पोखरामा नातीले गत ३ गते हजुरआमाको हत्या गरेका छन् ।   पोखरा महानगरपालिका वडा नम्बर–३१ बाँसपानीका २२ वर्षिय आशिष परियारले ७५ वर्षिया आफ्नै हजुरआमा दालकुमारी परियारको हत्या गरेका हुन् ।...

लमजुङको सन्दरबजार नगरपालिकामा बोल्न र सुन्न नसक्ने एक महिलाको हत्या भएको खुलेको छ । सुन्दरबजार नगरपालिका वडा नं. १ कुन्छा की २८ बर्षीया लिला अछामीको हत्या भएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती महिला साउन १० गते मंगलबार साँझको समयदेखि हराई बेपत्ता भएको र उनको मोबाइल समेत स्विच अफ रहेको भन्दै बाबु डम्मरबहादुर सार्कीले प्रहरीमा खोजतलासका लागि उजुरी दिएका थिए ।    प्रहरीले महिलाको खोजतलास गर्दै जाने क्रममा साउन १२ गते बिहीबार दिउँसोको समयमा सुन्दरबजार नगरपालिका वडा नं. १ कुन्छा खड्केपानी सामुदायिक बनको भीर खोचमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।    लीला अछामीको घटना सम्बन्धमा अनुसन्धान गर्दा सोही ठाउँ बस्ने २४ वर्षीय राम सुनार र लिला अछामी विगत केही महिनादेखि प्रेम सम्बन्ध रहेको खुलेको छ ।    साउन १० गते मंगलबार साँझको समयमा सुन्दरबजार नगरपालिका वडा नं. १ कुन्छा खड्केपानीस्थित सामुदायिक वनमा आफ्नो प्रेमिका लिला​अछामीलाई भेट्न बोलाई शारीरिक सम्बन्ध राख्दा लिलाले आफूलाई विवाह गर्नुपर्छ भनेकी थिइन ।    विवाह नगरेमा आफूहरुको सम्बन्ध स्थानीय मानिसलाई भनिदिने भनेकी थिइन । राम सुनार आफू विवाहित भएको कारण मृतक र आफूबिचको सम्बन्धको बारेमा स्थानीय समाजमा समेत होहल्ला हुने मुख्य कारणले हत्या गरेको बताएको प्रहरीले जनाएको छ ।     आफ्नो प्रेमिका बोल्न र सुन्न नसक्ने फरक क्षमता भएको र उनलाई सोही जंगलमा घाँटी च्यापी लडाई तल भीरको खोचमा पल्टाई ढुङ्गाले टाउँकोमा प्रहार गरी बीभत्स तरिकाले हत्या गरेको पाइएको जानकारी जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जगदिश रेग्मीले बताउनुभयो ।    उहाँका अनुसार हत्या पश्चात मृतकको मोबाइल तथा गर गहनाहरु निकाली घरमा लगी लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ । शवको जिल्ला अस्पताल लमजुङमा पोष्टमार्टमपश्चात दाहसंस्कारको लागि आफन्तले जिम्मा लिएका छन् ।    उक्त घटनामा संलग्न अभियुक्त राम सुनारलाई साउन १२ गते बिहीबार पक्राउ गरेको छ । लमजुङ जिल्ला अदालतबाट साउन १३ गते शुक्रबार म्याद थप अनुमति लिई ज्यानसम्बन्धी कसुर (कर्तब्य ज्यान) र करणीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले बताउनुभयो ।

काठमाडौं:  लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या अभियोगमा उनका प्रेमी खिलबहादुर श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ ।   आइतबार न्यायाधीश कृष्णजंग शाहको इजलासमा भएको थुनछेक बहसपछि श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । गत असार ११ गते काठमाडौंको नेपालटारस्थित डेरामा गायिका दिलमाया सुनार मृत अवस्थामा भेटिएकी थिइन् ।   त्यसपछि प्रहरीले उनका प्रेमी श्रेष्ठलाई पक्राउ गरेको थियो । 

