काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

काठमाडौं:    ओमानले आइसिसी टी–२० विश्वकप छनोट खेलमा ओमानसँग ५ रनले पराजित भएपछि नेपाल समूह उपविजेता बनेको छ ।    जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन बनायो । नेपालका विवेक यादवले २४ बलमा ५ छक्कासहित सर्वाधिक ३९ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । नेपाललाई जितको लागि अन्तिम ६ बलमा २६ रन चाहिँएको थियो । विवेक यादवले सुरुवाती दुई बलमा बिलाल खानलाई छक्का हानेपछि बाँकी चार बलमा १३ रन चाहिँएको थियो । तेस्रो बल विवेकले लङअनमा छक्का हानेपछि खेल रोचक बनेको थियो । नेपाललाई जितको लागि तीन बलमा ७ रन चाहिँएको थियो । चौथो बलमा विवेक स्वलो बलमा क्याच आउट भएका थिए । पाँचौं बलमा अभिनाश बोहराले एक रन लिए । अन्तिम बलमा छक्का चाहिँएको थियो । करण स्ट्राइकमा थिए । तर करण लङअनमा क्याच आउट भएपछि नेपाल पराजित भएको थियो । कुशल भुर्तेलले सर्वाधिक २६ रन बनाए । नेपालले सुरुवात देखीनै लगातार विकेट गुमाएको थियो । आसिफ शेखले ब्यक्तिगत ४ रनमा जीवनदान पाएका थिए । दोस्रो ओभरको चौथो बलमा आसिफको बल मेहरान खानले क्याच छाड्न पुगेका थिए । तर आसिफ अर्को ओभरको पहिलो बलमा बिलाल खानको बलमा पाँच रनमा कट एण्ड बोल्ड आउट भए । सोमपालले चौथो ओभरको पाँचौं बलमा ब्यक्तिगत ४ रनमा जीवनदान पाएका थिए । कलिमउल्लाहको बलमा कश्याप प्रजापतिले डीप स्क्वायर लेगमा क्याच छाड्न पुगेका थिए । स्पिनर सकिल अहमदको पाँचौं ओभरको पाँचौं बलमा सोमपाल कामी १२ रनमा एक्स्ट्रा कभरमा अकिब इलियासबाट क्याच आउट भए । सोमपालले ९ बलमा १ चौका र १ छक्कासहित १२ रन बनाए । मेहरान खानको छैटौं ओभरको पाँचौं बलमा कुशल भुर्तेल बोल्ड आउट भए । लेग साइडको बल गाइड गर्ने धुनमा हुँदा बोल्ड भए । कुशलले १८ बलमा १ चौका र ३ छक्कासहित २६ रन बनाए । कुशल मल्ल १२ औं ओभरको पहिलो बलमा ठूलो सर्ट खेल्ने धुनमा लङअनमा कलिमुल्लाहबाट क्याच आउट भएका थिए । कुशलले १२ बलमा १० रन बनाए । त्यसपछि नेपाल दबाबमा परेको थियो । अकिबको १३ औं ओभरको चौथो बलमा गुलशन झा कभरमा जिशान मकसुदबाट ३ रनमा सहज क्याच आउट भए । त्यो समय नेपाल ७९–६ को अवस्थामा थियो । कप्तान रोहित पौडेल र सन्दीप जोरा १२–१२ रनमा आउट भए । ओमानका अकिब इलयासले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । मेहरान खानले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । सकिल