पोखरा ।    गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिका विषयक नीति संवाद कार्यक्रम सम्पन्न गरेको छ ।   प्रतिष्ठानको सातौं स्थापना दिवस...

काठमाडौंः  आन्तरिक तथा बाह्य पर्यटकहरुलाई थप आर्कषण र सेवासुविधासहित प्याराडाइज विला बुटीक होटलले बुढानिलकण्ठबाट सेवा दिईरहेको छ ।  काठमाडौंको बुढानिलकण्ठबाट सेवा दिईरहेको प्याराडाइज विला बुटीक होटलबाट बिहानको सुर्योदयसँगै काठमाडौंको अवलोकन गर्न सकिने सञ्जालक बद्री महतले जानकारी दिए ।  ‘आन्तरिक तथा बाह्य पर्यटकहरु शहर भन्दा बाहिर रमाउन थालिसकेका छन्, उनीहरुलाई नै मध्यनजर गर्दै सुर्योदय र काठमाडौंको अवलोकन गर्न मिल्ने गरी होटल सञ्चालन गरेका छौं’ सञ्चालक महतले भने ।  सञ्चालक महत अनुसार ५ हजार देखि १५ हजारसम्मको कोठा होटलमा भएको बताए । ‘बुटीक होटलमा २० वटा कोठाहरु रहेका छन्, उनले भने, ‘ ५ हजार देखि १५ हजारसम्मको कोठा होटलमा उपलब्ध छन्, अर्गानिकसँगै नेपाली खानाको स्वाद पाहुनालाई खुवाउन सफल भएका छौं ।    एनआरएन जापानका कोषाध्यक्ष समेत रहेका सञ्चालक दीपक सुनारले वैदेशिक रोजगारी भएको आम्दानीलाई स्वदेशमा लगानी गरेको बताए ।  ‘वैदेशिक रोजगारीमा भएको आम्दानीलाई स्वदेशमा नै लगानी गरेका छौं, उनले भने, ‘स्वदेशमा नै लगानी गर्दा स्वदेशमा नै रोजगारी समेत सिर्जना भएको छ ।’ विभिन्न पेशा व्यवसायमा अग्रसर भईरहेका बद्री महत, दीपक सुनार ईश्वर सापकोटा र चन्द्रप्रसाद हुमागाइको सयुुक्त लगानीमा प्याराडाइज विला बुटीक होटल सञ्चालनमा आएको हो ।   

