पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...

काठमाडौं:  हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार कोशी, बागमती, गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ ।  कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थान तथा देशका बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, आज राति कोशी, मधेश र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।  महाशाखाद्वारा प्रकाशित बुलेटिनअनुसार कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोशी प्रदेशका पहाड र तराईका साथै मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पोखरा: नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव एवम्  विश्व कम्युनिष्ट पार्टीको घोषणापत्रका नेपाली अनुवादक, पुष्पलालले देखेका सपना पुरा गर्नु आजको आवश्यकता भएको आज यहाँ आयोजित एक कार्यक्रममा जोड दिइएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोखरा महानगर कमिटीद्धारा आज पुष्पलाल अनुसन्धान केन्द्र पोखरा २१ फेदीपाटनमा ४७ र्औ स्मृति दिवसका अवसरमा आयोजित  श्रद्धाञ्जली सभामा बोल्ने वक्ताहरुले पुष्पलाल समकालीन क्रान्तिको कार्यदिशा र मुख्यतः संयुक्त जनआन्दोलका विचारक भएकोकोमा जोड थियो ।       नेकपा एमालेका नेता सोमनाथ अधिकारी प्यासीले सो केन्द्रमा रहेको पुष्पलालको अर्धकदको शालिकमा माल्यार्पण गर्दै समाजको गुणात्मक परिवर्तनका लागि आप्mनो सम्पूर्ण जीवन पार्टी र क्रान्तिलाई समर्पित गर्नु हुने उहाँ पारिवारिक सहादलको इतिहासमा नेपाली लेनिन भएको बताउनुभयो । नेपाली कम्युनिष्ट आन्दोलनमा उहाँ जस्तो स्वतन्त्र राष्ट्रिय चिन्तक, विचार, राजनीति, पार्टी संगठन, भौतिकवादी खोज अनुसन्धान तथा साहित्य निर्माणमा वैज्ञानिक योगदान गर्ने क्रान्तिकारी नैतिकवान नेता पुष्पलालले देख्नु भएका सपना पुरा गर्नु आजको आवश्यकता भएकोमा नेता अधिकारीको जोड थियो ।      उहाँले भन्नुभयो, मुलुकको अवस्थामा परिवर्तन भइसकेको छ र अवको आवश्यकता भनेको जनताको गणतन्त्र नेपालको सुदृढीकरण तथा बैज्ञानिक समाजवाद हुँदै साम्यवादको लक्ष्यमा अघि बढ्न देशभक्त कम्युनिष्टहरुलाई मात्र नभई लोकतान्त्रिक पुस्तालाई समेत सर्वत्र उत्प्रेरित गर्न सके मात्र पुष्पलाल प्रति सच्चा श्रद्धाञ्जी हुने छ ।      नेकपा एमाले कास्कीका अध्यक्ष वैन बहादुर अधिकारी क्षेत्रीले यो मुलुकको विकास निर्माण र जनताको अधिकारको सुनिश्चितता एमाले वाहेक अरुले गर्न नसक्ने वताउनुभयो । सफलता प्राप्तिका लागि पार्टी कार्यकर्तालाई एकवद्ध एवम् संगठित भएर अघि बढ्नु पर्नेमा उहाँको जोड थियो ।      एमाले पोखरा महानगरपालिकाका अध्यक्ष जिवन आचार्यले विकट स्थानमा जन्मेर पनि पुष्पलाले नेपालको कम्युनिष्ट आन्दोलनमा खेल्नु भएको भूमिकाप्रति  चर्चा गर्नुभएको थियो । कार्यक्रममा महानगर उपाध्यक्ष नरेन्द्रनाथ ढुङ्गाना र सचिव शुशिल वस्नेतले नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको भूमिकाका सम्वन्धमा प्रकाश पार्नुभएको थियो ।      