कपिलवस्तु: केही दिनदेखि म्यादी हुँ भनी अभद्र भिडियो सार्वजनिक गर्दै सामाजिक सञ्जालमा छाएका एक युवक पक्राउ परेका छन् । कपिलवस्तु प्रहरीका अनुसार पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका– ४ का १६ वर्षीय नवराज रेग्मी रहेका छन् । एसएसपी विष्णु केसीका अनुसार पक्राउ पर्ने व्यक्ति म्यादी प्रहरी होईनन् । उनले आफ्नो फुपूका छोरा पुरण भट्टराईको म्यादी प्रहरी पोशाक प्रयोग गरेका थिए । भिडियोमा के थियो? सेल्फी भिडियोमा रेग्मीले आफू म्यादी प्रहरी भएको बताएका छन् । भिडियोमा ती युवकले भनेका छन्, (उनकै भाषमा) ‘सागर, बसन्ते, किस्ने सबहरू नडरा न हो । तेरो दाइ मिदी भइसकेको छ । केटाहरू के खान मन छ बाटोमै खा न हो बाल भएन, जोइन तान्न मन छ भने पनि तान्दे । लड्न मन लागे लड । कसैलाई हान्न मन छ भने हान्दे, तेरो दाइ छ मिदी ।’ रेग्मी त्यतिमै रोकिन्नन्, उनी थप्छन्, ‘माँ कसम निखिल उप्रेती मेरो नाम नेपालभरि चिन्छ । इन्स्पेक्टर त डराउँछ । नेपालको कानुन डराउँछन् ।’ एसएसपी केसीका अनुसार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो ।
पोखराः कास्कीको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा आइतबार भएको दुर्घटनापछि फरार रहेका कार चालक एन्जिल बम मल्ललाई काठमाण्डौंमा पक्राउ गरी पोखरा ल्याइएको छ । हाल मल्ललाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ । प्रहरीका अनुसार मल्लले चलाएको ग ३ च ३५२५ नम्बरको कारले ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कुश्मा नगरपालिका ४ पर्वतका ४५ वर्षिय जित बहादुर पुन र छोरी १८ वर्षिया सुजिना पुनको मृत्यु भएको हो । घटनापछि फरार मल्लको खोजीमा जुटेको प्रहरीले उनको फोटो सार्वजनिक गर्दै सहयोगको अपीलसमेत गरेको थियो । प्रहरी सुत्रले दिएको जानकारी अनुसार आजै मल्ललाई पत्रकारसमक्ष सार्वजनिक गर्ने सम्भावना छ ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले गत आइतबार कास्कीको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा मोटरसाइकललाई ठक्कर दिएर फरार रहेका कार चालकलाई खोजतलास गर्न आम नागरिकलाई अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय कस्कीको आधिकारिक फेसबुक पेजमा सुचना जारी गर्दै फरार रहेका कुश्मा नगरपालिका १ का एन्जिल बम मल्लाई कतै भेटेमा आफ्नो कार्यालयमा सम्पर्क गराउन अनुरोध गरेको हो । प्रकाशित सुचनामा लेखिएको छ, ‘मिति २०७९।०१।१८ गते आईतबार जिल्ला कास्की अन्नपूर्ण गा.पा. वडा नं. १ लेवाडे स्थित पोखरा बाग्लुङ सडक खण्डमा सवारी दुर्घटना पश्चात् फरार रहेका जिल्ला पर्वत कुश्मा न.