पोखरा ।    गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिका विषयक नीति संवाद कार्यक्रम सम्पन्न गरेको छ ।   प्रतिष्ठानको सातौं स्थापना दिवस...

पोखरा:   पोखरा अन्तरराष्ट्रिय विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन प्रधानमन्त्री प्रचण्डले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको शुभारम्भ गरेका हुन् ।  विमानस्थल शुभारम्भकै अवसरमा पोखरा महानगरपालिकाद्वारा अमरसिंहचोकबाट र्याली सहित विमानस्थलसम्म  पुगेको थियो ।  उद्घाटन समारोहमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठकलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । आज दिउँसो २ बजेदेखि  दिउँसो ४  बजेसम्म विविध सांस्कृतिक कार्यक्रम हुनेछ भने ४ बजेदेखि साढे ५ बजेसम्म ‘फेसन शो’ को कार्यक्रम तय गरिएको छ। बेलुका ६ बजे कार्यक्रमको समापन हुने महासचिव सिग्देलले जानकारी दिनुभयो । विमानस्थल शुभारम्भकै अवसरमा पोखराको हल्लनचोकमा बेलुका ६ बजे भैरव नाच प्रदर्शन गर्ने तयारी गरिएको छ । उद्घाटन भव्य बनाउन पोखरा महानगरपालिकाले महानगरअन्तर्गतका महाशाखा, ३३  वडा कार्यालय, मातहतका सबै विद्यालय तथा शैक्षिक संस्थामा सार्वजनिक बिदा समेत दिएको छ ।  

सुर्खेत:  शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक विद्यालयहरू समायोजन (मर्ज) गरिएका छन्। स्थानीय तहले भौतिक पूर्वाधारको अवस्था तथा जनशक्ति र विद्यार्थी अनुपात हेरेर सामुदायिक विद्यालयहरू गाभेका हुन्।  सुर्खेतको सिम्ता गाउँपालिकाले १७ वटा सामुदायिक विद्यालय गाभेर आठवटा कायम गरेको छ। विद्यार्थी–शिक्षकको अनुपात नमिलेका विद्यालयहरू समायोजन गरिएको पालिकाले जनाएको छ।  विद्यार्थीको सङ्ख्या थोरै तथा शिक्षक दरबन्दी कम भएका र दूरीका हिसाबले टाढा रहेका विद्यालय एकै ठाउँमा गाभिएको हो। विद्यार्थी सङ्ख्या कम भएपछि विद्यालय समायोजन गरिएको पालिकाले जनाएको छ।  लामो समयदेखि चल्दै आएको भए पनि विद्यार्थी र शिक्षक अनुपात नमिलेका सामुदायिक विद्यालयहरूलाई गाउँपालिकाले शिक्षा कार्यविधि बनाएर मर्जको प्रक्रिया अगाडि बढाएको थियो।  गाउँपालिकाका शिक्षा शाखा प्रमुख बुद्धिबहादुर गौतमले सोही कार्यविधिलाई आधार मानेर आर्थिक वर्ष २०७५र७६ देखि विद्यालय समायोजन थालिएको जानकारी दिनुभयो। विद्यालय समायोजन अभियानअन्तर्गत सिम्ताको वडा नं. ५ मा रहेको भैरव प्राथमिक विद्यालय बजेडाआलीलाई नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बजेडाआलीमा मर्ज गरिएको छ। यस्तै वडा नं.४ मा रहेको कोइली प्राथमिक विद्यालयलाई सिद्ध प्राथमिक विद्यालयमा गाभिएकोमा फेरि सिद्ध प्राथमिक विद्यालयलाई पनि भानु माध्यमिक विद्यालयमा समायोजन गरिएको छ। वडा नं.४ मै रहेको दुर्गा आधारभूत विद्यालय भोटमुग्रालाई वागेश्वरी प्राथमिक विद्यालय सिमलगाउँमा मर्ज गरिएको छ। पालिकाको वडा नं.१ मा रहेको लालीगुराँस प्राथमिक विद्यालयलाई गैरीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय घोरेटामा गाभिएको छ।  शिक्षा शाखा प्रमुख गौतमले वडा नं.