सो अवसरमा अध्ययन केन्द्रको अग्रभावमा रहेको पुष्पलाल र कास्कीका कम्युनिष्ट आन्दोलनका धरोहर वलराम उपाध्यायको अर्धकदको शालिकमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्यहरु, स्थानीय तहका जनप्रतिनिधि, पार्टीका विभिन्न तह र तप्कामा रहनु हुने नेतागण, कार्यकर्ता एवम् सर्वसाधारणको सहभागिता रहेको थियो । त्रिदिवसीय कार्यक्रम अन्तर्गत पाँच गते पोखरा ७ नुवारथोकस्थित पुष्पलाल  स्मृति पार्कको सरसफाई र राष्ट्रिय युवा संघद्धारा सातगते विहान पृथ्वीचोकमा खुल्ला रक्तदान र पार्टी उपमहासचिव प्रदिप ज्ञावलीको प्रमुख आतिथ्यतामा साईमनमा विचार गोष्ठीको आयोजना गरिने भएको छ ।              

काठमाडौं:   राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला दल मिलेर बनेको सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् ।   बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले कांग्रेस र एमाले जस्तो दुई ठुला पार्टी मिलेको सरकारले देश लुट्नलाई टेन्डर पारेजस्तो व्यवहार भइरहेको बताए । उनले कुन मन्त्रीले कुन मन्त्रीभन्दा छिटो र कसले धेरै कमाउने भन्दै प्रतिस्पर्धा चलिरहेको जिकिर गरे । सार्वजनिक विवादमा आएका एक दर्जन मन्त्रीहरू विवादमा आएका भन्दै तिनीहरूको छानबिन गर्नुपर्ने अवस्था आएको उनले बताए । अध्यक्ष लिङ्देनले अहिले भ्रष्टाचार कहाँ कहाँ छ भन्दा भ्रष्टाचार कहाँ छैन भनेर खोज्नुपर्ने अवस्था आएको जिकिर गरे । भ्रष्टाचारको अन्त्य कर्मचारीलाई कारबाही गरेर मात्रै नहुने भन्दै उनले राजनीतिक तहमा नै छानबिन हुनुपर्ने माग गरे । उनले सदनमा निरन्तर छानबिन समिति बनाउन माग गर्दा पनि सरकारले नसुनेको भन्दै अव सडकबाट दबाब दिने चेतावनी दिए । आफ्ना माग पुरा नभएको भन्दै राप्रपा सांसदहरूले समेत सदन बहिष्कार गरेका छन् । 

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले रुपन्देही-३ को उपनिर्वाचनका लागि आजदेखि उम्मेदवार हुन इच्छुकका लागि आवेदन आह्वान गरेको छ । आवेदन अवधि दुई साताका लागि राखिएको छ । २१ साउनसम्म उम्मेदवार हुन इच्छुकले निवेदन दिन सक्नेछन् । निवेदन दिएकाहरुको नामावली २२ साउनमा प्रकाशित गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ । उम्मेदवारी उपर दाबी विरोधका लागि दुई दिन (साउन २३ र २४) का लागि छुट्याइएको छ । २५ साउनमा उम्मेदवारका लागि निवेदन दिनेहरुसँग छलफल राखिएको छ । २५ साउनमा प्रारम्भिक उम्मेदवार नामावली प्रकाशन, साउन २७ देखि भाद्र ११ सम्म लिडरसीप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटि र समावेशीता लगायतका लागि कार्यतालिका निर्धारण गरिएको छ । रास्वपाले रुपन्देही–३ को उम्मेदवारका लागि प्रारम्भिक निर्वाचनबाट उम्मेदवार छनोट गर्ने विधि बनाएको छ । त्यसका लागि भाद्र १२ र १३ का लागि समय छुट्याइएको छ । उम्मेदवार चयन १५ भदौमा गर्ने रास्वपाले जनाएको छ । उम्मेदवार हुन इच्छुकले रास्वपाको मोबाइलबाट निवेदन दिन सक्नेछन् । निर्वाचन आयोगले रुपन्देही-३ मा कात्तिक १७ का लागि उपनिर्वाचनको समय तोकेको छ । राप्रपाका सांसद दीपक बोहराको निधन भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

