कास्कीः जिल्ला समन्वय समिति कास्कीको प्रमुखमा नेकपा एमालेका लीलाधर पौडेलले प्यानलसहित विजय हात पारेका छन् । समितिको उपप्रमुखमा सरिता कुमालले जीत हात पारिन् । पौडेलले नेपाली कांग्रेका दीपेन्द्र ढकाल र कुमालले उषा थापालाई पराजीत गरेका हुन् । प्यानलका सदस्यमा सीतादेवी विक, हर्क बहादुर गुरुङ, राजु अधिकारी, गणेश बहादुर घर्ति, वालिका सुवेदी, लक्ष्मी दमै, सुकमाया नेपाली चयन भएका छन् ।
कास्कीः गण्डकी प्रदेशको मन्त्रीपरिषद्ले भूतपूर्व पदाधिकारीलाई के–कस्तो सेवा, सुविधा दिन सकिन्छ भनेर तयारी थालेको छ । हालै बसेको बैठकले सोही सुविधान दिन तयारी स्वरुप कार्यदल गठन गरेको छ । कार्यदलमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव संयोजक, अर्थ र कानुन मन्त्रालयका सचिव सदस्य रहने गरी ३ सदस्य रहेका छन् । उक्त कार्यदलले तयार गर्ने मस्यौदा आगमी २४ गते आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत प्रस्तुत गर्ने योजना रहेको सरकारका प्रवक्ता एवं भौतिक योजनामन्त्री कुमार खड्काले जनाएका छन् । प्रदेश सरकारकाकारण आर्थिक भार बढ्दै गएको आलोचना भइरहेकाबेला प्रदेश सरकारका भूतपूर्वलाई समेत सेवा, सुविधा छुट्याउने तयारी भएपछि सर्वसाधारणले विभिन्न माध्यममार्फत रोष प्रकट गरेका छन् । यस विषयमा प्रवक्ता खड्काले भूतपूर्वलाई सुरक्षाको नाममा सुविधा प्रदान गर्न आवश्यक रहेको बताउँदै आएका छन् । पदाधिकारीलाई कस्तो सुविधा उपलब्ध गराउने भन्ने विषयमा कार्यदलको मस्यौदामा आधारित हुनेछ । यद्यपि, प्रवक्ता खड्काले सुविधा उपलब्ध गराउन कार्यदल नै खडा गरी तयारी थालेकाले आगामी बजेटमा यस योजनाले मूर्तरुप पाउने निश्चितप्रायः भएको छ ।
पोखरा, संघ सरकार नीति तथा कार्यक्रम र वार्षिक बजेटको अन्तिम तयारीमा जुटिरहेका बेला गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएका छन् । गण्डकी प्रदेशको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय विकास मार्फत् समुन्नत राष्ट्र निर्मााणका लागि महत्वपूर्ण योगदान पु¥याउन तथा अन्तर प्रदेश समन्वय र विकासलाई सुदृढ बनाउनका लागि संघको बजेटमा समेट्नै पर्ने गण्डकीका योजनाको सूची उनले प्रधानमन्त्रीलाई बुझाएका छन् । मुख्यमन्त्री पोखरेलले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ, ‘राष्ट्रिय विकास तथा अन्तर प्रदेश समन्वयात्मक विकासका लागि केही राष्ट्रिय गौरवका, रणनीतिक महत्वका र अन्तर प्रदेश विकासमा समेत महत्वपूर्ण हुन सक्ने आयोजनाहरूमा संघ सरकार र प्रदेश सरकारको लगानी साझेदारी हुनुपर्ने, आपसी समन्वयमा त्यस्ता आयोजनाहरूको कार्यान्वयन हुन जरुरी छ ।’ राष्ट्रिय गौरव तथा प्रदेश गौरवका आयोजना सञ्चालित क्षेत्रमा निर्वाध रूपमा आयोजना सञ्चालन हुने वातावरण सुनिश्चित गर्न आवश्यक कानुन तथा मापदण्ड विकासको गरी निर्वाध रूपमा त्यस्ता आयोजना सञ्चालन हुने अवस्था विकास हुनुपर्ने भन्दै मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् । ध्यानाकर्षण पत्र ग्रहण गरेपछि प्रधानमन्त्री देउवाले प्रदेश र स्थानीय तहको समृद्धिमा नै समग्र मुलुकको समृद्धि निर्भर रहेको भन्दै गण्डकीबाट आएका योजनालाई प्राथमिकतामा राख्ने बताए । उनले उक्त ध्यानाकर्षण पत्र राष्ट्रिय योजना आयोग र अर्थमन्त्रालयमा पठाउने र सकेसम्म सबै योजना बजेटमा समेट्ने आश्वासन दिएका छन् । कम लागतमा उच्च प्रतिफल दिने, गण्डकी प्रदेशको साथै राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान गर्नसक्ने उत्तरगंगा जलासययुक्त जलविद्युत आयोजना सञ्चालनमा ल्याउन प्रदेश सरकारको समेत लगानी साझेदारी हुनेगरी संघीय सरकारले आव २०७९÷८० बाट कार्यान्वयनमा लैजान मुख्यमन्त्री पोखरेलले ध्यानाकर्षण गराएका छन् । उनले भनेका छन्, ‘जलासययुक्त बुढीगण्डकी जलविद्युत आयोजना चालु आवबाट नै सुरुआत गर्ने गरी कार्य अगाडि बढाउन अनुरोध सहित गण्डकी प्रदेश सरकारको पनि लगानी साझेदारी हुने वातावरण बनाउन अनुरोध गर्छु ।’ गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको धार्मिक तथा पर्यटकीय प्रदद्र्धन गर्न दुवै प्रदेशको समन्वय र लगानीमा, संघ सरकारको समेत साझेदारीमा मुक्तिनाथदेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनीसम्म जोड्ने मुक्तिमार्ग निर्माणको योजना समेट्ने मुख्यमन्त्री पोखरेलले माग गरेका छन् । पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने र पोखराको मुख्य आकर्षक फेवातालको संरक्षण र विकासको लागि फेवाताल संरक्षण र विकास गुरूयोजना कार्यान्वयनको लागि लगानी सुनिश्चित हुनेपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ । गण्डकी प्रदेशसँग जोडिएका तीनवटा अन्तर्राष्ट्रिय नाकाहरु मुस्ताङको कोरला, नवलपरासीको त्रिवेणी र गोरखाको लार्के सीमा नाकामा भन्सार पूर्वाधार विकास गरी गरी नेपाल चीन २ देशीय व्यापार तथा वाणिज्य प्रवद्र्धन गर्नुपर्ने मुख्यमन्त्रीले आग्रह गरेका छन् । यसैगरी गोरखाको आरुघाटदेखि चुमनुब्री हुँदै उत्तरी नाका लार्केसम्म मोटरबाटो निर्माणको लागि लगानी गर्नुपर्ने, धार्मिक पर्यटकीय क्षेत्र देवघाटको प्रदद्र्धन गर्न गण्डकी प्रदेशको तनहुँ र नवलपुर तथा बागमती प्रदेशको चितवन जोड्ने गरी त्रिकोणात्मक मोटरेबल पुल निर्माणका लागि उनले माग गरेका छन् । पर्यटकीय राजधानी पोखरा र नेपालको राजधानी काठमाडांै जोड्ने द्रुतमार्ग विकासका साथै वैकल्पिक मार्गकारुपमा रहेको बुद्धसिंह मार्ग कालोपत्रे गर्न मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । गोरखकाली रबर उद्योग र भृकुटी कागज कारखानालाई पुनः सञ्चालन गर्न साझेदारीमा लगानी सुनिश्चित हुने वातावरण विकासका लागि समेत मुख्यमन्त्रीले पोखरेलले आग्रह गरेका छन् । धार्मिक महत्व बोकेको पवित्र नदी कालीगण्डकी नदीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने र यसको बहुपक्षीय विकासको लागि लगानी गर्नुपर्ने, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनका लागि मासिक रुपमा रकम सामाजिक सुरक्षा कोषलाई उपलब्ध गराउन आगामी बजेटमा व्यवस्था गर्न पनि उनले माग गरेका छन् । मनाङको नार्पाभूमि गाउँपालिका अहिलेसम्म