पोखरा:   गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२०८३ को लागि ३१ अर्ब ५७ करोड ९९ लाख रुपैयाँ छुट्याएको छ।   गण्डकी प्रदेशसभामा अर्थमन्त्री टकराज गुरुङले आइतबार आगामी वर्षको आय–व्यय विवर...

  समाजवादी प्रेस सङ्गठन नेपालको गण्डकी प्रदेश भेला भदौ १० गते पोखरामा हुुने भएको छ । प्रदेशअन्तर्गत जिल्ला अधिवशेनको मिति पनि सोही भेलाले तय गर्ने छ ।    भदौ मसान्तभित्र देशभरका सबै जिल्लाका सङ्गठनको अधिवशेन सम्पन्न गरिने योजना छ । प्रेस चौतारीबाट अलग भएको सङ्गठनले प्रगतिशील विचार समूहका पत्रकारलाई एकताबद्ध गरी व्यावसायिक पत्रकारिताको विकास, श्रमजीवी पत्रकारको हकहित तथा अधिकार संरक्षण, साना लगानीका सञ्चार गृहको संरक्षण र पत्रकारलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउने विषयमा सरकारलाई दबाब दिँदै आएको छ ।   गतवर्ष भदौ १० गते स्थापना भएको उक्त सङ्गठनले करिब ५० जिल्लामा सञ्जाल विस्तार गर्नाका साथै गत  कात्तिक २७ गते पदाधिकारी तथा संस्थापक सदस्य घोषणा र गत  चैत १२ -१३ मा केन्द्रीय कमिटीको विस्तारित भेला सम्पन्न गरेको छ । प्रथम राष्ट्रिय अधिवेशनको तयारीमा रहेको सङ्गठनले मधेश प्रदेशको अधिवेशन पनि  हालै सम्पन्न गरेको छ । प्रदेशको भेला सम्पन्न गर्ने र प्रतिनिधि चयनको प्रक्रियामा छ । सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले पत्रकारको सुरक्षा तथा सञ्चार क्षेत्रलाई थप मर्यादित बनाउनाका  साथै व्यवस्थित बनाउन आग्रह गर्दै मुलुकको राष्ट्रियताको सम्वद्र्धन, लोकतन्त्र, सुशासन तथा पेसागत व्यवसायिकतामा जिम्मेवार भई क्रियाशील हुन आग्रह गर्नुभयो ।  यसैबीच उहाँले सङ्गठनको पहिलो स्थापना दिवसका अबसरमा देश विदेशमा रहेका सम्पूर्ण पत्रकारलाई शुभकामना पनि व्यक्त गर्नुुभएको छ । 

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको साइक्लिङ खेल पोखरामै हुने भएको छ ।   राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत साइक्लिङ खेलकुदका लागि सोमबार खेलस्थल व्यवस्थापन समिति सहितको टोलीले साइक्लिङ खेलका लागि पोखरा र आसपासका संभाव्य खेलस्थलको अवलोकन गरेको छ ।   राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गठित खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक समेत रहेका राखेप सदस्य राजेशकुमार गु?ङ, सचिव एवं प्रशिक्षण प्रमुख कृष्णप्रसाद तिमिल्सिना, नेपाल साइक्लिङ संघका केन्द्रीय अध्यक्ष गोपाल सुन्दरलाल कक्षपति, संघका सचिव देवेन्द्र बस्नेत, कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारी, उपाध्यक्ष अशोक चालिसे लगायतको टोलीले खेलस्थलको अवलोकन गरेको हो ।   टोलीले पोखरा-बागलुङ हाइवेस्थित हेमजाको भाइरल रोड, आर्वाको महाप्रभुधाम, मेथलाङ र शान्ति स्तुपा लगायतको क्षेत्रलाई साइक्लिङका लागि संभाव्य खेलस्थलका रुपमा अवलोकन गरेको हो ।      साइक्लिङ महिला÷पुरुष दुबै इभेन्टका लागि रोड साइक्लिङ र माउन्टन रेस गरी २ क्याटागोरीका लागि टोलीले संभाव्य खेलस्थलको अवलोकन गरेको हो ।   रोड रेस साइक्लिङ अन्तर्गत पनि टाइम ट्रायल र मास रेस गरी २ क्याटागोरीमा साइक्लिङ प्रतियोगिता हुनेछ । जसका लागि हेमजाको भाइरल रोड अन्तर्गत याम्दीदेखि फेंदीसम्मको स्पोर्ट सर्कललाई टोलीले छनोट गरेको छ।   सोही क्याटागोरीका लागि पोखरा आसपासको लामाचौर, बाटुलेचौर र महेन्द्रगुफा लगायतको स्पोटर््स सर्कललाई पनि संभाव्य साइक्लिङ स्पटको रुपमा अवलोकन गरेको छ।   