अहमदले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । कप्तान जिशान मकसुदले २ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । विलाल खानले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो । ओमानको जितमा जिशान मकसुद २६ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ३२ रनमा आउट भए । तर ओमानको उत्कृष्ट बलिङले उक्त योगफल बचाउन पर्याप्त भयो । विकेटकिपर नसिम खुसीले तल्लोक्रममा १४ बलमा २ चौका र २ छक्कासहित २५ रनमा आउट भए । ओमानका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । तीव्र गतिका बलर करण केसीको पाँचौं बलमा कश्याप प्रजापति एज लगाउने धुनमा विकेटकिपर आसिफ शेखबाट क्याच आउट भएका थिए । कश्याप उनी ५ बलमा २ चौकासहित ८ रनमा आउट भए । सोमपालले चौथो ओभरको पहिलो बलमा ओमानका प्रमुख ब्याटर अकिब इलियासलाई २ रनमा बोल्ड आउट गर्दै दबाब बढाएका थिए । सोमपालले छैटौं ओभरको तेस्रो बलमा शोएब खानलाई बोल्ड गर्दै ५० औं विकेट पूरा गरेका थिए । सोमपाल नेपालमा सन्दीप लामिछाने, करण केसी र अभिनाश बोहरापछि टी–२० आईमा ५० औं विकेट पूरा गर्ने चौथो बलर हुन् । गुलशन झाको पाँचौं ओभरको अन्तिम बलमा प्रतीक मिडअफमा रोहित पौडेलबाट क्याच आउट भए । उनी १८ बलमा २ चौका र १ छक्कासहित २४ रनमा आउट भए । त्यसअघि वैकल्पिक फिल्डर प्रतिश जि।सीले प्रतीकको क्याच छाड्दै १४ रनमा जीवनदान दिएका थिए । पाँचौं विकेटका लागि आएन खान र जिशान मकसुदले ४९ रनको साझेदारी गर्दै ओमानलाई खेलमा फर्काएका थिए । चोभार एन्डबाट आएका सन्दीपले आयन खानलाई १८ रनमा बोल्ड आउट गरे । लगत्तै अर्को बलमा मेहरान खान एलबीडब्लू आउट भएका थिए । ह्याट्रिक बलमा नसिम खुसीले स्वीप हान्दै चौका हानेका थिए । अभिनाश बोहराको १५ औं ओभरको चौथो बलमा जिशान आसिफ शेखबाट क्याच आउट भएपछि बलियो योगफलको सम्भावना टाढिएको थियो । सकिल अहमद १७ बलमा २ चौका र १ छक्काहित २२ रनमा नट आउट रहे । ओमानले अन्तिम ओभरमा करण केसीलाई १७ रन हानेको थियो । नेपालका सोमपाल कामीले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । गुलशन झाले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए । करण केसीले ४ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । अव नेपालले सेमिफाइनलमा शुक्रबार समूह बी को विजेतासँग खेल्नेछ । नेपालले सेमिफाइनलमा युएईसँग खेल्नेछ ।

डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । १९ जना घाइते भएका छन् ।   हिजो बेलुका भीमदत्त राजमार्गअन्तर्गत पर्ने जोरायल गाउँपालिका–१ घोरडीमा सुदूरपश्चिम प्रदेशको ०१००२ त ६७२३ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा १८ वर्षीय सालिन राना मास्के मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।   कार्यालयकाअनुसार ट्र्याक्टरमा २५ जना मजदुर रहेका थिए । जसमा १९ जना घाइते भएका छन् भने अन्य पाँच जना सकुशल रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिनुभयो । घाइते भएकाहरुलाई उपचारका लागि कैलालीको धनगढी लगिएको प्रहरीले जनाएको छ ।

कास्की:    कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सेती नदी जलविद्युत् आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीले सर्वसाधारणका लागि आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गरेको छ । माछापुच्छ्रे–२ सार्दिखोलामा निर्माण भइरहेको आयोजना २५ मेगावाट क्षमताको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेको आइपिओ बाँडफाँटपछि सर्वसाधारणका लागि आइपिओ जारी गरेको भिजन लुम्बिनी उर्जा कम्पनी प्रालिका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताउनुभयो । उहाँका अनुसार कम्पनीले सर्वसाधारणका लागि कूल २० लाख ७५ हजार दुई सय ८५ कित्ता साधारण शेयर निष्कासन गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।  कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई बाँडफाँट गरी बाँकी रहेको चार लाख ८७ हजार नौ सय १० कित्ता शेयरसहित सर्वसाधारणका लागि निष्कासन गरेको हो । यसअघि आयोजनाको प्रभावित क्षेत्रका रुपमा रहेका माछापुच्छ्रे–१, २, ३, ४ र पोखरा महानगरपालिका–१९ का स्थानीयवासीका लागि जारी गरिएको शेयरमा १३ लाख ६८ हजार एक सय ५० हजार कित्ता आवेदन परेको थियो । प्रभावित क्षेत्रका लागि निष्कासन गरिएको चार लाख कित्ता शेयर बिक्री हुन सकेको थिएन । सर्वसाधारणका लागि जारी गरिएको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । यसैगरी अधिकतममा तीन लाख ८० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । निष्कासन बन्द छिटोमा यही कात्तिक २० गते र ढिलोमा आगामी मङ्सिर १ गतेसम्म हुने कम्पनीले जनाएको छ । कम्पनीका कार्यकारी अध्यक्ष पोखरेलले आयोजना सम्पन्न हुने अन्तिम चरणमा पुगेको बताउनुभयो । आयोजनाको सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र प्रसारण लाइन निर्माणतर्फका सबै काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । यही मङ्सिर महिनाभित्र आयोजना सम्पन्न भएर व्यावसायिकरुपमा विद्युत् उत्पादनको तयारी गरिएको छ । माछापुच्छ्रेको सार्दिखोला भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेबगरस्थित पावर हाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ । आयोजनाको लगानी रु पाँच अर्ब २० करोड रहेको छ । यसमा रु तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् भने अन्य लगानी प्रवद्र्धक, स्थानीयवासी तथा आइपिओ जारी गरेर पूरा गरिएको कम्पनीले जनाएको छ ।

सरकारले आज बिहीवार राति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो ।   बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मन्त्रिपरिषद्को बैठकले आज राति १२ बजेदेखि चालु संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको बताउनु भयो । उहाँकाअनुसार सरकारले राधिका अर्याललाई प्रशासनिक र विश्वबाबु पुडासैनीलाई प्राविधिक सचिवमा बढुवा गरेको छ ।   उहाँले भन्नुभयो, ‘मन्त्रिपरिषद्को बैठकले आज राति १२ बजेदेखि चालु संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने र उपभोक्ताहरुलाई सास्ती दिने जस्ता कतिपय कुराहरु सरकारले पाएको छ । सम्बन्धित मन्त्रालयले अनुगमन गर्ने र नागरिकलाई दुःख दिने खालको र मूल्यभन्दा बढी लिने खालको अनुगमन, नियन्त्रण र कारबाही गर्ने निर्णय भएको छ ।’   बजारमा कृत्रिम अभाव सिर्जना गरी चिनीको मूल्यवृद्धि गर्ने र उपभोक्ताहरुलाई सास्ती दिने काम भइरहेकोप्रति सरकारले सम्बन्धित मन्त्रालयलाई अनुगमन, नियन्त्रण र कारबाही गर्न निर्देशन दिएको छ । 

