडेल र निर्मला माविका प्रधानाध्यापक गणेशचन्द्र बस्नेत लगायतले बोलेका थिए । उद्योग, विद्यालय र प्रशिक्षार्थी सबैको सहभागिता र उत्साहजनक योगदानले कार्यक्रम सार्थक बनेको सन्देश दिँदै वक्ताहरूले यस्ता अभ्यासहरूले सीपयुक्त, रोजगारोन्मुख र आत्मनिर्भर युवाशक्ति निर्माणमा महत्वपूर्ण टेवा पु¥याउने विश्वास व्यक्त गरे ।  

पोखरा:   चलचित्र पत्रकार संघ नेपाल कास्कीको २२ औं स्थापना दिवसको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम विविध धारणा, सुझाव र प्रेरणादायी मन्तव्यले सम्पन्न भएको छ । चलचित्र पत्रकार संघ नेपाल कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले कार्यसमितिमा देखिएको समस्याको समाधान गर्न आफूले जिम्मा लिएको बताउँदै केन्द्रबाट अधिवेशनका लागि परिपत्र आएपछि छैटौं अधिवेशन गरिने जानकारी गराए ।  उनले २०६० साल असार २२ गते संस्थाको स्थापना भएको र  संस्थाले विविध चुनौति पार गर्दै यहाँसम्म आएको उल्लेख गरे । संघका सल्लाहकार सुरेश रानाभाटले संघलाई मजबुत बनाउने आधारका रूपमा विधान र कार्यविधिलाई अक्सिजनको संज्ञा दिए । कास्की शाखा देशभरकै उत्कृष्ट शाखा भएको उल्लेख गर्दै संस्था मजबुत भएको अभिव्यक्ति उनले राखे । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले चलचित्र पत्रकारितालाई जोगाउन चलचित्रसम्बन्धी गतिविधि बढाउनुपर्नेमा जोड दिंदै मिडिया नै कलाकारलाई बाहिर ल्याउने मूल माध्यम भएको उल्लेख गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले संघ युवा अवस्थामा प्रवेश गरेको बताउँदै यसको गतिशीलता कायम राख्नुपर्ने आवश्यकतालाई जोड दिएका छन् ।  नेतृत्वविहीनताको प्रभाव स्वभाविक भएको बताउँदै समाधानका उपायसहित अघि बढ्नुपर्ने सुझाव उनको छ । कलाकार प्रकाश घिमिरेले पत्रकारहरूले राम्रो चलचित्रलाई खुलेर राम्रो भन्नुपर्ने र पैसा कमाउने फिल्म मात्र राम्रो भन्ने मानसिकता त्याग्नुपर्ने बताए ।  उनले आफ्ना अनुभव सुनाउँदै कहिलेकाहीँ उत्कृष्ट अभिनय भए तापनि सिनेमा फेल हुने अवस्थाको चिन्ता व्यक्त गरे । चलचित्र पत्रकार संघ नेपाल कास्कीले गर्दै आएको सिनेमा संवाद लगायतका गतिविधिको उनले प्रशंसा गरेका छन् । कलाकार माओत्से गुरुङले चलचित्र पत्रकारितालाई परिस्कृत गर्दै अघि बढाउन र चलचित्र ऐनमा रहेका त्रुटिहरू सच्याउन मिडियाको सक्रिय भूमिका अपरिहार्य रहेको बताएका छन् । संघका पूर्वउपाध्यक्ष एवम् पूर्वसल्लाहकार राजाराम पौडेलले नेतृत्वले आफ्नो कार्यकाल पूरा गर्नुपर्ने आवश्यकतासँगै सिनेमा संवाद कार्यक्रमलाई अझ परिस्कृत र प्रभावकारी बनाउनुपर्ने बताए । चलचित्र पत्रकार संघ नेपाल कास्कीले केवल चलचित्र भन्दा पनि  मनोरञ्जन क्षेत्रका हरेक आयाममा कलम चलाउन पत्रकारलाई प्रोत्साहन गर्नुपर्ने विषयमा उनले जोड दिएका छन् । संघका पूर्व सह—सचिव एवम् पत्रकार विजय नेपालले चलचित्र पत्रकारका लागि फेलोसिप, तालिम र गोष्ठी कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका छन् । संघका सचिव सन्तोष बस्यालले संस्थाको वर्तमान अवस्थाको विषयमा जानकारी गराएका थिए । संस्थापक अध्यक्ष सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित सबैले चलचित्र पत्रकार संघ कास्कीको भूमिका, भविष्य र सुदृढीकरणका विविध आयाममा विचार प्रस्तुत गरे ।   चलचित्र पत्रकारहरुको हकहितमा ७ जेठ, २०५६ मा केन्द्रमा भरत शाक्यको अध्यक्षतामा गठित चलचित्र पत्रकार संघले पहिलोपल्ट चलचित्र नगरी पोखरामा २२ असार, २०६० मा शाखा बिस्तार गरेको थियो ।

काठमाडौं:  सुन चाँदी व्यवसायीहरुले असार २७ गतेसम्म आन्दोलनलाई जारी राख्ने निर्णय गरेका छन् । सरकारले आर्थिक वर्ष २०८२/८३ देखि सुनचाँदीमा लगाएको कर खारेज हुनुपर्ने लगायतका माग राख्दै सुन चाँदी व्यवसायीहरुले पसल बन्द गरेर प्रदर्शनमा उत्रिँदै आएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्त विज्ञप्ति निकालेर काठमाडौं उपत्यकामा असार २७ गतेसम्म आन्दोलनको तालिका सार्वजनिक गरेको जानकारी दिएको छ । कार्यक्रम अनुसार आज असार २२ गते वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मस्यौदा बुझाउने र न्युरोडमा प्लेकार्ड सहित एक घण्टा विरोध प्रदर्शन गर्ने व्यवसायीहरुले बताएका छन् । असार २३ गते आन्दोलनको रणनीति तय गर्न विज्ञसहितको  टिमसँग छलफल गर्ने, २४ गते उपत्यकाका जिल्ला/नगरका यसअघि गर्न बाँकी रहेका कार्यक्रम गर्ने, २५ गते गोष्ठि आयोजना गर्ने र २६ गते काठमाडौंमा खबरदारी सभा गर्ने निर्णय व्यवसायीहरुले गरेका छन् । यसैगरी साताको अन्तिम दिन शुक्रबार काठमाडौंमा राष्ट्रिय रुपमा खबरदारी सभा गर्ने आन्दोलनको कार्यतालिकामा उल्लेख छ ।   यस्तो छ आन्दोलनको कार्यतालिका-