साइक्लिङकै माउन्टेन रेस अन्तर्गत क्रस कन्ट्री र डाउन हिल क्याटागोरीका लागि पोखरा आसपासका उच्चपहाडी क्षेत्र मेथलाङ र आर्वाको महाप्रभुधामको अवलोकन गरेको छ। टोलीले मंगलबार माउन्टेन रेस अन्तर्गतकै क्याटागोरीका लागि शान्तिस्तुपाको समेत अवलोकन गर्नेछ।    माउन्टेन रेस अन्तर्गत २ छुट्टाछुट्टै पूर्वाधारहरु जुटाउनुपर्ने हुन्छ । जस्तो क्रस कन्ट्रीका लागि ३ देखि ५ कि.मि.सम्मको ट्रयाक बनाउनुपर्ने हुन्छ । डाउन हिलका लागि डेढदेखि ३ कि.मि.सम्मको ट्र्याक बनाउनुपर्ने हुन्छ ।      राखेपका सदस्यसहित खेलस्थल व्यवस्थापन समितिका संयोजक एवं साइक्लिङ संघका पदाधिकारी र प्राविधिकसहितको टोलीले साइक्लिङ प्रतियोगिताका लागि पोखरा उपयुक्त स्थान भएको दाबी गरेका छन्।   राखेप सदस्य एवं खेलस्थल व्यवस्थापन उपसमिति संयोजक गुरुङले आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश खेलका लागि पोखरामा सबै पूर्वाधार निर्माणसहित व्यवस्थापन गर्ने दाबी गरेका छन् । कुनैपनि खेलका लागि पूर्वाधार निर्माण र व्यवस्थापनमा कहीँ, कतैबाट पनि कमी हुन नदिने गुरुङको प्रतिबद्धता छ।    गुरुङ भने, ‘हालसम्म खेलस्थलबारे निर्णय भएको छैन। अबको ९÷१० दिनभित्र टुंगो लाग्नेछ। तर, राष्ट्रिय खेलकुदकै लागि जतिपनि प्रक्रियाह? थालिएका छन् । ति सबै परिणाममुखी छन् । अब, मनाङ, मुस्ताङ र लमजुङको अवलोकनपछि सबै टुंगो लाग्नेछन्।’   नेपाल साइक्लिङ संघका अध्यक्ष गोपाल सुुन्दरलाल कक्षपतिले राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत साइक्लिङका खेलहरु पोखरामै हुने प्रष्ट पारेका छन् । साइक्mिलङका लागि यहाँका स्पटह? उपयुक्त रहेको उनको जिकिर छ ।   कक्षपतिले भने, ‘साइक्लिङका लागि खेलस्थलबारे कुनै दुविधा छैन । अवलोकन गरिएका संभाव्य स्थानहरुमा साइक्लिङ प्रतियोगिता गर्न सकिन्छ। बाँकी पूर्वाधारको कुरा हो, पूर्वाधार जुटाउनेबारे हाम्रो प्रयास रहनेछ।’   त्यस्तै, संघका सचिव देवेन्द्र बस्नेतले आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत साइक्लिङका लागि हेमजाको रोड उपयुक्त रहेको बताए ।   संघको प्राविधिक प्रमुख समेत रहेका बस्नेतले भने ‘यो रोड, साइक्लिङको रोड रेस र टाइम ट्रायलका लागि पर्फेक्ट छ । चुनौती टेक्निकल पाटोको हो, त्यसलाई हामी पूरा गर्नेछौं। इभेन्टको बेलामा साइक्लिङ स्पोर्ट्स भेन्युलाई विस्तारित र व्यवस्थित गर्नुपर्छ।’   नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा साइक्लिङ प्रतियोगिता राखेपको श्रोत, नेपाल साइक्लिङ संघको प्राविधिक सहयोग र कास्की जिल्ला साइक्लिङ संघको नेतृत्वमा हुने कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले बताए।   नेपाल साइक्लिङ संघ, कास्की जिल्ला साइक्लिङ संघका पदाधिकारी तथा सदस्यहरुको बैठक बसेको छ ।   यसैबीच, कास्की जिल्ला साइक्लिङ संघले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रशिक्षण छनोटका लागि साइक्लिङको ५१ जनाको नाम सिफारिस गरेको छ । त्यसमध्ये ४० जना पु?ष र ११ जना महिला रहेको कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए ।   नवौँ राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ ।   प्रतियोगितामा ७ प्रदेश, ३ विभागीय र एनआरएनको १ गरी ११ टोलीले प्रतिस्पर्धा गर्नेछन् । राष्ट्रिय खेलकुदका ३६ र २ प्रदर्शनीका खेल गरी ३८ खेलमा प्रतिस्पर्धा हुनेछन् । प्रतियोगितामा ४ सय सात स्वर्णपदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।   एउटा टोलीले ३६ वटै खेलमा भाग लिएको अवस्थामा १ टोलीमा ७ सय ८ जनासम्म खेलाडी सहभागी हुनेछन् । जसमध्ये प्रतियोगितामा कुल ७ हजार ७ सय ८८ जनासम्मका खेलाडीहरु सहभागी हुनेछन् ।   यही भदौको २५ गतेभित्रमा खेलाडी र प्रशिक्षकको नाम दर्ता र असोजको १० सम्ममा खेलगत इभेन्ट, खेल समयतालिका, खेलस्थलको जानकारी गराउने आयोजक राखेपको कार्यक्रम तालिका छ ।  