८ मा रहेको प्राथमिक विद्यालय कोलडाँडालाई नेरा माध्यमिक विद्यालय खेल्नेचौरमा मर्ज गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार वडा नं. ३ को शिखर प्राथमिक विद्यालय आग्रीगाउँलाई नेपाल राष्ट्रिय प्राथमिक विद्यालय लापुमा गाभिएको छ।  वडा नं. १ मा रहेको लालीगुराँस प्राथमिक विद्यालयलाई गान्द्रास्थित भगवती माध्यमिक विद्यालयमा समायोजन गरिएको छ। पालिकाका शिक्षा शाखा प्रमुख गौतम भन्नुहुन्छ, “विद्यार्थीको सङ्ख्या हेरेर विद्यालय गाभ्ने अभियान थालेका छौँ, जसअन्तर्गत थुप्रै विद्यालय मर्ज भइसकेका छन्। उहाँले अझै तीनरचारवटा विद्यालय गाभ्नुपर्ने देखिएको बताउनुभयो। सिम्ता गाउँपालिकामा सञ्चालित सामुदायिक विद्यालयहरूमा एक जना शिक्षक बराबर ४५ जना विद्यार्थी हुनुपर्ने प्रावधान बनाइएको छ। अहिले पनि शिक्षक र विद्यार्थीको अनुपात नमिलेका थुप्रै विद्यालय सञ्चालनमा छन्।   शिक्षक विद्यार्थी अनुपात, शिक्षक दरबन्दी र एक विद्यालयदेखि अर्कोसम्मको दूरीलाई आधार मानी विद्यालय समायोजनको अभियान चलिरहेको छ। गाउँपालिका क्षेत्रभित्रका दुर्गम ठाउँका विद्यालयलाई भने एक वर्षभित्र विद्यार्थी सङ्ख्या बढाउने मौका दिएको छ। यो वर्ष थप चारवटा विद्यालय मर्ज गर्ने तयारी पालिकाको छ। जिल्लाका नौवटै पालिकामा केही वर्षयता धमाधम विद्यालय मर्ज गर्न थालिएको छ। सरकारले कम विद्यार्थी भएका विद्यालय समायोजन गर्ने प्रयास थालेको वर्षौं बिते पनि सङ्घीयता कार्यान्वयनमा आएसँगै यसले गति लिएको हो। माध्यमिक तहसम्मको शिक्षा हेर्ने क्षेत्राधिकार स्थानीय तहलाई दिइएको छ।   

पोखराः   पवित्र शान्त पोखरा सधैँभरि हरा भरा अनेक ताल छन् जहाँ, जहाँ छ धर्ती उर्वरा । अनेक धर्म संस्कृति, अनेक छन् रीतिस्थिति अनेक यात्रु आँउँदै रमाउने परिस्थिति ।।       कवयित्री कुन्तीदेवी भट्टराईको सिर्जनाका फूलहरू कविता सङ्ग्रहको ‘रमाइलो पोखरा’ शीर्षकको कविताको एक पङ्क्ति हो यो । कवितामा भनेजस्तै साँच्चिकै प्रकृतिको बरदान हो पोखरा । प्राकृतिक सौन्दर्यताका कारण स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षक गन्तव्य पोखरा यतिखेर पर्यटकका कारण खचाखच भरिएको छ । देशका विभिन्न स्थानसँगै विभिन्न विदेशी राष्ट्रबाट पर्यटकहरू आएका कारण होटलहरू क्षमताको झन्डै ७० प्रतिशतभन्दा बढी भरिभराउ छन् । प्रायः सबै याममा पर्यटकहरूको आगमन हुने पोखरामा अङ्ग्रेजी नयाँ वर्ष, नेपाली नयाँ वर्ष, दसँै तथा तिहारको समयमा ठूलो सङ्ख्यामा पर्यटकहरू आउने गर्दछन् । पोखरामा प्रत्येक दिन ४० हजार जनासम्म पर्यटक राख्न सक्ने क्षमता रहेको पश्चिमाञ्चल होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो । अङ्ग्रेजी नयाँ वर्षका कारण अहिले पोखरामा पर्यटकको राम्रै चहलपहल रहेको बताउँदै उहाँले राम्रा होटेलहरूमा क्षमताको झन्डै ८० देखि ८५ प्रतिशतसम्म भरिभराउ रहेको जानकारी दिनुभयो । “क्रिसमसदेखि नै पोखरामा पर्यटकको चहपहल बढिरहेको छ”, उहाँले भन्नुभयो, “अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गरी रेष्टुरेन्ट एन्ड बार एसोसिएसन ९रेवान० पोखराले सञ्चालन गरेको सडक महोत्सवका कारण ठाउँठाउँबाट पर्यटकहरू पोखरामा आएका