धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ सोनापाडाका रुपेश महरा चमारको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले हत्या आरोपमा जनकपुरधाम-२४ को बसहियाका पवन सहनी र मुसहरी टोलका हरिचन मण्डललाई पक्राउ गरेको हो । कार्तिक १० गते इस्कन मन्दिर नजिक धान खेतमा महराको शव भेटिएको थियो । प्रहरीले हत्यामा उनकै साथीहरु सहनी र मण्डलको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिएको छ । जटहीमा रहेको नेपाल-भारत सीमा पारिबाट लागुऔषध सेवन गरी आएका तीन जनाबीच मोबाइलको विषयलाई लिएर विवाद भएपछि हरिचनले रुपेशको टाउकोमा भाटाले प्रहार गर्दा उनको ज्यान गएको प्रहरीले जनाएको छ । घटनाको क्रममा मृतकले प्रयोग गरेको साइकल, मोबाइल सेट, घटनामा संलग्न रहेका हरिचनले लगाएको टिसर्ट, बाँसको भाटा, पवन सहनीको मोबाइल जिल्ला प्रहरी कार्यालय धनुषाले बरामद गरेको छ । पक्राउ परेका दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा लगाइ थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
पोखरा: पोखरामा ३० जना सवार नगरबस दुर्घटना भएको छ । पोखराबाट पुम्दीभुम्दीतर्फ जाँदै गरेको नगरबस आज दुर्घटना हुँदा ११ जना घाइते भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए । ‘पोखराबाट पुम्दीभुम्दी जाँदै गरेको ग १ ख ८५८५ नम्बरको बस घुम्तीमा ब्याक हुँदा दुर्घटना भएको भन्ने छ’, सूचना अधिकारी पाठकले भने, ‘घाइतेको उद्धार भइसकेको छ, थप उपचारका लागि पोखरा ल्याइँदै छ, बसमा सवार ३० जना सवार थिए भन्ने बुझिएको छ ।’ बसमा सवार ३० जना मध्य ११ जना घाइते भएका छन्, घाइते तीन जनाको अवस्था गम्भिर रहेको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
दशैंको अवधिमा कोशी प्रदेशमा भएको गाडी दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार ५ कात्तिक फुलपातीदेखि ११ कात्तिक कोजाग्रत पूर्णिमासम्म १३५ वटा गाडी दुर्घटना भएको थियो । जसमा १६ जनाको मृत्यु भएको हो । ती दुर्घटनामा २६५ जना घाइते भएका छन् र ४१ जना गम्भीर घाइते भएका छन् । प्रहरीले दशैंमा ६ हजार ६२८ वटा सवारी साधनलाई कारवाही गरेको थियो । कारवाहीबाट ४४ लाख १४ हजार ५ सय रुपैयाँ जरिवाना संकलन भएको कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार आर्थिक वर्ष २०७९–०८० को दशैंमा कोशी प्रदेशमा १८० वटा गाडी दुर्घटनामा भएको थियो । जसमा १६ जनाको मृत्यु भएको थियो भने २२६ जना सामान्य घाइते भएको थियो ।
जनकपुरधाम: साथीको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । जनकपुरधाम उपमहानगरपालिका–२४ सोनापाडाका रुपेश महरा चमारको हत्यामा संलग्न रहेको आरोपमा औरही गाउँपालिका वडा नम्बर ६ चक्कर टोल हाल जनकपुरधाम २४ बसहिया बस्ने पवन सहनी र जनकपुरधाम २४ बसहिया मुसहरी टोलका हरिचन मण्डललाई नियन्त्रणमा लिएको हो । कात्तिक १० गते इस्कन मन्दिर नजिक धान खेतमा महराको शव भेटिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट हत्यामा उनकै साथीद्वय सहनी र मण्डलको संलग्नता रहेको जनाइएको छ । जटहीस्थित नेपाल भारत सीमा पारीबाट प्रतिवन्धित लागूऔषध सेवन गरी आएका तीन जनाबीच मोबाइलको विषयलाई लिएर विवाद भएपछि हरिचनले रुपेशको टाउकोमा पछाडीबाट भाटाले प्रहार गरेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । घटनाको क्रममा मृतकले प्रयोग गर्ने साइकल, मोबाइल सेट, घटनामा संलग्न रहेका हरिचनले हत्या गर्ने समयमा प्रयोग गरेको टिसर्ट, बाँसको भाटा, पवन सहनीको मोबाइल समेत जिल्ला प्रहरी कार्यालय धनुषाले बरामद गरेको छ । पक्राउ परेका दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा लगाई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
