मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

काठमाडौं:  मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले आगामी २४ घण्टा मनसुन सक्रिय रहने जनाउँदै जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले बुधबार दिउँसो देशभर पूर्णतया बदली हुने बताएको छ । देशका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको तथा मधेश प्रदेशलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र एकदुई स्थानमा मुसलधारे वर्षाको पनि सम्भावना छ । कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना  छ । महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा पूर्णतया बदली रही बाँकी भागमा साधारणतया बदली रहने छ । गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना छ । लुम्बिनी प्रदेशका तराईका केही  स्थान, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाले  वर्षाका कारण देशका पहाडी भागमा पहिरो तथा गेग्रान बहाव ९डेब्रिज फ्लो० को जोखिम रहेको, ठुला तथा साना नदीनाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने प्रक्षेपण गर्दै सबैलाई  सतर्कत रहन तथा पूर्वतयारी गर्न अनुरोध पनि गरेको छ ।

 पोखरा: पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रामा पहिलो पटक सामुहिक लाखे नाच प्रदर्शन गरिएको छ । रातोपैह्रा लाखे खलः द्धारा आयोजना गरिएको सो कार्यक्रममा विभिन्न स्थानका छ वटा लाखे नाच प्रदर्शन गरिएको थियो । अन्तराष्ट्रिय पर्वतीय संग्रहालयको पर्खाल वाहिरको खाली जग्गामा स्थानीय पहलमा निर्माण गरिएको चौतारामा प्रदर्शन गरिएको लाखे नाच हेर्नका लागि विभिन्न स्थानबाट हजारौको संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो । पोखराका नेवार समुदायले घण्टाकर्णदेखि श्रीकृष्ण जन्माष्टमी पर्वसम्म पन्ध्र दिन प्रदर्शन गरिने यो नाचमा विशेष गरि ढोलक भ्mयाम्टाको जिउनै थर्किने आवाजमा मुखुट लगाएका डरलाग्दा ठूला अनुहार र भ्mयाप्प परेको बाक्लो कपाल भएका रातो जामा र लुगा लगाएर घँगलाको आवाज निकाल्दै बजारमा लाखे प्रस्तुत गरिदै आएको छ ।  पछिल्लो समय यो नाचप्रति वालवालिका, युवा र जेष्ठनागरिक सहित तिनै पुस्ताको आकर्षण बढेको छ । मुखुण्डो लगायर कालिकाको वस्त्रसहित सिंगारेर लाखे नचाउने गरिन्छ । भूतप्रेत नलागोस र मरेको आत्माले दुःख नदिउन् भनी यो नाच देखाउने परम्परालाई जिवित राख्ने लक्ष्यका साथ लाखे प्रदर्शन गरिएको रातोपैह्रा लाखे खलःका संरक्षक ध्र्रुव कुमार ठुसाजुले जानकारी दिनुभयो । लाखे नाच प्रस्तुत गर्न आर्थिकरुपमा त्यती सहज नभएपनि विभिन्न संघसंस्था र व्यक्तिहरुको सहयोग रहदै आएको बताउँदै उहाँले भन्नुभयो, रातोपैह्रा लाखे खलःको लागि हालसम्म आवश्यक सामाग्री खरिदको लागि सात लाख भन्दा बढी खर्च भई सकेको छ । पोखरा महानगरपालिका वडा नं. १७ वडाअध्यक्ष राधिका शाही योगीले मैत्रीपूर्ण लाखे नाचको शुभारम्भ गर्दै संस्कृतिको संरक्षणमा पोखरेली नेवार समुदायले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।  