पोखरा:  तमु समुदायको एतिहासिक, मौलिक साँस्कृतिक ट्होटें पर्व तमु धिं नेपालको आयोजनामा चैत्रको अन्तिम मंगलबार मनाएको छ।   उधौलीट्होटें पोखराको पुरानो एयरपोर्ट मेयर हर्क गुरुङ चोकबाट प्रकृत...

काठमाडौं : आसिफ खानको आक्रमक अविजित शतकप्रेरित यूएईले आईसीसी विश्वकप लिग २ को शीर्ष तीनमा रहँदै विश्वकपको ग्लोबल छनोटमा पुग्न तीन सय ११ रनको लक्ष्य लक्ष्य दिएको छ।   त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले ६ विकेट गुमाएर तीन सय १० रनको योगफल तयार गर्यो।   यूएईका लागि छैटौं नम्बरमा क्रिजमा उत्रिएका आसिफले ४१ बलमा चार चोका र ११ छक्कासहित आक्रमक शतक बनाएर अविजित रहे। आसिफसँग छैटौं विकेटका लागि एक सय ३५ रनको साझेदारी गरेका वृत्या अरविन्दले एक सय ३८ बलमा आठ चौका र दुई छक्कासहित ९४ रनको इनिङ खेले।   त्यसअघि कप्तान मुहम्मद वासिम ४९ बलमा दुई चौका र ६ छक्कासहित ६३ रनको अर्धशतकीय इनिङ खेलेर पभिलियन फर्केका थिए। त्यसबाहेक यूएईका अन्य ब्याटरले उल्लेख्य संख्यामा रन बनाउन सकेनन्।   नेपालका लागि दीपेन्द्रसिं ऐरीले आठ ओभरमा १९ रन खर्चेर दुई मेडनसहित दुई विकेट लिए। यस्तै, ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले एक–एक विकट लिए।   सन्दीपले १० ओभरमा ८०, सोमपाल कामीले ९ ओभरमा ७४ र गुल्शन झाले ६३ रन खर्चेका थिए।   आजको खेलमा जित निकाले नेपालले लिग २ को शीर्ष तीन रहँदै जुनमा जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ। नेपालले शीर्ष चारमा रहँदै एकदिवसीय मान्यता जोगाइसकेको छ।

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सरेका छन्।   उनी आज दिउँसो १ बजे उपराष्ट्रपति भवनबाट चन्द्रागिरी नगरपालिका वडा नं. १ दहचोकस्थित निजी निवासमा सरेको उनका प्रेस संयोजक मनोज घर्तीमगरले बताए।   उपराष्ट्रपति निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि उपराष्ट्रपति निजी निवासमा सरेको उनले बताए।   शुक्रबार उपराष्ट्रपतिको निर्वाचन हुँदैछ। 

दमक:  दमकमा नक्कली नोट र लागूऔषध कारोबार गर्दै आएका दाजुभाइलाई प्रहरीले पक्राउ गरेको छ ।    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड–४ मेघाबारीबाट एकै परिवारका दुईलाई नक्कली नेपाली  र विदेशी नोटसहित पक्राउ गरेको छ ।   प्रहरीलाई प्राप्त सूचनाका आधारमा बुधबार साँझ खानतलासी गर्दा नेपाली एक हजार दरका काटिएका ६० थान, नकाटिएका २८ थान, पाँच सय दरका दुई थान र अष्ट्रेलियन एक सय दरका तीन थान नक्कली नोटसहित स्थानीय सुवास ताजपुरिया र १९ वर्षीय  प्रवीण ताजपुरियालाई प्रहरीले पक्राउ गरेको हो । दाजुभाइ मिलेर आफ्नै घरैबाट नक्कली नोटको कारोबार गर्दै आएको र उनीहरुलाई घरबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।   जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार प्रतिबन्धित लागूऔषध, सक्कली नेपाली तीन हजार रुपियाँ, मोबाइल चार थान र एकथान मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

काठमाडौं: बिहीबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।   आज छापावल सुनको मूल्य एक लाख ६ हजार ७ सय रुपैयाँ तोकिएको छ ।   तेजावी सुनको मूल्य एक लाख ६ हजार २ सय रुपैयाँ छ भने चाँदीको मूल्य प्रतितोला १३ सय ५ रुपैयाँ कायम भएको छ ।   बुधबार छापावल सुन एक लाख ५ हजार ७ सय र चाँदी १३ सय रुपैयाँमा खरिद विक्री भएको थियो ।