सडक सञ्जालसँग नजोडिएको र विकट भएकाले प्रदेश सरकारको क्षमता नपुग्ने हुँदा केन्द्रीय योजनामा समावेश गर्न ध्यानाकर्षण पत्रमार्फत् अनुरोध गरिएको छ । नवलपुरको गैंडाकोटमा विपी अन्तर्राष्ट्रिय खेलग्राम र नवलपुरमै ट्रमा सेन्टर स्थापनाका लागि पनि केन्द्र सरकारले बजेट विनियोजना गरिदिन उनले प्रधानमन्त्रीसँग अनुरोध गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मुख्यमन्त्रीसँगै प्रदेशका कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापा पनि थिए । मुख्यमन्त्री पोखरेल शनिबार काठमाठौं गएर शनिबारै पोखरा फर्केका छन् । उनले यसअघि पनि २ पटकसम्म प्रधानमन्त्री देउवालाई भेटेर बजेट तथा प्रदेशका योजनाका बारेमा ध्यानाकर्षण गराएका थिए । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा समेत उनले प्रदेशले भोग्नु परेका समस्याका बारेमा प्रदेशका तर्फबाट प्रस्तुति गरेका थिए । भातृशोकमा रहेका प्रधानमन्त्री देउवालाई मुख्यमन्त्री पोखरेल र कानुन मन्त्री थापाले समवेदना व्यक्त गरेका छन् । उनका भाइ प्रेमबहादुर देउवाको जेठ ३ गते निधन भएको हो ।
कास्कीः नेपाली काँग्रेसका तर्फबाट माछापुच्छ्रे गाउँपालिकाका उम्मेदवारहरुले मतदातामाझ पारदर्शीताको प्रतिबद्धता गरेका छन् । अहिलेको स्थानीय सरकारले विभिन्न क्षेत्रमा हिनामिना गरेको आरोप लगाउँदै काँग्रेसले पालिकाको नेतृत्व लिइरहँदा हरेक कुरामा पारदर्शीता रहने बताए । माछापुच्छ्रे ६ धितालमा आयोजित सभामा बोल्दै पालिका अध्यक्ष उम्मेदवार मिन बहादुर गुरुङले हरेक कार्यक्रम, आयोजना लगायत सबै क्षेत्रमा पारदर्शीता महत्वपुर्ण भएको बताए । उनले भने ‘अहिले नेतृत्व गरिरहेकाहरुले कति हिनामिना गरे त्यसको हिसाबकिताब छैन । कहाँ कति के भयो रु केही पारदर्शीता अपनाइएन । हामी यो कुरामा सचेत छौँ । म प्रतिबद्धता ब्यक्त गर्दछु, हाम्रा सबै कुराहरु पारदर्शी हुनेछन् ।’ गाउँपालिका उपाध्यक्ष उम्मेदवार सिता अधिकारीले पनि पारदर्शी हुनुपर्ने कुरामा प्रतिबद्धता जनाइन् । हालको नेतृत्वले गर्नुपर्ने महत्वपुर्ण कार्यहरुपनि नगरेको बताउँदै उनले व्यवहारतः गर्न सकिने कार्यहरु नेतृत्व सम्हालेको पहिलो दिनदेखि नै गरिने विश्वास दिलाइन् । भनिन् , ‘यहाँ कति हुनुपर्ने थियो, कति भयो । बोलिरहनै पदैन, तपाईहरुले नै देख्न सक्नुहुन्छ । हामी आएपछि यो अवस्था रहिरहँदैन । बोल्नै मात्रै भन्दापनि पहिलो दिनदेखि नै हामीले गर्नुपर्ने कामहरु सुरु गरिहाल्छौँ ।’ , माछापुच्छ्रे वडा नं ६का अध्यक्ष उम्मेदवार उदयकुमार नेपालीले युवा नेतृत्वका लागि अवसर प्रदान गर्न आग्रह गरे । पालिकाको विकासकालागि पार्टीले युवा नेतृत्वलाई अघि सारेको बेला मतदाताहरुलाई अवसर खेर जान नदिन आह्वान गरे । ‘युवा नेतृत्व स्थापीत गर्न पार्टीले हामीलाई अघि सारेको छ । यो महत्वपुर्ण अवसर हो । हामीलाई स्थापीत गराउने जिम्मा तपाईहरुलाई छ’ उनले भने‘यो अवसरलाई खेर जान नदिनुस् । अवसरलाई सदुपयोग गर्दै हामीलाई विजयी गराउनुहुनेछ भन्नेमा हामी ढुक्क छौँ।’ वडा नं ६मा वडाध्यक्षमा नेपालीसँगै महिला सदस्यमा चिजा तामाङ, दलित महिला सदस्यमा सपना सुनार, वडा सदस्यमा भिमराज पौडेल‘बिशाल’ र अनिल गुरुङ उम्मेदवार छन् । कार्यक्रममा पार्टीका प्रदेश कोषाध्यक्ष गिता क्षेत्री, जिल्ला सदस्य सुदिप गौतम, महासमिति सदस्य विष्णु क्षेत्री, टेकनशोभा गुरुङ, गाउँपालिका सभापति बिरेन्द्र गुरुङ, युवा नेता राजाराम पौडेल, धिताल शिक्षक संघका रुद्र अधिकारी लयागतले मन्तब्य राखेका थिए । काँग्रेसको पक्षमा माहौल बढेको उल्लेख गर्दै उनिहरुले जित सुनिश्चित रहेको बताए । पार्टीका कार्यकर्ता, नेता एवं शुभेच्छुकहरुको उल्लेख्य सहभागितामा माछापुच्छ्रे काँग्रेसले बिहीबार वडा नं ६ का अन्तर्गत अस्ताम, भिडाबारी, ओखरी, ढुलो ढुङ्गा लगायतका क्षेत्रमा घरदैलो तथा सभाहरु सम्पन्न गरेको हो ।
पाेखराः पाेखरा महानगरपालिकामा नेकपा एमालेका मेयर प्रत्यासी कृष्णबहादुर थापाले अप्ठेराे अवस्थामा पाेखरामा विकासकाे सुरुवात गरेकाे बताउँदै साढे ४ अर्ब रुपैयाँ लागतकाे खानेपानी याेजना साक्षी बसेर ल्याएकाे बताएका छन् । नेकपा एमाले पोखरा -१५ ले मेयर र उपमेयरका उम्मेदवारसहित घरदैलो कार्यक्रममा थापाले पोखरामा झन्डै साढे ४ अर्वको खानेपानीको योजना आफू स्वयं साक्षी बसेर ल्याएको र यसै योजनाको तेस्रो फेजको निर्माण तथा विस्तार कार्य अहिले चलिरहेको उनले दाबी गरे। अप्ठेरो अवस्थामा हिजो पोखरामा विकासका कार्यहरुको थालनी गरेको बताउँदै उनले पोखरा महानगरको मेयरमा मान बहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङको नेतृत्वले पनि विगतमा गरेका कामलाई निरन्तरता दिएको बताए। घरदैलो कार्यक्रममा वडावासीले देखाएको माया र विश्वासले विगतमा जस्तै आगामी निर्वाचनमा पनि एमालेले अत्याधिक मत पाएर बिजयी हुने बताए। थापाले ३४ वर्षको उमेरमै आफू मेयर हुने अवसर प्राप्त गरेको भन्दै यो बीचमा धेरै अनुभवहरु सँगालेको बताए। २०५२ सालदेखि शुरु भएको माओवादी युद्ध र त्यसले निम्त्याएको ध्वंस अनि २०५९ साल असार ३१ गते तत्कालिन गठबन्धनका प्रधानमन्त्री शेर बहादुर देउवाले जननिर्वाचित संस्थाहरुलाई अपदस्त गरेको स्मरण गर्दै त्यसपछि लगातार १५ वर्ष स्थानीय तहमा कुनैपनि निर्वाचन नभएको र उक्त भयावह अवस्था आफूहरुले नजिकबाट देखेको बताए । थापाले अमरसिंहचोकदेखि तल झर्न अत्यन्त विकट रहेको अवस्थामा बाच्छेबुडुवामा ल्याण्डफिल्ड साइटको निर्माण गरेपछि यस क्षेत्रमा पहिलो पटक बाटो बनाएको बताए । उनले फेरी एउटा सुखद सौभाग्य मिलेको भन्दै देशकै उत्कृष्ट उपमेयरको निरन्तरता, २०५४ सालदेखि काम र अनुभवले खारिएको आफू र आशा गरिएका युवा नेतृत्व तोरण बानियाँ र उनको टीमले काम गर्नेमा विश्वस्त हुन वडावासीलाई आग्रह गरे। उनले भने - "यो वडाको बाँकी रहेका सम्पूर्ण विकास हामीलाई गर्ने मौका दिनुहोस्, हामी गरेर देखाउँछौँ।" यस्तै, उपमेयर पदकी मञ्जुदेवी गुरुङले आफूहरु निर्वाचित भएर आइसकेपछि यस वडामा धेरै कामहरु भएको बताइन्। उनले वडाका नागरिकहरुले सुरक्षाको अनुभूति गर्न पाउनुपर्छ भनेर सबैभन्दा पहिले यसै वडामा सिसिटिभी क्यामेरा जडान गरिएको