पोखरा: अमेरिकाको सानफ्रान्सिस्कोमा पोखरा बाटुलेचौरका एक युवा मृत फेला परेका छन् । सानफ्रान्सिस्को डाउन टाउन स्थित ओफारेल स्ट्रिटमा रहेको अपार्टमेण्टमा असमान्य अवस्थामा पोखरा बाटुलेचौर घरभएका सुरेश बाँनिया मृत भेटिएका अमेरिका स्थित नेपाली पत्रकारहरुले सुनगाभा न्यूजलाई जानकारी दिएका छने । अमेरिकाको बानिया रेष्टुरेन्टमा सेफका रुपमा कार्यरत २८ वर्षीय सुरेश शनिबार मृत भेटिएका हुन् । उनी सात वर्ष अघि अमेरिका गएका थिए । केही समयदेखि उनले मानसिक समस्याको उपचार गर्दै आएको र शनिबार साँझ अपार्टमेण्टमा बस्नेहरुले उनलाई असमान्य अवस्थामा देखेपछि आपतकालिन नम्बर ९११ मा फोन गरेका थिए । त्यसपछि प्रहरीले पोष्टमार्टमका लागि उनलाई अस्पताल लिएर गएको थियो । त्यहाँ उनको असमान्य मृत्यु भएकाले उनीसँग चिनजान भएकाले पोखरा स्थित उनको परिवारलाई खबर गरेका थिए । केही समय अघि तीव्र गतिमा गाडी चलाएपछि एक पटक उनलाई प्रहरीले समातेको थियो । मानसिक समस्या रहेको शंका लागेपछि प्रहरीले उनलाई उपचारका लागि सिफारिस गरेको थियो । त्यसपछि उनले नियमित उपचार गराईरहेका थिए ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ५ रिभानमा व्रतबन्धको भोजमा दलितले भान्सा छोएको भन्दै भतेर घोप्ट्याउने वडा सदस्य प्रकाउ परेका छन् । माछापुच्छ्रे गाउँपालिका–५ रिभानका वडा सदस्य रामजी लामिछाने आइतबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी ज्ञानबहादुर खड्काले जानकारी दिए । गत फागुन २५ गते ब्रन्तबन्धको भोजमा जातीय विभेद गरेको भन्दै रिभानका चार जनाविरुद्ध पोखराका नारायण परियारले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गराएपछि लामिछाने फरार थिए । व्रतबन्धमा दलित र गैरदलितलाई छुट्टाछुट्टै भान्साको व्यवस्था गरेर जातीय विभेद गरेको आरोपमा स्थानीय सन्तोष परियार र सुजन लामिछाने चैत १२ मा पक्राउ परेका थिए । फरार रहेका वडा सदस्य रामजी लामिछाने र स्थानीय सरिता लामिछाने आइतबार प्रहरीको सम्पर्कमा आएपछि पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । उनीहरुलाई अदालतबाट म्याद थप गरी थुनामा राखिएको छ । जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ अन्तर्गत कारवाही गरी क्षतिपूर्ति समेत भराउन नारायणले माग गरेका छन् । आफन्तको ब्रतबन्धमा भाग लिन पोखरा–२९ भण्डारढिकका उनी फागुन २५ मा पुर्ख्यौली गाउँ रिभान पुगेका थिए । घटनाक्रम... पीडित नारायण (दमै) परियारका अनुसार कास्कीको माछापुच्छ्रे गाउँपालिका ५ रिभानमा सन्तोष परियारले फागुन २५ गते साहिल र समिर परियारको ब्रतन्बधमा पाहुनाका रुपमा आफु नारायण (दमै) परियार, जोगेन्द्र दास परियार, नरबहादुर कुमाल र मीनबहादुर परियार त्यहाँ पुगे । धर्मसंस्कार अनुसार टिकाटाला दान दक्षिणा गरेपछि भोज खान भनि भान्सातर्फ गए । त्यहाँ रहेका (आरोपित पीडक) मध्ये सरिता लामिछानेले तिमी के थरि हौं भनि सोध्नुभयो म आजको कर्ताको आफन्त हुँ भनेपछि तिमी दमैहरुलाई यहाँ होइन तिम्रो भान्सा छुट्टै छ भन्दै म (जाहेरवाला) लाई भान्साबाट करिब २० मिटर पर नै रोक्नुभयो । मैले छुट्टाछुट्टै भान्सा भएको मलाई थाहा