छन् ।” पोखराका सामान्य होटेलमा पनि क्षमताको ५० प्रतिशतभन्दा बढी पर्यटकहरू भरिएको उहाँले जानकारी दिनुभयो । विगतका वर्षमा कोरोनाबाट प्रभावित भएको पोखराको पर्यटन पछिल्ला समयमा पर्यटकको आगमनले आशा जगाएको पर्यटन यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका पूर्वअध्यक्ष एवम् होटेल इलेगेन्टका सञ्चालक बोबरजङ्ग गुरुङले जानकारी दिनुभयो । प्रत्येक अङ्ग्रेजी नयाँ वर्षमा क्रिसमसदेखि नै पोखरामा पर्यटकको चहलपहल बढ्ने र डिसेम्बर ३०, ३१ र जनवरी १ का दिनमा यहाँका होटेलहरू भरिभराउ हुने गरेको उहाँका व्यवसायीको अनुभव छ । पछिल्ला वर्षमा अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटकका साथै छिमेकी मुलुक भारतबाट पनि पर्यटकहरू पोखरा भित्रने गरेका छन् । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी रेष्टुराँ एन्ड बार एसोसिएसन ९रेवान० द्वारा गर्दै आएको सडक महोत्सव पोखराको राम्रै आकर्षण बन्ने गरेको छ । ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने नाराका साथ पोखराको लेकसाइडस्थित शहीदचोकदेखि कोमागाने पार्क हुँदै हल्लनचोक खहरे क्षेत्रसम्म हुने महोत्सव यहाँको विशिष्ट पहिचान बन्ने गरेको छ । महोत्सवका अवसरमा सडकमै खानेदेखि मनोरञ्जनका विभिन्न कार्यक्रम सञ्चालन गरिने र त्यहाँ पर्यटकहरूले राम्रैसँग मनोरञ्जन लिने गरेका छन् । पोखराको पर्यटनमा विभिन्न नयाँ गतिविधि सञ्चालन गरी मौसम या बेमौसमा जहिले पनि चलायमान होस् भन्ने उद्देश्यका साथ २४ वर्षअघि अङ्ग्रेजी नयाँ वर्षमा गरिएको सडक महोत्सवलाई त्यसयता बर्सेनि निरन्तरता दिँदै आइएको छ । सन् २०२३ को जनवरी १ देखि (भोलिदेखि) पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुँदै गर्दा यसको पूर्वसन्ध्यामा अङ्ग्रेजी नयाँ वर्षको आगमनलाई लक्षित गरी देखिएको पर्यटकको आकर्षणले पोखराको पर्यटनमा उत्साह थपेको पर्यटन व्यवसायीहरू बताउँछन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु समग्र पोखरेलीका लागि गौरवको विषय भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउनुहुुन्छ । “पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु यहाँको पर्यटकीय विकासका लागि ठूलो उपलब्धि हो”, उहाँले भन्नुभयो, “विमानस्थलले आगामी दिनमा पोखरालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने् र यहाँबाट हुने हवाई यातायात सेवा सहज एवम् प्रभावकारी बन्ने देखिन्छ ।” पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन शुभारम्भको भव्य तयारी यस्तै अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर भोलि हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको औपचारिक शुभारम्भका लागि पोखरामा भव्य तयारी गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष समारोहबीच विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, उद्योगी तथा पर्यटन व्यवसायीको बृहत् सहभागिता रहने जनाइएको छ ।    