बजारमा गएर हेर्नुपर्ने लाखेनाच यस वर्ष रातोपैह्रामा प्रदर्शन गर्दा स्थानीय वासिन्दालाई सहज भएको उहाँको भनाई थियो । पोखरा ८ का पूर्व जनप्रतिनिधि एवम् नेवार समुदायका अग्रज कृष्णमान ठुसाजुले मल्लकाली युगमा काठमाडौ उपत्यकाबाट शुरु भएको लाखेनाच पछिल्लो समय मुलुकका नेवार समुदायको वसोवास भएका सवै स्थानमा प्रदर्शन हुने गरेको बताउनुभयो । काठमाडौं, भक्तपुर, ललितपुरका मल्ला राजाहरुले देवी–देवता पूजा र नगरको सुरक्षासंग सम्वन्धित धार्मिक, सांस्कृतिक कार्यक्रमहरुलाई प्रोत्साहन दिंदा लाखे नाचको परम्परा सुरु र स्थापित भएको किम्मदन्ति रहेको उहाँले बताउनुभयो । सफल सुवेदीले सञ्चालन गर्नुभएको कार्यक्रमा कुमारी नृत्य, विभिन्न समुदाय र तहका मिस नेपाल हुन सफल कलाकारहरुद्धारा मनोरञ्जन नृत्य प्रस्तुत गरिएको थियो । लाखे नाचमा युवादेखि बालकहरुको सहभागिताले संस्कृतिको पुस्तान्त्रणमा समेत सहयोग पुग्ने  यस क्षेत्रका जानकारहरुको सामुहिक धारणा रहेको छ ।       

पोखरा:  पोखराको लेकसिटी कलेज एण्ड रिसर्च सेण्टरले आफ्ना विद्यार्थीहरुका लागि नयाँ कार्यक्रम ‘पढ्दै कमाउदैँ’ परियोजना शुरु गरेको छ ।  परियोजना अन्तर्गत कलेजका विद्यार्थीहरुले पोखराका विभिन्न संघसंस्था र समुदायमा पुगेर व्यवहारिक ज्ञान र सीप सिक्ने छन् । उनीहरुलाई लेकसिटी कलेजले पारिश्रमिक उपलब्ध गराउने छ । विद्यार्थीहरुले पोखराका विभिन्न संघसंस्था र समुदायमा पुगेर अध्ययन र अनुसन्धान गर्नेछन् । मंगलबार कलेज परिसरमा आयोजित कार्यक्रममा परियोजनामा सहभागी विद्यार्थीहरुलाई नियुक्तीपत्र प्रदान गरिएको छ । परियोजनामा लेकसिटी कलेजका ६ जना विद्यार्थीहरु नियुक्त भएका छन् । स्नातक तहको विएएसडब्लु र विविएस तर्फका विद्यार्थीहरु पौसली गुरुङ, अनिशा सुनार, सम्झना भट्टराई, सुलभ पुन, प्रशंसा कायश्थ र श्रीजा श्रेष्ठ नियुक्त भएका छन् । उनीहरु मंगलबारदेखि नै पोखरा कार्यक्षेत्रमा खटिएका हुन् । कलेज संचालक समिति अध्यक्ष प्रा। डा। विश्वकल्याण पराजुलीले विद्यार्थीले सैद्धान्तिक ज्ञान मात्र होइन व्यवहारिक ज्ञान र सीप पनि सिक्नुपर्छ भन्ने अवधारणा अनुसार नयाँ कार्यक्रम शुरु गरेको जानकारी दिएका छन् ।  ‘विद्यार्थीलाई सैद्धान्तिक कुरा कसरी व्यवहारमा उर्ताने भन्नका लागि कार्यक्षेत्रमै पठाएर काम गर्ने तरिकाहरु सिकाउनका लागि हामीले यो परियोजना शुरु गरेको हौं’, अध्यक्ष प्रा. डा. पराजुली भन्छन् । नयाँ परियोजना विद्यार्थीहरुका लागि ज्ञान र सीप सिक्ने प्लेटफर्म बन्ने उनको विश्वास छ । त्यसैगरी सोही कार्यक्रममा कलेजका क्याम्पस प्रमूख नारायण कुमार श्रेष्ठले विद्यार्थीहरुलाई उत्प्रेरित गर्ने दृष्टिकोणले पढ्दै कमाउँदै परियोजना शुरु गरिएको बताए । क्याम्पस प्रमूख श्रेष्ठका अनुसार आगामी दिनमा यो परियोजनालाई कलेजले निरन्तरता दिने छ । विद्यार्थीहरुलाई कलेज भोलेन्टर पदमा नियुक्त गरिएको हो । उनीहरु कलेजका दुतका रुपमा लेकसिटीका नियमित कार्यहरुमा समेत सहभागी हुनेछन् । कलेजमा अध्ययन अनुसन्धानमा समेत उनीहरुले सहयोग गर्ने सहायक क्याम्पस प्रमूख शोभाकान्त सिग्देलले बताएका छन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लेकसिटी कलेज २०६४ मा स्थापना भएको हो । हाल कलेजमा तीन सय ५० विद्यार्थी अध्ययनरत छन् । कलेजले शैक्षिक गतिविधिका अलावा अध्ययनरत विद्यार्थीलाई सहभागी गराएर विभिन्न कार्यक्रम वार्षिक रुपमा गर्दै आइरहेको जनाएको छ । रक्तदान, वृक्षरोपण, शैक्षिक भ्रमण तथा अवलोकन जस्ता कार्यक्रमलाई निरन्तरता दिएको बताइएको छ । लेकसिटीस्थित सामाजिक विज्ञान केन्द्रले विभिन्न विषयमा मौलिक प्रस्तुतिका रुपमा हरेक महिना कचहरी कार्यक्रम गर्दै आएको छ । कलेजले स्नातक तहमा व्यवस्थापन तर्फ बीबीएस र मानविकी तर्फ पत्रकारिता तथा आमसञ्चार, समाजशास्त्र, अंग्रेजी साहित्य र बिएएसडब्लु ९समाजिक कार्य० विषयमा पठनपाठन गर्दै आएको छ ।  

पोखरा:  कञ्चन पत्रकारिता पुरस्कार २०८२ बाट कास्कीका फोटो पत्रकार राम गुरुङ र गोरखाका पत्रकार कैलाशबाबु श्रेष्ठ (सुशिल) सम्मानित भएका छन् ।  पोखराका व्यवसायी बिमलमान गुभाजू तथा उनको परिवारद्धारा आमा स्व.नेत्रकुमारी गुभाजू तथा बाबा स्व.वेदमान गुभाजूको स्मृतिमा स्थापना गरिएको  उक्त पुरस्कार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले मंगलबार पत्रकार गुरुङ र श्रेष्ठलाई प्रदान गरेको हो ।  पुरस्कृत पत्रकारहरुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पुरस्कार दाता बिमलमान गुभाजु र उनको परिवार, फोनिज गण्डकी अध्यक्ष खिमा कुमारी गुरुङ लगायतले दोसल्ला, सम्मान पत्र र नगद २५ हजार रुपैयाँसहित सम्मान गरेका हुन् । फोनिज स्थापना दिवसका अवसरमा पत्रकारितामा क्रियाशील रहेर काम गरिरहेका २ जनालाई हरेक यो पुरस्कार प्रदान गर्दै आइरहेको छ । सोही अनुसार २६ औं स्थापना दिवसका अवसरमा यो वर्ष पोखराका फोटोपत्रकार गुरुङ र गोरखाका पत्रकार श्रेष्ठ सम्मानित भएका हुन् ।  कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख आचार्यले २६ वर्ष अगाडि स्थापना भएको संस्थाले आदिवासी जनजाति पत्रकारहरुलाई उत्प्रेरणा प्रदान गर्ने काम गरिरहेका बताए । फोनिजमा आवद्ध पत्रकारहरुले पत्रकारिता क्षेत्रको विकास गर्दै आदिवासी जनजाति समुदायका लागि सकारात्मक परिवर्तनको सन्देश दिने सामाचार सामाग्री तयार गर्नुपर्ने उनको सुझाव थियो ।  प्रमुख आचार्यले पुरस्कृत पत्रकारहरुलाई बधाई दिदै पुरस्कार प्राप्त गर्नु कुनै एकदिनको कर्मको फल नभएको बताए ।  निरन्तरको मेहनतले मात्र पुरस्कार र सम्मान प्राप्त गर्न सकिने उनको भनाई थियो । ‘पुरस्कार प्राप्त गर्नु चुनौती हो, फोनिजले यसलाई निरन्तरता प्रदान गरेको छ र पुरस्कृत व्यक्तिलाई प्रोत्साहन हो,’ उनले भने, ‘यस्ता पुरस्कारले पत्रकारिता क्षेत्रमा निरन्तरता दिन अझै हौसला मिल्छ ।’  सम्मानित पत्रकार श्रेष्ठले कार्यक्रममा आफ्नो भनाई व्यक्त गर्दै पहिले र अहिलेको पत्रकारिता पेसामा धेरै परिर्वतन आइसकेको बताए । आफूहरुको पुरानो अनुभव हालका नयाँ पुस्तालाई कथा जस्तो लाग्न सक्ने समेत उनको भनाई छ । अर्का सम्मानित फोटो पत्रकार गुरुङले पुरस्कारले पत्रकारिता क्षेत्रमा निरन्तर लाग्न प्रोत्साहन मिलेको बताए ।  गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले पत्रकारिता क्षेत्रमा रहेर पत्रकारले निष्पक्ष ढंगले पारदर्शितापूर्ण काम गर्नुपर्ने बताइन् ।  प्रेस रजिष्ट्रार कार्यालयले संविधानको मर्म अनुसार केन्द्रमा गए मात्रै हुने काम गण्डकी प्रदेशबाटै हुने गरेर अगाडि बढिरहेको उनले जानकारी दिएकी छिन् ।  पत्रकारिता क्षेत्रको सृवृद्धिका लागि गण्डकी प्रदेशमा प्रेस रजिष्ट्रार कार्यालयको स्थापना भएको भण्डारीको भनाई थियो । फोनिजभित्रको एकताबाट सबैले सिक्नुपर्ने भण्डारीले बताइन् ।  ‘विभिन्न आस्था र विचार भएपछि फोनिजभित्र प्रवेश गरेपछि एकरुप देख्छु,’ उनले भनीन्, ‘यसबाट गैर फेनिजकर्मीले समेत सिक्नुपर्छ ।’  प्रेस रजिष्टार कार्यालय फोनिज गण्डकी प्रदेशसंग मिलेर  पत्रकारिता क्षेत्रमा काम गर्न तयार रहेको उनले बताएकी छिन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, पोखरा महानगरपालिका वडा नम्बर २५ का अध्यक्ष तथा पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिमिल्सिना, नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश परिषदका उपाध्यक्ष खीम छन्त्याल आदिवासी जनजातिको मुद्दा उठानमा फोनिजमा आवद्ध पत्रकारहरुले ख्याल राख्नुपर्ने बताएका थिए ।  कार्यक्रममा पुरस्कारदाता बिमलमान गुभाजू र प्रेस रजिष्ट्रार बिमला भण्डारीलाई समेत दोसल्लाले सम्मान गरिएको थियो । फोनिज गण्डकीका इन्चार्ज तथा छनौट समितिका सदस्य रुद्र श्रीष मगरले पुरस्कृत व्यक्तित्वको परिचय दिएको कार्यक्रम फोनिज गण्डकी प्रदेशका अध्यक्ष खीमा गुरुङको अध्यक्षतामा भएको थियो । कार्यक्रममा फोनिज गण्डकीका उपाध्यक्ष धनबहादुर गुरुङ (सुमन) ले स्वागत मन्तव्य र सञ्चालन फोनिज गण्डकीका महासचिव सुरज थापा मगरले गरेका थिए ।  २०७७ सालबाट स्थापित कञ्चन पत्रकारिता पुरस्कारबाट योभन्दा अगाडि रुद्र हितान मगर, राजेशचन्द्र राजभण्डारी, शान्ति गुरुङ, केबी रानामगर, उदयबहादुर अमात्य, आश गुरुङ, हुमबहादुर गुरुङ, सुन्दरकुमार थकाली, दीपेन्द्र श्रेष्ठ र कमला राना सम्मानित भइसकेका छन् ।  फोनिज स्थापना दिवसका अवसरमा फोनिज गण्डकी र फोनिज कास्कीले ३ दिवसीय कार्यक्रम गरी भव्यताका साथ मनाएको छ ।  यस अन्तर्गत साउन २५ गते मिडियामा आदिवासी जनजाति समावेशिताको सवाल विषयक फोनिज संवाद, २६ गते पत्रकार महिला, पुरुष र भेट्रान्स फुटसलसँगै रस्साकस्सी प्रतियोगिता आयोजना गरिएको थियो ।   

पोखरा:  पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा प्रदर्शन गरिएको छ । सिटिजन फर्निचर आयोजना एवं पाल्पाली समाजको व्यवस्थापनमा सोमबार राति न्यूरोडस्थित सिटिजन फर्निचर अगाडि प्रदर्शन गरिएको हो । करिब ४ घण्टासम्म चलेको नाच हेर्न दर्शकको ठूलो संख्यामा उपस्थिति थियो । विभिन्न भेषभूषामा सजिएका लाखे र भुच्चाको हाउभाउ कलात्मक थियो । लगातार बाजाको तालमा उनीहरु असिनपसिन भइ नाचेका थिए । पाल्पा र पोखराबीच कला, संस्कृतिको आदानप्रदान गर्ने उद्देश्यले गत वर्ष झैं यसपालि पनि सो कार्यक्रम गरिएको सिटिजन फर्निचरका संचालक युवा व्यवसायी दीपक कार्कीले बताए । उनले आगामी वर्ष पनि निरन्तरता दिने प्रतिबद्धता जनाए । पाल्पा रिब्दीकोट गाउँपालिका वडा ४, भैरवस्थान हटियाबाट सुनिल प्रधानको नेतृत्वमा करिब ४५ सदस्यीय टोली गाडी रिभर्ज गरी पोखरा आएको थियो । यसप्रकारको नाच यसअघि काठमाडौं, चितवन, भैरहवा, बुटवल, नेपालगञ्ज, दाङलगायतका सहरमा पनि प्रदर्शन भइसकेको राजकुमार रणपालले बताए । यस वर्ष भने पाल्पा भैरव लाखे समूह नाच देखाउन पोखराबाहेक अन्य सहर गएन । गाँठेमंगलदेखि कुखुराको भालेलाई बली दिई पूजाआजा गरी सुरु हुने नाच कृष्णजन्माष्टमी पर्वसम्म चल्ने गर्छ । पाल्पालीहरु ५ सय वर्ष पुरानो इतिहास बोकेको यो नाच जोगाउन लागिपरेका छन् । पाल्पाली राजा मणिमुकुन्द सेनले राज्य बिस्तारक्रममा काठमाडौं आक्रमण गर्दा त्यहाँको कला संस्कृतिबाट प्रभावित भएपछि पाल्पामा पनि नेवार समुदायका विभिन्न जात्रा एवं पर्वको प्रचलन भित्राएको किंबदन्ती छ । उनले युद्ध जितेपश्चात् मछिन्द्रनाथको पटाङ्गिनीमा रहेको भैरव मूर्तिलगायत केही कलासंस्कृति एवं काष्ठकलामा निपूर्ण नेवार समुदायलाई पनि सँगै पाल्पा लिएर आएका थिए । पाल्पाली समाज पोखराका अध्यक्ष श्रीधर पराजुलीले पोखरामा पाल्पाको लाखे नचाउँदा आपसमा संस्कृति आदानप्रदानसँगै पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने बताए । कार्यक्रमका लागि पाल्पाली समाज पोखरासहित पाल्पा हाउस, पाल्पाली बहुउद्देश्यीय सहकारी र पाल्पा कोलोनीसमेतले व्यवस्थापनमा सघाएका हुन् । कार्यक्रम संचालन पाल्पाली समाज पोखराका प्रथम उपाध्यक्ष केशव नेपालले गरेका थिए । दर्शकलाई पाल्पाको भैरवस्थान मन्दिरको रोट, टीका, प्रसादसहित पाल्पाली परम्परागत परिकार बटुक र चुकाउनीले स्वागत गरिएको थियो ।   

काठमाडौं:  मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित रहेको छ । जसको प्रभावले मङ्गलबार देशभर पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहने छ । देशका पहाडी भूभागका धेरै स्थानहरूमा र मधेश प्रदेशलगायत देशका बाँकी तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति देशभर पूर्णतया बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।  मधेश प्रदेश लगायत कोशी र बागमती प्रदेशको पहाडी र तराई भूभागको थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको तथा गण्डकी प्रदेशको पहाडी र तराई साथै लुम्बिनी प्रदेशको तराईको भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

पर्वतः लगातारको वर्षाका कारण जिल्लाको मोदी गाउँपालिका वडा नं २ देउपुरको कोरुङ्गा गाउँ जोखिममा परेको छ । भिरबाट पहिरो झर्ने क्रम नरोकिएपछि सिङ्गो गाउँनै जोखिममा परेको हो । यहाँ आधादर्जन घरपरिवारको बसोबास रहेको छ । पातीचौर–देउपुर–लप्सीवोट सडक निर्माणपछि करिव एक दशकदेखि सुरूआत भएको कोरुङ्गाको पहिरो बढ्दै गएर बस्ती तर्फ पुगेको हो । अहिले यहाँका पाँच घरपरिवार उच्च जोखिममा परेका छन् । पहिरोका कारण स्थानीय टीकाराम जैसीको घर भत्किएको छ, भने कुमार केसीको घर उच्च जोखिममा परेको छ । पहिरोले घर नै क्षतिग्रस्त भई बस्न अयोग्य भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा सर सामान सुरक्षितस्थान तर्फ सारिएको छ भने बस्नको लागि अस्थायी टहरासमेत निर्माण गरिएको छ । पहिरो रोकथामको प्रयास नहुँदा यहाँका बासिन्दा रातभर जाग्राम बस्ने गरेको बाबुराम जैसीले जानकारी दिनुभयो । केही वर्ष पहिलेदेखि सुरू भएको पहिरोको रोकथामका लागि आवश्यक पहल हुन नसक्दा बर्सेनि झनै बढ्दै गएको र जोखिम बढिरहेको स्थानीयले गुनासो गरेका छन् । पहिरो झर्ने क्रम नरोकिएकाले जुनसुकै बेला बस्तीनै दुर्घटनामापर्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो । गत वर्ष सोही पहिरोको कारण गाउँपालिकाको केन्द्रदेखि वडा नं १, २, ३ र ४ जोड्ने मुख्य सडक तीन महिना पूर्णरूपले अवरुद्ध भएको थियो । पातीचौर देउपुर लप्सीबोट सडकको कोरुङ्गा खण्डको झण्डै दुई किलो मिटर पक्की सडक क्षतिग्रस्त भएको छ । यसवर्ष पनि सो सडक पूर्णरूपले अवरुद्ध बनेको छ । गाउँपालिकाको