काठमाडौं:   काठमाडौं महानगरपालिकाले कुकुर र बिरालोलाई खोप लगाउने तथा बन्ध्याकरण गर्ने तयारी थालेको छ।  महानगरले आफ्नो कार्य क्षेत्रभित्रका कुकुरलाई खोप लगाउने र  बन्ध्याकरण गर्ने तयारी थालेको हो।  यो कामका लागि महानगरपालिकाले इच्छुक संघसंस्थालाई आह्वान गरेको छ। पुस १३ गते सार्वजनिक सूचना जारी गर्दै आर्थिक वर्ष २०७९र०८० का लागि काम गर्न इच्छुक संघ संस्थालाई ७ दिनभित्र खाद्य गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखामा सम्पर्क गर्न भनिएको छ। बन्ध्याकरण र खोप भ्याक्सिनको दर २ हजार ५ सय रुपैयाँ प्रति गोटा र खोप भ्याक्सिनको मात्र २ सय रुपैयाँ प्रति गोटा रहेको सूचनामा उल्लेख छ। इच्छुकले सेल्टर र बन्ध्याकरण गर्ने कक्ष भएको प्रमाण कागज तथा सम्झौता भए त्यसको प्रतिलिपि, साधन तथा उपकरणको विवरण, संघ संस्था दर्ता तथा नवीकरण भएको प्रमाण पत्र, विधानको प्रतिलिपि, काठमाडौं महानगरपालिकाको मौजुदा सूचीमा सूचीकृत भएको पत्र, संस्थाले अहिलेसम्म कुकुर र बिरालोको भाले पोथी दुवैको बन्ध्याकरण गरेको संख्या लगायत विवरण र कार्ययोजनासहितको प्रस्ताव बुझाउनुपर्नेछ।  संस्थामा अनुभवी पशु चिकित्सक भएको प्रमाण पत्र, पशु ओसार पसार गर्न प्रयोग हुने सवारी साधनको ब्लुबुक र भाडाको भए सम्झौताको प्रतिलिपि, कुकुर बिरालो समात्ने जनशक्ति तथा बन्ध्याकरण गर्ने जनशक्तिको अनुभव पेश गर्नुपर्ने छ। यस्तै संस्थाले बन्ध्याकरण तथा खोप कार्यका लागि कति योगदान गर्न सक्छ, यस सम्बन्धी प्रतिवद्धता प्रस्तावका साथमा पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।  यसअघि ह्युमन सोसाइटी इन्टरनेशनल र द जेन गुडल इन्ष्टिच्युटको सहकार्यमा ुमनुमित्रु कार्यक्रम सञ्चालन भइरहेको छ। अहिले सामुदायिक कुकुरहरु खाना नपाएर कुपोषित भएको, छालाजन्य रोगले ग्रस्त भएको, दुर्घटनाबाट अंगभंग भएका जस्ता समस्यामा छन्। उनीहरु बेला बेलामा मानिस र सवारी साधनप्रति आक्रामक बन्दा मानिस दुर्घटनाको जोखिममा छन्। कुकुरको टोकाइपछि रेविजविरुद्धको खोप लगाउन जानु पर्ने अवस्थाले अस्पतालहरुमा चाप बढ्ने गरेको छ।  काठमाडौंमा मात्रै २२ हजार भुस्याहा (सामुदायिक) र झन्डै ५० हजार घरपालुवा कुकुर छन्। काठमाडौं महानगरपालिकाले २०७८र७९ मा बन्ध्याकरण गर्न र खोप लगाउन डेढ करोड बजेट विनियोजन गरेको थियो। नेपालमा कुकुरले टोकेर २०७६र७७ मा ५२ हजार ६१० जना रेबिजविरुद्ध खोप लगाउन अस्पताल पुगेका छन्।

पोखराः   पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपमा संकटा क्लब सेमिफाइनल प्रवेश गरेको छ ।  सहारा क्लब पोखराले आयोजना गरेको २२ औं आहा ! रारा पोखरा गोल्डकपमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै संकटा क्लब सेमिफाइनल प्रवेश गरेको हो ।   आज (सोमबार) पोखरा रंगशालामा भएको क्वार्टरफाइनल खेलमा आर्मीलाई ३–१ ले पराजित गर्दै संकटा अन्तिम ४ मा पुगेको हो । संकटाका लागि मेसुके, सुरजज्यू ठकुरी र स्टेफन बिनोङले गोल गरे भने विभागीय टिम त्रिभुवन आर्मीका तर्फबाट नवयुग श्रेष्ठले गोल गरे । अब संकटाले फाइनल प्रवेशका लागि एपीएफसँग खेल्नेछ । १५ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई अग्रता दिलाए पनि आर्मीले जागाउन सकेन । १४ औं मिनेटमा बल अगाडि बढाउन प्रयासरत दिनेश हेम्जनलाई संकटाका निशान खड्काले डिबक्स क्षेत्रमा लडाएपछि आर्मीले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीको सदुपयोग गर्दै नवयुगले गोल गरेका हुन् । त्यसपछि ३५ औं मिनेटमा संकटाका मेसुकेले गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले कप्तान सुनिल बलको असिस्टमा गोल गरेका हुन् । खेलको ७३ औं मिनेटमा संकटाका सुरजज्यू ठकुरीले गोल गर्दै टिमलाई अग्रता दिलाए । संकटाका मेसुकेले विपक्षी पोस्टमा प्रहार गरेको बल बारमा लागेर फर्किँदा सुरजले सुन्दर फिनिसिङ दिए । खेलको अन्तिम समयमा स्टेफन बिनोङले गोल थप्दै संकटाको जित निश्चित गरे । मेसुकेले दिएको पासलाई ‘वन एन वन’मा बिनोङले गोल गरे । पोस्ट नजिक पुगेर आर्मीका टंक बस्नेतले बचाउन प्रयास गरे पनि सफल भएनन् ।