आगामी असोज अन्तिम साता गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकुदलाई लक्ष्य गरी प्रदेश खेलकुद परिषद् गण्डकीले खेलाडी प्रशिक्षण र छनोट आजदेखि सुरु गरेको छ ।   असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने राष्ट्रिय खेलकुदका लागि पहिलो चरणमा विभिन्न १४ खेलका लागि कास्कीसहित नवलपुर, स्याङ्जा, गोरखा र बागलुङमा प्रशिक्षण सुरु गरिएको हो ।   विशेष प्रशिक्षणबाट प्राविधिक टोलीले आवश्यक खेलाडी छनोट गर्ने परिषद्ले जनाएको छ । राष्ट्रिय खेलकुदमा ३६ र दुई प्रदर्शनी खेल गरी ३८ खेलमा पदकका लागि खेलाडीले प्रधिस्पर्धा गर्नेछन् । आगामी तीन साताका लागि तय गरिएको विशेष प्रशिक्षणमा सफ्ट टेनिस, टेनिस, स्क्वास, खो खो, हक्की, फेन्सिङ, स्वीमिङ, ट्रायाथलन, साइक्लिङ, महिला ह्याण्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ र आर्चरी खेल रहेका छन् ।   परिषद्ले प्रदेशका ११ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखको छलफल पछि पहिलो चरणको खेलाडी छनोट र प्रशिक्षण सुरु गरेको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले बताउनुभयो ।   उहाँका अनुसार नवौँ राष्ट्रिय खेलकुदका लागि गण्डकीमा दुई चरणमा खेलाडी छनोट गरिनेछ । पहिलो चरणमा १४ वटा खेललाई विशेष प्रशिक्षणपछि प्राविधिक टोलीले सोझै खेलाडी छनोट गर्नेछ भने दोस्रो चरणमा २२ वटा खेलको जिल्ला छनोट प्रतियोगिता हुने प्रमुखले जनाएको छ । जिल्ला छनोटपछि प्रादेशिक छनोट प्रतियोगिताबाट राष्ट्रियका लागि गण्डकीको टोली तयार हुनेछ ।   सदस्य सचिव गुरुङले २२ खेलका लागि जिल्ला छनोट प्रतियोगिता भदौ ९ देखि १२ गतेसम्म सञ्चालन गर्ने कार्यतालिका रहेको बताउनुभयो । विशेष प्रशिक्षण र जिल्ला छनोटपश्चात् पोखरामा भदौ १५ देखि १८ गतेसम्म अन्तिम छनोट तालिका तय गरिएको छ । परिषद्ले अन्तिम छनोट भएका खेलाडीलाई आगामी भदौ २६ देखि असोज २६ गतेसम्म आवासीय सुविधासहित पोखरामा बन्द प्रशिक्षणमा राखिने जनाएको छ ।    पोखरा रङ्गशालामा आज प्रदेशमा खेलाडी छनोटको शुभारम्भ गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बजेट अभावमा खेलाडीको प्रशिक्षण र आधारभूत सुविधाबाट वञ्चित हुन नदिइने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रको गौरवसँग जोडिएको राष्ट्रिय खेलकुदलाई भव्यताका साथ सफल पार्न आयोजक प्रदेशका हिसाबले गण्डकी प्रदेश सरकारका प्रतिबद्ध छ । खेलाडीलाई बजेट अभावमा आधारभूत सुविधाबाट वञ्चित गरिने छैन, प्रतियोगितालाई बजेटको कमी हुन दिइनेछैन ।”    प्रदेश नीति तथा योजना आयोगका सदस्य डा सुवास अधिकारीले खेलकुद स्वास्थ्यका लागि मात्र नभएर देशको चिनारीका लागिसमेत आवश्यक रहेको बताउँदै राष्ट्रिय प्रतियोगिता सबै मिलेर सफल पार्नुपर्ने बताउनुभयो । 