तनहुँ:  तनहुँमा डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन् । यसवर्ष वनमा आगलागीका घटना नभइसकेपनि सचेतना अपनाउन आवश्यक रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्ले बताए । “आगलागीको मौसम सुरु भइसकेको छ, जिल्लामा अहिलेसम्म आगलागीका घटना नभइसके पनि जोखिम रहेकाले सचेत हुनुपर्छ,” उनले भने । वन डढेलो हामी सबैको साझा चुनौती भएकाले सबै मिलेर यसको सामना गर्नुपर्नेमा उनको भनाइ छ ।    वन डढेलो लागेको देखेमा निभाउने कार्य गरी जिम्मेवारी नागरिकको भूमिका खेल्न वन कार्यालयले आग्रह गरेको छ । वन डढेलोले कम्तीमा दश प्रतिशत तापक्रम बढाउने बताइएको छ । वनमा डढेलो लगाउने कार्य गम्भीर अपराध मानी फौजदारी कसुरमा राखिएको छ । कार्यालयले जिल्लाका आठवटै सव डिभिजनलाई वन डढेलो सचेतना कार्यक्रम सञ्चालन गर्न परिपत्र गरेको छ ।    सप्ताहव्यापी रुपमा वन कार्यालयको कार्यक्षेत्रमा रहेका सामुदायिक वन समूहसँग समन्वय गरी चेतनामूलक कार्यक्रम र सडक किनारमा रहेका सामुदायिक वनको पात पतिङ्गर सरसफाइ गरी नियन्त्रित आगो लगायतका अन्य वन डढेलो नियन्त्रणका कार्यक्रम सञ्चालन गरिनेछ । डढेलो लाग्ने १८ जिल्लामध्ये तनहुँ पनि उच्च जोखिममा पर्दछ । डढेलोको जोखिम कम गर्न कार्यालयले सचेतनामूलक कार्यक्रमलाई पनि सँगसँगै अगाडि बढाएको छ ।   वन डढेलो नियन्त्रण वन कार्यालयले मात्रै गर्न नसक्ने भएकाले सरोकारवालाको पनि यसमा उत्तिकै भूमिका आवश्यक रहेको काफ्लेले बताए । ‘डढेलो नियन्त्रणका लागि उपभोक्ता समूह, सामुदायिक वन उपभोक्ता महासङ्घ लगायतलाई आग्रह गरेका छौँ’ उनले भने, ‘सर्वसाधारणले घर नजिकैको पातपतिङ्गर सफा गर्न डढेलो लगाइदिने र सोही डढेलो वन क्षेत्रमा सल्किने गरेको छ ।   वनजङ्गलमा डढेलो लगाउनेलाई कानुनी कारबाही हुने भएकाले त्यसबारेमा सर्वसाधारणलाई सचेत गराउन जरुरी रहेका कार्यालय काफ्लेले बताउनुभयो । वन ऐन २०७३ बमोजिम डढेलो लगाउनेलई तीन वर्षसम्म कैद र रु ६० हजारसम्म जरिवाना हुने व्यवस्था छ । जिल्लाको ८२ हजार पाँच सय ४९ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । जिल्लाका दश  स्थानीय तहमा ६ सय १६ सामुदायिक वन, चार सय ८५ कबुलियती वन, ६ धार्मिक वन रहेका छन् । 

सुदूरपश्चिम प्रदेशमा पुनः कोरोना संक्रमित भेटिएका छन् ।    प्रदेशको स्वास्थ्य निर्देशनालय, दिपायलले सुनगाभा न्यूजलाई दिएको जानकारी अनुसार बुधबार ६ जनामा संक्रमण देखिएको हो । कञ्चनपुरको गौरिफन्टास्थित त्रीनगर नाकामा गरिएको एन्टीजेन परीक्षणमा भारतबाट प्रवेश गर्ने क्रममा ६ जना नेपालीमा कोरोना संक्रमण पाइएको छ ।    निर्देशनालयका सूचना अधिकारी ओमप्रकाश जोशीले टेलिफोनमा दिएको जानकारी अनुसार संक्रमित ६ मध्ये तीनजना कैलाली, १ बझाङ्, १ कञ्चनपुर र १ कालिकोटका रहेका छन् ।      संक्रमितलाई काउन्सिलिङ्पछि घरमै सुरक्षित बस्न भनिएको छ । ‘नेपाल–भारत नाकाको त्रीनगर पोस्टमा संक्रमित भेटिएका हुन्’ जोशीले भने ‘काउन्सिलिङ्पछि होम आइसोलेशनमा बस्न भनेका छौं ।’   जोशीले जनाएअनुसार एक साता अघि पनि ४ जनामा कोरोना संक्रमण भेटिएको थियो ।       संक्रमितहरु भारतमा काम गरी नेपाल फर्किएका हुन् ।   

