काठमाडौं:    प्रहरी वृत्त लैनचौरले ३ जनालाई लागुऔधष खैरो हिरोइनसहित पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका ९ घर भई जिल्ला काठमाडौं महानगरपालिका १६ बालाजु गंगाजम...

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्या गरी रुखबाट लडेर मृत्यु भएको भनिएता पनि शव परिक्षणको प्रतिवेदनले सौरवको हत्या भएको पुष्टि गरेको हो ।   सोही आधारमा अनुसन्धान गर्ने क्रममा प्रकाश विकलाई पक्राउ गरेको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए ।   उनका अनुसार प्रारम्भिक अनुसन्धान अनुसार मदिरा सेवनपछि भएको विवादमा सौरवको हत्या भएको खुलेको हो ।   गत फागुन ७ गते दानाका २४ वर्षीय सौरव विक घाँस काट्ने क्रममा लडेर घाइते भएको बताइएको थियो ।   त्यसपछि उनलाई उपचारका लागि प्रदेश अस्पताल बेनी हुँदै गण्डकी मेडिकल कलेज पोखरामा लगिएको थियो ।   तर, अस्पतालले बाँच्ने सम्भावना कम भएको बताएपछि घर फर्काइएको थियो । त्यसपछि उनको निधन भएको थियो ।   त्यसपछि पोष्टमार्टम र शव परीक्षण प्रतिवेदन र सुक्ष्म अनुसन्धानका क्रममा एक महिनापछि दानाका २२ वर्षीय प्रकाश विकले सौरवको हत्या गरेको खुल्न आएको हो ।   प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार, शनिबार पक्राउ परेका प्रकाशले प्रारम्भिक बयानमा सौरवको हत्या गरेको स्वीकार गरेका छन् ।    उनीविरुद्ध ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा जिल्ला अदालतले ७ दिनको म्याद थप गरी थप अनुसन्धानm गरिरहेको छ ।

पोखरा:    कास्की प्रहरीले पोखरा १७  ड्यामसाइडबाट ११ जनालाई जुवाखालबाट पक्राउ गरेको छ ।   जुवा खेल्ने र खेलाउने गरी ११ जनालाई नगद ३ लाख ४६ हजार ९ सय ६५ रुपैयाँसहित शनिबार पक्राउ गरेको हो ।   जुवा खेलिरहेको प्राप्त सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको कास्की  प्रहरीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।    उनका अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीबाट उनीहरुलाई सार्वजनिक हित, नैतिकता विरुद्धको कसूर अन्तर्गत जुवा वा सट्टेबाजी गर्न नहुने मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

पोखरा ।    जिल्ला प्रहरी कार्यालयले ठुलो मात्रामा लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका २९ सैनिक बस्ती बस्ने १९ वर्षीय आयुष तामाङ रहेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवा तथा लागुऔषध नियन्त्रण व्यूरो पोखराबाट खटिएको प्रहरी टोलीले गत बुधबार बेलुकी साढे ५ बजे तामाङलाई पक्राउ गरेको हो ।     उनको साथबाट लागुऔषध डाइजापाम १ हजार ७ सय २१ एम्पुल, फेनेरागन ३ सय ३४ एम्पुल, ब्रुफिनुर्फिन ३ सय ७७ एम्पुल गरी कुल २ हजार ४ सय ३२ एम्पुल, २ थान मोबाइल र नगद ९३ हजार ५ सय रुपैयाँ बरामद गरिएको कास्की प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।    उनका अनुसार पक्राउ परेका तामाङले डाइजापाम, फेनेरागन र ब्रुफिनुर्फिनको १/१ एम्पुलको सेट बनाएर प्रतिसेटलाई २ हजार रुपैयाँमा विक्री गरेका थिए ।    पक्राउ परेका उनीविरुद्ध कास्की जिल्ला अदालतबाट लागुऔषध सम्बन्धि मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको डिएसपी बस्नेतले बताए ।    उनका अनुसार यसअघि गत २ गते पोखरा महानगरपालिका १० रामघाटबाट ८ ग्राम ३ मिलिग्राम ब्राउनसुगरसहित तनहुँ घरभएका पोखरा १० रामघाट बस्ने वर्ष २० को शिव गिरीलाई पक्राउ गरिसकेको छ ।   उनी विरुद्ध लागुऔषध सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान गरिएको कास्की प्रहरीले जनाएको  छ ।

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमपोखरीबाट खटिएको प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि लागुऔषध सेवनकर्ताले  गएराति बञ्चरो प्रहार गर्दा प्रहरी सहायक निरीक्षक तामाङ घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।  प्रहरीले आत्मरक्षाका लागि एक राउन्ड गोली चलाउँदा हेटौँडा उपमहागरपालिका–१२ हात्तीगौँडा निवासी १९ वर्षीय सनिस घाइते भएका छन् । दुवै घाइतेको हेटौँडास्थित सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।    हेटौँडा उपमहानगरपालिका–१२ हात्तीगौडाका २४ वर्षीय सञ्जय जिम्बा र ३५ वर्षीय अजय थिङलाई पक्राउ गरिएको छ ।  

अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् ।   उनलाई भक्तपुर स्थित निवासबाटै पक्राउ गरिएको हाे ।   उनले आसन्न निर्वाचनलाई लक्षित गर्दै आज (आइतबार) देखि अनिश्चितकालका लागि बन्दको आह्वान गरेका थिए ।