भएन र पनि म भैसीको मासु नखाने भएकोले म यहाँको भान्सामा नै भोज खान्छु । मैले यही भान्सामा खादा के हुन्छ भनेर प्रतिप्रश्न गर्दा यो बाहुन भान्सा हो यहाँ ब्राम्हण क्षेत्रीले मात्र खाने हो, यहाँ वृद्ध बुवा आमाहरु हुनुहुन्छ, तिमीहरुले छोएको खानु हुदैन भन्नु भयो । मैले अहिलेको समयमा पनि यस्तो कुरा नगर्नु भन्दा एक्कासी तिमी दलितहरु ठुला पल्टिन्छौ, (आरोपीहरुले) एक मुख लगाउदै हाम्रा भान्सा जुठो भयो भन्दै रामजी लामिछानेले भान्सामा भएको दाल भात तरकारी भुइमा फालीदिनु भयो भने सुजन लामिछानेले पनि तिमी दमैहरु किन बाहुन भान्सामा आउने रु सबै भान्सा बिटुलो भयो भन्दै अपमान गरे । त्यसरी उनीहरुले अपमान गरेपछि आरोपी सन्तोष परियारलाई सो कुरा भन्दा छुट्टाछुट्टै भान्सा छत किन बाहुन भान्सा गएर छुवाछुत गरेको तनी भनि उल्टै मलाई सम्झाएपछि मलाई बस्न खान मन नलागेर मेरो घरमा पारिवारिक समस्यासमेत भएकोले तुरुन्तै घर फर्किए । त्यसपछी मलाई निम्ता गर्ने आरोपी सन्तोष परियारले फोन गरी तिमीले भान्सामा गई छोइदिएकाले सबै पाकेको खानाहरु फालिदिए । मेरो (एक लाख पचास हजार रुपैया)को खाना खेर गयो मेरा पाहुनाको पनि अपमान भयो । त्यसैले तिमीले हाम्रो धर्म संस्कारलाई नमानी मेरो ब्रतबन्धको कार्य नै बिफल बनायौ । अब तिमिलाई हाम्रो कुल कुटुम्बबाट निकाल्छौ हाम्रो कुल मन्दिरमा पनि प्रवेश छैन । तिमीले दिएको घन्टी पनि लैजाउ भन्दै तिमीले जसरी पनि मेरो रकम तिर्नु बुझाउनु पर्यो भनी फोनमा धम्काउनु भयो ।
गलेश्वर : पूर्वतर्फ फर्किएको चिटिक्कको गाउँ केराका घारीले छेकेर देखिदैनन् घर। करेसाबारीदेखि खेतबारीका गह्रा र पाखो जमिन तथा सडकका छेउछाउमा केरैकेराको गाउँका रूपमा पहिचान बनाएको म्याग्दीको बेनी नगरपालिका–२ खबराको दृश्य हो यो। सदरमुकाम नजिकै पर्ने खबरा र बगरफाँटमा गाउँभरी विस्तार गरिएको केराखेतीबाट यहाँका किसानले मनग्गे आम्दानी गर्न सफल भएका छन्। खबराका एक सय ६० घरधुरी र बगरफाँटका १८ घरधुरीका किसानले व्यावसायिक रूपमा गरेको केरा खेतीबाट दुई गाउँका किसानले वार्षिक डेढ करोड आम्दानी गर्दै आएका छन्। खबराका किसानले केरा खेतीबाट वार्षिक एक करोड गाउँमा भित्र्याउने गरेका छन् भने बगरफाँटका किसानले वार्षिक ५० लाखको हाराहारीमा केरा बिक्री गर्ने गरेका छन्। यी दुई गाउँ पछिल्लो समय केरा गाउँका रूपमा चिनिन थालेका छन्। व्यापारीहरु केरा बगानमै आएर खरिद गर्ने गरेको खबराका किसान शोभत शर्मा सापकोटाले बताए। यहाँका किसानले १२ वर्षदेखि व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन्। 'बजारमा ‘खबराको केरा’ को ब्राण्ड नै बनेको छ। मैलै १० वर्षदेखि केरा खेती गर्दै आएको छु। केरा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि अहिले गाउँका धेरैजसो किसान यसैमा संलग्न हुन थालेका छन्', उनले भने। खेतबारी, पाखा, कान्ला र खोल्सा सबैतिर केरा खेतीले छपक्कै ढाकेको किसान चन्द्रबहादुर कार्कीले बताए। यस क्षेत्रमा केरा खेतीको सुरुवात २४ वर्षअघि मानबहादुर थापा र चन्द्रबहादुर कार्कीले गरेका स्थानीय बताउँछन्। थापा र कार्कीले सुरु गरेको केरा खेती १२ वर्षदेखि