पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

पोखरा:   पोखरामा बसमा सवार महिलाले घाँटिमा लगाएको सुनको सिक्री चोरी गरी फरार रहेका २ जना काठमाडौंबाट पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका ६ घर भइ हाल काठमाडाैं गोकर्णेश्वर नगरपापालिका ४ बस्ने वर्ष २८ को अन्जन तामाङ र वर्ष ३२ को सुरेश तामाङ रहेका छन् ।   प्रहरीका अनुसार २९ चैत्र २०८१ मा साँझ सवा ५ बजे अम्मरसिंह चोकबाट लेखनाथ तर्फ जाँदै गरेको बसमा सवार एक जना महिलाले घाँटिमा लगाएको २ तोलाको सुनको सिक्री पोखरा महानगरपालिका १० शिवचोक पुग्दा सोही बसमा सवार उनीहरुले उक्त सिक्री चोरी तथा लुटपाट गरी फरार रहेका थिए ।   उक्त सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट प्रहरी परिचालन भई अनुसन्धान सुरु गरेको थियो ।   अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न उनीहरुलाइ यही असार २५ गते बुधबार जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंको सहयोगमा काठमाडौं ४ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।  

पोखरा: पोखराको दुई स्थानबाट १७ जना जुवाडेलाई ४ लाख बढी नगदसहित कास्की प्रहरीले गरेको छ ।  पोखरा महानगरपालिका–१० रक्षामार्गबाट ९ जना र पोखरा–१५ घलेचोकबाट ८ जनालाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  प्रहरीले रक्षामार्गबाट २ लाख २२ हजार ८० रुपैयाँ, ४ बुक ताससहित ९ जना र घलेचोकबाट १ लाख ९० हजार ९ सय ८५ रुपैयाँ, ४ बुक ताससहित ८ जनालाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।  जुवातास खेलिरहेको अवस्थामा पोखरा–१० रक्षामार्गबाट लामाचौर बस्ने बर्ष ३८ को ई प्रसाद छन्त्याल, फुलबारी बस्ने बर्ष ३९ को हेम नारायण गर्बुजा, माटेपानी बस्ने बर्ष ४१ को लिल प्रसाद गुरुङ, सैनीक बस्ती बस्ने बर्ष ५१ को टेक बहादुर गुरुङ, १६ बस्ने बर्ष ३४ की रेनु गर्बुजा, न्युरोड बस्ने बर्ष ३४ की दिपा पुन,नयाँगाँउ बस्ने बर्ष ३२ की जेनिषा पुन, चाउथे बस्ने बर्ष ३७ की पुष्पा पुन, रक्षा मार्ग बस्ने ३९ को दल बहादुर पुन पक्राउ परेका हुन् ।  यस्तै जुवातास खेलिरहेको अवस्थामा घलेचोकबाट पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१० बस्ने ३४ को चन्द्र बहादुर पुन, रंगशाला बस्ने बर्ष ४४ की कल्पना भन्ने टिकामाया आले, १० काजीपोखरी बस्ने बर्ष ३७ की बिष्णु थापा, लक्ष्मीटोल बस्ने बर्ष ४२ की सोनी गुरुङ, घलेचोक बस्ने बर्ष ४२ को हिमाल गुरुङ ,लामाचौर बस्ने बर्ष ४५ की केश कुमारी गुरुङ, काजिपोखरी बस्ने बर्ष ५१ को टोप बहादुर थापा, मितेरी टोल बस्ने बर्ष ६७ को बलराम गुरुङ पक्राउ गरेको हो ।  पक्राउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्धामा ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ । 

भोजपुरः   यहाँको रामप्रसाद राई गाउँपालिका-२ धोद्लेखानीमा एकै घरको चार जना सदस्यको हत्या भएको छ । भोजपुर नगरपालिका–२ हेलौछा बस्ने ज्वाइँ नाता पर्ने राजेन्द्र राईले ससुराली घरका ससुरा, सासु, श्रीमती र सालोको सामूहिक हत्या गरी आफु पनि छुरा प्रहार गरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार राईले ६८ वर्षीया ससुरा बेलबहादुर गिरि, ४५ वर्षीया सासु मन्जु गिरि, १५ वर्षीया श्रीमती मनिषा गिरि र नौ वर्षीय सालो सयन गिरि हत्या गरेको जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपर ल्याउने तयारी भएको छ भने घटनाका कारण घरायसी द्वन्द्व हुन सक्ने प्रहरीको आँकलन छ ।

सिरहा:  सिरहाको अर्नमा गाउँपालिका–१ स्थित बुढियाचाप गाउँमा शनिबार भएको एक पुरूषको शंकास्पद मृत्यु भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शनिबार स्थानीय ३५ वर्षीय अजय महरा मृत अवस्थामा फेला परेका थिए। घटनमा शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए। पक्राउ पर्नेमा मृतककी श्रीमती र अर्को एक युवक छन्। घटना शङ्कास्पद रहेको र शव परीक्षण प्रतिवेदन आएपछि थप रहस्य खुल्ने डिएसपी पासवानले जानकारी दिए। शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ। शनिबार महराको शव छिमेकीको खेत नजिकै आँपको रुखमुनि सेतो प्लास्टिकले घाँटी बाँधिएको अवस्थामा भेटिएको थियो।