उद्घाटनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्लगायत पर्यटनसम्बद्ध सङ्घसंस्था क्रियाशील बनेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार विमानस्थल उद्घाटनका दिन बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालकदल तथा यात्रुलाई फूलमालाले स्वागत गर्ने कार्यक्रम छ । त्यसैगरी बिहान ११ बजेपछि औपचारिक कार्यक्रम शुभारम्भ हुनेछ भने अपराह्न २ बजेपछि ‘सेलिब्रेसन’को कार्यक्रम छ ।  विमानस्थल उद्घाटनकै तयारीस्वरुप पुस १३ गते लेक साइडदेखि पृथ्वी राजमार्गको लामेआहालसम्म बृहत् सरसफाइ गरिएको थियो । अङ्ग्रेजी नयाँ वर्षले पोखराको चहलपहल बढिरहेका अवस्थामा हुन लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सेवा शुभारम्भलाई अत्यन्त महत्वका साथ हेरिएको पर्यटन व्यवसायी एवम् टान गण्डकी प्रदेशका अध्यक्ष धर्मराज पन्थीले बताउनुभयो । “पोखरालाई पर्यटनको अन्तर्राष्ट्रिय सहर बनाउन विमानस्थल कोसेढुङ्गा साबित हुनेछ”, उहाँले भन्नुभयो, “विमानस्थलसँगै प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा जोडिने सडक लगायतका पूर्वाधार निर्माणतर्फ राज्य गम्भीर बन्नु आवश्यक छ ।”

पोखरा:  एघारौं पोखरा महोत्सव विद्यालय स्तरिय लोकनृत्य पतियोगितालाई वण्डर ब्राण्ड स्वीच एण्ड युनि एक्सपर्ट ब्राण्ड तथा विवस ईलेक्ट्रिक्स प्रालिले प्रायोजकमा रही सहयोग गर्ने भएको छ ।  युनाईटेड क्लवको आयोजनामा आगामी पुषको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवमा आयोजना हुने विद्यालय स्तरिय लोकनृत्य प्रतियोगितामा मुख्य प्रायोजकको रुपमा रहेर सहकार्य गर्ने भएको हो । हालै एक कार्यक्रमका बीच महोत्सव आयोजक युनाईटेड क्लवका वरिष्ठ उपाध्यक्ष तथा एघारौं पोखरा महोत्सव कलाकार ब्यवस्थापन उपसमिति संयोजक लोक बहादुर थापा र वण्डर ब्राण्ड स्वीच एण्ड युनि एक्सपर्ट ब्राण्ड तथा विवस ईलेक्ट्रिक्स प्रालिका प्रोप्राइटर चन्द्र बहादुर थापा बीच सहमति पत्रमा हस्ताक्षर गरी एक अर्का बीच सहकार्य गर्ने भएको हो । सो अवसरमा वोल्दै वण्डर ब्राण्ड स्वीच एण्ड युनि एक्सपर्ट ब्राण्ड तथा विवस ईलेक्ट्रिक्स प्रालिका प्रोप्राइटर चन्द्र बहादुर थापाले पोखरा महोत्सवले समाजिक काम संगै महोत्सवमा लोकनृत्य प्रतियोगिता गरी लोकनृत्य संरक्षणका लागि महत्वपूर्ण भुमिका निर्वाह गरिरहेकाले आफुहरुको संस्थाले समेत सहकार्य गर्न पाउदा निकै खुसी लागेको वताए । स्थापना कालदेखी युनाईटेड क्लवले महोत्सवको आयोजना गरी सामाजिक काम गर्दै आइरहेको र त्यस कार्यलाई आफुले समेत सहकार्य गर्दै आइरहेको सन्दर्भमा आफ्नो ब्यवशायिक संस्थाले समेत सहकार्य गर्न पाउदा आफु गर्वान्वित भएको थापाको भनाइ रहेको थियो । सो अवसरमा वोल्दै युनाईटेड क्लवका वरिष्ठ उपाध्यक्ष एवं एघारौं पोखरा महोत्सव कलाकार ब्यवस्थापन उपसमिति संयोजक लोक बहादुर थापाले युनाईटेड क्लवले महोत्सवको आयोजना गरी सामाजिक काम संगै लोक संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि महोत्सवमा विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता गरिदै आएको र उक्त प्रतियोगितामा वण्डर ब्राण्ड स्वीच एण्ड युनि एक्सपर्ट ब्राण्ड तथा विवस ईलेक्ट्रिक्स प्रालि संग सहकार्य गर्न पाउदा खुसी लागेको वताए । नृत्य प्रतियोगितामा प्रथम हुने टीमले नगद ४० हजार, शिल्ड र प्रमाणपत्र,  द्धितियले नगद २५ हजार, शिल्ड र प्रमाणपत्र, तृतियले नगद १५ हजार, शिल्ड र प्रमाणवत्र र सान्तवना स्थान हासिल गर्नेलाई नगद ७ हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