व्यवसायिक बन्दै गएको स्थानीयको भनाइ छ। अहिले गाउँनै ढाक्ने गरी खेती गरिएको स्थानीय तेजेन्द्रबहादुर कार्कीले बताए। अन्य खेतीभन्दा केरा खेतीबाट राम्रो आम्दानी हुने भएपछि खबरा र बगरफाँटका किसान आकर्षित भएका उनको भनाइ छ। खबराका प्रत्येक घरधुरीले व्यावसायिक रुपमा हजारी जातको केराको खेती गरेका छन्। यहाँका किसानले वार्षिक एक करोडभन्दा बढी आम्दानी गर्ने गरेका कार्कीले बताए। स्थानीय शोभित सापकोटाले १० वर्षदेखि व्यावसायिक केरा खेती गरेर गाउँमा पक्की घर बनाएका छन्। करिब १६ रोपनी जमिनमा लगाएको केराबाट वार्षिक १० लाख आम्दानी हुने गरेको उनले बताए। परम्परागत खाद्यबालीको विकल्पका रूपमा खेतबारीमा व्यावसायिक केरा खेती गर्न थालेपछि खबरावासीको आर्थिक अवस्थामा निकै सुधार आएको सापकोटाको भनाइ छ। थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजिक र अन्य बालीको तुलनामा सजिलो भएकाले केरा खेतीतर्फ किसान आकर्षित भएका हुन्। बिरुवा रोपेको दुई वर्षमा पसाउन थाल्ने र पसाएको पाँच महिनामा बिक्रीका लागि तयार हुन्छ। उत्पादन भएको केरा नजिकैको बेनी बजारमा सहजै बिक्री हुन्छ। 'धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ', बबिता सापकोटाले भने, 'पाँच रोपनीमा केरा खेती गरेका छौँ। वार्षिक चारदेखि पाँच लाखसम्म आम्दानी हुन्छ।' उनले १० वर्षदेखि केरा खेती गर्दै आउनुभएको छ। छोराछोरी पढाउन र घरखर्च चलाउन कुनै समस्या नभएको उनको भनाइ छ। सापकोटाले भने, 'केरा बिक्री गरेर आएको पैसाले छोराछोरीलाई काठमाडौं राखेर पढाउन पुगेको छ।' उनले उत्पादन भएको केरा घरबाटै बिक्री हुने बताए। सापकोटाले भने, 'केरा लिन बेनीदेखि व्यापारी घरमा आउँछन्, राम्रो कोसाको प्रतिदर्जन एक सय २० मा बिक्री हुन्छ।' खबराका हरि कुँबरले पनि १० रोपनी जमिनमा केरा खेती गरेका छन्। केरा बिक्री गरेर वार्षिक छ लाख आम्दानी हुने गरेको उनले सुनाए। 'राम्रो भयो भने केराको एक घारीमा सात सय देखि आठ सयसम्म कोसा हुन्छन्', उनले भने, 'एक घारीको चार हजार दुईसयसम्ममा बिक्री गरेको छु।' बेनी नगरपालिका–२ बगरफाँटका किसानले धान फल्ने खेतमा केरा खेती गरेका छन्। धान, गहुँ, मकैबालीको विकल्पमा यहाँका किसानले खेतका गह्रामा व्यावसायिक केरा खेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका हुन्। अन्नबाली जस्तै धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने खेतमा केरा खेती गरिएको किसानले बताएका छन्। केही वर्षअघिसम्म परम्परागत खाद्यान्न खेती हुने बगरफाँट अहिले केराको बगैँचामा परिणत भएको छ। अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको किसान खिमबहादुर कार्कीले बताए। उनले खेतका गह्रामा पाँच सय केराका बिरुवा लगाएका छन्। उनका अनुसार तीन सय केरा घरीले उत्पादन दिन थालेका छन्। किसान दुर्गाबहादुर थापाले पनि गुडुराको धान फल्ने चार रोपनी खेतमा केराका बिरुवा लगाएका छन्। खेती गर्न झन्झटिलो हुने, कम उत्पादन हुने, खर्च बढी हुने र काम गर्ने मान्छे पनि नपाइने हुँदा केरा खेती थालिएको उनले बताए। गत वर्षको जेठमा यहाँका किसानले करिब दुई हजार केराका बिरुवा लगाएका छन्। पाकेको केरा प्रतिदर्जन एक सयका दरले बिक्री हुने गरेको छ। एउटै घारीबाट एक हजार कोसासम्म उत्पादन हुने गरेको किसानको भनाइ छ।