पोखरा:  पोखराको लेकसाइडस्थित सहारा होटलमा एक युवतीमाथि सामूहिक  बलात्कार गरेकाे आरोपमा नेपाली कांग्रेसका नेता मधुसुदन पाण्डेलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीका अनुसार जबरजस्ती करणी उद्योग गरेका नुुवाकोटको बेलकोटगढी १३ का मधुसुदन पाण्डेलाई गत २५ गते पक्राउ गरिएको हो । ‘जाहेरीमा सामूहिक बलात्कार भनिएको छ । घटना २२ गतेको हो । युवतीले काठमाडौं गएर जाहेरी दएकी थिइन्, डिएसपी तिवारीले भने, ‘घटना पोखराकै भएको कारणले यहाँ काजगपत्र आएको छ । पाण्डेलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भैराछ भने अन्य फरार अभियुक्तहरुलाई पनि खोज्ने काम तिव्र पारेका छौं ।’   सामाजिक सञ्जालमार्फत चिनजान भएकी ति युवतीलाई चितवनमा बोलाएर चालकसहित ५ जनाले पोखरा ल्याएको डिएसपी तिवारीले बताए । ‘पीडकहरु चितवनमा थिए । ति युवतीलाई पनि त्यही बोलाएर पोखरा ल्याएको देखिन्छ, उनले भने, ‘पोखरा आएर सहारा होटलमा दुईवटा कोठा लिएर बसेको देखिन्छ । सोही रातमा सामूहिक बलात्कार भएपछि अर्काे दिन काठमाडौं फर्केपछि मालीगाउँमा जाहेरी दिनुभएछ । उताबाट कागजात आएपछि अहिले केस हामीले हेर्दैछौं ।’   पक्राउ परेका पाण्डेलाई जबरजस्ती करणी अन्तर्गत मुद्धा दर्ता गरि थप अनुसन्धान गरिरहेको उनले बताए ।    पक्राउ परेका पाण्डे नुवाकोट जिल्लाको क्षेत्र नम्बर २ प्रदेश (क) का नेपाली कांग्रेका प्रवक्ता समेत भएको बताइएको छ ।   

पोखरा:  पोखरा महानगरपालिका २६ अर्घौचोकस्थित रहेको एनएमबी बैंकको एटिएमबाट पैसा चोरी भएको छ ।   कास्की प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीका अनुसार गत बुधबार बिहान पौने २ बजे एटिएम भित्रको दुइवटा पैसाको बाकस चारी भएको हो । फरार व्यक्तिको खोजिकार्य तिव्र पारेको बताउदै तिवारीले भने, ‘अनुसन्धान भइरहेको छ ।’   प्रहरी स्रोतका अनुसार उक्त एटिएममा बैंकले १५ लाख राखेको थियो भने सो मध्ये केही रकम सेवाग्राहीले झिकेका थिए भने बाँकी रकम अज्ञात व्यक्तिले लगेको बताइएको छ ।    कास्की प्रहरीका अनुसार एटिएमको बाकस अघौंचोकपछाडी रहेको बिचारी चौतारीमा फेला परेको थियो । ‘बैंकको सिसिटिभी फुटेज हेर्दा अचम्मै छ । केही समयमै झिकेर लगेको देखिन्छ, एक प्रहरी अधिकारीले भने,  ‘त्यसमा केही बल प्रयोग गरेको र तोडफोड गरेको देखिदैंन ।’   उनका अनुसार उक्त घटना रातको २ बजे भएपनि प्रहरीलाई सुचना बिहान ७ बजे मात्रै आएको थियो ।    तर यसअघि सोही व्यक्तिले तालचोकस्थित रहेको एनआइसी एसिया बैंकको एटिएममा चोरी गर्ने प्रयास गरेका थिए । बैंकबाट तत्काल प्रहरीलाई खबर गरेपछि ३ मिनेटमै प्रहरी पुगेको थियो  । त्यसपश्चात बुलेट मोटरसाइकरलमा रहेको व्यक्त फरार भएका थिए ।   त्यसको केही समयपश्चात एनएमबी बैंकको एटिएमबाट पैसा चोरी भएको थियो । तर प्रहरीलाई भने भोलिपल्ट मात्रै सुचना पुगेको कास्की प्रहरीले बताइएको छ ।   सो घटनाको विषयमा सबैचोक र बैंकको सिसिटिभिी फुटेज संकलन र संकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइ सोधपुछ गरिरहेको इलाका प्रहरी कार्यालय डाँडाकोनाकले जनाएको छ । गतहप्ता पोखरा ८ न्यूरोडस्थित एनआइसी एसया बैंकको एटिएम फोड्ने सिताराम पुन पक्राउ परिसकेका छन् ।  

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीले नक्कली सुनको बाला देखाएर ठगी गर्न खोज्ने दुई जनालाई पक्राउ गरेको छ ।   पोखरा महानगरपालिका ८ न्यूरोडस्थित होटलमा नक्कली सुनको बाला देखाई ठगी गर्न खोज्ने चितवनको माडी नगरपालिका ८ घरभई हाल पोखरा ४ रामकृष्ण टोल बस्ने ३५ वर्षीय धर्मेन्द्र खाती र स्याङ्गजाको अर्जुन चौपारी   गाउँपालिका ४ रापाकोट घरभई हाल पोखरा १६ घार्मीखोला बस्ने ४० वर्षीय डिलबहादुर विकलाई कास्की प्रहरीको टोलीले पक्राउ गरेको हो ।   उनीहरुको साथबाट २ थान नक्कली सुनको बाला र २ थान मोबाइल सेट बरामत गरिएको बताइएको छ ।  पक्राउ परेका द्वयलाई जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थपगरि आवश्यक अनुसन्धान अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।

