प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको छ ।   आइतबार बिहान ११ बजे सिंहदरबारस्थित निर्मा...

काठमाडौं : नवनियुक्त ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले देशमा उत्पादित विद्युत् यहीभित्र खपत गर्न क्षमता वृद्धि आफ्नो मुख्य प्राथमिकतामा रहेको बताएका छन्।     नेपाल विद्युत प्राधिकरणले सोमबार गरेको बधाई, शुभकामना तथा स्वागत कार्यक्रममा मन्त्री बस्नेतले विद्युत् नपुगेका ठाउँमा सेवा विस्तार, प्रसारण र वितरण प्रणालीका पूर्वाधारलाई सुदृढीकरण तथा विस्तार गरी खपत क्षमता विस्तार गरिने बताए।    ‘विद्युत्को आन्तरिक खपत क्षमता वृद्धि गरी बढी भएको विद्युतको व्यवस्थापन गर्नुपर्छ, देशभित्र खपत गरी बढी भएको विद्युत् त्यसै खेर फाल्न त मिलेन? त्यसलाई निर्यात गर्नु पर्छ,’ मन्त्री बस्नेतले भने।  ‘पूर्वाधार विस्तारका लागि आवश्यक पर्ने लगानी जुटाउन अर्थ मन्त्रालय लगायतका निकायहरूसँग आवश्यक समन्वय गरिने छ।’   जलविद्युत् तथा प्रसारण लाइन आयोजना निर्माणमा वन क्षेत्रको प्रयोग तथा रुख कटानमा देखिएको समस्याका विषयमा आफू जानकार रहेको उल्लेख गर्दै पूर्व वनमन्त्री समेत रहेका मन्त्री बस्नेतले वन र सुरक्षाका कारण आयोजना निर्माणमा हुने ढिलासुस्ती रोक्न आफू सक्रियताका साथ लाग्ने बताए।     ऊर्जा सचिव दिनेश कुमार घिमिरेले आन्तरिक विद्युत खपत बढाउन प्रसारण तथा वितरण प्रणालीका संरचनाहरूको सुधार तथा विस्तार, रणनीतिक रुपका ठूला जलाशययुक्त जलविद्युत आयोजनाहरूको निर्माण र विद्युत् सेवा विस्तारमा जोड दिइनुपर्ने बताए।    प्राधिकरणका कार्यकारी निर्देशककुलमान घिसिङले संस्थाको विस्तृत विवरण प्रस्तुत गर्दै वर्षायामको विद्युत् व्यवस्थापन अहिलेको प्रमुख चुनौती रहेको बताए।  

काठमाडौं : थप ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।    पछिल्लो २४ घन्टामा देशभरबाट ११५१ नमूना परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।   मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३४५ र एन्टीजेनबाट ८०६ नमुना परीक्षण गर्दा पीसीआरबाट ४९ र एन्टिजेनबाट २७ को रिपोर्ट पोजिटिभ आएको हो।   यो अवधिमा १६ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या २२७ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ। 

चितवन:  चितवन-२ मा हुने उपनिर्वाचनका लागि नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन्। उनी एमाले चितवनका अध्यक्ष हुन्।   उनले पार्टीका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन्।   गत मंसिरमा प्रतिनिधि सभाको निर्वाचनका लागि उनले चितवन-३ बाट उम्मेदवारी दर्ता गरेका थिए। तर अन्तिम समयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पत्र पठाएर उनको उम्मेदवारी फिर्ता लिएका थिए। एमालेले नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्‍यो। तर उनी पराजित भए।   गत निर्वाचनमा चितवन-२ बाट एमालेका कृष्णभक्त पोखरेल उम्मेदवार थिए। उनी १४६४७ भोट ल्याएर तेस्रो भए। पोखरेल २०७० र २०७४ सालमा उक्त क्षेत्रबाट निर्वाचित भएका थिए। गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा यो क्षेत्रका वडाध्यक्षका उम्मेदवारहरूले पाएको मत जोड्दा नेकपा एमालेको सबैभन्दा बढी थियो।