ट्राफिक नियम उल्लङ्घनविरुद्ध काठमाडौँ उपत्यकामा कारबाही अभियान तिब्र पारिएको छ । प्रहरीले एक सातामै उपत्यकाका विभिन्न क्षेत्रबाट १२ हजार सात सय ११ चालकमाथि कारबाही गरेको छ ।    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही दसैँलगत्तै कात्तिक ९ देखि आज बिहानसम्म गरिएको कारबाही अभियानका क्रममा उनीहरुलाई कारबाही गरिएको हो । कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुरका तीनै जिल्लामा प्रहरी टोली परिचालन गरी कारबाही अभियान चलाइएको बताउनुभयो । चाडवाडका समयमा नियम उल्लङ्घन गरेर जथाभावी सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले कारबाही तीव्र पारिएको उहाँले बताउनुभयो ।   प्रहरी वरिष्ठ उपरीक्षक भट्टका अनुसार आज ९पछिल्लो २४ घण्टा०मै दुई हजार दुई सय १८ चालक कारबाहीमा परेका छन् । त्यसमा तीव्र गतिमा सवारीसाधन चलाउने मात्रै तीन सय रहेका छन् भने लेन क्रस गरेर गाडी चलाउने एक सय ५२ चालक कारबाहीमा परेका छन् । यस्तै मापसे गरेर सवारीसाधन चलाउने मात्रै एकै दिनमा ८६ चालक कारबाहीमा परेका उहाँले बताउनुभयो ।    यसअघि यही कात्तिक १५ गते दुई हजार चार, कात्तिक १४ गते एक हजार पाँच सय २७ र १३ गते एक हजार पाँच सय ८७ चालकलाई कारबाही गरिएको कार्यालयले जानाएको छ । यस्तै १२ गते एक हजार एक सय ५५, कात्तिक ११ गते एक हजार सात सय ६८, १० गते एक हजार तीन सय ५५ र कात्तिक ९ गते एक हजार ९७ चालक कारबाहीमा परेका थिए ।     प्रहरीको अध्ययनले तीव्र गतिमा सवारीसाधन चलाउँदा उपत्यकामा बढी दुर्घटना भएका छन् । त्यसैले उपत्यकाको चक्रपथका विभिन्न क्षेत्रमा स्वचालित क्यामरा जडान गरेरै गति मापन गरी कारबाही गरिएको छ भने ठाउँठाउँमा टोली नै परिचालन गरेर पनि गति नियन्त्रणको क्रम जारी छ । यस्तै आकस्मिकरुपमा जाँच अभियानमार्फत नियम उल्लङ्घनविरुद्ध कारबाही जारी रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बताउनुभयो । रासस

काठमाडौं:    युएईले आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा हङकङलाई १ सय ७७ रनको बलियो लक्ष्य दिएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रन बनायो । युएईका बासिल हामिद २९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५१ रनमा आउट भए । कप्तान मोहम्मद वासिमले २४ बलमा ५ चौका र ३ छक्कासहित ४६ रन जोड्दै राम्रो सुरुवात दिलाएको थिए । एलिशान शराफु २४ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा आउट भए । खालिद शाह ६, आसिफ खान ४ र वृत्य अरविन्द्य १९ रनमा आउट भए । हङकङका यासिम मुर्तजाले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । नस्रुल्लाह राना ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । एहसान खानले ४ ओभरमा ४१ रन खर्चेर १ विकेट लिए । हङकङ सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने हुन्छ ।