इटहरी:     गोलीसहितको पेस्तोल र केही परिमाणमा  लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्षेत्रबाट नियन्त्रणमा लिएको छ ।   सशस्त्र प्रहरी हवल्दार मनबहादुर न्यौपानेको नेतृत्वको टोलीले सीमाक्षेत्रस्थित अस्थायी चेकपोष्टबाट बिआर ५० एजे ४२२९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा भारतको अररिया जिल्ला, बेला ग्राम पञ्चायत–४ बस्ने ३६ वर्षीय राम खेलन पासवानलाई नियन्त्रणमा लिइएको हो ।   ति भारतीय नागरिकको साथबाट पेस्तोल, गोली तथा लागुऔषध ब्राउन सुगरसमेत बरामद गरिएको सशस्त्र प्रहरी बल नम्बर १ बहार बाहिनीका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुधिरजंग थापाले जानकारी दिए ।   चेकजाँचका क्रममा पासवानको शरीरमा लुकाई राखिएको इटालियन ९ एमएम अटोमेटिक पेस्तोल १ थान, सो पेस्तोलमा लाग्ने २ राउण्ड गोली र करिब १०० ग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ फेला परेको बताइएको छ ।   त्यस्तै, उहाँको साथबाट केही नेपाली र भारतीय रुपियाँसमेत बरामद गरिएको छ ।   पक्राउ परेका पासवानलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय इनरुवामा बुझाइएको छ ।

पोखरा:    कास्की प्रहरीले ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका ११ बस्ने ३० वर्षीय रोशन गुरुङ, अन्नपूर्ण गाउँपालिका ४ स्थायी घरभई हाल पोखरा ११ जनजाग्रिती टोल बस्ने ४४ वर्षीय विश्वास गुरुङ र  म्याग्दी मालिका गाउँपालिका ६ स्थायी घरभई हाल पोखरा ३१ मोहरिया बस्ने ४१ वर्षीय गंगा पुर्जा रहेका छन् ।   पोखरा ११ जनजागृती टोलमा लागुऔषध ब्राउनसुगर (खैरो हिरोईन) को कारोबार भइरहेको भन्ने सूचनाको आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले गत २६ गते पक्राउ गरेको हो ।   उनीहरुको साथबाट लागुऔषध ब्राउन सुगर (खैरो हिरोईन) २४.१५ ग्राम, डिजिटल तराजु १ थान,  र नगद १ लाख ४२ हजार तथा विभिन्न कम्पनीका मोवाईल ४ थान बरामद गरिएको कास्की प्रहरीका प्रवक्ता हरि बहादुर बस्नेतले जानकारी दिए ।    उनका अनुसार कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।       

बहुचर्चित ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले मुख्य अभियुक्त ‘गोरे’ भनिने चूडामणि उप्रेतीलाई थप १० वर्ष कैद सजाय सुनाएको छ ।   जिल्ला अदालत मोरङको यसअघिको फैसलालाई आंशिक रूपमा उल्ट्याउँदै उच्च अदालतले उप्रेतीलाई अपहरण तथा शरीर बन्धक मुद्दामा थप कैदको फैसला सुनाएको हो ।   उच्च अदालतका न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजालासले आइतबार राति यो फैसला सुनाएको हो ।   यसअघि जिल्ला अदालत मोरङले गोरेलाईकर्तव्य ज्यान मुद्दामा जन्मकैद (२० वर्ष) को सजाय सुनाएको भए पनि अपहरण तथा शरीर बन्धक मुद्दामा भने सजाय तोकेको थिएन ।   उच्च अदालतको नयाँ फैसलासँगै गोरेले अब अतिरिक्त थप १० वर्ष जेल सजाय भोग्नुपर्ने भएको छ । माघ २० गतेदेखि सुरु भएको निरन्तर सुनुवाइपछि अदालतले यस्तो ठहर गरेको हो ।   अदालतले जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका अन्य केही प्रतिवादीका हकमा भने सजाय घटाउने निर्णय गरेको छ ।   जिल्ला अदालतले २० वर्ष कैद सजाय सुनाएका नरेन्द्र कार्की, मोहन काफ्ले र भोजराज भण्डारीको हकमा उच्च अदालतले १०–१० वर्ष मात्र कैद सजाय हुने फैसला गरेको छ ।   त्यसैगरी कर्तव्य ज्यान मुद्दामा मतियारका रूपमा संलग्न देखिएका मदन सिलवालका हकमा जिल्लाको फैसला उल्टिएको छ । जिल्लाले सिलवाललाई सफाइ दिएको थियो तर उच्च अदालतले तीन वर्ष कैद सजाय सुनाएको छ ।   लाक्पा शेर्पा र भविन तामाङको हकमा भने जिल्ला अदालतको साबिककै फैसलालाई उच्चले सदर गरेको छ ।   यसैबिच बहुचर्चित करिब ३८ क्विन्टल सुन तस्करीसँग जोडिएको सङ्गठित अपराध र भन्सार चोरीनिकासीको मुद्दामा भने अदालतले सरकारी दाबी नपुग्ने ठहर गरेको छ ।    

वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विदेश पठाइदिने भन्दै रकम ठगी गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको जनाएको छ ।   पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पञ्चखाल नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–३२ बस्ने ३५ वर्षीय रुपेश लामिछाने रहेका छन् । उनले अस्ट्रेलिया पठाइदिने भन्दै एक जनाबाट नौ लाख रुपियाँ ठगी गरेको प्रहरीले जनाएको छ । त्यस्तै धादिङको खनियाबास गाउँपालिका–३ स्थायी घर भई हाल काठमाडौँको टोखा नगरपालिका–६ बस्ने ३५ वर्षीय हीरा तामाङ पक्राउ परेका छन् ।   उनले स्लोभाकिया पठाइदिने भन्दै एक जनाबाट आठ लाख ५० हजार रुपियाँ ठगी गरेको आरोप रहेको छ ।   दुवै जनालाई सम्बन्धित स्थानबाट पक्राउ गरी आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।