प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको छ ।   आइतबार बिहान ११ बजे सिंहदरबारस्थित निर्मा...

कपिलवस्तु : कपिलवस्तुको बुद्धभूमी नगरपालिका-९ चम्पापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।    मृत्यु हुनेमा कपिलवस्तुकै विजयनगर गाउँपालिका-४ त्रिपालनगरका २९ वर्षीय बाबुराम कुवँर रहेका छन्। दुर्घटनाबाट गम्भीर घाइते भएका कुँवरको उपचारका क्रममा बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल गएराति पौने १२ बजे मृत्यु भएको हो।    घाइते भएका दाङको घोराही उपमहानगपालिका-१ रामपुरका ३० वर्षीय बल देव पौडेल र विजयनगर गाउँपालिका-४ का ३५ वर्षीय राज मगरको भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ।    बिग्रिएर सडकमा रोकी राखेको ग १ ख ३८३५ नम्बरको मिनिट्रकको पछाडि तीन जना सवार रहको रा ३ प ७६ ७० नम्बरको मोटरसाइकल गएराति साढे १० बजे ठोकिँएको थियो। 

काठमाडौं: उपसचिवसहित तीनजनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको  छ।   अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्लाहीको लालबन्दी नगरपालिकाको शिक्षा शाखा प्रमुख (उपसचिव) बासुदेव तिमल्सिना, रामअवतार जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद बराल र श्री केश्वर गरिब जनता माध्यमिक विद्यालयका शिक्षक पाँचु रायविरूद्ध  विशेष अदातलमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।   उजुरीका आधारमा छानविन गर्दा उपसचिव तिमल्सिना,प्राधानाध्यापक बराल शिक्षक रायले नेपाल सरकारलाई हानीनोक्सानी पुर्‍याएर भ्रष्टाचार गरेको पाइएकाले उनीहरूविरूद्ध  आइतबार विशेष अदालत काठमाडौं भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।   तीनैजनाले शिक्षक पाँचु रायलाई  केश्वर गरिब जनता माध्यमिक विद्यालयको शिक्षक अनुदान कोटामा सरूवा गर्न चलखेल गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।

काठमाडौंः सांसद् प्रदिप पौडेलले हवाई क्षेत्रमा देखिएका समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।   संसद्को शून्य समयमा बोल्दै सांसद् पौडेलले हवाई सुरक्षाको विषयलाई प्रत्येक देशले उच्च प्राथमिकताका साथ लिएपनि नेपालले गम्भिरतापूर्वक नलिएको बताए।   पौडेलले भने, ‘पछिल्ला रिपोर्टले प्रष्ट भन्छन्, नेपालमा हवाई दुर्घटनाको पछाडि इन्जीनले काम नगरेका जस्ता यान्त्रीक कारण भन्दापनि व्यवस्थापकीय पक्षमा चुक्दा बढि दुर्घटनाहरू हुन्छन् । तर, सम्बन्धीत निकाय यो विषयमा बेखबर जस्तै छ । हवाई सुरक्षाको विषयलाई प्रत्येक मुलुकले उच्च प्राथमिकताका साथ लिन्छन् । तर, हाम्रो मुलुकले गम्भिरतापूर्वक लिदैन ।’   पछिल्लो समय हवाई क्षेत्रमा अत्यन्तै गम्भीर त्रुटि देखिइरहेको उनको भनाइ छ। पौडेलले भने,‘यसै त नेपालको हवाई क्षेत्र गम्भीर सुरक्षा चासोको सूचीबाट हटेको छैन । त्यसमाथि यति धेरै लापरबाही गर्दा भएको गरिमा पनि गुम्न पुग्छ । त्यसैले हवाई क्षेत्रमा देखिएका समस्या सम्बोधनमा सरकार गम्भीर बनोस् । उचित व्यवस्थापनका लागि समाधान खोजियोस् । ’   पौडेलले कुनै जहाजको पांग्रा खुस्किनु पर्ने अवस्था रहेको र  उडान नियमित नभएर यात्रुहरु अलपत्र बन्नुपर्ने स्थिती रहेको बताए । पौडेलले भने,‘ हिजो मात्रै नेपाल वायु सेवा निगमको विमान दुवईबाट काठमाडौं उड्नै लाग्दा कोपाइलटलाई पखाला चलेपछि १४३ यात्रु अलपत्र परे ।’