पा. वडा नं. १ बस्ने वर्ष २७ को एन्जिल बम मल्ललाई कहि कतै देखेमा वा सूचना पाएमा जिल्ला प्रहरी कार्यालय कास्की सम्पर्क नं. ९८५६०३५५१२, ९८५६०३९५९९ मा सम्पर्क गरी अनुसन्धान कार्यमा सहयोग गर्नु हुन अनुरोध । ‘हुलियाः वर्ण गोरो उचाई अन्दाजी ५ फिट २ इन्च, ठिक्कको शरीर भएको, वर्ष २७ को एन्जिल बम मल्ल’ जिल्ला प्रहरी कार्यालय कास्कीले सामाजिक सञ्जाल (फेसबुक) मा फरार प्रतिवादीलाई खोजतलास गर्न सुचना जारी गरेपनि आन्तरिक रुपमा खोजीकार्य तिव्र पारेको प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले सुनगाभा न्यूजलाई बताए । उनले उक्त घटनालाई जिल्ला प्रहरी कार्यालयले पहिलो प्राथमिकतामै राखेर खोजिकार्य गरिरहेको जानकारी दिए । रहेनन् बाबु –छोरी कास्कीको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा आइतबार ग ३ च ३५२५ नम्बरको कारले ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा कुश्मा नगरपालिका ४ पर्वतका ४५ वर्षिय जित बहादुर पुन र छोरी १८ वर्षिया सुजिना पुनको मृत्यु भएको थियो । पोखराबाट पर्वततिर जाँदै गरेको कारले विपरित दिशाबाट पोखरा आउंदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा परेका छोरी सविनाको आइतबारनै मृत्यु भएको थियो भने बावु जितबहादुरको उपचारको क्रममा सोमबार विहान मात्रै ज्यान गएको थियो । फरार मल्ललाई कारवाही नहुदा सम्म शब नबुझ्ने आफन्तको अडान दुर्घटनापछि फरार रहेका कुश्मा नगरपालिका १ का २७ वर्षिय एन्जिल बम मल्ललाई पक्राउ गरि कारवाहीको प्रक्रिया अगाडी नबढाएसम्म मृतकका परिवारले शव नबुझ्ने अडान लिएका छन् । एक व्यक्तिको लापरवाहीले आफ्ना आफन्तले ज्यान गुमाएको बताउदै फरार मल्लाई छिटै पक्राउ गरि कडा भन्दा कडा उनीहरुले बताउदै आएका छन् । मृतक परिवारका आफन्तहरुले जिल्ला प्रहरी कार्यालयको अगाडी धर्ना दिएका थिए भने सोमबार फरार मल्ललाई पक्राउ नगरेको भन्दै पोखरा– हेम्जा सडकखण्ड अवरुद्ध गरेका थिए ।
विराटनगर: नेपाल–भारतको सीमाक्षेत्र विराटनगर–१८ इस्लामपुरमा भारतीय सुरक्षाकर्मीले हवाई फायर गर्दा स्थानीयवा त्रसित भएका छन् । स्थानीयले दिएको जानकारीअनुसार सीमा सुरक्षामा खटिएका भारतीय एसएसबी टोलीका एक जना जवानले तीन राउण्ड हवाई फायर गरेका हुन् । सोमबार २ बजे ड्युटीमा खटिएका जवानले दुई राउण्ड जमिनतर्फ र एक राउन्ड आकाशमा फायर गरेको विराटनगर १८ इस्लामपुरका स्थानीय सुरज मण्डलले जानकारी दिनुभयो । स्थानीयका अनुसार ड्युटीमा खटिएका एसएसबीका जवान मदिरा सेवन गरी लठ्ठिएको पाइएको थियो । ‘होहल्ला गरेपछि स्थानीयले एसएसबीको टोलीलाई घेराउ गरेका थिए । स्थानीयको भीड बढेपछि आफ्नो सुरक्षाको लागि भन्दै हवाई फायर गरेको हुनसक्छ,’ सीमा क्षेत्रमा खटिएका एक सुरक्षाकर्मीले भन्नुभयो । हवाई फायरबाट कुनै मानवीय क्षति भने भएको छैन । मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले दशगजा क्षेत्रमा गोली चलेको पुष्टि गर्नुभयो । ‘गोली चलेको नेपालतिर होइन भारतीय क्षेत्रमा हो,’ एसपी कोइरालाले भन्नुभयो, ‘के विषयमा चलेको रहेको छ । हामीले पनि बुझने काम गरिरहेका छौँ ।’ अहिले गोली चलेको ठाउँमा स्थानीयको भीड लागेको छ । गाेरखापत्रबाट साभार