काठमाडौं: फेसबुक ह्याक गरी अश्लिल फोटो, भिडिओ राखेर महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए। मोरङ धनपालथान गाउँपालिका-४ कर्सिया बस्ने २२ वर्षीय दिपेश लोहनीलाई पक्राउ गरेको हो। अध्ययन गर्न विदेश गएकी महिलालाई दैनिक फोन-मेसेज गरी हैरानी दिएको र फेसबुक आइडी समेत ह्याक गरेको आरोप उनीमाथि छ। आइडी ह्याक गरी अश्लिल फोटो तथा भिडिओ पोष्ट गर्ने, फेसबुकका साथीहरूलाई पठाएर लाइभबाट आत्महत्या गर्ने भन्ने, फसाउने उद्देश्यले पीडित चरित्रहत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो। उनीमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान अघि बढाएको छ। थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको जनाएको छ।
काठमाडौं : थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ७०१ नमूना परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट १८५ र एन्टीजेनबाट ५१६ नमुना परीक्षण गर्दा पीसीआरबाट ३७ र एन्टिजेनबाट १ को रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा १४ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १९४ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।
बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ। तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर, बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल संघ, रेबान तनहुँको संयुक्त आयोजनामा आगामी चैत ३० गतेदेखि सुरू हुने महोत्सव अगामी वैशाख २ गतेसम्म जारी रहने छ। बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले 'सडकमा खाऔँ, सडकमै रमाऔँ, आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गरौँ' भन्ने मूल नारासहित सडक खाना महोत्सव आयोजना गर्न लागिएको बताए। 'बन्दीपुरको पर्यटन विस्तारै लयमा फर्किँदैछ, नयाँ वर्षमा आयोजना गरिने सडक खाना महोत्सवले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिएका छौँ', उनले भने। सडक खाना महोत्सवका दिन बजारमा रहेका होटल अगाडि नै बसेर पर्यटकले खान पाउनेछन्। 'साथै तीन दिनसम्म नै विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ, विभिन्न जातजातिका संस्कृति प्रदर्शन गरिनेछ,' अध्यक्ष प्रधानले भने। नयाँ वर्षमा जिल्लाका युवायुवती पोखरा, चितवन जाने गरेकाले आफ्नै जिल्लाभित्र रमाउने वातावरण सिर्जना गर्न महोत्सव आयोजना गरिएको र यसले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए। बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स, जर्मनबाट विदेशी पर्यटक आउने गरेका छन्। विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको होटल व्यवसायी वैश गुरुङले जानकारी दिए। सदरमुकाम दमौलीबाट १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ। जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ। प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरीलगायतका हिमशृंखला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्छ। बन्दीपुरमा होटल संघसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन्। बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डइन, बन्दीपुर माउन्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालन छन्।
