कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...

सिद्धार्थनगर, बुटवलमा सुन पसल चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। वैशाख १३ गते राति बुटवल उपमहानगरपालिका ६ बीपी चोकमा रहेको गुल्मेली मजुवा सुनचाँदी पसलमा गरगहना चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरिएको हो।   बुटवल ६ बीपी चोकस्थित दिलबहादुर सुनारले सञ्चालन गरेको गुल्मेली मजुवा सुनचाँदी पसलबाट चार करोड भन्दा बढीको सुन र गहना चोरी भएको थियो। चोरी गरेर फरार अभियुक्त भारत जौहरी मोहल्ला चौँक लखनउ चौक उत्तर प्रदेश बस्ने ३६ वर्षीय मोहसिन अब्दुल्ला खान, भारत साई एन्क्लेव गोमती बिहार कोलोनी लखनउ उत्तर प्रदेश बस्ने २५ वर्षीय मोहद जीशान खान र भारत तकिया पेपर मिल कालोनी सी ब्लक –२ निशातगँज महानगर लखनउ उत्तर प्रदेश बस्ने २२ वर्षीय मोहम्मद सारीक रहेको प्रहरीले जनाएको छ।    उनीहरूलाई प्रहरीले पक्राउ गरेपछि मंगलबार सार्वजनिक गरेको हो। इलाका प्रहरी कार्यालय बुटवल र लुम्बिनीबाट खटिएको टोलीले खोजतलासको क्रममा वैशाख २६ गते साँझ पक्राउ परेका हुन्।  प्रहरीले उनीहरुको साथबाट सुन, सुनका गहना र सुनका सिक्का बरामद गरेको छ। 

चितवनः आइतबार साँझ ७ः३० बजे भरतपुर –१२ निवासी अनिल परियारको भरतपुर–७ कृष्णपुरको फुटबल मैदान नजिक हत्या भएको पाइएपछि आज चितवन तनावग्रस्त भएको छ ।    हत्या भएको स्थानमा प्रहरी ढिला पुगेको र उपचार गर्न समयमा नै नल्याउँदा परियारको मृत्यु भएको प्रदर्शनकारीको आरोप छ ।   सोही विषयमा कांग्रेस निकट युवाहरुले पूर्व-पश्चिम राजमार्ग बन्द गराएर प्रदर्शन गरेका छन् । उनीहरुले सत्ता गठबन्धनले चुनाव प्रचारप्रसारमा प्रयोग गरेको सवारी साधन समेत तोडफोड गरेका छन् ।   परियारको शव चितवन मेडिकल कलेजमा राखिएको छ । शव उठाउन समेत उनीहरुले दिएका छैनन् । शवलाई भरतपुर अस्पतालमा लगेर पोष्टमार्टम गर्न प्रहरीले सकेको छैन ।   चितवन मेडिकल कलेजमा समेत तोडफोड हुन सक्ने देखिएपछि अस्पताल क्षेत्रमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । अस्पतालको मूल गेटमै प्रहरीहरु तैनाथ छन् ।  

सङ्खुवासभा: भोटखोला गाउँपालिका– ४ का एक बृद्धाको जग्गा ठगी आरोपमा पक्राउ परेका वडा अध्यक्ष, मालपोत कार्यालयका कर्मचारी र ठगिमा संलग्न एक जनालाई विहीबार पुर्पक्षका लागि थुनामा पठाईएको छ । जिल्ला अदातल चैनपुरले वडा अध्यक्ष किन्साङ भोटे, मालपोत कार्यालयका नायव सुब्बा महेन्द्र पराजुली र स्थानीय सुरेन्द्र तामाङलाई कारागार पठाईएको हो ।   स्थानीय ६२ बर्षीया बिममाया तामाङको जग्गा जालसाजी गरि वडा अध्यक्ष भोटे, नासु पराजुली र स्थानीय तामाङले उनीहरुका नाममा पास गरेपछि बिममाया तामाङले उजुरी दिनुभएको थियो । तामाङको उजुरीको आधारमा ७ जनालाई प्रहरी पक्राउ गरि अनुसन्धान सुरु गरेको थियो ।   पक्राउ परेका अनिस गुरुङ, निमा लाजुङ भोटे र कल्पना शेर्पा जनहि दुई लाख पचास हजार रुपियाँ धरौटी बुझाएर छुटेका छन् । त्यस्तै, पासाङ शेर्पालाई एक लाख रुपैयाँ रुपैयाँ धरौटीमा छोडिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अदालतले तोके बमोजिमको धरौटी रकम जम्मा गरेपछि तारेखमा छोडिसकिएको समेत जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो ।   अध्यक्ष भोटेले बिममायालाई बृद्धाभत्ताको कार्ड बनाई दिने भन्दै सदरमुकाम खाँदबारी ल्याएर प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि बनाएका थिए । उक्त नागरिकताको प्रतिलिपी प्रयोग गरेर मालपोत कार्यालयबाट बिममायाको जग्गा पास गरिएको थियो । बिममायाको आमा बुवाको मृत्युपछि एकल हकदार रहेको बिममायाको नाममा जग्गा पास गर्ने क्रममा कित्ता नम्बर २७५ र २८० को २७ रोपनी जग्गा उनीहरुले आफ्नो नाममा पास गरेका थिए । उक्त दिन नासु पराजुली मालपोत कार्यालयको कार्यबाहक प्रमुख थिए ।   उक्त जग्गा अप्पर अरुण जलविद्युत आयोजना निर्माण स्थलमा पर्छ । आयोजनाबाट जग्गाले मुआब्जा पाउने भएपछि जनप्रतिनिधी, कर्मचारी र आफन्त पर्ने तामाङको मिलेमतो गरि ठगि गरेका हुन् । उक्त जग्गा ‘गिरोह’हरुको नाममा गईसकेपछि मात्र बिममायाले थाहा पाएपछि प्रहरीमा उजुरी दिनुभएको थियो ।