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सबैले अपनत्व लिएर सफल पार्नुपर्ने विभिन्न जिल्लाका खेलकुदकर्मीले जोड दिएका छन् । उनीहरुले चार दशकपछि गण्डकीमा हुने राष्ट्रियस्तरको मेघा इमेन्ट सफल पार्नु प्रदेशवासीको दायित्वसमेत रहेको बताए ।    खेल मैदान अवलोकनका लागि विभिन्न जिल्लामा पुगेको खेलमैदान व्यवस्थापन उप–समितिको प्रतिनिधिमण्डलसँग उनीहरुले जिल्लामा कम्तीमा एक खेल हुनुपर्ने र यसले खेलकुदका अलावा पर्यटकीय गतिविधिलाई समेत टेवा मिल्ने बताए । टोलीले नवलपुर, गोरखा र तनहुँ जिल्लाका विभिन्न स्थानमा सम्भावित खेलमैदान अवलोकन गरेको हो ।    खेलमैदान व्यवस्थापन उपसमिति संयोजक राजेश गुरुङले चार दशकपछि हुन लागेको प्रतियोगिताले जिल्लावासीमा उत्साह देखिएको प्रतिक्रिया दिए । खेल पूर्वाधार रहेका जिल्लामा बसोबास, अस्पताल, यातायात र सुरक्षाका विषयलाई ध्यानमा राख्दै कुन जिल्लामा कुन खेल सञ्चालन गर्ने भन्ने निर्णय भदौ १५ भित्र टुंगिने जानकारी दिए ।   यसैबीच, जिल्ला खेलकुद विकास समिति तनहुँले सदरमुकाम दमौलीमा आयोजना गरेको अन्तरक्र्रियामा व्यास ६ का वडाध्यक्ष जीवन गुरुङले राष्ट्रिय खेलकुद व्यासमा सञ्चालन गर्न आफ्नो नगरपालिका सकारात्मक रहेको बताए । उनले आफ्नो जिल्लामा कुनै एक खेलमात्रै सञ्चालन भयो भने खेलसँगै अन्य विभिन्न क्षेत्रमा पनि प्रत्यक्ष अप्रत्यक्ष फाइदा पुग्ने विश्वास व्यक्त गरे ।   व्यास ९ का वडाध्यक्ष एवं नगरपालिका खेलकुद समिति सभापति सुरेश थापाले नवौंको लागि जिल्लामा अन्तर्राष्ट्रिय मापदण्डको बास्केटबल कोर्ट बनेको हुँदा तनहुँमै सो खेल संचालन गर्न उपयुक्त हुने दाबी गरे । व्यास २ का वडाध्यक्ष अनुप रानाले प्रतियोगितामा समन्वय गर्न आफूहरु तयार रहेको बताए ।   कार्यक्रममा जिल्ला भलिबल संघका अध्यक्ष पदम सुनार, तनहुँ जिल्ला टेक्वान्दो संघका अध्यक्ष आकाश घर्तीमगर, एथलेटिक्स खेलाडी प्रेरणा ढकाल, प्रेमबहादुर थापा, कबड्डी खेलाडी सन्देश रानाले जिल्लामा खेलकुदका पूर्वाधार र प्रशिक्षकको व्यवस्था हुनुपर्नेमा जोड दिए ।   जिल्ला खेलकुद विकास समिति अध्यक्ष अनिल पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कराते प्रशिक्षक मणिराज थापा मगर र सञ्चालन कार्यालय प्रमुख शिवहरि पौडेलले गरेका थिए । टोलीले दमौली रंगशाला, निर्माणाधीन कभर्ड हल, निर्मल माविको टेनिस कोर्ट लगायतका खेलस्थल अवलोकन गरेको हो ।   यसैबीच, टोलीले गोरखा रंगशालास्थित कर्भडहल तथा रंगशाला मैदान अवलोकन गरेको छ । त्यहाँ आयोजित कार्यक्रममा खेलकुदकर्मीले जिल्लामा खेलकुदका संरचना सुहाउँदो कम्तीमा एउटा खेल सञ्चालनको जिम्मेवारी दिन आग्रह गरे ।   गोरखा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वनाथ वाग्लेले जिल्लामा प्राविधिक हिसाबले उपयुक्त भएका खेल सञ्चालन हुनुपर्ने बताए । उनले पालिकाले प्रतियोगितालाई सम्झनलायक प्रतियोगिता बनाउन आफ्नो तर्फबाट सकेको सहयोग गर्न तयार रहने प्रतिबद्धता व्यक्त गरे ।   नेपाल खेलकुद महासंघ गोरखाका अध्यक्ष दीपक भण्डारीले पूर्वाधार सुहाउँदो संख्यात्मकभन्दा गुणात्मक खेल सञ्चालन गर्दा त्यसले राम्रो सन्देश जाने बताए ।   जिल्ला खो–खो संघ गोरखाका अध्यक्ष राजकुमार श्रेष्ठले गोरखा आफैमा ऐतिहासिक, पर्यटकीय जिल्ला रहेको र प्रतियोगिताका माध्यमबाट खेल पर्यटन भित्र्याउन मद्दत पुग्ने उल्लेख गरे ।   जिल्ला भलिबल संघका सचिव राजुबाबु श्रेष्ठले समग्रमा राज्यले खेलकुदलाई राम्रोसँग हेर्न नसकेको अवस्था रहेको भन्दै यसलाई सुधार्न आवश्यक रहेको औल्याए ।   नेपाली कांग्रेस जिल्ला सदस्य तथा हान गण्डकीका महामन्त्री मनप्रसाद धितालले नवौं राष्ट्रिय खेलकुदलाई आफूले ऐतिहासिक जिल्लामा फेरि अर्को इतिहास कोर्ने अवसरका रुपमा लिएको उल्लेख गर्दै खेलकुदले कोरोनाले थलिएको पर्यटनलाई उठाउन मद्दत पुग्ने बताए ।   नेकपा (माओवादी केन्द्र) का राजन आलेमगरले ऐतिहासिक जिल्लालाई खेलकुदको माध्यमबाट चिनाउने अवसर आफूहरुले पाउनुपर्ने बताए ।    राप्रपा नेपालका जिल्ला अध्यक्ष कुलबहादुर बस्नेतले प्रतियोगितालाई सम्पन्न गर्न पार्टीभन्दा माथि उठेर मन, वचन र कर्मले सहयोगका लागि आग्रह गरे ।   गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले जिल्लाका हरेक खेलकुदका गतिविधमा आफूहरुको साथ रहेको भन्दै यसपटक पनि रहने प्रतिबद्धता व्यक्त गरे ।    कार्यक्रममा नेपाल सितेरियो कराते प्रशिक्षक ग्यालजेन लामा, द्रव्य शाह बहुमुखी क्याम्पसका ‘फिजिकल’ प्रशिक्षक केशव रेग्मी, हरमटारी युवा क्लवका अध्यक्ष किरण ढकाल लगायतले गोरखामा सञ्चालन हुने जुनसुकै खेलको क्लोज क्याम्प गोरखामा नै सञ्चालन गर्न उनीहरुले माग गरे । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तसिंह बस्नेतको अध्यक्षतामा भएको कायक्रमको सञ्चालन कार्यालय सचिव पञ्चसिंह राईले गरेका थिए । टोलीले यसअघि नवलपुरको कावासोती नगरपालिकाका विभिन्न खेलमैदान अवलोकन गरेको थियो ।    नवौं राष्ट्रिय खेलकुद गण्डकीमा आगामी असोज २८ देखि कात्तिक ३ सम्म हुँदैछ । प्रतियोगितामा ३६ खेलका ४ सय ७ इभेन्टमा प्रतिस्पर्धमा हुनेछ ।   

आगामी असोज २८ गतेबाट कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रौनक गण्डकी प्रदेशका जिल्लाहरुमा देखिन थालेको छ ।  प्रदेशका अधिकांश जिल्ला आफनो जिल्लामा खेल सञ्चालन गर्ने जिम्मेवारी लिन आतुर रहेको पाइएको छ । प्रतियोगिताको तयारी स्वरुप शनिबार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत खेल मैदान व्यवस्थापन उपसमितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश कुमार गुरुङ नेतृत्वको टोली गण्डकी प्रदेशका म्याग्दी, बाग्लुङ र पर्वत जिल्लामा पुग्दा यस्तो देखिएको हो ।  टोलीले ती जिल्लामा पुगेर जिल्लाको जिल्ला खेलकुद विकास समितिको नेतृत्व, स्थानीय निकायका जनप्रतिनिधि, खेलाडी, खेल प्रशिक्षकसँग छलफल गरेको छ । छलफलका क्रममा ३९ वर्षपछि गण्डकी प्रदेशमा आयोजना हुन लागेको खेलकुद प्रतियोगिता सफल पार्न सघाउने प्रतिबद्धता गरेका छन् । प्रतियोगिता अन्र्तगतका कुनै पनि खेल खेलाउने जिम्मेवारी प्राप्त गरेमा सम्पन्न गर्न आफूहरु तयार रहेको उनीहरुको भनाई थियो । छलफल तथा खेलमैदान निरिक्षणका क्रममा आफ्नो जिल्लाको अवस्थाको आधारमा दिइने खेल आयोजनाको जिम्मा लिन तयार रहेको बताए ।   म्याग्दी जिल्लाको बेनीमा आयोजित छलफल कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरज कुमार केसीले प्रतियोगिताको तयारी सुरु भैसकेको बताए । गण्डकी प्रदेशका भलिवल, तेक्वान्दो लगायतका विभिन्न खेलमा म्याग्दीबाट नेतृत्व सहितको प्रतिनिधित्व हुने गरेको भन्दै उनले प्राविधिक टिमले पुर्वाधार पुगेन भनेर समय दियो भने बनाउन तयार रहेको समेत बताए । प्रतियोगिताको लागि केही बजेट छुट्ट्याइसकेको उनले खुलाए । ‘गण्डकी प्रदेशमा नवौं प्रतियोगिता आयोजना हुँदा कुनै पनि खेल म्याग्दीमा पुगेन भने दुर्भाग्य हुने भएकोले हाम्रो जिल्लामा खेल आउनुपर्छ भन्ने हाम्रो दावी हो’ मेयर केसीले भने । प्रतियोगिता सञ्चालन गर्ने जिम्मा आयो भने गण्डकी प्रदेशका ११ जिल्ला मध्ये सबैभन्दा राम्रो आफ्नो जिल्लामा हुने ठोकुवा समेत उनले गरे ।  जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दीनेश केसीले सम्भव भएमा महिला भलिवल, पुरुष भलिवल र तेक्वान्दोका खेल सञ्चालन गर्ने जिम्मेवारी दिन आग्रह गरें । बेनी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रमेश कुमार श्रेष्ठले सबैको सहकार्यमा प्रतियोगितालाई सम्पन्न गरिने बताए ।  