काठमाडौं:  रूकुमपूर्वमा जङ्गली च्याउ खाएर बिरामी परेका दिदी भाइको मृत्यु भएको छ भने आमा र छोरी बिरामी परेका छन्। ​ भूमे गाउँपालिका–५ सेराबाङमा जङ्गली च्याउ खाएर बिरामी परेका ३ वर्षीय योजन बिक र ७ वर्षीया भाग्यरेखा विकको मृत्यु भएको रूकुम पूर्व प्रहरीले जनाएको छ।  प्रहरीका अनुसार योजनको सल्यान जिल्ला अस्पतालमा मङ्गलबार दिउँसो र भाग्य रेखाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मङ्गलबार राति पौने १२ बजे उपचारका क्रममा मृत्यु भएको हो । च्याउ खाएर गम्भीर बिरामी भएकी ९ वर्षीया आयुषा विकको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ ।     बिरामी परेकी उनीहरूकी आमा ३५ वर्षीया राजकुमारी विकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ ।

चितवन:  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनमा गठबन्धन गर्न नहुने विषय महासमितिबाट पारित गरेको बताउनुभएको छ ।  नेपाली  कांग्रेस चितवनले ४३ औँ बिपी स्मृति दिवसको सन्दर्भमा आज यहाँ आयोजना गरेको बिपी विचार र पार्टीमा रुपान्तरणको अभियान विषयक विचार गोष्ठीमा उहाँले सो कुरा बताउनुभएको हो । पन्ध्रौँ महाधिवेशनमा जसले नेतृत्व गरे पनि अब रुखमाबाहेक अन्यत्र भोट हाल्नुपर्ने अवस्था नआउने उहाँको भनाइ थियो ।  उहाँले भन्नुभयो, “गठबन्धन नगरे सरकारमा पुगिन्न की भन्ने डरले, अर्को मिलेर सरकारमा गइदेला भन्ने डरले, सरकार र सत्ता भन्ने कुराको डर र लोभले गर्दा गठबन्धन भएको हो । यसबाट बाहिर निस्कँदा पार्टी बन्छ ।”  कुनै पनि नेता तथा कार्यकर्ताले सिद्धान्तसँग सम्झौता गर्न सक्दिन भनेर आफूलाई प्रस्तुत गर्न सक्यो भने तत्कालको लाभ नपाए पनि पार्टी बलियो बन्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “सत्ता छोड्नुपर्ने डर, सत्ता लिप्साबाट हामी बाहिर निस्कनुपर्छ ।” सो अवसरमा नेपाली कांग्रेसका  केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्य मीन विश्वकर्मा र मधु आचार्यले बिपीको मार्गदर्शन अनुशरण गर्दै अघि बढ्नुपर्छ भन्नुभयो ।  कार्यक्रममा युवा नेता प्रमोद हरि गुरागाई, महासमिति सदस्य विष्णु पाण्डे, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष सुरेश आचार्य, नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष वसन्त पराजुली, शिक्षक सङ्घ चितवनका अध्यक्ष इन्दिरा मरहठ्ठा अधिवक्ता उद्धव लोहनी, गोविन्द सिग्देल, प्राध्यापक प्रदीप वाग्ले, कृष्णप्रसाद न्यौपाने, रमेश खनाललगायतले पार्टीलाई सुझाव दिनुभएको थियो । जिल्ला सभापति राजेश्वर खनालले पेसाकर्मीहरुबाट आएका सुझाव पार्टीका लागि महत्वपूर्ण रहेको बताउनुभयो ।