पोखरा:  पोखराको बाटुलेचौरमा ऐतिहासिक भैरव नाच प्रस्तुत गरिने भएको छ।   हिमालय क्लबको आयोजनामा यही पुस २३ गते स्थानीय बाटुलेचौर खेल मैदानमा देखाइने नाचको आन्तरिक बाहेक सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको बताइएको छ।  नृत्यलाई व्यवस्थित बनाउन क्लबले अध्यक्ष सुशील बस्नेतको अध्यक्षतामा ९ सदस्यीय सचिवालय समिति गठन गरेको छ। समितिको उपसंयोजकमा नेवा खल बाटुलेचौरका अध्यक्ष नन्दलाल श्रेष्ठ , क्लबका सल्लाहकार कुमार श्रेष्ठ, सदस्यमा निवर्तमान अध्यक्ष मोहन थापा, कोषाध्यक्ष पुष्पराज अधिकारी, मैदान आमा समुहका अध्यक्ष मनु वस्नेत, क्लबका मानार्थ सदस्य वेनी ब वस्नेत, क्षत्री समाज पोखरा १६ का अध्यक्ष सन्दिप थापा, कालिका मन्दिरका अध्यक्ष दुर्गा केसी थापा रहनु भएको छ।  त्यस्तै खाजा, खाना प्रसाद एवं स्वागत व्यवस्थापन नेवा खल, सरसफाई एवं व्यवस्थापन क्षत्री समाज, माला व्यवस्थापन मैदान आमा समुह, स्वास्थ्य व्यवस्थापन दुर्गा केसी थापा, प्रचार प्रसार संयोजक क्लबका सचिव शिवराज देवकोटा र अर्थ व्यवस्थापन कोषाध्यक्ष पुष्पराज अधिकारी रहनुभएको क्लबले जनाएको छ। नृत्य संचालन र व्यवस्थापन गर्न ठूलो धनराशी खर्च हुने भएकाले आर्थिक सहयोग संकलनलाई तिव्रता दिएको बताईएको छ। लामो समय पछि बाटुलेचौरमा हुन लागेको नृत्यमा सहभागी हुन क्लबले सबैलाई आग्रह गरेको छ।

पोखरा:  १९ औं माछापुच्छ्रे बैंक पोखरा ओपन टेनिस एकलतर्फको उपाधि नेपालका नं १ टेनिस खेलाडी प्रदिप खड्का र अभिलाषा विष्टले जितेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा शनिबार सम्पन्न प्रतियोगिताको ओपन एकल मेन्स तर्फको उपाधि प्रदिप र उमेन्सतर्फ अभिलाषाले जितेका हुन् ।  शनिबार पोखरा रंगशालामा सम्पन्न मेन्स सिंगल्सतर्फको प्रतिष्पर्धात्मक खेलमा प्रदिपले प्रनभ खनाललाई २–१ ले जित्दै उपाधि जिते । खुट्टामा चोट बोकेका प्रदिपले पहिलो सेट ६–३ ले जित्दै प्रनभ माथी दबाव बनाउने प्रयास गरेका थिए । तर दोश्रो सेटमा प्रनभ खेलमा फर्किदैं १–६ ले जितेर प्रदिपलाई चुनौती पस्किएका थिए । एकलका उपाधि विजेता प्रदिप डबल्सतर्फको उपाधि विजेता समेत हुन् । नेहाल जङ्ग बहादुर थापा र प्रदिपको जोडीले डबल्सतर्फ उपाधि जितेका थिए ।  तर अन्तिम सेटमा प्रदिपले ७–५ ले खेल जित्दै उपाधि सहित नगद ८० हजारका साथमा ट्रफी हात पारेका छन् । प्रदिप नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता समेत हुन् । उपविजेता बन्न सफल प्रनभले नगद रु ४० हजार प्राप्त गरे । सेमीफाइनालिष्ट दुई रितिक राना र अकि जुवेन रावतले जनही नगद रु १०–१० हजारका साथमा प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिताका संयोजक तथा कास्की टेनिसका उपाध्यक्ष नविन चालिसेले जनाएका छन् ।  