पाेखरा ।    गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले बालेन्द्र शाहको नेतृत्वमा रहेको झण्डै दुई तिहाइ बहुमतको नयाँ सरकारलाई धेरै अवसर रहेको बताएका छन् ।   बुधबा...

काठमाडौं:    क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ ।  लामिछानेविरुद्धको बलात्कार मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ । उक्त मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ 

ओखलढुङ्गा:  ओखलढुङ्गामा हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् । छिमेकी ८३ वर्षीय सोमबहादुर अधिकारीको  हत्या गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–८ च्यानम माँझ गाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाललाई पक्राउ गरेको हो ।    दुवै जनाबीच बुधबार बिहान सामान्य भनाभन भएको थियो । गोठबाट दूध लिएर घर फर्कँदै गरेका अधिकारीलाई कटुवालले धकेल्दा लडेर उनी घाइते भएका थिए । गम्भीर घाइते अधिकारीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएकामा अस्पताल पु¥याउना साथ उनलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास राईले जानकारी दिनुभयो ।    प्रहरीले कटुवाललाई बुधबार साँझ पक्राउ गरेर घटनाबारे अनुसन्धान थालेको छ । रासस

काठमाण्डौ: काठमाण्डौ महानगरपालिका वडा नम्बर–१६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उहाँको आज बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको वडासचिव प्रकाश खड्काले जानकारी दिनुभयो ।   डेङ्गी सङ्क्रमण भएपछि पाँच दिनदेखि उहाँको ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियो ।   रिजाल पालिकाको चुनावमा कांग्रेसको तर्फबाट काठमाण्डौ महानगरको वडा १६ बाट ४ हजार १९ मतकासाथ विजयी हुनुभएको थियो । 

पोखरा:   पोखरामा २३ वर्षपछि निकालिएको बाघजात्रा भव्य रुपमा सम्पन्न भएको छ ।  पोखरामा तीनसम्म चलेको जात्राहरुको पनि जात्राको रुपमा रहेको बाघजात्रामा पोखराका विभिन्न स्थानमा बाघको खोजी गर्दै पोखरा रंगशालामा सांकेतिक रुपमा बाघको बध गर्दै जात्रा समापन भएको हो ।    संस्कृति विद् जगमान गुरुङले हिसं्रक बाघलाई मारेपछि यो जात्रा सुरु भएको बताए । उनले जात्राले हिंसा र भयरहित समाज निर्माण गनेृ सन्देश दिदैँ अन्त्य भएको सुनाए । पोखराको शहरीकरण, आर्थिक विकास र संवृद्धिसंग नेवार समुदायको महत्वपूर्ण भूमिका रहेको सुनाउँदै उनले देश संवृद्धिका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।  बाघजात्राले पनि सोहि सन्देश दिएको उनको भनाई छ । ‘यो बाघजात्राको रुपमा मात्रै होइन यसले अहिंसाको सन्देश दिइरहेको छ । एकताले काम ग¥यो भने जस्तो सुकै हिसांको पनि अन्त्य हुन सक्छ भन्ने सन्देश पनि दिएको छ । बाघ हिंस्रक हुन्छ त्यसलाई मार्न सहज हुँदैन ।  त्यहि कुरा आज यहाँ देखाइदैछ’ उनले भने, ‘देश संवृद्धिमा नेवारी समुदायको भूमिका महत्वपूर्ण छ । २३ वर्षपछि देखाएको यो जात्राले हिंसामुक्त, भयरहित शान्ति समाजको बनाउने सन्देश दियो ।’ यस्तै सुनिल उलकले बाघजात्रा इतिहाससंग जोडिएको विषय रहेको सुनाए । उनले धेरै समयअघि मानिसहरुले वन अतिक्रमण गर्दै बस्ती विस्तार गर्नेक्रमा बाघको आक्रमणले आजित हुने गरेका थिए । गाईवस्तुदेखी मानिस समेत बाघ सिकार हुँदा सामान्य रुपमा मार्न नसकेपछि राजाकोमा विन्ति चढाई हिंस्रक बाघ मारिएको थियो ।  बाघजात्रा सामान्य नरहेको उनको भनाई छ । उनका अनुसार बाघमार्न तान्त्रि धुनको पनि आवश्यक पर्छ जसले बाघलाई लठ्याउने गर्दछ । पोखरामा अहिले दुई जनामात्रै बाजा बजाउन जान्ने व्यक्ति रहेको र तिनै व्यक्तिबाट युवाहरुलाई बाजा सिकाई बाजाको लोप हुनबाट जोगिएको बताए । नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले बाघजात्राको संरक्षण र प्रबद्र्धनमा जोड दिनुपर्ने बताए । उनले बाघजात्रा एक समुदायको मात्र नभई सबै नागरिकका लागि भएको बताए ।   

