झापा:  झापामा एक व्यक्तिको हत्या भएको छ । मेचीनगर–७ गैरीगाउँका ५० वर्षीय नारायण ज्ञवालीले दुवागढीका ४० वर्षीय फौमोदिन मोहमदको बुधबार राति हत्या गरेका हुन् । प्रहरी नायव उपरीक्षक खड्काका अनुसार...

काठमाडौं: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा र युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका–११ बस्ने कपिलवस्तु शिवराज नगरपालिका–५ घर भएकी ३५ वर्षीया दीपा शर्मा र झापा भद्रपुर नगरपालिका–४ घर भएका २७ वर्षीय व्रिजेश सुवेदी रहेका छन् । पक्राउमध्ये दीपाले क्यानडा पठाइदिन्छु भन्दै एक जना पीडितबाट २३ लाख ५० हजार र व्रिजेशले युके पठाइदिन्छु भन्दै एक जना पीडितबाट दुई लाख ५० हजार रूपियाँ लिई सम्पर्कविहीन भएका थिए ।  पैसा लिएर सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दीपालाई बुढानिलकण्ठ नगरपालिका–११ बाट शनिबार र व्रिजेशलाई काठमाडौँ महानगरपालिका–१२ बाट आइतबार पक्राउ गरेको हो । पक्राउ मध्ये दीपालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ र व्रिजेशलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको नेपाल प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिनमा उल्लेख छ । 

पोखरा:   पोखरमा आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सर्टसन) सम्बन्धी कसूरमा जिल्ला प्रहरी कार्यालय कास्कीले तीन जनालाई पक्राउ गरेको छ ।  पोखरा महानगरपालिका–४ स्थित सुनचाँदी पसलमा काम गर्ने एक युवतीसहित ३ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।    पक्राउ परेकी ती युवतीले दुई जना केटासाथी सँग मिलेर आफूलाई पसलका सञ्चालकले यौन दुव्र्यवहार गरेको भन्दै ५० लाख रुपैयाँ माग्नुपर्छ भनि योजना बनाएको खुलेको छ। सोही योजना अनुसार मोरङ र संखुवासभाका २ जना केटासाथीसँग मिलेर सुनचाँदी पसलका सञ्चालककी श्रीमतीलाई होटलमा बोलाएका थिए।  ती महिलाले आफ्नो लागि जीनदगीभरको लागि पुग्ने धनसम्पत्ती, बस्ने घर र व्यवसायको लागि व्यवस्था गरिदिन माग गरेका थिए। यसका लागि ५० लाख रुपैयाँ नदिए श्रीमानलाई जबर्जस्ती करणीको मुद्दामा फसाइदिने धम्की दिएका थिए। पीडित महिलाले यसरी रकम माग गरेको जानकारी जिल्ला प्रहरी कार्यालय कास्कीमा गराएकी थिइन्। त्यसपछि खटिएको प्रहरीले कास्कीको पोखरा महानगरपालिका १५ टुटुङ्गाकी २७ वर्षीया मरियम राई, मोरङको बिराटचोकका ३८ वर्षीय देव लिम्बु र संखुवासभाको सभापोखरी गाउँपालिका २ का ४० वर्षीय टेकबहादुर सुवेदीलाई पक्राउ गरेको छ।  उनीहरुविरुद्ध थप अनुसन्धानका लागि जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले बताए। उनीहरुलाई आपराधिक विश्वासघात र आपराधिक लाभ सम्बन्धि कसुरमा अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ ।  प्रहरीले उनीहरुको साथबाट रकम बार्गेनिङ गरेको अडियो समेत फेला पारेको छ।  

काठमाडौं:  वैदेशिक रोजगारीका लागि युके पठाइदिने भन्दै ११ करोड रुपियाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–१० घर भएका ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषाको सबेला नगरपालिका–१२ घर भएका ४७ वर्षीय अरुणराज शर्मा रहेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले पराजुली र शर्मालाई आइतबार काठमाडौँ महानगरपालिका ३२ नरेफाँटबाट पक्राउ गरिएको जानकारी दिनुभयो । उनीहरुले यूके पठाउने भन्दै ३८ जनाबाट ११ करोड ६ लाख ९७ हजार रुपियाँ ठगी गरेको प्रहरीले बताएको छ । दुबै जनालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ । 