यता महिलातर्फ नेपालकी नं १ टेनिस खेलाडी अभिलाष विष्टले उपाधि सहित नगद रु ८० हजारका साथमा ट्रफी हात पारेकी छन् । सम्पन्न फाइनलमा अभिलाषाले सर्भानी श्रेष्ठलाई ६–२, ६–४ को सोझो सेटमा पराजित गरिन् । उपविजेता बन्न सफल सर्भानीले नगद ४० हजारका साथमा ट्रफी हात पार्दा सेमीफाइनालिष्ट दुई खेलाडी सुनिरा थापा प्रकृती श्रेष्ठ तेश्रो हुँदै जनही नगद रु १०–१० हजार प्राप्त गरेका छन् ।  यस्तै शनिबार नै सम्पन्न ३५ वर्ष माथीको पुरुष भेट्रान्स एकलको उपाधि जितेन्द्र परियारले जितेका छन् । जितेन्द्रले कमल भण्डारीलाई ६–० र ७–५ को सोझो सेटमा पराजित गरी उपाधि जितेका हुन् । उपाधि सहित जितेन्द्रले नगद रु ६० हजार हात पार्दा उपविजेता कमलले नगद रु ३० हजार प्राप्त गरेका छन् ।  १९ औं माछापुच्छ्रे टेनिस अन्तर्गत शनिबार सम्पन्न ४५ वर्ष माथी भेट्रान्स एकलमा रोहित सुनुवार बिजयी भए । रोहितले बिमल गुरुङ विरुद्ध सुपर ट्राइ ब्रेकरमा फाइनलमा पराजित गरे ।  पहिलो सेट ६–४ ले जित्दै रोहितले आफ्नो पक्षमा पारे पनि दोश्रो सेट २–६ ले गुमाउन पुगे । अन्तिम सेटमा १०–४ ले जित्दै सो उमेर समुहको उपाधि सहित रोहितले नगद रु ४० हजार प्राप्त गर्दा  बिमलले नगद रु २० हजार हात पार्न सफल भए ।  प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको उपाधि भने सौगात बिकले हात पारेका छन् । उनले १९ औं माछापुच्छ्रे बैंक पोखरा ओपनतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै प्रतियोगिताको ‘मष्ट प्रोमिजिङ प्लेयर अफ द टुर्नामेण्ट’को उपाधि सहित करिव ३५ हजार पर्ने साइकल प्राप्त गरेका छन् ।  बिजेता खेलाडीहरुलाई माछापुच्छ्रे बैंकका पूर्व अध्यक्ष रोशन केसी, केसी ग्रुपका प्रवन्ध निर्देशक किरण केसी, नेपाल टेनिस संघका उपाध्यक्ष बिनोद कायस्थ, राजु श्रेष्ठलगायतले ट्रफी, नगद र प्रमाणपत्र वितरण गरेका थिए ।  समापन कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका पूर्व अध्यक्ष रोशन केसीले केसी ग्रुपले पोखराको खेलकुद र शिक्षाको क्षेत्रको विकासका लागि सहयोग गरिरहेको बताए । उनले भने–“हामीले अस्पताल बनाउनु भन्दा खेल मैदानको विकास र शिक्षालाई बढि प्राथमिकता दिएका छौं,” केसीले थपे–“आफ्ना स्वर्गिय बुवा सूर्य बहादुर केसी कै प्रेरणाबाट हामीले त्यो यात्रालाई अघि बढाएका छौं । यो यात्रा निरन्तर जारी रहने मात्रै नभई खेलकुद र शिक्षाको विकासमा केसी ग्रुपको अटुट सम्बन्ध रहिरहनेछ ।” समापन कार्यक्रम कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङको अध्यक्षतामा भएको थियो । सो अवसरका कास्की टेनिसका सचिव नबिन श्रेष्ठले समेत आफ्ना भनाई राखेका थिए ।  गत पौष ११ गते बाट सञ्चालित १९ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस  तर्फ हाल सम्मकै सर्वाधि सहभागिता रहेको थियो । प्रतियोगितामा महिला र पुरुष गरी २ सय भन्दा बढि खेलाडीले सहभागिता जनाएको टुर्नामेण्ट डाइरेक्टर राजन पौडेलले जानकारी दिए ।  प्रतियोगिता सम्पन्न गर्न करिब १६ लाख खर्च भएको जानकारी गराउँदै कास्की टेनिसका कोषाध्यक्ष अनुज बास्तोलाले मुख्य प्रायोजक माछापुच्छ्रे बैंक, प्रदेश खेलकुद परिषद गण्डकी, ट्राक्युलिटी एण्ड स्पालगायतले प्रायोजन तथा सहयोग गरेको जानकारी दिए । 