काठमाडौं : रसुवागढी नाकाबाट चिनियाँ पर्यटक भित्रन थालेका छन्। चीनले शनिबारदेखि नाका पूर्ण रूपमा सञ्चालन गरेसँगै चिनियाँ पर्यटक नेपाल भित्रन थालेका हुन्।    शनिबार र आइतबार नाकाबाट २६ जना पर्यटक भित्रिएका अध्यागमन कार्यालय रसुवाका प्रमुख कृष्णप्रसाद पौडेलले बताए।    उनका अनुसार चिनियाँ  पर्यटकहरू काठमाडौंका आएका छन्। साथै नेपालबाट आइतबार पाँचजना चिनियाँ पर्यटक केरुङतर्फ गएका छन्। केरुङ जानका लागि एन्टिजेन परीक्षण रिपोर्ट अनिवार्य गरिएको छ। कोभिड-१९ का कारण लामो समयसम्म नाकाबाट मान्छेको आवतजावत रोकिएको थियो।    रसुवागढी नाकाबाट सन् २०१५ अप्रिलदेखि पर्यटक आउने क्रम सुरु भएको हो। कोभिड-१९ सुरु हुनुपूर्व नाकाबाट चिनियाँसहित विभिन्न देशका पर्यटक नाकाबाट आउने गरेका थिए।   रसुवागढी नाका हुँदै आएका पर्यटक सिधै काठमाडौं, पोखरा तथा लुम्बिनी जाने गरेका छन् । नाकाबाट आउने पर्यटकमध्ये करिब ६० देखि ७० प्रतिशत हिस्सा चिनियाँ पर्यटकले ओगटेका छन् ।  

काठमाडौं : नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ।   सेयर कारोबारको दोस्रो दिन आज नेप्से परिसूचक १६.६७ अंकले घटेर १८७१.८८ विन्दुमा पुगेको हो। सेन्सेटिभ इन्डेक्स ३.०५ अंकले घटेर ३५२.७१ विन्दुमा  अडिएको छ।   आज २६० कम्पनीको २८ लाख २९ हजार ४२६ कित्ता सेयर ९२ करोड २ लाख ४९ हजार ११ रुपैयाँको सेयर खरिदबिक्री भयो। दोहोरो अंकले ओरालो लागेको सेयर बजारमा एउटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो।   कालिञ्चोक दर्शनको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो। यसदिन प्रभु बैंक डिभेन्चर २०८७ को सेयर मूल्य १० प्रतिशतले ओरालो लाग्यो।   कारोबार रकमका आधारमा नविल बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको ३ करोड ६२ लाख मूल्य बराबरको सेयर कारोबार भयो। एनआईसी एसिया बैंकको २ करोड बढि मूल्यको सेयर कारोबार भयो।   कारोबारमा आएका १३ उपसमूहमध्ये १२ को मूल्य घट्यो भने १ को मात्रै बढ्यो। ट्रेडिङ उपसमूहको सूचक १.२१ प्रतिशतले बढ्यो।

काठमाडाैँ:  भारतको राजधानी नयाँ दिल्लीस्थित रेल्वे स्टेसनबाट सात जना नेपाली बालबालिकाहरूको उद्धार गरिएको छ ।   एक हप्ते लामो विशेष उद्धार अभियानबाट सात नेपाली बालबालिकाको उद्धार गरिएको हो ।   बाल कल्याण समितिसहित सलाम बालक, प्रयास संस्था, साथी संस्था, चाइल्ड लाइन १०९८, रेल्वे अथोरिटी, आरपीएफ र जीआरपीको संयुक्त पहलमा गत २७ मार्चदेखि अप्रिल २ सम्म गरिएको संयुक्त उद्धार अभियानमा नेपाल, बङ्गलादेश र भारतका विभिन्न राज्यबाट दिल्ली पुगेका झण्डै चार सय बालबालिकाको उद्धार गरिएको अभियानमा लागेका उद्धारकर्मीहरूले बताएका छन् ।   नयाँ दिल्ली रेल्वे स्टेसनका विभिन्न प्लेटफर्महरू, रेल्वे स्टेसनका प्रवेश र निकासद्वारा खटिएका उद्धारकर्मीहरूले बालबालिकाहरूको उद्धार गरेका हुन् ।   समारोहमा बोल्दै दिल्ली सरकार अन्तर्गत बाल कल्याण समितिका अध्यक्ष वरुण पाठकले सात दिनसम्म २४ घण्टा चलाइएको अभियानमा सात नेपाली बालबालिकाहरूको उद्धार गरिएको बताउनुभयो ।   उहाँले दिल्ली र अन्य राज्यहरूमा निरन्तर रूपमा नेपाली बालबालिकाहरूलाई विभिन्न प्रलोभनमा दिल्ली पुर्‍याइने गरेको भन्दै आफूहरूले उद्धार गरेका बालबालिकाहरूलाई किन इण्डिया नामक संस्था र नेपाली राजदूतावासको समन्वयमा नेपाल पठाउने काम गरिरहेको पनि बताउनुभयो ।   उहाँले नेपालको तराई क्षेत्र विशेष गरी रौतहटका धेरै बालबालिकाहरू दिल्ली पुग्ने गरेको बताउनुभयो ।    बालबालिकाहरू घरको आर्थिक अवस्था कमजोर रहेकाले ठूला सहर घुम्ने रहर र प्रलोभनमा परेर दिल्ली पुग्ने गरेको पाइएको उद्धारमा खटिएकाहरूले बताएका छन् ।