जिल्लामा पुग्ने खेलाडी, प्रशिक्षक तथा अतिथिको आतिथ्यतामा कुनै कसर बाँकी नराख्ने उनको प्रतिबद्धता थियो । जिल्लामा रहेका पर्यटकिय ठाउँको अवलोकनको व्यवस्था मिलाउने उनले सुनाए । तेक्वान्दोका सहायक प्रशिक्षक कर्ण प्रधानले तेक्वान्दोको लागि इन्डोर समस्या नभएको बताए । खेल खेलाउन र प्रशिक्षण गराउनको लागि पर्याप्त ठाउँ भएको उनको भनाई थियो । यसैगरी बाग्लुङमा आयोजित छलफल कार्यक्रममा जिल्ला खेलकुद विकास समिति बाग्लुङका अध्यक्ष कुमार खड्काले आफुहरुलाई खेल सञ्चालन गर्ने जिम्मेवारी दिएमा कुशलतापूर्वक सम्पन्न गर्ने बताए । बाग्लुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठले पनि प्रतियोगिताका खेल आफ्नो जिल्लामा सञ्चालन गर्ने अवसर आएमा सहयोग गर्न तयार रहेको सुनाए । जिल्ला खेलकुद विकास समिति बाग्लुङका सचिव तारा शर्माले बाग्लुङ जिल्लाले सुटिङ खेल सञ्चालन गर्ने जिम्मेवारी प्राप्त गर्न सके सजिलो हुने बताइन् ।  अन्य कुनैपनि खेल सञ्चालन गर्ने जिम्मेवारी प्राप्त भए त्यसलाई स्विकार गरेर सम्पन्न गरिने उनको भनाई थियो । कोषाध्यक्ष कल्पना श्रेष्ठले छिटो भन्दा छिटो जिम्मेवारी सम्बन्धी निर्णय भएमा तयारीलाई तिव्रता दिन सजिलो हुने सुनाइन् । समयमानै जिम्मेवारी पाउन सके प्रतियोगिता भव्य बनाउन सजिलो हुने अन्य सहभागीको भनाई थियो ।  यसैगरी पर्वतमा आयोजित छलफल कार्यक्रममा जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष हर्कमान गुरुङले प्रतियोगिता अन्र्तगतका खेलहरु सञ्चालन गर्न आफूहरु तयार रहेको बताए । पर्वतको लागि महिला भलिवल, पुरुष भलिवल वा तेक्वान्दो खेलको जिम्मेवारी पाउन सके राम्रो हुने उनको भनाई थियो । कुश्मा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष इश्वर गिरीले प्रतियोगितालाई सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए । तीनै ठाउँको छलफल तथा खेल मैदान निरिक्षण कार्यक्रममा बोल्दै खेल मैदान व्यवस्थापन उपसमितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश कुमार गुरुङले आफ्नो जिल्लामा प्रतियोगिता सञ्चालन गर्ने इच्छा प्रकट गरेकोमा आभार व्यक्त गरें । जिल्लाको आकांक्षाको बारेमा मुल आयोजक समितिमा आफूले कुरा पु¥याउने र निर्णय गराउने प्रतिवद्धता उनको थियो । सबै जिल्लामा तयारीलाई तिव्रता पार्न उनले आग्रह गरे । ‘खेलाडी तथा प्रशिक्षकको बसोबास, खेल मैदान, इन्डोर हल, आवातजावात लगायतको लागि गुनासो नआउने गरि तयारी गर्नुहोस्’ उनले भने ।  खेल सञ्चालन तथा अभ्यास गर्ने सम्भावित ठाउँहरुको बारेमा विवरण संकलन गरि फोटो तथा भिडियो मार्फत पठाउन समेत सदस्य गुरुङले निर्देशन दिए । समय धेरै नभएकोले काममा ध्यान दिदै अगाडि बढ्नुपर्नेमा उनको जोड थियो । ‘भौतिक, नैतिक तथा आर्थिक रुपमा तयार भएर बस्नुहोस्’ उनले थपे । कास्की भन्दा बाहिरका जिल्लामा देखिएको रौनकता र खेल सञ्चालन गर्ने इच्छाले आफूलाई उत्साहित बनाएको उनको प्रतिक्रिया थियो । राखेप सदस्य गुरुङ नेतृत्वको टोलीमा जिल्ला खेलकुद विकास समिति सदस्य मनिषा गुभाजु, जिल्ला क्रिकेट संघ कास्कीका सह–सचिव विजय रावत, क्रिकेट कोच त्रृmषिकेश शर्मा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेल रहेका थिए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ११ टिमले ३६ खेलका ४०७ इभेन्टमा पदकको लागि प्रतिष्पर्धा गर्नेछन् ।   