बताइन्। उनले अझ कतिपय कामहरु गर्न बाँकी रहेको र कतिपय कामहरु प्रक्रियामा रहेकोले ती कामलाई पूर्णता दिँदै अन्य कामलाई द्रुत गतिमा अगाडि बढाउने प्रतिवद्धता जनाइन्। नेकपा एमाले ज्येष्ठ नागरिकको सम्मान गर्ने पार्टी भएकाले यो बीचमा गठबन्धन या परमादेशको सरकार नआएको भए अहिलेसम्म वृद्धभत्ता सम्भवतः ५ हजार पुग्ने उनको बताइन्। उनले गठबन्धनको टोलीमा धेरै चिन्ह अंकित झन्डाहरु रहेकोले मतदान गर्न गाह्रो र झन्झटिलो हुने भन्दै नेकपा एमालेको सूर्य चिन्ह सिङ्गो एउटा मात्र भएकाले मतदान गर्न सजिलो हुने बताइन्। यस्तै, वडा नं -१५ का अध्यक्ष पदका उम्मेदवार तोरण बानियाँले यहाँको समाज, यहाँका जनता र यस क्षेत्रको विकासका लागि हर समय तल्लिन भएर समस्यालाई समाधान गर्न अग्रसर हुने बताए। बानियाँले एकैचोटी यो समाजको नेतृत्व गर्छौं भनेर आएको नभै धेरै अगाडिबाट मेहेनत गर्दै संघर्ष गरेर सामाजिक काममा समर्पित रहँदै आएकाले हिजो गरेका कामको कारणले पनि यहाँका जनताले विश्वास गरेर भारी मतले बिजयी गराउने आशा व्यक्त गरे। उनले घरदैलोका क्रममा जनतासँग धेरै वाचाहरु गरेकाले आउँदो ५ वर्ष भित्र आवश्यकता र औचित्यका आधारमा एकपछि अर्को गर्दै सबै वाचाहरु पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे। कार्यक्रमको संचालन वडा कमिटि सचिव तथा न्यायिक समिति सदस्य पार्वती कार्कीले गरेकी थिइन् । सभामा जिल्ला कमिटि कास्कीका इन्चार्ज भिम कार्की, वर्तमान वडा अध्यक्ष तथा इन्चार्ज प्रकाश पौडेल, पूर्व अध्यक्ष तथा निर्वाचालन परिचालन कमिटिका संयोजक शिव बहादुर भण्डारी, शिव बहादुर बानियाँ, पूर्व सदस्य ललित बहादुर भण्डारीलगायतको उपस्थिति रहेको थियो।
पोखरा: आसन्न स्थानीय तह निर्वाचन सफल पार्न मादी गाउँपालिकाको गठबन्धनले विभिन्न ९ समिति गठन गरेको छ । सत्तापक्ष कांग्रेस, माओवादी र एकिकृत समाजवादीसहितको संयुक्त चुनावी गठबन्धनले पोखरा १३ शितलादेवीमा बसेको बैठकले चुनावी प्रचार प्रसारका लागि मादी गाउँपालिका स्तरिय समिति गठन गरेको हो । नेपाली कांग्रेस मादी गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार यामबहादुर गुरुङ, नेकपा माओवादी केन्द्रका मादी गाउँपालिका अध्यक्ष तोरण गुरुङ, एकिकृत समाजवादी मादी गाउँपालिका अध्यक्ष घननाथ सापकोटाको अध्यक्षतमा बसेको बैठक बसेको थियो । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सोमति गुरुङ, नेका कास्की एकका सचिव सरोज केसी लगायतका गठबन्धनका नेताहरुको उपस्थितिमा बसेको बैठकले समिति उप समिति गठन गरेको हो । स्थानीय निर्वाचन २०७९ लाई व्यवस्थित सशक्त र उत्साहपूर्ण र विजयउन्मुख बनाउनका लागि गठबन्धनको मादी गाउँपालिकास्तरिय बैठक बसेको हो । निर्वाचनलाई परिणाममुखी बनाउन विभिन्न उपसमिति र उपसमितिको पनि बैठक राखी पूर्णता दिने संयुक्त रुपमा निर्णय भएको छ । प्रशिक्षण बुद्धिजिवी परिचालन एवम घोषणापत्र तयारी समिति, कार्यालय सञ्चालन व्यवस्थापन उपसमिसिति, बुथ संरक्षण तथा मत सर्वेक्षण उपसमिति, बुथ संरक्षण तथा मत सर्वेक्षण उपसमिति, यातायात व्यवस्थापन उप समिति, पार्टी सञ्चालन भातृ तथा शुभेच्छुक संस्था परिचालन उपसमिति, आर्थिक समिति, गठबन्धन दल समन्वय समिति, युवा परिचालन उपसमिति, प्रचारप्रसार उपसमिति गठन गरेको हो । सोमबार बिहान ७ बजे पोखरा १२ शितलादेवीमा गठबन्धनको सम्पर्क कार्यालय स्थापन गरिने नेपाली कांग्रेस कास्की १ का सचिव सरोज केसीले जानकारी दिए ।