स्याङ्जा: औषधि सेवनबाट निको हुने क्षयरोगको गण्डकी प्रदेशमा फागुन मसान्त सम्म एक हजार चार सय ४१ बिरामी फेला परेका छन् ।    स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी रहेर छ महिना सेवन गरे निको हुने क्षयरोग हरेक दिन बढ्दै जाँदा सबैका लागि चुनौती बनेको छ ।    गण्डकी प्रदेशमा गत आर्थिक वर्षमा दुई हजार चार सय ४७ बिरामी भेटिएकोमा यस आर्थिक वर्षको आठ महिनामा गत वर्ष भन्दा एक हजारले कम देखिएको हो । यहाँ आव ०७७/७८ मा भन्दा आव ०७८/७९ मा ५८२ जना बढी बिरामी भेटिएका थिए ।    क्षयरोगको मुख्य गरेर चैतदेखि असारसम्म सबैभन्दा धेरै बिरामी देखिने बताउँदै गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका क्षयरोग कार्यक्रम संयोजक राजेश यादव बिरामी भेटिने समय अगावै धेरै बिरामी भेटिएको बताउनुभयो ।    गत आर्थिक वर्षको यसै अवधिमा बिरामीको सङ्ख्या धेरै कम रहेको र अबको चार महिनामा यस भन्दा बढी बिरामी भेटिने उहाँको भनाइ थियो ।    गण्डकीमा आठ महिनामा सबैभन्दा धेरै कास्कीमा ३५८ जना बिरामी भेटिँदा सबैभन्दा थोरै मनाङमा तीन जना बिरामी भेटिएका छन् ।    नवलपुरमा ३३८, तनहुँमा १७६, स्याङ्जामा १७०, बागलुङ १४०, गोरखा ११९, लमजुङ ५३, पर्वत ४६, म्याग्दी ३३ र मुस्ताङमा पाँचमा क्षयरोगका बिरामी रहेका छन् ।    पाँच वर्ष पहिला एक जना बिरामी देखिएकोमा गत वर्ष दुई जना क्षयरोगका बिरामी मनाङमा भेटिएका थिए भने अहिले आठ महिनामै धेरै भेटिएका हुन् ।    भेटिएका क्षयरोगका बिरामीको सङ्ख्या कम भएको बताउँदै गण्डकी प्रदेश क्षयरोग उपचार केन्द्रका निमित्त निर्देशक अरुणकुमार झाले बिरामीले रोग लुकाउँदा सरकारी तथ्याङ्कमा सङ्ख्या कमी रहेको बताउनुभयो ।    कसैले थाहा नपाउन भनेर निजी स्वास्थ्य केन्द्रमा सरकारको तथ्याङ्क भन्दा बढी बिरामीले औषधि सेवन गर्दै आएको उहाँले बताउनुभयो ।    सबै क्षेत्रबाट रोगको बारेमा सचेतना जगाएर जान सकेमा बिरामीको सङ्ख्या कमी आउने बताउँदै झाले आम नागरिक पनि यसमा जोडिनुपर्ने बताउनुभयो ।    ११ जिल्ला रहेको गण्डकीमा ७९२ डट्स सेन्टरबाट क्षयरोगका बिरामी उपचार हुँदै आएको छ ।   देशभर क्षयरोग नियन्त्रण केन्द्रका मार्च २४ को प्रतिवेदनमा आव ०७८/७९ मा ३७ हजार ८६१ बिरामी रहेको छ भने सरकारी सर्भेमा प्रत्येक वर्ष ७९ हजार बिरामी बढ्ने र १७ हजारको मृत्यु हुने तथ्याङ्क छ । आव ०७७/७८ मा देखिएका बिरामी भन्दा १० हजार १८४ ले ०७८/७९ बढी हो । 