नेपाल बुद्धिचाल महासंघको कार्यवाहक अध्यक्षमा हेराकाजी महर्जन नियुक्त हुनुभएको छ । महासंघको नवौं कार्यसमितिको बैठकअघि अध्यक्ष विदुरप्रसाद गौतमले कार्य व्यस्तताको कारण देखाएर वरिष्ठ उपाध्यक्ष रहेका महर्जनलाई राजीनामा पत्र हस्तान्तरण गर्नुभएको थियो । गौतमको उपस्थित रहेको बैठकले राजीनामा स्वीकृत गरेपछि महासंघ विधान बमोजिम अध्यक्षले गर्ने सम्पूर्ण कार्यकारी अधिकारसहित महर्जनलाई अध्यक्षमा सर्व सहमतिले निर्णय महासंघले गरेको छ । २०५५ सालमा बुद्धिचाल खेलाडीका रुपमा जीवन सुरु गरेका महर्जन २०६२ सालमा केन्द्रीय कार्यसमितिमा छिनुभएको थियो । त्यसपछि उहाँ संघको सचिव, महासचिव र उपाध्यक्ष हुँदै गत वैशाखमा सम्पन्न साधारणसभामा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । यसअघि, २०७२ देखि २०७६ सम्म उहाँले ललितपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षको जिम्मेवारी पनि सफलतापूर्वक निर्वाह गर्नुभएको थियो । कार्यवाहक अध्यक्षको पदभार ग्रहण गर्दै महर्जनले बुद्धिचाल खेल बिकास र विस्तार गर्ने कार्यमा सबैलाई समेतेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
बाँके: नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीको लागि निस्शुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । नागरिकको स्वास्थ्य प्रवर्द्धन सेवालाई प्राथमिकता दिएर स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरेको उपमहानगरपालिकाले बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरेको हो । उपमहानगरपालिकाले गएको साउन १ गतेदेखि सञ्चालन गरेको चौबीसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा प्रभावकारी भएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर चन्दले बताउनुभयो। उपमहानगरपालिकाभित्रका गरिब, असहाय, प्रसूति सेवा लिने महिला, अपाङ्गता भएका, ज्येष्ठ नागरिक र आकस्मिक सेवाका बिरामीलाई घरबाट अस्पतालसम्म पुर्याउन निःशुल्क सञ्चालन गरिएको एम्बुलेन्स सेवा मातृशिशु मृत्युुदर घटाउन प्रभावकारी भएको उहाँको भनाइ छ । उपमहानगरपालिका मेयर प्रशान्त विष्टले बिरामीको अस्पतालसम्म सरल र सहज पहुँचका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको बताउनुभयो । ुअस्पतालसम्म पुग्न बिरामीले कुनै कठिनाइ भोग्न नपरोस् भन्ने उद्देश्य हो, स्थानीय सरकार नागरिकको सुख, दुःखमा सँगसँगै हुनुपर्दछ भन्ने हाम्रो मान्यता होु, उहाँले भन्नुभयो, ुचौबीसै घण्टा उपमहानगरनगरपालिकाको कार्यालयभित्र एम्बुलेन्स ‘स्ट्याण्डबाई’ रहन्छन्, ुहामीले प्रदान गरेको मोबाइल नम्बरमा सम्पर्क गरेपछि बिरामीलाई समयमै अस्पताल पुर्याउने व्यवस्था गरेका छौँ । सर्नेभन्दा नसर्ने रोगको समस्या धेरै भएकाले उपमहानगरपालिकाले स्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रमलाई प्राथमिकता दिएको स्वास्थ्य शाखा प्रमुख चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार उपमहानगरपालिकाले नगरका २३ वडालाई लक्षित गरेर वडा नं ४ मा पहिलोपटक एक जना एमबीबीएस चिकित्सक र ल्याब टेक्निसियनसहित स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरिएकोे छ । ुविशेषज्ञ सेवाका लागि नेपालगञ्जमै भेरी अस्पताल रहेकाले नागरिकको स्वास्थ्य प्रवर्द्धनात्मक सेवाका लागि स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरिएकोे छु, उहाँले भन्नुभयो, ुअहिले विकराल बन्दै गएको नसर्ने रोगको अवस्थालाई मध्यनजर गरी केन्द्रबाट नगरवासीलाई स्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रम तथा सेवा प्रवाह गरिएको छ ।