पोखरा:   नाबालिकालाई जबरजस्ती करणी गरि फरार रहेका युवकलाई कास्की प्रहरीले ५ घण्टामै पक्राउ गरेको छ ।   पोखरा महानगरपालिका ५ लब्लीडाँडामा गत शुक्रबार राती जबरजस्ती करणी गरि ११ बजे  फरार रहेका कुश्मा नगरपालिका ६ स्थायी घरभई हाल पोखरा १३ बस्ने २४ वर्षिय खिम बहादुर बिकलाई बिहान पौने ४ बजे कास्की प्रहरीको टोलीले पक्राउ गरेको हो ।   करणी गरि फरार रहेका बिकलाई पोखरा महानगरपालिका ५ को वडा कार्यालय पछाडीबाट नियन्त्रणमा लिएको कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक सुन्दर तिवारीले बताए । ‘हामीले सब फिल्ड क्लियर पारेका थियौ । आवश्यक ठाउँमा चेकपोष्ट खडा गरिसकेका थियौ, तिवारीले सुनगाभा न्यूजसँग भने, ‘प्रहरीलाई देखेपछि लुक्दोरैछ । अन्तत उसलाई ५ नम्बर वडा कार्यालय पछाडीबाट नियन्त्रणमा लिएको हौं ।’   उनका अनुसार अहिले पक्राउ परेका बिकलाई कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थपगरि घटनाबारे थप अनुसन्धान भइरहेको छ ।   फोन उठायो र भन्यो 'म हरिचोकतिर छु' जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार खिमबहादुर बिक चाउमिन फ्याट्रिमा काम गर्छन् । १३ वर्षिया नाबालिका सुलोचना (परिवर्तित नाम) लाई उनले गत शुक्रबार बेलुकीपख बाहिर हावा खान (आउटिङ) जाने बहानामा फकाएर लब्लीडाँडा पुर्याए ।   खिमबहादुर र सुलोचनाबीच पहिल्यैदेखि बोलचाल हुन्थ्यो र चिनजान थियो । त्यही क्रममा खिमबहादुरले सुलोचनालाई ललाई फकाई गरि लब्लीडाँडा घुमाउन लगे । त्यँही मौका छोपेर जबरजस्ती करणी गरे । त्यसपछि राती पौने ११ बजे सुलोचना त्यहाँबाट उम्किइन् ।   उनलाई नेपाल प्रहरीलाई खबर गर्नुपर्छ भन्ने हेक्का नभएपछि आफुनिकट संस्थाका अगुवालाई घटनाबारे बेलीबिस्तार लगाइन् । उक्त संस्थाले काठमाडौं प्रहरीलाई घटना विवरण सुनायो । काठमाडौं प्रहरीबाट कास्की प्रहरीलाई घटनाबारे अनुसन्धान गर्न जिम्मा लगाइयो ।   घटनाबारे सबै विवरणपाएपछि कास्की प्रहरीले रातारात ‘क्विक रेस्पोन्स’ गर्याे । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक (डिएपसी) सुन्दर तिवारी नेतृत्वको टोली सुलोचनालाई सम्पर्कमा ल्यायो । र फरार खिमबहादुरको खोजीकार्यलाई रातारात तिव्रता दियो ।    सुलोचनाको मोबाइल नम्बरबाट फरार खिमबहादुरलाई फोन लाग्यो र उठाउँदै भन्यो, ‘म हरिचोकतिर छु ।’ त्यसपछि प्रहरी टोलीको ध्यान त्यँतातिर केन्द्रित भयो । सोहीबीच प्रहरीको टोलीले सम्भावित स्थानहरुमा चेकपोष्ट तैनाथ गरिसकेको थियो । र आवश्यक प्रहरी परिचालन गरिसकेको थियो ।    फरार खिमबहादुरले प्रहरीलाई देखेपछि लुक्ने गर्थे । यसरी कास्की प्रहरीलाई झुक्काउँदैं भाग्न खोजीरहेका खिमबहादुर पोखरा ५ को वडा कार्यालयपछाडी लुकिरहेको प्रहरी टोलीले चाल पायो । र नियन्त्रणमा लियो ।   अहिले सुलोचनालाई मनोपरामर्श दिइएको छ भने करणी गरेका खिमबहादुरलाई कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि अनुसन्धान अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।   