पोखरा: पृथ्वीचोकमा रहेको पवित्र वचत तथा ऋण सहकारी संस्था लिं.ले ६६ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आइतबार पोखराको मुख्य वजारक्षेत्र पृथ्वीचोकमा सरसफाई गरेको छ । रानाभाट तथा भाट समाजद्धारा २०६८ सालमा स्थापना भएको सहकारीको प्रधान कार्यालय पृथ्वीचोकस्थित पोखरा मलमा रहेको छ । सहकारी दिवसको अवसरमा आफ्नो कार्यलय परिसर सरसफाई गर्दा समाजमा राम्रो सन्देश जाने भएकोले पृथ्वीचोकमा सरसफाई गरिएको सहकारीका अध्यक्ष बुद्धिबहादुर रानाभाटले वताए । २०६८ सालमा रानाभाट समाजका ४८ जना शेयर सदस्यले स्थापना गरेको सहकारीमा हाल १३ सयको करिब शेयर सदस्य छन् । उक्त सरसफाइ कार्यक्रममा पदाधिकारी तथा शेयर सदस्यहरुको उल्लेख्य सहभागिता रहेको व्यवस्थापक अप्सरा रानाभाटले वताईन् ।

पोखरा:  पोखरामा राष्ट्रिय फुटबल खेलाडी सुमित श्रेष्ठ (मेस्सी) लाई सम्मान गरिएको छ ।   नेपालले थ्री नेसन्स कप जितेपछि पहिलोपटक गृह जिल्ला आएका उनलाई स्पार्टस् क्यासल प्रालिले स्वागतसहित सम्मान अर्पण गरेको हो ।   पूर्व राष्ट्रिय फुटबल खेलाडीसमेत रहेका स्पार्टस् क्यासलका सञ्चालक इश्वर गुरुङ र विजया गुरुङले फुटबलर श्रेष्ठलाई खादा माला तथा सम्मान पत्रमार्फत बधाई अर्पण गरे ।    सो अवसरमा बोल्दै पूर्व राष्ट्रिय फुटबल खेलाडी गुरुङले उदीयमान खेलाडी श्रेष्ठको उज्जल भविष्यको कामना गरे ।    उनले श्रेष्ठलाई बाल्यकालदेखि नै हातेमालो गर्दै आएको स्मरण गर्दै अहिले आएर श्रेष्ठ आफ्नो सपना नजिक पुगेको उल्लेख गरे । ‘यिनीहरुलाई मैले सानैदेखि हातेमालो गर्दै आएको छ, उनले भने, ‘थ्री नेसन्स कपमा डेब्यु गर्दै देशको नाममा खेल्ने सपना अहिले आएर पुरा हुदैछ । आगामी दिनमा थप राम्रो गर्न चुनौती पनि छ त्यसका लागि म शुभकामना व्यक्त गर्दछु ।’    गुरुङले राष्ट्रिय टिममा स्थान बनाइरहनका लागि कडा मेहनत गर्नुपर्ने धारणा राखे । ‘सुमितको लागि यो अवसर निकै महत्वपूर्ण छ । र त्यतिकै चुनौती पनि छ । किनभने खेलाडीहरु निकै जन्मिरहेका छन् त्यसैले कडा मेहनत र परिश्रमी बन्नु आवश्यक छ’ उनले भने । सम्मान ग्रहण गर्दै फुटबलर सुमित श्रेष्ठले आगामी दिनमा थप राम्रो गर्ने हौसला मिलेको बताए ।    उनले आफु एउटा सपना नजिक पुगेको बताउदै थप मेहनत गर्ने सुनाए ।  ‘म तपाइहरुकै मायाले यहाँसम्म पुगेको छु । यो सम्मानले मलाई थप जिम्मेवारीको भारी बोकाएको छ, श्रेष्ठले भने, ‘म बोक्न मात्रै तयार छैन । गन्तव्यमा सकुशल अवतरण गराउन पनि तत्पर छु । त्यसैले झन कडा मेहनत गर्ने प्रण गर्दछु ।’   उनले आगामी दिनमासमेत आफुलाई साथ र सहगोग गर्न आग्रह गरे । ‘तपाइहरुको माया मेरो एउटा पावर हो जसले गर्दा म सधै छलाङ मार्न सकिरहन्छु, उनले भने ‘त्यसैले साथ र माया दिइरहनु होला ।’   सो अवसरमा श्रेष्ठलाई केल्मीको आधिकारिक विक्रेता शोरुमको तर्फबाट राज रम्तेलले आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरेका थिए ।  राष्ट्रिय फुटबल खेलाडी श्रेष्ठ जारी शहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबबाट खेलीरहेका छन् ।   सम्मान कार्यक्रममा बगर भाइखलकका वरिष्ठ उपाध्यक्ष इश्वर गुरुङ, कोषाध्यक्ष रमेश श्रेष्ठ, जुनियर बगर भाइखलकका अध्यक्ष धन बहादुर गुरुङ, एन्फा फुटसल विभागका पूर्व संयोजक विनोद गुरुङ खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिनानाथ बराल लगायतको सहभागिता रहेको थियो ।