पोखरा:  समाजवादी विद्यार्थी युनियन गण्डकी प्रदेशको अध्यक्षमा विषम भुजेल सर्वसम्मत चयन भएका छन् ।    जनता समाजवादी पार्टीको भातृ विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियन गण्डकी प्रदेशको अध्यक्षमा विषम भुजेल सर्वसम्मत निर्वाचित भएका हुुन् ।    आज (शनिबार) पोखरामा सम्पन्न पार्टीको पुनर्गठन तथा विस्तारित भेलाले भुजेलको अध्यक्षतामा ३१ सदस्य कार्यसमिति चयन गरिएको गण्डकी प्रदेशका पूर्व इन्चार्ज तथा केन्द्रीय सदस्य चन्द्र ग्याबक तामाङ (मुस्कान) ले जानकारी  दिए ।    उनका अनुसार सो समितिको वरिष्ठ उपाध्यक्षमा दिपक तामाङ, उपाध्यक्षमा माया पुन मगर, मुख्य सचिवमा नवीन कुमार यादव, सचिवमा मोहन तामाङ, कोषाध्यक्षमा निकिता थापा मगर चयन भए ।    यसैगरि सदस्यहरुमा लाक्पा तामाङ, मनिल तामाङ, कान्छी गुरुङ, मनिक गुुरुङ, आशिष तामाङ, सुदिप तामाङ, रोशन मगर, नविन भुजेल, प्रकाश भुजेल, अन्जन भुजेल र उषा शर्मा लगायत चयन भएका थिए । बाँकी सदस्यलाई पदाधिकारीको बैठकबाट मनोनित गरिने बताइएको छ ।   

स्याङ्जा:  स्याङ्जाको वालिङ नगरपालिका–१३ गाहाखोलास्थित आँधीखोला जाने भित्री कच्ची सडकखण्डमा स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।   प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक शारदा प्रसाद चौधरीका अनुसार आज (बिहिबार) विहान करिब ७ बजे ग १६ प ५४६१ नम्बरको स्कुटर दुर्घटना हुँदा वालिङ नगरपालिका–९ भुम्रेका ५५ वर्षिय बसन्त श्रेष्ठको मृत्यु भएको हो ।   प्रहरीलाई स्कुटर दुर्घटना भएको जानकारी भएपछि घटना स्थलमा पुग्दा स्कुटर बाटोको छेउमा रहेको थियो भने मृतक श्रेष्ठ कुनामा उछिट्टिएका थिए । मृतक श्रेष्ठ निवर्तमान वडाध्यक्ष रहेको समेत बताइएको छ ।   मृतक श्रेष्ठको दुवै हातको कुईनामा सामान्य चोट देखिएकाले घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।   

पोखरा :  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको आयोजना भएको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि आयोजक गण्डकी फोनिजले जितेको छ ।   फोनिजको २३ औं स्थापना दिवस मनाउने क्रममा फोनिज गण्डकीले आयोजना र कास्की जिल्ला शाखाको सहआयोजनामा भएको पुरुष तथा महिला मैत्रीपुर्ण फुटसलमा दुवै खेलमा फोनिज विजयी भएको हो । पुरुष टिममा फोनिज गण्डकीले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको टिमलाई टाइब्रेकरमा ५-४ गोल अन्तर पराजित गरेको हो । महिला तर्फ फोनिज गण्डकीको टिमले कास्कीमा महिला पत्रकारको टिमलाई टाइब्रेकरमै ४-३ गोल अन्तर हराएको हो ।  पुरुषतर्फ निर्धारित समयमा ४-४ गोल भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । निर्धारित समयमा फोनिजको तर्फबाट प्रबिन मगरले २ गरे भने सुशान्त गाहा र सुरज थापाले एक÷एक गोलको योगदान दिए । यस्तै खेलकुद पत्रकार मञ्चका लागि अनुप पौडेलले २ तथा मन क्षेत्री र बिजय नेपालीले १/१ गोल गरे ।  महिलातर्फ निर्धारित समयमा फोनिज गण्डकीबाट जुना थापाले पेनाल्टी मार्फत गोल गर्दा महिला पत्रकारको तर्फबाट दिपा पौडेलले बराबरी गोल फर्काइन् । दुवै टिमले निर्धारित समयमा बराबरी गोल गरेपछि खेलमा बिजेताको टुंगो टाइब्रेकरबाट लागेको खेल संयोजक सुशान्त गाहा मगरले जानकारी दिए ।  बिजेता फोनिज गण्डकीको टिमले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता टिमले मेडल र प्रमाणपत्र पाए । विजेता तथा उपविजेता टिमलाई गण्डकी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव तेजबहादुर गुरुङले पुरस्कार वितरण गरेका थिए ।  कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले खेलकुद स्वास्थ्यको लागि लाभदायक भएको वताउँदै यसले आपसी भाईचारामा पनि वृद्धि हुने वताए । पत्रकारहरु लेख्ने मात्र होइन स्वस्थ्य हुनुपनि जरुरी रहेको मिडिया कप बेला बेलमा हुनुपर्नेमा उनको जोड थियो । ‘खेलकुदले पत्रकारको निर्णय गर्ने क्षमताको विकास हुन्छ, यसले पत्रकारहरुलाई सिर्जनशिल पनि बनाउँछ,’ उनले भने, ‘त्यसैले पनि आगामी दिनमा अन्य खेल गर्दै जानुस तपाईहरुसँग प्रदेश खेलकुद परिषद साथ मै छ ।’ ३९ वर्षपछि पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदमा पत्रकारले कलम र आवाज मार्फत साथ दिन उनको आग्रह थियो । पत्रकारले गरेको खबरदारी र राम्रा कार्यको प्रचार प्रसारले प्रदेशमा हुने खेलमा महत्वपूर्ण भूमिका खेल्ने उनको धारणा थियो ।  कार्यक्रममा फोनिज गण्डकी सल्लाहकार हुमबहादुर गुरुङ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी र फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीस मगर लगायतले मैत्रीपुर्ण खेलले स्वस्थ्य रहँदै पत्रकारिता गर्ने समयमा प्राविधिक शब्दहरुमा ज्ञान हुने बताएका थिए ।   

पोखराः सरकारले आर्थिक वर्ष ०७९/८० को बजेटमा कर्मचारीलाई वृद्धि गरेको तलबदर असमान भएको भन्दै कास्कीका सरकारी कार्यालयका नायब सुब्बा (नासु)हरुले आज काम गरेका छैनन् ।    जिल्लाभित्र केही कार्यालयमा नासुहरुले पेन डाउन गरेका छन् भने दिउँसो १२ बजेपछि कार्यालयबाट निस्केर शहीदचोकमा भेला भएका छन् ।    मालपोत कार्यालय लेखनाथमा नासुहरुले पेनडाउन गरेपछि सेवा प्रभावित भएको छ । लेखनाथका नासुहरु अहिले शहीदचोकतर्फ आइरहेका छन् । त्यस्तै, जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु पनि शहीदचोकतिर निस्कन सुरु गरेका छन् ।    नासुहरुले आज काम नगर्ने वा १२ बजेपछि बिदा (क्याबि) लिने जानकारी आफु मातहतका सिनियरलाई हिजै जानकारी गराएका थिए । सोही अनुरुप प्रशासन कार्यालयका कर्मचारी अहिले बाहिर निस्केका छन् ।    ‘अहिलेसम्म त सबै काम भइरहेको छ तर अब साथीहरु विरोध कार्यक्रमतर्फ जाने तरखरमा हुनुहुन्छ’ प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजालले जानकारी दिए ।    यता, मालपोत कार्यालय कास्कीमा भने आज काम हुन सकेन । सेवाग्राहीका घुइँचो लागेपनि अहिले ठप्प भएको मालपोत कार्यालयले जानकारी दिएको छ । ‘हामी ३ जना हाकिममात्रै छौं’ एक कर्मचारीले भने ‘हामीलाई हिजै जानकारी थियो, ३ जनालेमात्रै सेवा दिन नसक्ने भएपछि हामीहरु यत्तिकै बसेका छौं ।’     तलबदार असमान भएको र सरकारले तोकेको प्रतिशतभन्दा फरक परेपछि आन्दोलनमा उत्रनुपरेको नासुहरुले बताएका छन् । चालू बजेटले सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको थियो । तर, तलब लागू हुने समयमा भने शाखा अधिकृतदेखि सचिवसम्मका कर्मचारीको तलब साढे २४ प्रतिशतसम्म बढाइएपछि आन्दोलित भएको उनीहरुको भनाई छ ।    कास्कीमा आन्दोलनको नेतृत्व गरिरहेका मालपोत कार्यालय कास्की नासु सूर्य तिवारीले विरोधस्वरुप शहीदचोकमा भेला भएको बताएका छन् । ‘सबै कर्मचारीको तलब १५ प्रतिशतले बढाइएको भनियो’ तिवारीले भने ‘तर शाखा अधिकृतदेखि माथिका कर्मचारीको तलब भने २४ प्रतिशतले बढाइयो ।’   सरकारले असमान दरले तलब बढाएको विरुद्धमा आन्दोलन आजबाट सुरु भएको भन्दै उनले थपे, ‘सरकारले हामीलाई तलबमा हेप्यो ।’ सरकारले अन्यलाई भन्दा नासुलाई कम तलब बढाएर हेपेको तिवारीको ठहर छ ।    आज विरोधस्वरुप भेला भएको र भोलीदेखि कस्तो स्वरुपको कार्यक्रम गर्ने भन्ने विषयमा केन्द्रको निर्णयको प्रतीक्षामा रहेको नासुहरुको भनाई छ । तलब दरको असमान वृद्धिमा आज राजधानी लगायत देशैभर नासुहरुको विरोध कार्यक्रम रहेको छ ।      शहीदचोकमा मालपोत, प्रशासन, नापी, अदालतलगायतका कर्मचारी सहभागी छन् । संघीय सरकारअन्तर्गत नायब सुब्बाको १४ हजार २५ जनाको दरबन्दी रहेको छ ।