पर्सा:   स्रोत नखुलेको रु २८ लाख २८ हजार हुण्डीको रकमसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।  पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालका अनुसार हुण्डी कारोबारमा संलग्न रहेको आशङ्कामा पकाहामैनपुर गाउँपालिका–२ का अनिल वर्णवालाई रु नौ लाख ४७ हजारसहित र वीरगञ्ज महानगर आर्दशनगरबाट र वडा नं ३ का विनितकुमार श्रीवास्तवलाई १५ लाख ८१ हजारसहित पक्राउ गरिएको हो ।  त्यसैगरी, बाराको परवानीपुर गाउँपालिका–४ का स्थायी बासिन्दा दीपककुमार सोनारलाई रु तीन लाखसहित पक्राउ गरिएको हो ।  अभियुक्तहरूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डीसम्बन्धी कारोबार गर्न नहुने) कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेको छ । 

काठमाडौं:   महिलाको अश्लील फोटो तथा भिडियो बनाएर बिक्रीवितरण गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ का २९ वर्षीय रमेश थापा छन् । उनी पछिल्लो समय काठमाडौंको टोखा बस्दै आएका थिए । प्रहरीका अनुसार, उनले नेपाल तथा अन्य देशमा रहेका नेपाली महिला तथा पुरुषसँग रकम लिएर भिडियो कलमार्फत अश्लील क्रियाकलापमा सहभागी गराउँथे । त्यसक्रममा उनले महिलाको अश्लील सामग्री बनाएर बिक्रीवितरण गर्थे । उनका गतिविधिबारे प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई गत शुक्रबार पक्राउ गरेको हो । उनीमाथि प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को दफा १२१ बमोजिमको अश्लील किताब, पर्चा इत्यादि बनाउन वा बिक्री गर्न नहुने कसुरमा अदालतबाट पाँच दिनको अनुमति लिएर अनुसन्धान गरिरहेको छ ।

काठमाडौं:  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । फक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६ गल्कोपाखा बस्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका–४ घर भएका २९ वर्षीय राजेश बराम रहेका छन् । राजेशले ग्रिस पठाइदिन्छु भन्दै चार जना पीडितहरूबाट ३७ लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बरामलाई काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टेबाट आइतबार पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको नेपाल प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिनमा उल्लेख  छ ।  

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध रुपमा विक्री वितरणका लागि ल्याएको ८२ तोला सुनसहित दुईजनालाई पक्राउ गरेको छ ।  पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीबाट भारतीय नागरिकसहित २ जनालाई अवैध सुनका गरगहनासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  पक्राउ पर्नेमा भारतको पंजाव घर भएका ४९ वर्षीय कुलदिप सिंह र रुपन्देही तिलोत्तमा नगरपालिका–१६ बस्ने ४७ वर्षीय रामबहादुर विक छन् ।  प्रहरीले उनीहरुको साथबाट हिजो (शुक्रबार)  सुनको मूल्य १ करोड ३० लाख ४१ हजार आठ रुपैयाँ बराबरको ८२ तोला १६लाल ९ सय ५७  ग्राम पथ्थर बरामद गरेको छ ।  अवैध रुपमा ल्याइएको सुन पोखरामा विक्री नभएपछि बुटवल लैजादा गर्दा उनीहरुलाई पुम्दीभुम्दीबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।  पक्राउ परेका उनीहरुलाई सुनसहित आवश्यक कारवाही तथा थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको कास्की प्रहरीले जनाएको छ ।         बरामद सामानहरुको विवरण      सुनको ढिक्का सानो ठुलो  – २ तोला २३ लाल सिक्री– २९ थान     (तौल १० तोला ३१ लाल) दानावाला माला - १ थान ( तौल २ तोला ९४ लाल) पथ्थर जडित र हिरा जडित औंठी – ५७ थान ( तौल गर्दा १० तोला ५४ लाल) कानमा लगाउने जुली– ३२४ थान (१६२ जोर) ( तौल गर्दा २७ तोला ६३ लाल) मंगलसुत्र – १७ थान  ( तौल गर्दा ५ तोला) लकेट- ९९ थान  (तौल गर्दा १३ तोला १२ लाल) कालो र रातो माला सहितका पोते– १९ थान (तौल गर्दा ९ तोला ३९ लाल) झुम्का स-साना टुक्राहरु - १ तोला ।    

काठमाडौं: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी इटाली र अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–७ बस्ने दाङको घोराही उपमहानगरपालिका–१६ घर भएका १९ वर्षीय दर्शन खड्का र तारकेश्वर नगरपालिका–३ बस्ने गोरखाको धार्चे गाउँपालिका–५ घर भएका ३७ वर्षीय सरेश गुरूङ रहेका छन् ।  पक्राउमध्ये दर्शनले इटाली पठाइदिन्छु भन्दै तीन जना पीडितबाट छ लाख र सरेशले अजरबैजान पठाइदिन्छु भन्दै दुई जना पीडितबाट चार लाख लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दर्शनलाई काठमाडौँ–७ बाट बुधबार र सरेशलाई काठमाडौँ–२६ बाट मङ्गलबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।