बारा:  नाबालिकालाई जबरजस्ती करणी गरी फरार रहेका एक वडाध्यक्षले प्रहरीमक्षम आत्मसर्मपण गरेका छन् । जबरजस्ती करणीको आरोप लागेका निजगढ नगरपालिका–२ का वर्ष ३९ को वडाध्यक्ष राजु श्रेष्ठ आइतबार राति पौने ९ बजे ईलाका प्रहरी कार्यालय निजगढमा आफैँ उपस्थित भएको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । सोही ठाउँ बस्ने १४ वर्षीया नाबालिकालाई असोज १९ गते वडाध्यक्ष श्रेष्ठले आप्mनै घरमा बोलाएर जबजरस्ती करणी गरेको आरोप छ । नाबालिकालाई जबरजस्ती करणी गरेको भन्दै असोज २५ गते आफन्तले ईलाका प्रहरी कार्यालय निजगढमा किटानी उजुरी दिएका थिए । उजुरी परेपछि वडाध्यक्ष श्रेष्ठ फरार भएका थिए । नाबालिकालाई जबजरस्ती करनी गरेको अभियोगमा आत्मसर्मपण गरेका वडाध्यक्ष श्रेष्ठलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि बारा जिल्ला अदातलबाट म्याद थप गरिएको डिएसपी थापाले जानकारी दिनुभयो ।

बारा:  सात राउण्ड गोली र पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्यको पूर्वीचम्पारण मोतिहारी–१६ घर बताउने ४० वर्षीय चन्दन कुमार रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराले एउटा पेस्तोल र त्यसमा प्रयोग गरिने ७ राउण्ड गोलीसहित चन्दनलाई नियन्त्रणमा लिएको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका कुमारलाई पचरौता नगरपालिका–४ गुलरिया सीमा नजिकै शंकास्पद अवस्थामा देखेपछि गस्तीमा खटिएको सशस्त्र प्रहरीले चेकजाँच गर्दा सो समान बरामद भएको हो । कुमारको साथमा मोडल नम्बर २०२२ आरएफआइको एउटा पेस्तोलमा तीन राउण्ड गोली लोड, एउटा म्याग्जिन र चार राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका सूचना अधिकारी एवम् सशस्त्र प्रहरी नायब उपरीक्षक अम्बर बहादुर खत्रीले जानकारी दिनुभयो । त्यस्तै, ११ हजार २७० भारतीय रुपियाँ, तीन वटा भारतीय आधार कार्ड र एउटा मोवाइल सेटसमेत बरामद भएको छ । पेस्तौलसहित पक्राउ परेका कुमारलाई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । यसअघि सोही जिल्लाको महागढीमाई नगरपालिका २ भुतही पुल नजिकै पुस ८ गते मोटरसाईकलमा आएका दुई जना अज्ञात व्यक्तिले भारत घर भएका ५० वर्षीय शिवपुजनप्रसाद यादवलाई गोली हानी फरार भएका थिए । सो घटनामा एक जना पक्राउ परेका छन् भने सशस्त्र प्रहरिले सीमा क्षेत्रमा चेकजाँचमा कडाइ गरेको बारा प्रहरीले जनाएको छ ।