केन्द्र जोड्ने मुख्य सडकनै अवरुद्ध भएपछि स्थानीयले निकै सास्ती बेहोर्नु परेको छ । अन्य वैकल्पिक सडकसमेत मर्मत सम्भार नहुँदा आवतजावतमा निकै समस्या परेको स्थानीय शिक्षक भूमिराज शर्माले जानकारी दिनुभयो । विकल्पको रूपमा रहेको बेतेनी गौँडा टापु सडक पनि स्तरोन्नति नहुँदा सञ्चालनमा कठिनाइ भएको उहाँले बताउनुभयो । नयाँपुल मख ठूली पोखरी सडक पनि ठाउँ ठाउँमा पहिरो गएर क्षतिग्रस्त भएको छ । वातावरणीय र भौगोलिक अवस्थालाई ख्याल नगरी अव्यवस्थित किसिमले सडक निर्माण गरिएको र ढल निकासको राम्रो व्यवस्था नभएका कारण ग्रामीण भेगका सडक निर्माण सम्पन्न नहुँदै क्षतिग्रस्त हुने गरेका छन् । वर्षाको समयमा गरिने निर्माण कार्यले पनि विपत्ति निम्त्याइरहेको स्थानीय बताउँछन् ।

पोखरा:   कास्कीको तीन पालिकाले भोलि (मंगलबार) सार्वजनिक बिदा दिएको छ ।  आदिवासी जनजाति गुरुङ (तमु) समुदायको मौलिक एवम् सांस्कृतिक पर्व ट्होटे पर्वका अवसरमा भोलि कास्कीको अन्नपूर्ण, मादी र माछापुच्छ«े गाउँपालिकाले मंगलबार सार्वजनिक विदा दिएको हो ।  सार्वजनिक बिदाको दिन गाउँपालिका क्षेत्रभित्र अत्यावश्यक बाहेकका अन्य सेवाहरु बन्द रहने गाउँपालिकाले जनाएको छ ।  गुरुङ समुदायले  मंगलबार आफ्नो मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व हर्षोल्लासपूर्वक मनाउँदै छन् । गुरुङ समुदायले प्रत्येक वर्ष साउन र चैत महिनाको अन्तिम मङ्गलबार सांस्कृतिक पर्वका रुपमा ट्होटे पर्व धुमधामका साथ मनाउने गर्दछन् ।   गुरुङ जातिले विगतमा आफ्नो ट्हो वा राज्य सुरक्षाका लागि साउन र चैत महिनाको अन्तिम मङ्लबारमा ट्होटें मनाउदै आएका हुन् ।  ट्होटें पर्वका दिन तमु राज्यमा बसोवास गर्नेहरुले राज्यभित्र देखिएका बैरी वा शत्रुहरुलाई राज्यको सिमा कटाउदै ट्हो संरक्षण गरेको परम्परागत इतिहास भएको मानिन्छ ।  गुरुङ भाषामा ट्होको अर्थ राज्य वा गाउँबस्ती हुन्छ भने टेंको अर्थ राज्यबाट बैरी वा शत्रु धपाउने भन्ने हुन्छ ।

काठमाडौं:  साउन महिनाको आज अन्तिम सोमवार भगवान शिवको पूजा आराधना गर्ने भक्तजनहरुको पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भीड लागेको छ । साउन महिनालाई शिवको विषेश महिना मानिन्छ । साउनभर ब्रत बस्ने भक्तजनहरुले आज व्रत समापन गर्ने गर्दछन । साउन महिनाको सोमवार शिवको पूजा आराधना गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । शिव पुराण लगायत धार्मिक ग्रन्थहरुमा शिव महिमाको बारेमा उल्लेख गरिएको छ । साउन महिनामा शिवको पूजा आाराधनासहित महिलाहरुले हरियो चुरा र वस्त्र लगाई शिवको पूजा आराधना गर्ने गर्दछन् । यसबाट शिवभक्तिसँगै मानव र प्रकृतिबीचको सम्बन्धलाई पनि उजागर गर्ने धार्मिक मान्यता रहेको छ ।