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपालविरुद्ध अर्धशतक बनाएका यूएईका कप्तान मुहम्मद वासिम अर्धशतक बनाएर पभिलियन फर्केका छन्।   यूएईका त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालका यूएईका लागि ओपनिङमा आएका वासिमले ४३ बलमा दुई चौका र पाँच छक्कासहित ५० रन पूरा गरेका थिए। दोस्रो विकेटका वृत्या अरविन्दसँग लागि ९२ रनको साझेदारी गर्दै वासिम ४९ बलमा ६३ रन जोडेर पेभेलियन फर्के।   नेपालका लागि १७ औं ओभर बलिङ गरेका सन्दीप लामिछानेले वासिमलाई एलबीडब्लूको शिकार बनाएका हुन्। यो विकेटसँगै सन्दीप एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडीको कीर्तिमान नजिक पुगेका छन्।   अब एक विकेट लिए सन्दीपले अफगानिस्ताका रसिद खानको ४४ खेलको कीर्तिमान तोड्ने छन्। सन्दीपको यो ४१औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल हो।   नेपालका लागि ललित राजवंशीले एक विकेट लिएका छन्। यूएईका लागि यूएईका वृत्या अरविन्द २० रन बनाएर खेलिरहेका छन्। यस्तै, सिपी रिजवानले पनि क्रिजमा उत्रिएर दुई रन जोडेका छन्।   नेपालका लागि ओपनिङ बलिङ गरेका ललित पहिलो ओभरमा विकेट लिन सफल भएका थिएनन्। तर, तेस्रो ओभरमा फेरि फर्किएका ललितले यूएईका ओपनर आर्याना लाक्रालाई ६ रनमा पेभेलियन फर्काएका हुन्।   यूएईले १७ ओभरमा सकिँदा दुई विकेट गुमाएर एक सय एक रन बनाएको छ।   आजको खेलमा जित निकाले नेपालले लिग २ को शीर्ष तीन रहँदै जुनमा जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ। नेपालले शीर्ष चारमा रहँदै एकदिवसीय मान्यता जोगाइसकेको छ।

पोखरा:  क्रिकेट एसोसियशन अफ नेपाल (क्यान) ले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपाल र युएकईबीच हुने खेलका लागि सबै टिकट विक्री भइसकेको जानकारी दिएको छ ।   क्यानले आधिकारिक फेसबुक पेजमा सुचना जारी गर्दै आज (बिहीबार) हुने खेलको सबै टिकट विक्री भइसकेको जनाउदै नेपाली टिमलाई घरघरबाटै साथ दिन आग्रह गरेको छ । साथै क्यानले ३० हजार बढी दर्शक ग्राउण्डमा पुगिसकेकोसमेत जनाएको छ  ।   टियु क्रिकेट मैदानमा यतिबेला युएईविरुद्ध नेपालले टस हार्दै नेपालले फिल्डिङ गर्नेछ ।   

पाेखरा:  स्ववियु निर्वाचनका उम्मेदवारहरुले आज (बिहीबार) मध्यरातिसम्म प्रचार प्रसार गर्न पाउने छन्। आगामी ५ गते हुने निर्वाचनका  लागि आज मध्यरातदेखि प्रचार प्रसारको समयावधि समाप्त हुने छ ।   मध्यराती १२ बजेपछि मौन अवधि सुरु हुने भएकाले कुनै पनि माध्यमबाट भोट माग्न वा प्रचार गर्न पाइँदैन ।   आगामी ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुनेछ ।    हालसम्म कतिपय क्याम्पसमा विवादका कारण निर्वाचन अनिश्चित छ भने केही क्याम्पसहरुमा निर्विरोध नेतृत्व चयन भइसकेका छन् ।   अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन् ।