पोखराः चुनाव चिन्हको विषयमा निर्वाचन आयोग अगाडी प्रदर्शन गर्दा आचार संहिता उल्लंघन गरेको आरोपमा पक्राउ परेका अटेरी अभियानका अशोक खड्का धरौटीमा रिहा भएका छन् ।   खड्का ५ हजार ५५५ रुपैयाँ जरिवाना बुझाएर छुटेको जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिएका छन् । उनी जिल्ला अदालत कास्कीको आदेशमा छुटेका हुन् ।   सुरुमा अटेरीले चुनाव चिन्ह लौरो पाएपनि पछि आयोगले उक्त चिन्ह दिन नसकिने धारणा राखेपछि अटेरीको समूह विरोधमा उत्रिएका थिए ।   सोही क्रममा खड्काले अभिव्यक्त गरेका भनाईमाथि आयोगले आपत्ति जनाउँदै पक्राउ आदेश दिएको थियो । 

ताप्लेजुङ: ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा छोराले आफ्ना वृद्ध बाबुआमाको हत्या गरेका छन् ।   फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको गोटीछाँगामा २५ वर्षीय आइतराज लिम्बूले आफ्ना बाबु ७० वर्षीय बृखबहादुर लिम्बू र आमा ७२ वर्षीया फिपरानी लिम्बूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईले जानकारी दिनुभयो ।    प्रहरी प्रमुख राईका अनुसार बिहीबार साँझतिर आइतराजले धारिलो हतियार खुकुरी प्रहार गरी बाबुआमाको हत्या गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । घरायसी  विवादका कारण बाबुआमामाथि खुकुरी प्रहार गरेका प्रहरीको प्रारम्भिक अनुमान छ ।    यता घटनामा संलग्न आइतराजलाई बिहीबार राती नै प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको स्थलगत अध्ययन तथा मुचुल्का उठाउनलाई जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दानबहादुर मिरिङ्तेनको नेतृत्वमा प्रहरी टोली घटना स्थलमा पुगिसकेको जनाएको छ ।   मृतकको पोष्टमार्टमका लागि सदरमुकाम फुङलिङतर्फ ल्याउने तयारी भइरहेको छ । घटनाबारे थप अनुसन्धान पनि सुरु गरिएको राईले जानकारी दिनुभयो । 

दाङ: लमही नगरपालिका-३ मझगाउँस्थित प्रतीक्षालयबाट प्रहरीले एक थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा भारत घर भएका  १९ वर्षीय सोमु बिक  छन् । कटुवा पेस्तोल कम्मरमा लुकाई राखेको अवस्थामा बिकलाई वडा प्रहरी कार्यालय, लमहीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जाजरकोट:  अवैध रुपमा विक्रीका लागि लैजाँदै गरेको काईनेटिक ढुङगा सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्लाको जुनीचाँदे गाउँपालिका– ६ गर्खाकोटका २२ वर्षीय सुरत सिंहलाई पक्राउ गरिएको जनाएको छ ।   प्रहरी चौकी छेडाबजारले सवारीसाधन चेकजाँच गर्ने क्रममा शिवालय गाउँपालिका– १ छेडाबजारमा प्लास्टिक झोला भित्र काईनेटिक ढुङगा (पत्थर) नौ किलोग्राम पाँच सय ग्राम बरामद गरि युवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो ।    कर्णाली प्रदेश ०२००१ च ०४९६ नम्वरको बोलेरो पिकअप जीपमा सवार युवालाई कार्वाहीको लागि खानी तथा भुगर्व विभाग अन्तर्गत पठाईएको प्रहरीले जनाएको छ । जाजरकोटको जुनिचाँदे र कुशे गाउँपालिकामा वहुमुल्य पत्थरखानीहरु प्रसस्तै मात्रामा पाइने गरेको स्थानीयबासीको भनाई छ ।