पोखरा:  कास्कीको मादी गाउँपालिका -६ काहुँखोला-सिक्लेस सडकखण्डमा गएको पहिरो दुईसातापछि पन्छाउन थालिएको छ ।    काहुँखोला–सिक्लेस सडकखण्डमा गएको भदौं ६ गते निरन्तर वर्षाका कारण पहिरो जाँदा उक्त सडकखण्ड दुईसातादेखि अवरुद्ध भएको थियो । वर्षा रोकिएर घाम लाग्न थालेसँगै आज देखि पहिरो पन्छाउन सुरु गरेको मादी गाउँपालिका ६ का वडाध्यक्ष डिलबहादुर क्षेत्रीले जानकारी दिए ।  ‘कास्कीको मादी गाउँपालिका –६ चिप्लीखोलामा पहिरो जाँदा काहुँखोला –सिक्लेस सडकखण्ड पूर्णरुपमा अवरुद्ध थियो, निरन्तरको वर्षाका कारण पहिरो पन्छाउन सकिएको थिएन’, वडाध्यक्ष क्षेत्रीले भने, ‘आजदेखि मौसममा सुधार भएको छ, ८० मिटरसम्म पहिरोले सडक अवरुद्ध भएको छ, पर्सीसम्म सडक सञ्चालनमा आउँछ ।’ सडक अवरुद्ध हुँदा मादीका उत्तरी गाउँका नागरिकलाई पोखरासम्म आवागमनमा सास्ती भएको छ । वडाध्यक्ष क्षेत्रीले सडक सञ्चालनमा नआउँदासम्म केही मिनेटको यात्रामा नजिकैको झुलुङ्गे पुल तरेपछि पुनः सडकमा जोडिन सकिो र यात्रुले सवारी परिवर्तन गरेपछि गन्तव्यमा पुग्न सक्ने बताए ।  पहिराका कारण मादीका उत्तरी गाउँ चिप्ली, खिलाङ, पार्चे र सिक्लेसका नागरिक समस्यामा परेका छन् । सवारी साधनमा काँहुखोला, कसेरी, थाक, तप्राङ, चिप्ली, पार्चेहुँदै सिक्लेस पुग्न सकिन्छ ।

काठमाडौं:  नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण भएको छ । भृकुटीमण्डपस्थित रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा उहाँमाथि आक्रमण भएको हो ।    बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी हुनुभएका यादवमाथि नुवाकोटका श्यामबाबु सापकोटाले धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।   खुकुरी प्रहारबाट घाइते यादवलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।   प्रहरीले खुकुरी प्रहार गर्ने युवालाई नियन्त्रणमा लिएको छ । 

काठमाण्डौ:  नेपाल विद्युत् प्राधिकरणले विद्युतीय गाडीका लागि देशका विभिन्न ठाउँमा निर्माण गरेको ५१ वटा अत्याधुनिक फास्ट चार्जिङ स्टेशनको एकै पटक उद्घाटन भएको छ ।   ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्तरूपमा काठमाण्डौको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको फास्ट चार्जिङ स्टेशनको उद्घाटन गर्नुभयो ।   प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलीयतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय गाडी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरूमा विद्युतीय गाडी छिटो चार्ज गर्न मिल्ने ५१ वटा चार्जिङ स्टेशन निर्माण भएको हो । झन्डै ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेशनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटामा सानारठूला कारहरू चार्ज गर्न मिल्नेछ ।    उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले ५१ वटा चार्जिङ स्टेशन सञ्चालनमा आउनु विद्युतीय गाडीको यात्रा हरित, स्वच्छ ऊर्जा खपतमार्फत कार्बन उत्सर्जन तथा जलवायु परिवर्तनका प्रभावहरू न्यूनीकरणमार्फत देशको दिगो विकासमा महत्त्वपूर्ण पाइला भएको बताउनुभयो । विद्युतीय गाडीको प्रवर्धनमा नीतिगत तथा कानुनी व्यवस्थाका लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै बस्नेतले विद्युतीय गाडी नेपालमै उत्पादन गर्नका लागि लगानीकर्तालाई आकर्षित गर्न काम भइरहेको बताउनुभयो ।    आन्तरिकरूपमा विद्युत् खपत बढाउने महत्त्वपूर्ण क्षेत्र यातायात भएको उल्लेख गर्दै ऊर्जा सचिव घिमिरेले विद्युतीय गाडीको प्रयोगले प्रतिव्यक्ति ऊर्जा खपत बढाउन सहयोग पुग्ने बताउनुभयो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय गाडीको प्रयोगलाई प्रवर्धन गर्न चार्जिङ स्टेशन स्थापना गरिएको बताउनुभयो ।   विद्युतीय गाडी पेट्रोलियम पदार्थबाट चल्नेभन्दा १५र२० गुणा सस्तो पर्ने उल्लेख गर्दै घिसिङले यसबाट देशको वैदेशिक मुद्रा सञ्चितिमा पनि सकारात्मक योगदान पुग्ने बताउनुभयो । उहाँले प्राधिकरणले देशभर थप पाँच सय वटा चार्जिङ स्टेशन स्थापना गर्न लागेको उल्लेख गर्नुभयो । एसियाली विकास बैंककी दक्षिण एसिया ऊर्जा महाशाखा प्रमुख सुजाता गुप्ताले कार्बन उत्सर्जन घटाउने यातायात महत्त्वपूर्ण क्षेत्र भएकाले विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गर्ने पूर्वाधार निर्माणमा जोड दिनुभयो ।   चार्ज गर्दा कारहरूमा औसत ७० पैसा, एसयूभीहरूमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरूमा एक रुपैयाँ २० पैसा प्रतिकिलोमिटर खर्च लाग्ने छ । नेपालमा उपलब्ध गाडीहरूमा रहेको ब्याट्री क्षमताअनुसार कम्तीमा आधा घण्टादेखि एक घण्टासम्ममा चार्ज पूर्ण हुन सक्छ ।   आन्तरिकरूपमा विद्युतको खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय गाडी प्रयोगमार्फत वातावरणमैत्री यातायात प्रणालीको विकासका लागि चार्जिङ स्टेशन स्थापना गरिएको हो । हरेक चार्जिङ स्टेशनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान गरिएको छ । चार्जिङ स्टेशनमा छिटो चार्ज गर्न मिल्ने ६० र ६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरू राखिएका छन् । यसबाट ठूला बससहित तीन वटा गाडी एकसाथ चार्ज गर्न सकिने छ ।    चार्जिङ स्टेशन निर्माण आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मतका लागि चीनको वाङवाङ डिजिटल इनर्जी कर्पोरेशन लिमिटेडसँग ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा (करबाहेक) ठेक्का सम्झौता भएको थियो ।