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले तामाकोक तार चोरी गरेको आरोपमा ३ जना भारतीय नागरिक र १ जना नेपालीलाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा भारतको विहार स्थायी घर भई पोखरा १२ ढिकालेथर बस्ने २२ वर्षीय मनोज कुमार सिंह, सोही स्थानमै बस्ने भारतीय २७ वर्षीय करण कुमार शाह, पोखरा ८ बस्ने ४२ वर्षीय मुकेश कुमार र धादिङको खनियाबास गाउँपालिका २ स्थायी घर भई हाल पोखरा ५ जिरो किलो बस्ने ३१ वर्षीय श्याम बहादुर तामाङ रहेका छन् ।    उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले गत २३ गते पक्राउ गरेको हो ।   कास्की प्रहरीलाई पोखरा १४ छिनडाँडामा रहेको नेपाल टेलिकमको कपर केवल र अन्य घरायसी समाग्री चोरी भएको भन्दै निवेदन परेको थियो ।   सोही निवदेनको आधारमा खोजतलास गर्दै मनोज कुमार सिंहले ढिकालेथरमा सञ्चालन गरेको र मुकेश कुमारले पृथ्वीचोकमा सञ्चालन गरेको कवाडी खानामा उक्त समानहरु बरामद गरिएको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।   उनका अनुसार पक्राउ परेका ४ जनाविरुद्ध चोरी तथा डाँकासम्बन्धि मुद्धामा ७ दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइएको छ ।   यी हुन् बरामद गरिएका समानहरु:-      

पोखरा महानगरपालिका १५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै सडकमा मृत फेला परेका युवक भिमादका २१ वर्षीय मनोज भुजेल रहेको खुलेको छ ।   ज्याला मजदुरी गर्दै आएका भुजेलको शव आज सोमबार बिहान भेटिएको थियो ।   त्यसपछि अनुसन्धान थालेको कास्की प्रहरीले  दिउँसो करिब ११ बजे ट्याक्टरका चालक वालिङका २० वर्षीय पवनकर रानासहित र १४ वर्षीय बालक (सहचालक) लाई पक्राउ गरेको  छ ।    अहिले उनीहरुमाथि प्रारम्भिक अनुसन्धान भइरहेको छ ।    सडकमा रक्ताम्मे अवस्थामा मृत भेटिएका भुजेललाई ह्यामर प्रयोग गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ  ।       

काठमाडौं:   वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया र दक्षिण कोरिया पठाइदिने भन्दै १३ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२८ बस्ने ४६ वर्षीय प्रविनकुमार शाह र रोल्पाको त्रिवेणी गाउँपालिका–४ घर भई हाल काठमाडौँ महानगरपालिका–११ बस्ने ३२ वर्षीया प्रतिज्ञा बुढामगर रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “पक्राउमध्ये प्रविनले अल्बानिया पठाइदिने भन्दै आठ लाख १८ हजार र प्रतिज्ञाले दक्षिण कोरिया पठाउने भन्दै पाँच लाख लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”  काठमाडौँका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरी थप आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।

काठमाडौं:    २ सय ५० करोड रूपैयाँ भन्दा बढी रकम हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका तत्कालिन सञ्चालक÷प्रमुख कार्यकारी अधिकृत पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा बाँके नेपालगंज उपमहानगरपालिका–२० बस्ने सल्यान घर भएका ६५ वर्षीय राजेन्द्र वीर राय रहेका छन् ।   कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष÷प्रमुख कार्यकारी अधिकृत एवम् पटक पटक सञ्चालक समिति अध्यक्ष पदमा रहि उक्त बैंकमा संकलन भएको बचत कर्ताहरूको २ सय ५० करोड रूपैयाँ भन्दा बढी रकम हिनामिना गरी फरार रहेका राजेन्द्रलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले रूपन्देही सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट पक्राउ गरेको हो ।    उनीविरुद्ध बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा प्रहरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पोखरामा बढी भाडा असुल्ने ८ जना इन ड्राइभ राईडरहरू कारबाहीमा परेका छन् ।   आइतबार राति करिब ८ बजेको समयमा इन ड्राइभ राईडरहरूले बढी भाडादर लिएको भन्ने गुनासो प्राप्त भएपश्चात जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई कारबाही गरेको हो ।   पोखराका विभिन्न स्थानहरुबाट इन ड्राइभ राईडरहरूलाई चेकजाँच गर्दा बढी भाडा लिएको पाइएपछि ८ वटा सवारी साधन सहित नियन्त्रणमा लिई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरी छाडिएको प्रहरीले जनाएको छ।

पोखरा:  पोखरा महानगरपालिका-५ शान्तिननगरचोकबाट लागूऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  लागूऔषध कारोवार गरिरहेको अवस्थामा लागूऔषध नियन्त्रण व्यूरो शाखा पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले २ जनालाई मंगलबार पक्राउ गरेको हो ।  पर्वतको कुश्मा नगरपालिका-१२ ठुलिपोखरी घर भई पोखरा महानगरपालिका ४ नालाकोमुख बस्ने २६ वर्षीय सिमा दर्जी र २६ वर्षीय आशिष श्रेष्ठलाई लागूऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  प्रहरीले उनीहरुको साथबाट बुप्रिनर्फिन १ सय ६७ एम्पुल, डाईजापाम १ सय ६८ एम्पुल, फेनरागन १ सय ६६ एम्पुल गरी ५ सय १ एम्पुल लागूऔषध र ३ थान मोबाईल बरामद गरेको छ ।  प्रहरीले बरामद गरेको लागूऔषध । फोटो: कास्की प्रहरी पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ६ दिनको म्याद गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।