काठमाडौं: सन् २०२३ को मार्च महिनामा नेपालमा झन्डै एक लाख पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार मार्च महिनामा कुल ९९ हजार चार सय २६ जना पर्यटक भित्रिएका हुन्। यो संख्या अघिल्लो महिनाको तुलनामा २६ हजार एक सय ७१ जनाले बढी हो। गत फेब्रुअरीमा ७३ हजार दुई सय ५५ जना पर्यटक भित्रिएका थिए। सन् २०२३ को मार्च महिनामा सबैभन्दा धेरै भारतीय पर्यटक भित्रिएका छन्। मार्चमा २५ हजार नौ सय ११ जना भारतीय पर्यटक नेपाल भित्रिएका छन्। त्यस्तै, अमेरिकाबाट ९ हजार पाँच सय ५७, बेलायतबाट ६ हजार एक सय ३३, जर्मनीबाट चार हजार एक सय ४९ र श्रीलंकाबाट तीन हजार आठ सय ९८ जना पर्यटक भित्रिएका छन्। नेपाल घुम्न आउनेमध्ये सबैभन्दा धेरै ३३.६ प्रतिशत सार्क मुलुकका पर्यटक छन्। युरोपेली राष्ट्रहरूबाट २३.४ प्रतिशत र अमेरिकी मुलुकबाट ११.३ प्रतिशत पर्यटक भित्रिएका छन्। सन् २०२३ को सुरुआतिदेखिको तथ्यांक हेर्दा पर्यटक भित्रने संख्या मासिक रूपमा बढ्दै छ। फेब्रुअरीको तुलनामा जनवरीमा नेपाल भित्रने पर्यटक संख्या कम थियो। जनवरीमा जम्मा ५५ हजार ७४ जना पर्यटक नेपाल घुम्न आएका थिए। यस हिसाबमा पछिल्लो समय पर्यटक आगमको संख्यामा सुधार हुँदै गएको देखिन्छ।
काठमाडौं: साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचकमा गिरावट आएको छ। आइतबार नेप्से परिसूचक २० अंकले घटेर १८८८.५५ बिन्दुमा ओरालो लागेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.७२ अंक घटेको छ भन फ्लोट इण्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोेट इण्डेक्स १.३३ अंक घटेको छ। आइतबार कारोबारमा आएका २६० कम्पनीको ३७ लाख ८७ हजार २४१ कित्ता शेयर १ अर्ब २० करोड ७१ लाख २२ हजार ६०० बराबरको शेयर कारोबार भएको छ। गत बिहीबारको तुलनामा शेयर कारोबार रकम बढेको छ। नेप्सेका १३ उपसमूहमध्येसबै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक २.५८ प्रतिशत घटेको छ। त्यस्तै, लगानी, जलविद्युत, वित्त, विकास बैंक लघुवित्त र बैंकिङ उपसमूहको परिसूचक एक प्रतिशतभन्दा बढी घटेको छ। आइतबार नेप्से परिसूचकमा गिरावट आए पनि कालिञ्चोक दर्शन कम्पनीको शेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड १ को इकाई मूल्य ६.१० प्रतिशत बढेको छ। तर यता स्वाभिमान लघुवित्तको शेयर मूल्य ९.६१ प्रतिशत घटेको छ। आइतबार कारोबारमा एनआईसी एशिया बैंकको ५ करोड ५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचनका लागि तीनवटै क्षेत्रका लागि उम्मेदवारको टु्ंगो लगाएको छ। राप्रपाको आज बसेको संसदीय समितिको बैठकले तनहुँमा शोभा गुरू,बारामा सोनेलाल शाह र चितवनमा जीवन पुरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि सत्ता गठबन्धनबाट जसपाले उपेन्द्र यादव,रास्वपाले रमेश खरेललाई उम्मेदवार बनाउने निर्णय गरेका छन्।