काठमाडौं:  जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशनमा प्रतिनिधि चुन्न र चुनिनका लागि नयाँ विधानबमोजिम सङ्गठन र समितिहरु अद्यावधिक भएको हुनुपर्ने छ ।   अद्यावधिक नभएका कुनै पनि सङ्गठन र समितिबाट महाधिवेशनको प्रतिनिधि हुन पाइने छैन ।  केन्द्रीय समिति महाधिवेशन आयोजक भए पनि स्वतः महाधिवेशन प्रतिनिधि हुने यस अघिको व्यवस्थालाई नयाँ विधानले हटाएको छ ।   केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभागका प्रमुख पूर्ण बस्नेतका अनुसार फलस्वरुप पार्टीका केन्द्रीय समिति सदस्यहरु पनि तल्लो समिति वा सङ्गठनबाटै निर्वाचित भएर महाधिवेशन प्रतिनिधि बन्नुपर्नेछ ।   सङ्गठन र समितिलाई नयाँ विधानबमोजिम अद्यावधिक गर्नका लागि पार्टीले तीनमहिने पार्टी विस्तार तथा सुदृढीकरण अभियान सञ्चालन गरेको छ ।   सङ्गठन र समिति पुनर्गठन र रुपान्तरण कार्य सम्पन्न भएसँगै पार्टी महाधिवेशनको प्रक्रियामा अगाडि बढ्नेछ।

काठमाडौं:    राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११÷१२) ले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका विशेष कारणले परिवर्तन भएको जनाएको छ । कार्यालयले आज एक सूचना जारी गरी राष्ट्रिय परीक्षा बोर्डले आउँदो असोज ६ गते शनिवार र ७ गते आइतवार सञ्चालन हुने भनिएको कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा असोज ९ गते मङगलवार र १० गते बुधवार हुने जनाएको हो । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने सूचनामा जनाइएको छ ।  विसं २०८० को कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा सहभागी हुनका लागि यही भदौ २२ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क बापत प्रति विद्यार्थी छ सय रुपैयाँका दरले हुन आउने रकम बुझाइसक्न पनि जनाइएको छ। यसैगरी त्यस अवधिभित्र रकम जम्मा गर्न छुटेका  विद्यार्थीले यही भदौ २९ गते विलम्ब शुल्क सहितको रकम प्रति विद्यार्थी एक हजार दुई सय रुपैयाँ बुझाइ सम्बन्धित विद्यालयमार्फत् भदौ ३१ गते कार्यालय समयभित्र बोर्डका सम्बन्धित कार्यालयमा रकम जम्मा गरेको भौचरसहित आवेदन फाराम बुझाइसक्नुपर्ने समेत सूचनामा उल्लेख गरिएको छ ।