काठमाडौं:   नेपाल–चीन सिमानामा रहेको ल्हेन्दे खोलामा गत असार २४ गते आएको बाढीबाट चीनमा फसेका नेपालीलाई आज स्वदेश फर्काइने भएको छ । बाढीका कारण नेपाल–चीन मितेरी पुल बगाएपछि स्वदेश फर्कन नपाएका नेपालीलाई आज सिन्धुपाचोकको तातोपानी नाका हुँदै नेपाल फर्काउन लागिएको हो ।  चीनमा फसेका नेपालीलाई स्वदेश फर्काउनका लागि गत सोमबार रसुवाका प्रतिनिधिसभा सदस्य इञ्जिनियर मोहन आचार्यले परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई भेटेर कूटनीतिक पहलका लागि आग्रह गर्नुभएको थियो । भेटमा सांसद आचार्यले केरुङमा रहेका नेपालीलाई नेपाल ल्याउन भइरहेको ढिलाइ, नेपाल–चीन जोड्ने अस्थायी पुल निर्माण, दुई देश जोड्ने मितेरी पुलको पुनर्निर्माण, मौसम पूर्वानुमानसम्बन्धी सूचना आदानप्रदानलगायत विषयमा परराष्ट्रमन्त्री डा राणाको ध्यानाकर्षण गराउनुभएको थियो ।  उक्त ध्यानाकर्षणसँगै चीनमा फसेका नेपालीलाई आज सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै स्वदेश फर्काउन लागिएको हो । चीनमा फसेकालाई रसुवामा पुल नबनेका कारण तातोपानी नाका हुँदै नेपाल ल्याउन लागिएको हो । तातोपानी नाकाबाट नेपाल आउने नेपालीहरूका लागि काठमाडौँसम्मको यातायातको व्यवस्था सरकारले गरेको छ भने चिनियाँ भूमिमा चीन सरकारले गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो ।  प्रमुख जिल्ला अधिकारी पौडेलले नेपाल फर्काउन लागिएकामा सवारी चालक तथा बिरामी परेका, नियमित औषधि सेवन गरिरहेका र औषधि सकिएका गरी २०३ नेपाली रहेको जानकारी दिनुभयो ।  बाढीका कारण अवरुद्ध भएको स्याफु्रबेँसी–रसुवागढी सडकखण्ड सञ्चालनमा आए पनि मितेरी पुल सञ्चालनमा नआएका कारण तातोपानी नाकाबाट उनीहरूलाई नेपाल फर्काउन लागिएको उहाँले बताउनुभयो ।

काठमाडौं: मन्त्रिपरिषद् बैठकका १० वटा निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकका १० वटा निर्णय बुधबार सार्वजनिक गर्नुभएको हो । सञ्चारमन्त्री गुरुङले नायबमहान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले २०८२/४/२ देखि लागू हुने गरी पेश गर्नुभएको स्वैच्छिक अवकाश स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको जानकारी दिनुभयो । यसैगरी, विश्व बैंकबाट विकास प्रभावकारिताका लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा विश्व बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि बैठकले गरेको छ । यसैसँगै बैठकले अन्य १० वटा निर्णय गरेको छ ।   