पोखराः  पोखरामा आगामी माघ ८ देखि १४ गतेसम्म ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ हुने भएको छ ।  टाइगर ग्रुप अफ पोखरा नेपालले आज (सोमबार) पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी तिव्र पारिएको जानकारी दिएको हो ।  टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना माघ ८ देखि १४ गते सम्म पोखरामा रंगशालामा हुने प्रतियोगितामा दुई बिदेशी क्लबसहित महिला र पुरुषतर्फ ५–५ टिम गरी १० टिमको सहभागिता हुने संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जनाएका बताए ।   ‘पोखरामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल पहिलो र दोस्रो संस्करण सफलता पूर्वक सम्पन्न गरेका छौं, शर्माले भने, ‘नेपालको राष्ट्रिय खेल भलिबलको विकासका लागि पोखरामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीको बीचमा तेस्रो संस्करण माघ ८ देखि १४ गतेसम्म सञ्चालन गदैं छौं ।’ शर्माका राउण्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगितामा महिला तर्फ केरला स्टेट इलेक्ट्रोनिक बोर्ड भारत, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीबलको एपिएफ क्लब र  होङ्गवान्जी  न्यू डायमण्ड स्पोर्टस क्लबको सहभागिता रहने छ ।  यस्तै पुरुष तर्फ एसटी जोशेफ वाज स्पोर्टस क्लब श्रीलंका, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीबलको एपिएफ क्लब र गण्डकी प्रदेशको सहभागिता रहने छ ।  तेस्रो संस्करणमा महिला तर्फ केरला स्टेट इलेक्ट्रोनिक बोर्ड भारत र पुरुष तर्फ एसटी जोशेफ वाज स्पोर्टस क्लब श्रीलंकाले पहिलो पटक सहभागिता जनाउन लागेका हुन् ।  गत वर्ष सम्पन्न दोश्रो संस्करणमा महिलातर्फ एपिएफ क्लब र  पुरुष तर्फ त्रिभुवन आर्मी क्लबले उपाधी जितेका थियो ।  आयोजकले गत वर्षको तुलनामा पुरस्कार राशी दोब्बर बनाएको जानकारी दिएको छ । महिला/पुरुष दुवैतर्फ उपाधी विजेता टिमलाई रु ५/५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक देवेन्द्र केसीले जानकारी दिए ।  त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट  एक–एक खेलाडीले जनही समान नगद रु २५/२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई नगद समान नगद १०/१० हजार र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ८० लाख रुपैया खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितालाई थप आकर्षण बनाउनका र दर्शकलाई सहज ढंगले खेल हेर्ने अवसर प्रदान गर्ने गरी यो पटक विशेष प्रकारको प्यारापिट निर्माण गर्ने तयारी समेत रहेको संस्थाका कोषाध्यक्ष हरिकुमार श्रेष्ठले बताए । प्रतियोगितामा वृद्ध–वृद्धाहरुलाई खेल हेर्न छुट्टै व्यवस्थाका साथै प्रतियोगिता स्थलमा एलइडि स्क्रिन, डिजिटल स्कोर बोर्डको व्यवस्था गरी प्रविधिलाई पनि अन्तर्राष्ट्रियस्तर कै बनाउने प्रयास गरेको आयोजकले जनाएको छ ।  

ताप्लेजुङ:   ताप्लेजुङस्थित फुरुम्बो–पालुङ्गा बंस प्रतिष्ठानले गायन प्रतियोगिता ‘द भ्वाइस अफ नेपाल सिजन–४’ को अन्तिम चारमा पुग्न सफल सहिला फूरुम्बो लिम्बूलाई सम्मान गरेको छ । द भ्वाइस अफ नेपालमार्फत नवोदित कलाकारका रूपमा आफूलाई स्थापित गर्न सफल भएकोभन्दै प्रतिष्ठानले उहाँलाई सम्मानित गरेको हो ।   सदरमुकाम फुङ्लिङमा एक कार्यक्रमको आयोजना गरी फूरुम्बो पालुङ्गा बंस प्रतिष्ठानका साधारण सदस्यसमेत रहनुभएका फुरुम्बो लिम्बूलाई सम्मान गरिएको छ । फुङ्लिङ नगरपालिका –१० फुरुम्बुका लिम्बूले भर्खरै सम्पन्न सिजन–४ मा अन्तिम चारमा पुग्दै चौथो स्थान हासिल गर्न सफल हुनुभएको थियो ।  आगामी दिनका लागि थप सफलताको शुभकामना दिँदै कदरपत्रद्वारा सम्मान गरिएको प्रतिष्ठानका सदस्य हर्कराज पालुङवाले जानकारी दिनुभयो । नवोदित कलाकार फुरुम्बो पछिल्लो समय सङ्गीत क्षेत्रमा समय दिँदै आउनुभएको छ ।   