पोखरा:  पोखरा ६ लेकसाइड स्थित बिजिबी गल्लीमा बस्ने ३६ वर्षिय सन्तोष जलारी, बैशाख ५ गते घरै थिए । दिउँसो साढे १ बजे भाडा पखालेर कोठामा छिरेका के थिए । त्यतिकैमा ४४ वर्षिया सेतीमाया अधिकारी सन्तोषको डेरामा आइपुगिन । उनीहरुको चिनजान नयां थिएन । सेतीमाया सन्तोषको कोठामै पसिन । दुईबिच सामान्य गफ भयो ।  त्यतिकैमा सेतीमायाले दिउँसै रक्सी पिउने प्रस्ताव राखिन् । तर सन्तोषले स्वीकारेनन् । सेतीमायाले भनिन्, के हो भाउ बढेको हो ? सन्तोषले त्यसो नभएको जवाफ दिए ।  त्यसपछि दुइबिच हुने सम्बन्धको बारेमा भनाभन भयो । सन्तोषलाई सेतीमायाले गालामै झापड हानिन ।    रिसले चुर परेका सन्तोषले पनि एक झापड फर्काउने निधो गरे र हाने । सन्तोषले टाउकोमा हानेको झापड सेतीमाया छल्दा घाटीमा लाग्यो ।  त्यसपछि सेतीमाया काप्दै ढलिन् । सन्तोषले पानी छर्किए तर सेतीमाया उठिनन् । सेतीमायाले देह त्यागे ।   आफु फस्ने डर मान्दै उनले सेतीमायाको शव अर्काे कोठीमा गलैचाले बेरेर लुकाए । किनभने दिउँसो ३ बजे पछि छोराहरु स्कुलबाट आउने समय थियो ।  उनले उक्त शवलाई पन्छाउन चिसापानी सम्झे । उनले गलैचा धुन फेवाताल लाने भन्दै आफ्नो ठुलो छोरा १८ वर्षिय साजन जलारीलाई गुहारे ।  त्यसपछि उनले उक्त शवलाई ठेलामा हालेर पोखरा २२ मा पर्ने चिसापानी फालेर फर्किए ।      सेतीमायाको शवलाई फालेर घर फर्केका सन्तोष जलारीलाई सार्वजनिक गर्र्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले भने, ‘फेला परेको शवमा अस्वाभाविक चिन्हहरु देखिएपछि हामीले अनुसन्धान अघि बढाएका थियौ । हामीले त्यो क्षेत्रको सिसिटिभी फुटेजहरु खोज्ने क्रममा एउटा यस्तो भेटायौ जहाँ ठेला ढकल्दै गरेको दृश्य प्रष्ट छ । त्यसैमा केन्द्रीत रहेर अनुसन्धान गर्दै जादा यो सबै खुलेको हो ।’   एसपी थापाले वडा प्रहरी कार्यालयका बैदामका प्रमुख प्रहरी नायव उपरिक्षक युवराज भण्डारीको सक्रियतामा यय घटनाको अनुसन्धानमा सफलता मिलेको उल्लेख गरे ।    उनले अवैध सम्बन्धकै कारण सेतीमायाको ज्यान गुमेको प्रष्ट पारे । उनको हत्यामा संलग्न रहेका पोखरा १८ का सन्तोष जलारीलाई थप अनुसन्धानको लागि म्याद थप गरिएको जानकारी दिए ।  मृतक सेतीमाया अधिकारी दिप्रुङ चुईचुम्पा गाउँपालिका १ खोटाङ घर भई हाल अस्थायी रुपमा पोखरा ५ मालेपाटन बस्दै आएकी थिईन् ।    

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले आज दिउँसो ४ बजे कार चालक एन्जिल बम मल्लाई सार्वजनिक गर्ने भएको छ ।    आइतबारदेखि फरार रहेका कुश्मा नगरपालिका १ पर्वतका २७ वर्षिय मल्लाई काठमाण्डौबाट पक्राउ गरी आज पोखरा ल्याएको थियो । उक्त पत्रकार सम्मेलनमा मल्ल सहित कर्तव्य ज्यान मुद्धाका अर्का एक व्यक्तिलाई समेत सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।   गत आइतबार कास्कीको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा आइतबार ग ३ च ३५२५ नम्बरको कारले  ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा कुश्मा नगरपालिका ४ पर्वतका ४५ वर्षिय जित बहादुर पुन र छोरी १८ वर्षिया सविना पुनको मृत्यु भएको थियो ।