पोखरा: कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीले इमोस्नल ईन्टेलीजेन्स वर्कसप सम्पन्न गरेको छ । कास्की जिल्लका सहकारी संस्थाका व्यवस्थापकहरुलाई लक्षित गरि मनोदर्शन साइकोलोजिकल कन्सर्नको प्राविधिक सहयोगमा एक दिने कार्यशाला सम्पन्न गरेको हो । कुल ३२ जनाको उपस्थिती रहेको सो कार्यशालामा मनोदर्शन साइकोलोजिकल कन्सर्नका प्रमुख प्रशिक्षक प्रज्वल आचार्य र प्रशिक्षक दिलिप श्रेष्ठले प्रशिक्षण दिएको मित्रमिलन वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक किरण अधिकारीले जानकारी दिए । उनका अुनसार सो कार्यक्रम वार्षिक कार्यतालिका अनुसार आयोजना गरिएको हो । उक्त कार्यशालाबाट वित्तिय क्षेत्रमा काम गर्न थप उर्जा मिलेको कार्यक्रममा सहभागीहरुले बताएका थिए । क्लबका सचिव मोहन प्रसाद अधिकारीले कार्यक्रम सञ्चमलन गरेका थिए भने रियल ईभेन्ट म्यानेजमेन्टका व्यवस्थापक सुशिल पोख्रेल तथा पहल ग्रुपका निर्देशक अशोक पौडेलले कार्यशालाको समन्वयन गरेका थिए ।
पोखरा: पूर्व राष्ट्रिय फुटसल प्रशिक्षक विष्णु गुरुङले नेपाली फुटबलको क्षेत्रमा भएको विवादको विषयलाई लिएर चिन्ता व्यक्त गरेका छन् । गुरुङले मुख्य प्रशिक्षक अब्दुल्ला अलमुटाइरी र खेलाडीहरु बिचको तक्राबलाई यथाशिघ्र निष्कर्ष दिएर एसियन कपको तयारीमा जुट्नुपर्ने धारणा राखेका हुन् । प्रशिक्षक गुरुङले (सामाजिक सञ्जाल) फेसबुकमा स्टाटस लेखेका छन्, ‘नेपाली राष्ट्रिय फुटबल टोलीका हेड कोचले दिनुभएको रिजल्टमा हामी एकदम आभारी छौं । तर रिजल्टमा समान रूपमा खेलाडीको पनि उच्च प्रदर्शन, मिहिनेत र त्यागको कदर छ । तसर्थ दुवै पाटो एकै रथका दुई पांग्रा हुन् । आशा गर्छु समसामयिक विषयमा सम्बन्धित निकाय र व्यक्तिले छिटो भन्दा छिटो निष्कर्ष निकालेर, आगामी एसियन कपको तयारीमा जुट्नुपर्छ । हामी फुटबल विकास भएको हेर्न चाहन्छौं । अन्त्यमा फुटबलको विकास हुनुपर्छ, व्यक्ति र समूहको हैन ।’ जय नेपाल, जय नेपाली फुटबल’ । यतिबेला नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक अब्दुल्ला अलमुटाइरी र खेलाडीहरु विच तक्राब भैरहेको छ । यस विषयमा प्रत्यक्ष सरोकार राख्ने अखिल नेपाल फुुटबल संघ (एन्फा) भने मुखदर्शक बनिरहेको छ ।
पोखरा: आगामी ३० गते हुने स्थानीय निर्वाचनको लागि पोखरा महानगरको मेयर र उपमेयर पदमा विभिन्न दलको तर्फबाट मनोनयन दर्ता गरेका छन् । नेकपा एमाले, पाँच दलीय गठबन्धन, राप्रपा, राप्रपा नेपाल, मंगोल अर्गनाइजेशन तथा स्वतन्त्र उम्मेदवारले दलबलसहित उम्मेदवारी दर्ता गराएका थिए । तस्बिरमा हेरौ पोखरा ६ सहिद चोकस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा देखिएको माहोल ।