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।   अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाले जारी प्रेस विज्ञप्तिमा भनिएको छ,'स्वास्थ्य  अवस्था असहजता भइ अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।'   स्वास्थ्यमा असहजता भएपछि राष्ट्रपति शनिबार अस्पताल भर्ना भएका थिए।   राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा,उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का आज बिहान अस्पताल पुगेका छन्। 

काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनरत मिटरब्याज पीडितलाई माग सम्बोधन हुने आश्वासन दिएका  छन्।   आइतबार बिहान  अनामनगरस्थित तमु बौद्ध गुम्बा हलमा आन्दोलनरत उनीहरूलाई भेट्न पुगेका गृहमन्त्री श्रेष्ठले सरकारले सहमति जनाइसकेकाले समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे।   गृहमन्त्रीले भने,'तपाईंहरूका मागमा सरकार सहमति जनाइसकेको अवस्‍था छ। तपाईंहरू ढुक्क भएर घर फर्किनुहोस्।' माग पूरा गर्ने सन्दर्भमा सहमतिअनुसार लाग्नुपर्ने न्यूनतम समयभन्दा धेरै समय लाग्दैन ।'   उनीहरुको स्वास्थ्य परीक्षण समेत गरिएको छ । वीर अस्पतालको टोलीले पीडितहरु आश्रय लिइरहेकै स्थान गुम्बा हलमा पुगी परीक्षण गरेको हो ।    यसअघि मिटरब्याज पीडित र सरकारबीच शनिबार बेलुका पाँच बुँदे सहमति भएको छ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान बालुवाटारमा पीडितसँग छलफल गरेपछि साँझ सहमतिपत्रमा हस्ताक्षर गरिएको हो। मन्त्रिपरिषद्बाट छानबिन आयोग गठन भएपछि मात्रै मिटरब्याजविरुद्धको आन्दोलन फिर्ता लिने सहमति भएको छ।    मिटरब्याज पीडितका नियमित रूपमा आउने उजुरी/गुनासोलाई सम्बोधनका लागि जिल्ला जिल्लामा समन्वय तथा सहजीकरण समिति गठन गर्ने सहमति भएको छ। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्थित नेपाल प्रहरी, सरकारी वकिल, मालपोत, नापी कार्यालयका प्रमुख, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र मिटरब्याज पीडितको प्रतिनिधिसमेत रहने गरी जिल्लास्तरीय समन्वय/सहजीकरण समिति गठन गर्न सरकार समक्ष सिफारिस गर्ने सहमति भएको छ।   यो समितिले गठन हुने आयोगका कामलाई सहयोग र सहजीकरण गर्नेछ। 