लमजुङ, बैशाख १६ गते । लमजुङका एक जलविद्युत आयोजनाकै कर्मचारीको मिलेमतोमा चोरी गर्ने नौजनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ । क्व्होलासोंथर गाउँपालिका वडा नम्बर ५ स्थित रुदीखोला जलविद्युत आयोजना ‘बि’ क्षेत्रबाट हेडरेस पाइपहरु चोरी गर्न लागेको अवस्थामा सात जनालाई लमजुङ प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरी टोलीले बैशाख ९ गते दिउँसो १ बजेको समयमा समूहलाई पक्राउ गरेको हो । चोरी गर्ने कार्यमा संलग्न भारत घर भई हाल पोखरा रत्नचोकस्थित कवाडीमा काम गर्ने ३३ बर्षीय नरेशकुमार शाह, भारत घर भई पोखरास्थित कवाडीमा काम गर्ने २२ बर्षीय रुपेश शाह, तनहुँको म्याग्दी नगरपालिका वडा नं. ४ का ३३ बर्षीय तारा गुरुङ, धादिङको सिद्धलेख गाउँपालिका वडा नं. ५ का ४८ बर्षीय मनोज भन्ने मंगले घले, तनहुँको भिमाद नगरपालिका वडा नं. २ का ३० बर्षीय मनोज थापा, म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं. ५ का २४ बर्षीय मनिष पुर्जा र भानु नगरपालिका वडा नं. १३ का धनबहादुर गुरुङलाई पक्राउ गरेको हो । उनीहरु विरुद्ध अनुसन्धान गर्दै जाँदा उक्त आयोजनाबाट चोरी हुनुमा आयोजनाकै सवारी चालक पर्वतको कुस्मा नगरपालिकाका ४६ बर्षीय आकाश भन्ने दिलबहादुर घर्तीको संलग्नतामा चोरी भएको खुल्न आएको प्रहरीले जनाएको छ । दिलबहादुर घर्तीसहित सोही घटनामा संलग्न रहेका भारत घर भई हाल पोखरा बस्ने ५० बर्षीय पन्नालाल शाहलाई भने बैशाख १४ गते बुधबार पक्राउ गरी जिल्ला अदालत लमजुङबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक, सूचना अधिकारी जगदिश रेग्मीले बताउनुभयो । उहाँका अनुसार अनुसन्धानबाट भारत घर भई हाल पोखरा रत्नचोकस्थित रहेको कवाडीमा काम गर्ने नरेशकुमार शाहले आयोजनाका फलामको पाईपहरु काट्नको लागि पोखराबाटै ट्रकसहित पाईप काट्ने उपकरण ल्याएको खुलेको छ । उनीहरुलाई उक्त ट्रक तथा फलाम काट्ने उपकरण सहित पक्राउ गरिएको हो । उनीहरुले चोरी गर्नको लागि आयोजनामा फलामको पाईपहरु ग्यास कटिङद्धारा काट्दै गरेको अबस्थामा फेला परेको हो । सामान चोरी गरी लैजान नसकेको प्रतिवादीहरु विरुद्ध चोरी उद्योग सम्बन्धी कसूरमा अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
पाेखराः शनिबार निर्वाचन आयोग कास्कीको कार्यालय अगाडी प्रदर्शन गरेको विषयलाई लिएर अटेरी अभियानका अभियन्ता अशोक खड्कालाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ । खड्कालाई निर्वाचन अधिकृतको आदेशमा पक्राउ गरिएको अभियानका परिकल्पनाकार एवं पोखरा महानगरपालिकाका मेयर प्रत्यासी गनेस पौडेलले जानकारी दिएका छन् । खड्का पक्राउ परेका पुष्टी गर्दै जिप्रका कास्कीका डिएसपी सुन्दर तिवारीले आयोगले पक्राउ गर्नु भनि पठाएको पत्रको आधारमा नियन्त्रणमा लिएको बताए । निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ उल्लंघन गरेको पत्रको आधारमा खड्का पक्राउ परेका हुन् । यस विषयमा खड्काले माफी मागे र आयोगले माफी दिएको खण्डमा बाहेक कानुन बमोजिम कारवाही हुने जिप्रका कास्कीले जनाएको छ । अभियानका मेयर प्रत्यासी पौडेलले भने चुनाव चिन्ह लौरो नदिने भन्ने विषयमा प्रदर्शन हुँदा आक्रोशमा बोलेको विषयलाई लिएर अभियानको चुनावी प्रचार प्रभावित पार्न खोजिएको प्रतिक्रिया दिएका छन् । ‘हामीलाई हिजैदेखि चुनाव चिन्ह दिने, पछि फेरी लौरो नमिल्ने भन्दै अनावश्यक तनाव दिने काम भइरहेको थियो’ पौडेलले भने ‘आज आएर अभियानलाई नै प्रभावित पार्न धरपकड सुरु गरिएको छ ।
काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलब पाउने लोभ देखाएर विभिन्न व्यक्तिबाट लाखौँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका घर भई हाल ललितपुरको ठेचो बस्ने ३३ वर्षका विकास तामाङ र सोही ठाउँका हरिबहादुर तामाङ रहेका छन् । मोरङको रतुवामाई नगरपालिका घर भई हाल काठमाडौँ बस्ने विक्रम मिश्रसमेत पाँच जनालाई भिजिट भिसामा युनाइटेड अरब इमिरेट्स पठाइदिने लोभ देखाएर उनीहरूले नौ लाख ५० हजार ठगी गरेको पाइएको छ । उनीहरूले प्रतिव्यक्ति एक लाख ९० हजार उठाएको प्रहरीले जनाएको छ । त्यसपछि उनीहरू फरार थिए । पक्राउ गरी उपस्थित गराइदिन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि खोजतलास गरी उनीहरूलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरूमध्ये विकासलाई बिहीबार काठमाडौँको चुच्चेपाटीबाट र हरिबहादुरलाई आज ललितपुरको जावलाखेलबाट पक्राउ गरिएको कार्यालयले जनाएको छ । थप अनुसन्धान गर्न उनीहरूलाई वैदेशिक रोजगार विभाग पठाइएको छ ।
काठमाडौं- बागमती प्रदेश सरकारले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति प्राडा विश्वराज जोशीलाई निलम्बन गरेको छ । पदीय जिम्मेवारी पूरा नगरेको आरोपमा छानबिन गर्नका लागि उहाँलाई निलम्बन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यमलाल भुषालले जानकरी दिनुभयो । प्रतिष्ठानका एक चौथाई सदस्यले उपकूलपति डा. जोशीले जिम्मेवारीपूर्वक काम नगरेकोलगायत विषयमा लिखित निवेदन दिएपछि छानबिनका लागि उहाँलाई निलम्बन गरिएको बताइएको छ । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को उपदफा( ३) बमोजिम छानबिनका लागि उपकूलपति प्राडा जोशी स्वतः निलम्बनमा परेको सचिव भुषालको भनाइ छ । प्रा.डा जोशी २०७७ साउन १६ गते चार वर्षका लागि उपकूलपतिमा नियुक्ति हुनुभएको थियो ।
बाराः जिल्ला प्रहरी कार्यालय बाराको टोलीले बिहीबार डेढ सय किलो गाँजासहित २ भारतीय नागरिकलाई पक्राउ गरेको छ । बाराको मटिअर्वा चौकीबाट खटिएको गस्तीले निलकण्ठवा नजिक नेपाल भारत सिमाना वरपर करिब दर्जन व्यक्ति गाँजा ओसारपसार गरेको देखेपछि नियन्त्रणमा लिन सुरु गरेको थियो । सोही क्रममा समूहले गाँजा फालि भाग्ने प्रयास गर्दा प्रहरीले २ जनालाई पक्रन सफल भएको छ । प्रहरीले उनीहरुबाट प्रति बोरा १५ किलोको दरले १० बोरा गाँजा नियन्त्रणमा लिएको हो । जिप्रका बाराका अनुसार पक्राउ पर्नेमा भारत बिहारको मोतिाहारीस्थित संग्रामपुर निवासी ६० वर्षीय रामदर्शन महतो र सोही ठेगानाका ३५ वर्षीय अजित पासवान रहेका छन् । पक्राउ परेको दुबैलाई प्रहरीले बारा जिल्ला अदालतबाट बिहीबारै लागुऔषध मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