तनहुँ: दशैं मनाउँदा लागेको ऋण तिर्न व्यास–१० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारतर्फ लागेका छन् । ‘दशैंमा जुटाएको दामले घर खर्च भ्याएन । तीसरचालीस हजार रुपैयाँ त ऋण नै खोज्नुपर्यो’, शनिबार बिहानै सुनको खोजीमा धादिङको त्रिशूली किनारतर्फ लागेका ६८ वर्षीय हर्कबहादुर बोटेले भने, ‘त्यही ऋण खर्च जुटाउन यता आएको हुँ । आइतबार बिहानैबाट सुन खोज्ने काम गर्नुपर्ला ।’ पचपन्न वर्षीया श्रीमती गौमाया, ३५ वर्षीय छोरा रामबहादुर, छोरी ज्वाइँ ४५ वर्षीय कमल बोटे र ४० वर्षीया अनिता बोटे गरी पाँच जना भएर सुन खोज्न हिँडेको हर्कबहादुरले बताए । मादी किनारमा पर्ने कोमलटारीमा करिब ४० घर बोटेको बसोबास छ । यहाँका करिब २५ घरका बोटे त्रिशूली, कालीगण्डकी, बुढीगण्डकी र मर्स्याङ्दी किनारामा सुन खोज्न जाने गर्छन् । प्रायः सुन खोज्न जाँदा श्रीमान्–श्रीमतीसहितका परिवार भएर जाने चलन रहेको हर्कबहादुरले जानकारी दिए । सुन खोज्न जानेले काठको डुँड, बाँसको चनौटो र बालुवा हाल्ने विशेष खालको सामान (पाटी) अनिवार्य रूपमा लैजानुपर्दछ । सुन खोज्दा नदी किनारमा प्रायः दुई जनाले मिलेर बालुवा छान्नु पर्छ । घरबाटै त्रिपाल, भाँडावर्तन, लत्ताकपडा लैजाने र नदी किनारामै पाल टाँगेर रात बिताउने गरिएको सुन खोज्न त्रिशूली किनारामा पुगेका कमल बोटेले बताए । बालुवा चाल्ने क्रममा महिनाको करिब २० हजार बराबरको काँचो सुन सङ्कलन हुनेसमेत कमलले जानकारी दिए । घरमा मकैखेतीसमेत गरेकाले खेती थन्क्याएर तिहारलगत्तै आफू सुन चाल्न त्रिशूली किनारामा जाने योजना बनाएको ६५ वर्षीय वीरबहादुर बोटेले बताए । करिब ४५÷५० दिन सुन चालेर घर फर्किने गरेको उनको भनाइ छ । ‘अब तिहार मानेर सुन खोज्न जाने योजनामा छु’, उनले भने, ‘माघे सङ्क्रान्ति मान्न घर फर्किँदा त्यस्तै रु २५/३० हजार हातमा पर्ला कि भन्ने विश्वासमा छु । मेहनतको कुरा हो यसै भन्न सकिँदैन ।’ पहिले मादी नदीमा पनि सुन चाल्ने गरिए पनि सुन पाउन छाडेपछि आफूहरू अन्य नदीमा जानुपरेको बोटेहरूको भनाइ छ । सुन चाल्ने पेसालाई राज्यले पनि संरक्षण गर्नुपर्नेमा त्यसो हुन नसक्दा नयाँ पुस्ताले सिक्न नचाहेको समेत वीरबहादुरले सुनाए । यहाँका बोटेहरूले निर्वाहमुखी कृषि पेसासँगै बालुवामा सुन खोज्ने कार्यलाई पनि पेसाकै रूपमा अँगाल्दै आएका छन् ।
बारामा मोटरसाइकल दुर्घटनामा परि एक प्रहरी जवानको ज्यान गएको छ । हिजो बिहान ज १२ प ७१५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा कञ्चनपुर भीमदत्त नगरपालिका–११ घर भइ इलाका प्रहरी कार्यालय निजगढ बारामा कार्यरत प्रहरी जवान आकाश सुनारको ज्यान गएको हो । निजगढ नगरपालिका-८ बाट जितपुरसिमरा उपमहानगरपालिका–१६ काँठगाटतर्फ मोटरसाइकल चोरी गरी लैजाँदै गरेको गोप्य सूचनाका आधारमा खोजतलास गर्दै जाने क्रममा सुनारको मोटरसाइकल दुर्घटना भएको हो । टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उहाँको उपचारका क्रममा एलएस न्यूरो अस्पतालमा ज्यान गएको हो ।
बारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु र ११ जना घाइते भएका छन् । चितवनबाट वीरगञ्ज जाँदै गरेको ना ७ ख ४७४९ नम्बरको बस शनिबार राति जितपुर उपमहानगरपालिका-२ सिमरा चोकमा दुर्घटना हुँदा भारतको मोतिहारी घर भई वीरगञ्ज बस्दै २७ वर्षीय मुकेश साहको मृत्यु भएको हो । दुर्घटनामा बाराको कलैया उपमहानगरपालिका-२० का ४५ वर्षीय वीरबहादुर महतो, पर्साको वीरगञ्ज महानगरपालिका-८ का ३० वर्षीय सुरज साह कानु, सोही ठाउँका १८ वर्षीय प्रिया गुप्ता, १६ वर्षीया मनिषा साह र २८ वर्षीय मोहन साह रहेका छन् । यस्तै वडानम्बर १२ बस्ने २३ वर्षीया सेजल गुरुङ, सोही ठाउँका ५२ वर्षीय ललन चौरसिया, २७ वर्षीय राजनकुमार गुप्ता, बाराको कलैया-७ का १८ वर्षीय प्रसाद गुप्ता, सोही ठाउँका ३५ वर्षीय अविनाश गुप्ता र बारा जितपुरसिपरा उपमहानगरपालिका-२ का १९ वर्षीय अनिष राई पनि घाइते छन् । उनीहरू मध्ये वीरबहादुर र सुरज साहको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा मोटरसाइकललाई बचाउन खोज्दा अनियन्त्रित भई बस दुर्घटना भएको पाइएको प्रहरीको भनाइ छ ।