पोखराः   साविक विजेता नेपाल एपिएफ फुटबल क्लब आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।  सहारा क्लब पोखराले आयोजना गरेको आहा ! रारा पोखरा गोल्डकपमा  आज (शनिबार) पोखरा रंगशालामा भएको पहिलो क्वार्टरफाइनलमा धरान एफसीलाई २–० ले पराजित गर्दै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको हो । एपिएफले पहिलो हाफमै दुई गोलको अग्रतालाई जोगाउँदै सेमिफाइनलमा प्रवेश पक्का गरेको हो ।  एपिएफलाई जित दिलाउन विकु तामाङ र युवराज खड्काले गोल गरे । खेलको ३७ औं मिनेटमा विकुको गोलमा एपिएफले अग्रता लिएको हो । मैदानमा झण्डै मध्यबाट आएको पासलाई नियन्त्रणमा लिँदै विकुले उत्कृष्ट फिनिसिङ गरेका थिए । युवराजले ४० औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर पारेका थिए । म्यान अफ दि म्याच समेत घोषित भएका विकुले पहिलो हाफमै गोल गर्न सकिएको र सबैले मेहनत गरेका कारण खेल जित्न सफल भएको बताएका छन् । पहिलो समय टोलीले उत्कृष्ट प्रदर्शन गरिरहेको जनाउँदै उनले भने,‘ केहि राम्रो विदेशी खेलाडी ल्याउने हो भने हामी लिग पनि जित्न सक्छौं ।’ पहिलो पटक गत वर्ष आहा ! रारा गोल्डकप जितेको एपिएफले सेमिफाइनलमा अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लब वा संकटा क्लबमध्ये एकको पुस २० गते को सामना गर्नेछ । प्रतियोगितामा आइतबारको क्वार्टरफाइनलमा सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन मछिन्द्र एफसी र चर्च ब्वाइज युनाइटेड क्लबबीच प्रतिस्पर्धा हुनेछ । अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज अन्तिम आठमा पुगेको थियो । विजेता टोलीले उपाधिसहित १२ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

काठमाडौं:  त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले जाडो बढेसँगै हिउँदे बिदा दिएको छ। त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा भोलिदेखि हिउँदे बिदा गर्न थालेको हो।  त्रिवि कार्यकारी परिषद्ले पुस १७ गतेदेखि बढीमा २२ दिन हिउँदे बिदा गर्ने निर्णय गरेको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए।  उनले उक्त समयमा पठनपाठन बन्द हुने र प्रशासनिक कार्य भने सञ्चालन हुने बताए। हिउँदे बिदाको समयमा तोकिएका परीक्षा भने नियमित सञ्चालन हुनेछन्। त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन्। 

पोखराः    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको  उद्घाटनका लागि पोखरा महानगरपालिकाले सार्वजनिक बिदा  दिएको छ ।  भोलि (आइतबार) पुस १७ गते  (अर्थात, जनवरी १)  मा उक्त बिमानस्थल उद्घाटन समारोहमा उपस्थित हुन सार्वजनिक बिदा दिइएको महानगरका प्रशासकीय प्रमुख अधिकृत बिरेन्द्रदेव भारती द्धारा जारी सुचनामा उल्लेख गरिएको छ । विमानस्थलको उद्घाटन आइतबार हुँदैछ । समुउद्घाटन समारोहलाई ब्यापक जनसहभागिता रहोस भन्ने उद्देश्यले  भोलि (आइतबार) पोखरा महानगरलले कार्यलय,महाशाखा,वडा कार्यलय तथा अन्तरर्गतका बिद्यालय एवम् शैक्षिक संस्थाहरु समेत बन्द रहने सुचना मार्फत उल्लेख गरिएको छ ।