काठमाडौं:  साताको दोस्रो कारोबार दिन पनि सेयर बजारमा वृद्धि भएको छ । नयाँ सरकार गठनसँगै गत साताबाट बढ्न सुरु भएको सेयर बजार परिसूचक नेप्से सोमबार पनि बढेको हो । सोमबार नेप्से १७.५६ अंक (०.८६ प्रतिशत)ले वृद्धि भएर २०६३.८३ अंकमा पुगेको छ । बजारलाई लिड गर्ने बैंकिङसहित बीमा लघुवित्त, हाइड्रोपावर लगायतका उपसूचक बढ्दा उत्पादनमूलक र अन्य उपसूचकमा गिरावट हुँदा पनि नेप्से दोहोरो अंकले बढेको हो । उत्पादनमूलक उपसूचक ०.७१ प्रतिशत, अन्य उपसूचक १.५२ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.६२ प्रतिशतले गिरावट हुँदा व्यापार उपसूचक ३.५२ प्रतिशत र निर्जीवन बीमा उपसूचक ३.०६ प्रतिशतले बढेको छ । यस्तै बैंकिङ उपसूचक पनि १ प्रतिशतले वृद्धि भएको छ । सोमबार नेप्सेमा वृद्धि भएपनि आइतबारको भन्दा कारोबार रकम घटेको छ । आइतबार तीव्र उतारचढाव हुँदा नेप्से १७।२८ अंकले बढेको थियो भने कारोबार रकम ४ अर्ब नाघेको थियो । सोमबार बजारमा २ अर्ब ९६ करोड ९ लाख २७ हजारको कारोबार भएको छ । जसमध्ये नबिल बैंकको सर्वाधिक १६ करोड ८४ लाख ५१ हजारको कारोबार हुँदा हिमालयन डिस्टिलरीको १६ करोड ६४ लाख ८२ हजारको कारोबार भएको छ । यस्तै एनआईसी एशिया बैंकको ११ करोड १४ लाख ५५ हजारको कारोबार भएको छ । सोमबार कारोबार अवधिभर बजारमा कुल २११ कम्पनीको सेयर कारोबार भएकोमा १६५ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । त्यस्तै ३९ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ७ कम्पनीको सेयरमूल्य भने स्थिर छ । सोमबार कारोबार भएकामध्ये धौलागिरी लघुवित्त, सृजनशील लघुवित्त खप्तड लघुवित्त र अजोड इन्स्योरेन्सको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । त्यस्तै प्रभु इन्स्योरेन्सको सेयरमूल्य ९ प्रतिशतले वृद्धि भएको छ । यता नेपाल दूरसञ्चार कम्पनीको सेयरमूल्य ४.०१ प्रतिशतले गिरावट हुँदा तेह्रथुम पावर कम्पनीको सेयरमूल्य २.४५ प्रतिशतले गिरावट भएको छ ।

काठमाडौं:  महान् फुटबल खेलाडी पेलेको निधन भएको शोक मनाउन देशभर सञ्चालन हुने औपचारिक फुटबल प्रतियोगिताका खेल सुरु हुनुअघि एक मिनेट मौन धारण गरिने भएको छ।  फिफाले शुक्रबार यस सम्बन्धमा सबै सदस्य संघलाई परिपत्र पठाएको छ। फिफा महासचिव फातिमा समौराले लेखेको पत्रमा यस्तो सम्मान गरिने उल्लेख छ। फिफाको पत्रपछि अखिल नेपाल फुटबल संघले एक सातासम्म फुटबल खेल सुरु हुनुअघि एक मिनेट मौनधारण गर्न सबै आयोजकलाई अनुरोध गरेको छ।  एन्फाले सदस्य संघ, जिल्ला फुटबल संघ, क्लब र फुटबल संचालन निकायससम्बद्ध सबैलाई आ–आफ्नो क्षेत्रमा फिफाको निर्देशन कार्यान्वयन गर्न अनुरोध गरेको छ। ब्राजिलका महान् फुटबल खेलाडी पेलेको गत बिहीबार निधन भएको थियो।