खोटाङ:   वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका हरिप्रसाद राई पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् ।  तीन वर्षअघि मलेसिया पुगेर केएलस्थित रकन इख्लास सर्भिसेस कम्पनीमा कार्यरत २६ वर्षीय हरिप्रसाद साउन–२ गतेदेखि सम्पर्कविहीन भएका हुन्।  सम्पर्कविहीन हुनुअघि साउन–१ गते मलेसियामै रहेका हरिप्रसादका साहिला दाजु हिमाल राईलाई आफू अप्ठ्यारोमा रहेको र बचाउन अनुरोध गरेको फेसबुक म्यासेज प्राप्त भएको छ ।  “मलाई सिध्याउने षड्यन्त्र गरेका छन् । बोस (मालिक) लाई नभन्नु । उसले थाहा पायो भने मलाई सिध्याउँछ । अब मलाई घर पठाउँदैन । घर जानका लागि म भाग्नुपर्छ । तपाईहरू सल्लाह गर्नुस् । दुई दिनको छुट्टी लिएर मलाई निकाल्नुस् ।” भनेर दाजु हिमाललाई म्यासेज लेखेको भोलिपल्ट अर्थात् साउन–२ गतेदेखि हरिप्रसाद सम्पर्कविहीन भएको जनाइएको छ ।  काठमाडौँको सिनामङ्गलस्थित फाजल इन्टरनेश्नल प्रालिबाट विसं २०७९ साउन–२८ गते मलेसिया पुग्नुभएका हरिप्रसाद मलेसियाको केएलस्थित स्यारोटन होटलमा सहयोगीको रूपमा काम गर्दै  आएका थिए ।  कम्पनीमा आफूले कुनै गल्ती नगरे पनि अरुहरूले गरेको गल्तीलाई आफूमाथि थुपारेर दोष लगाउँदै मार्ने षड्यन्त्र गरेको दाजु हिमाललाई हरिप्रसादले पठाएको म्यसेजमा उल्लेख छ ।  रोजगारीको सिलसिलामा मलेसियामा रहेका भाइ हरिप्रसाद सम्पर्कविहीन भएपछि खोजिकार्यलाई तीव्रता दिइएको दाजु हिमालले बताए ।  “मलाई साउन–१ गते राति म्यासेज गरेको थियो । फोनमा कुरा गरौँ भन्दा अरुले सुन्छ । म्यासेन्जरमै कुरा गरौँ भन्थ्यो ! ”, उहाँले भन्नुभयो, “केही समय म्यसेन्जरमा कुरा गर्दा–गर्दै सम्पर्कविहीन भयो । अहिले फोन पनि लाग्दैन । कम्पनीमा गएर सम्पर्क गर्दा त्यहाँ पनि छैन । केगरी खोज्ने अन्यौलमा परेको छु ।” म्यासेन्जरमा बोल्दा–बोल्दै भाइ सम्पर्कविहीन भएपछि मलेसियास्थित नेपाली राजदूतावास र भाइ कार्यरत कम्पनीलाई खोजिगरी दिन आग्रह गरिएको हिमालले बताए ।  “सम्पर्कविहीन भएको भोलिपल्टै राजदूतावास पुगेर आवश्यक कागजातसहित निवेदन दिएका थियौँ । अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । भाइको म्यासेज हेर्दा षड्यन्त्रगरी उनको हत्या गरेको हुन सक्ने देखिन्छ !”, उनले भने, “नेपाली दूतावासले चासो दिएको छैन । जुन अवस्थामा भए पनि मलाई भाइ चाहियो ।” हरिप्रसाद सम्पर्कविहीन भएको जानकारी प्राप्त भएलगत्तै मेनपावर कम्पनी र नेपालस्थित परराष्ट्र मन्त्रालयमा जानकारी गराइएको नेपालस्थित मेनपावर कम्पनीका प्रतिनिधि निरज दाहालले जानकारी दिए ।  “हरिप्रसाद कम्पनी छाडेर भागेको देखिन्छ । कम्पनीमै भएको खण्डमा कम्पनी सञ्चालकलाई भनेर केही गर्न सकिन्थ्यो”, उनले भने, “कम्पनी छाडेर भाग्नु हरिप्रसादको गल्ती देखिन्छ । अहिले म त्यो मेनपावर कम्पनीमा काम गर्दिन । यद्यपि, ममार्फत गएको हुनाले मेनपावर कम्पनी र नेपालस्थित परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको छु ।”  काठमाडौँमा रहेर वैदेशिक रोजगारसम्बन्धी एजेन्टको काम गर्दै आउनुभएका निरजमार्फत हरिप्रसादसँगै खोटाङस्थित खार्मीका छ युवा मलेसिया गएका थिए । एजेन्टलाई रु दुई लाख ५० हजार धरौटी बुझाएर मलेसिया पुगेका हरिप्रसाद सम्पर्कविहीन भएपछि घरपरिवार चिन्तित भएका छन् ।