काठमाडौं:   ओमानले आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा घरेलु टोली नेपाललाई समूह ए को विजेता बन्न १ सय ४६ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनायो । ओमानका जिशान मकसुद २६ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ३२ रनमा आउट भए । नसिम खुसीले तल्लोक्रममा १४ बलमा २ चौका र २ छक्कासहित २५ रनमा आउट भए । ओमानका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । तीव्र गतिका बलर करण केसीको पाँचौं बलमा कश्याप प्रजापति एज लगाउने धुनमा विकेटकिपर आसिफ शेखबाट क्याच आउट भएका थिए । कश्याप उनी ५ बलमा २ चौकासहित ८ रनमा आउट भए । सोमपालले चौथो ओभरको पहिलो बलमा ओमानका प्रमुख ब्याटर अकिब इलियासलाई २ रनमा बोल्ड आउट गर्दै दबाब बढाएका थिए । सोमपालले छैटौं ओभरको तेस्रो बलमा शोएब खानलाई बोल्ड गर्दै ५० औं विकेट पूरा गरेका थिए । सोमपाल नेपालमा सन्दीप लामिछाने, करण केसी र अभिनाश बोहरापछि टि२० आईमा ५० औं विकेट पूरा गर्ने चौथो बलर हुन् । गुलशन झाको पाँचौं ओभरको अन्तिम बलमा प्रतीक मिडअफमा रोहित पौडेलबाट क्याच आउट भए । उनी १८ बलमा २ चौका र १ छक्कासहित २४ रनमा आउट भए । त्यसअघि वैकल्पिक फिल्डर प्रतिश जि।सीले प्रतीकको क्याच छाड्दै १४ रनमा जीवनदान दिएका थिए । पाँचौं विकेटका लागि आएन खान र जिशान मकसुदले ४९ रनको साझेदारी गर्दै ओमानलाई खेलमा फर्काएका थिए । चोभार एन्डबाट आएका सन्दीपले आयन खानलाई १८ रनमा बोल्ड आउट गरे । लगत्तै अर्को बलमा मेहरान खान एलबीडब्लू आउट भएका थिए । ह्याट्रिक बलमा नसिम खुसीले स्वीप हान्दै चौका हानेका थिए । अभिनाश बोहराको १५ औं ओभरको चौथो बलमा जिशान आसिफ शेखबाट क्याच आउट भएपछि बलियो योगफलको सम्भावना टाढिएको थियो । सकिल अहमद १७ बलमा २ चौका र १ छक्काहित २२ रनमा नट आउट रहे । ओमानले अन्तिम ओभरमा करण केसीलाई १७ रन हानेको थियो । नेपालका सोमपाल कामीले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । गुलशन झाले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए । करण केसीले ४ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए ।

काठमाण्डौको भृकुटीमण्डप र ललितपुरको जावलाखेलमा भइरहेको पुष्प मेलामा कारोबार सोचेजस्तो नभएको व्यवसायीले बताएका छन् ।   भृकुटीमण्डपमा नर्सरी व्यवसायी सङ्घले र जावलाखेलमा फ्लोरिकल्चर एसोसिएशन नेपालले अस्ति मङ्गलवारदेखि मेला आयोजना गरेका हुन् ।   मेलामा अवलोकनकर्ताको भिड लागे पनि फूलको कारोबार सोचेजस्तो नभएको व्यवसायीले बताएका छन् । यसपालि काठमाण्डौ उपत्यकामा दुई ठाउँमा पुष्प मेला भएको हो ।   फ्लोरिकल्चर एसोसिएशन नेपालले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी नाम दिएको छ भने नर्सरी व्यवसायी सङ्घले तिहार फ्लोरा एक्सपो नाम दिएको छ ।   यसपालि दुईतिर प्रदर्शनी भएकाले पनि कारोबार सोचेजस्तो नभएको हुन सक्ने जावलाखेलमा प्रदर्शनी राखेका धनप्रसाद घिमिरेको भनाइ छ । 

परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनबीच अमेरिकाको वासिङ्टनमा भेटघाट भएको छ ।      हिजो बुधवार भएको भेटघाटमा दुई पक्षीय सम्बन्धको बारेमा छलफल भएको थियो । साथै नेपाल र अमेरिकाबीचको संसद्को अनुभव आदानप्रदानका विषयमा समेत छलफल भएको थियो ।   सिनेटर होलेनले गएको सेप्टेम्बर महिनामा नेपालको भ्रमण गर्नुभएको थियो । अमेरिकामा रहेका नेपालीलाई टेम्पोरेरी प्रोक्टेक्डेड स्टाट्यस (टीपीएस) मार्फत् स्थायी बसोबासका लागिसमेत बिल तयार पार्नुभएका, मेरिल्यान्डबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्ने सिनेटर होलेन डेमोक्रयाट पार्टीका प्रभावशाली सिनेटर हुनुहुन्छ ।     सिनेटर होलेनसँगको भेटमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, उपनियोग प्रमुख कुमार खरेललगायत उपस्थित  हुनुहुन्थ्यो । मन्त्री साउद अहिले अमेरिकाको औपचारिक भ्रमणमा हुनुहुन्छ ।