एक साताअघि तनहुँको म्याग्दे गाउँपालिकास्थित पिपलटार खानेपानी ट्यांकीमा ४४ वर्षीया शान्ती श्रेष्ठको शव भेटिएको थियो ।    धादिङ्ग गंगाजमुना गाउँपालिकाकी श्रेष्ठ पोखराको अमरसिंहचोकमा बस्दै आएकी थिइन् । श्रेष्ठको हत्या आरोपमा प्रहरीले  काभ्रे स्थायी घर भई पोखरामै बस्दै आएका चित्र भनिने प्रकाश सुनारलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।    तनहुँ प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानकैक्रममा सुनारले हत्या गरेको स्वीकारेको बताएको छ ।    श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका सुनारले यसअपघि पनि एक महिलाको हत्या गरेको प्रहरीले जनाएको छ । तनहुँ प्रहरीका निरीक्षक भानु शर्माले दिएको जानकारी अनुसार सुनारले यसअघि एक महिलाको हत्या गरेको र सजाय भुक्तान गरी निस्केका हुन् ।    सुनारको विषयमा अहिले नै पूर्ण जानकारी दिन नमिल्ने प्रहरी निरीक्षक शर्माले बताए । यद्यपि, सुनारको थप जानकारी लिने क्रममा उनले १२ वर्ष अघि (०६७ सालमा) एक महिलाको हत्या गरेकाे पाइएकाे छ।    हत्या प्रमाणित भएपछि २० वर्ष सजाय सुनाइएपनि असल आचरणकाकारण १० वर्ष सजाय छूट पाएका थिए । प्राप्त सूचना अनुसार कत्र्तव्य ज्यान मुद्दामा मकवानपुर जिल्ला अदालतले उनलाई २० वर्षको जेल सजाय सुनाएको थियो ।   सुनार ०७८ फागुन ७ गते गणतन्त्र दिवसका दिन भिमफेदी कारागारबाट छुटेका  थिए ।  

पोखरा । भारतीय दूतावास, भारतीय पेन्सन क्याम्प रामबजार पोखराको आयोजनामा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि  ५/३ जिआरले उचालेको छ । भारतिय पेन्सन क्याम्पमा आयोजित उपाधि भिडन्तमा ३/९ जिआरलाई ३–१ सेटले पराजितगर्दै उपाधि उचालेको हो । उपाधि संगै ५/३ जिआरले नगद ४० हजार प्राप्त गरेको छ भने उपविजेता बनेको  ३/९ जिआरले नगद २५ हजार, शिल्ड, मेलड र प्रमाणपत्र प्राप्त गरेको छ । सम्पन्न फाइनल खेलमा पहिलो सेट २५–२३ ले जितेको भएपनि दोश्रो सेटमा ३÷९ जिआरले २३–२५ ले जित्दै खेलमा फर्कियो । तेश्रो र चौथो सेट २५–१८ र २५–ले जित्दै उपाधि जितेको छ । विजेता टिम तथा खेलाडीहरुलाई भारतिय पेन्सन क्याम्पका प्रमुख ले.कर्नल प्रशान्त सिंह बघेलले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजकको रुपमा नेपाल एसबिआई बैंक तथा दोस्रो पुरस्कारको प्रायोजनको रुपमा ऐभरेष्ट बैंक रहेको थियो । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । 