पोखरा महानगरपालिकाको मूलगेटसँगै राखिएको एनआइसी एसिया बैंकको एटीएम (अटोमेटेड टेलर मसिन)बाट चोरी गर्ने उद्देश्यले मेसिन फोड्ने सिताराम पुन मगर (नारायण) पक्राउ परेका छन् ।    रोल्पाको सुनसरी गाउँपालिका स्थायी ठेगाना भएका १९ वर्षे पुनले शुक्रबार मध्यरातको साढे १२ बजे एटीएम मेसिन फोडेका थिए । मेसिन फोडेर फरार पुनलाई शनिबार सिआरभी प्रहरीले अमरसिंह आसपासबाट पक्राउ गरेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख एवं डिएसपी युवराज भण्डारीले जानकारी दिएका छन् ।    पुनलाई सिसिटीभी फुटेजको आधारमा पहिचान गरी पक्राउ गरिएको हो । फुटेजमा देखिए अनुसार उक्त कार्यमा थप २ जनाको संलग्नता देखिएको छ । यद्यपि, उनीहरु पक्राउ परेका छैनन् ।    मेसिन तोडफोड गरेपनि नगद सुरक्षित रहेको डिएसपी भण्डारीले बताए । पुनलाई हाल जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेर अनुसन्धान सुरु गरिएको छ । 

काठमाडौं,  बैंकिङ कसुर मुद्दामा फरार रहेका काठमाडौँ महानगरपालिका–४ विशालनगर बस्ने ४० वर्षीय अमित शम्शेर जबरालाई प्रहरीले पक्राउ गरेको छ।    उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीको टोलीले शुक्रबार काठमाडौंको टुडालदेवीबाट पक्राउ गरेको हो।    जबरा उच्च अदालत पाटनको २०७८ चैत २१ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १० दिन कैद र ६६ लाख रुपियाँ जरिवाना ठहर भएर फरार रहेको प्रहरीले जनाएको छ।    सिटिजन्स बैंक लिमिटेडमा जबराको नाममा रहेको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारेर दिएको चेकको रकम भुक्तान हुन नसकेको भन्दै पाटन अदालतले उक्त फैसला गरेको थियो।    फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा जबरालाई प्रहरीले पेश गरेको जनाएको छ। 

काठमाडौं:  संखुवासभाको मादी नगरपालिकामा भएको कार्की परिवार हत्या प्रकरणमा संलग्न दोषीलाई आजीवन कारावासको फैसला भएको छ।   संखुवासभा जिल्ला अदालतले सोमबार मादी नगरपालिका–१ स्थित उम्लिङको खोलागाउँमा एकै परिवारको ६ सदस्यको हत्या प्रकरणमा ४ जनालाई आजीवन कारावासको सजाय भएको फैसला गरेको हो।   अदालतका वैतानिक वकिल भवानी आचार्यका अनुसार सोमबार अदालतका न्यायाधीश शान्तिप्रसाद आचार्यको एकल इजलासले हत्या प्रकरणमा जोडिएका ४ जनालाई आजीवन कारावासको सजाय भएको हो।त्यसैगरी, हत्यामा संलग्न भएका १७ वर्षीय नरेश कार्कीलाई भने २५ वर्षको दुईतिहाइ कारावासको फैसला भएको उनले जानकारी दिए।    वकिल आचार्यका अनुसार नाबालक कार्कीले १६ वर्ष केही महिना कारावास बस्नुपर्ने हुन्छ।   यसस‍ँगै दोषी ठहर गरिएका ४ जनाले भने प्रतिव्यक्ति २ लाख रुपैयाँ क्षतिपूर्ति बुझाउनुपर्ने अदालतले आदेश गरेको छ। गत वर्ष भदौ २१ गते बिहानीपख उम्लिङमा तेजबहादुर कार्कीसहित, आमा पार्वती कार्की, श्रीमती कमला कार्की, बुहारी रञ्जना कार्की, नाती विपीन कार्की र नातिनी गोमा कार्कीको हत्या भएको थियो।   सो हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय संखुवासभा प्रहरीले असोज ५ गते हत्यामा संलग्न रहेका मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोराद्वय २७ वर्षीय लोकबहादुर र १७ वर्षीय छोरा नरेश कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको थियो।   अदालतले पक्राउ परेका खड्ग, हस्तबहादुर, रणबहादुर र लोकबहादुरलाई आजीवन कारावासको सजायको फैसला गरेको हो।   मतृक तेजबहादुर र हत्या आरोपी खड्गबहादुर कार्की भने परिवारभित्रका तेह्र दिने दाजुभाइ हुन्। पक्राउ परेपछि उनीहरूले आपसी रिस, गालीगलौज, अपशब्द, असमान व्यवहारका कारण तेजबहादुरको हत्या गरिएको प्रहरीसामु बयान दिएका थिए।घटना भएपछि १ नम्बर प्रदेश प्रहरीका तत्कालीन प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण बिसी घटनास्थलमा पुगेर अनुसन्धानमा जुटेका थिए।