पोखरा: “जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा” मूलमन्त्रका साथ हरेक महिनाको तेस्रो शनिवार गजलसन्ध्या र नवनीत साहित्य सागरले संचालन गर्दै आइरहेको यात्रा साहित्यिक कार्यक्रम “अक्षरयात्रा” को १९७ औं श्रृङ्खला स्रष्ठा समाज पुम्दीभुम्दीको स्थानीय व्यवस्थापनमा पोखराको छोरेपाटन र पुम्दीभुम्दीको सीमानामा पर्ने धार्मिकस्थल दुर्गा मन्दिरमा सम्पन्न भयो । उक्त कार्यक्रम पुम्दीभुम्दी क्षेत्रमा बस्ने साहित्यप्रेमीहरुलाई समेटेर स्थापना गरिएको साहित्यिक संस्था स्रष्ठा समाजका अध्यक्ष गोविन्दप्रसाद बरालले स्वागत गर्दै आँफुहरु साहित्यप्रति सानैदेखि अनुरक्त रहेको, तर पेशागत कारणले समयमा साहित्य सिर्जनामा समाहित हुन नसकेतापनि अवकाशपछि संस्था गठन गरेर भाषा तथा साहित्यको सेवामा लागेको र दुई दशकदेखि तत्स्थानमा साहित्य सिर्जना गरी वाचन गर्ने पाको कार्यक्रम अक्षरयात्रामा सहभागी भै स्वागत गर्न पाउँदा खुशी लागेको बताउँदै काव्य वाचन गरी कार्यक्रम सुरु गर्नुभयो । सो अवसरमा अक्षरयात्राका परिकल्पनाकार मध्येका एक परिकल्पनाकार लक्ष्मण थापाले दुईहजार बैसठ्ठी सालदेखि सन्चालित यो कार्यक्रमले पोखरा ओरिपरी मात्र नभै लम्जुँग, तनहुँ, पाल्पा, स्याँग्जा र पर्वतका बिभिन्न प्रशिद्ध पर्यटकीय ठाउँहरुमा आवश्यकता अनुसार एक दिवसीय र दुई दिवसीय यात्रा गरेको छ । कार्यक्रमसंग नेपालका प्रायः सबै साहित्यकारहरु कुनै न कुनै कालखण्डमा जोडिएका जानकारी दिंदै पोखराकै सेरोफेरोमा रहेको साहित्यिक संस्थासंग सहकार्य गर्न पाएकोमा सन्तोष लागेको कुरा बताउँनु भयो । कार्यक्रममा प्रसिद्ध साहित्यकार, नेपाली लेखक संघ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारी, नन्दप्रसाद सुवेदी, ध्रुव विपश्वी, गुरुप्रसाद बराल, लाल कार्की अन्जान, गुरुप्रसाद बराल, संदीप अधिकारी, हरीप्रसाद बराल,  माधव खतिवडा र वसन्त विनोद लगाएत साहित्यकारहरुले तत्स्थानीय सिर्जना वाचन गरेका थिए । कार्यक्रमको परम्परा अनुसार स्थानीय व्यवस्थापन गर्ने संस्था स्रष्ठा समाजका अध्यक्ष गोविन्दप्रसाद बराल र गजलसन्ध्याका अध्यक्ष वसन्त विनोदको संयुक्त सभापतित्वमा संचालित भएको थियो भनें कार्यक्रमको संचालन गजलसन्ध्याका सहसचिव माधव खतिवडाले गर्नुभएको थियो ।

पोखरा:  ११ औं  संस्करणको राष्ट्रिय हेम्जा आलु महोत्सव नजिकै  आइपुग्दा पोखरा महानगरपालिका वडा न. २५ हेम्जा​मा सरसफाई गरिएको छ । ११ औं  संस्करणको महोत्सव नजिकिदै गर्दा आलु महोत्सव आयोजक बिष्णु पादुका क्लबको आयोजनामा हेम्जाको तिब्बतीयन क्याम्पदेखि साझाचोक हुदै  चाक्लेकुलासम्म रहेको फोहोर मैला संकलन गरि सरसफाई गरिएको हो । उक्त अवसरमा बिष्णु पादुका क्लबका पदाधिकारीहरु तथा हेम्जामा रहेका विभिन्न संघ सस्था, आमा समुह, युवा क्लब तथा स्थानियहरुले सहभागीता जनाएको ११ औं राष्ट्रिय हेमजा आलु महोत्सवका महासचिव बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । सरसफाइ कार्यक्रममा संकलन फोहोरलाई बोरामा राखी महानगरको फोहोर संकलन गर्ने सवारीमार्फत ब्यवस्थापन गरिएको महासचिव श्रेष्ठले बताउनुभयो । विगतका वर्षहरुमा पनि हेम्जा आलु महोत्सवमा महोत्सव स्थल परिसर र आसपासका टोलहरुमा सरसफाइ गरिदै आएको र सरसफाइ कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने हेम्जा आलु महोत्सव मुल आयोजक समारोह समितिका संयोजक तथा बिष्णु पादुका क्लवका अध्यक्ष सुबिन श्रेष्ठले बताउनुभयो । बिष्णु पादुका क्लब पोखरा २५ हेम्जाको आयोजनामा यही चैतको २६ गतेदेखि बैशाख ३ गतेसम्म बिष्णु पादुका खेल मैदानमा ११ औं राष्ट्रिय हेम्जा आलु महोत्सव हुदैछ ।