पोखराः पाँच दलिय गठबन्धनबाट कास्की २ का उम्मेद्वारहरु घरदैलो अभियानमा छन् । मंसिर ४ नजिक आएकाले उनीहरुलाई मतदाता रिजाउन भ्याइनभ्याइ छ । कास्की २ का उम्मेदवार श्रीनाथ बराल, २ (क) का विश्वप्रकाश लामिछाने र २ (ख) का विन्दुकुमार थापा आईबार पोखरा १६ र ११ को घरदैलो र चुनावी कोणसभामा व्यस्त भए । उनीहरुले मत मात्र मागिरहेका छैनन् । मतसँगै मन र समस्यामा पनि मागिरहेका छन् । सोही अनुसार मतदाताहरुले कसैले सल्लाह दिन्छन्, कसैले सुझाव त धेरैले विकासका काम ढिला भएको गुृनासा सुनाउँछन् । भने, केहीले गाली समेत गर्न भ्याउँछन् । तर, पोखरा ११ मा मतदाताहरु पुग्दा धेरै खुसी थिए । पोखरा ११ काँहु क्षेत्रका मतादाताहरुमध्ये बुद्धिसागर घिमिरेले संविधान जोगाउन बनेको गठबन्धनलाई भोट हाल्ने हो भन्दै उम्मेदवारसँगै हिडे । उनले शेरबहादुर, प्रचण्ड, माधवकुमार र बाबुाराम भट्टराई मिलेपछि असंभव केही नभएको बताए । गठबन्धनमा चित्रबहादुर केसी पनिसँगै भएकाले केही हुने आशा व्यक्त गरे । केपी वलीले संसद विघटन गरेर गलत काम गरेकाले यसपटक आफ्नो भोट गठबन्धनका नेताहरुलाई भएको बताए । चुनावी सभालाई सम्बोधन गर्दै कास्की २ का उम्मेदवार श्रीनाथ बरालले गठबन्धनले नै स्थानीयको पिरमर्कालाई बुझ्ने बताए । जनताका समास्या समाधान गर्दैै विकासका आयामहरुका लागि मत दिन आग्रह गरेका हुन् । काँहुको पर्यटन विकास र कृषिमा आधुनिकीकरण गर्ने उनले प्रतिवद्धता जनाए । कास्की २ (ख) का उम्मेदवार विन्दुकुमार थापाले काहुँडाँडाको विकासका लागि गुरुयोजना सहित विकासका योजना ल्याउने बताए । काहुँ डाडा निकै पिछडीएको बताउँदै यस्को विकासका लागि गुरुयोजना अघि सार्न आवश्यक रहेको सुनाए । कास्की २ (क) का उम्मेदवार विश्वप्रकाश लामिछानेले आर्थिक, सामाजिक, लैंिगक, जातिय विभेद परिवर्तन गर्नको लागी आफ्नो उम्मेदवारी रहेको बताए । जनताका लागि संघर्ष गर्दै सबैपिडितहरुका लागि केही अधिकार अझै स्थापित गर्न गठबन्धनका उम्मेदवारहरुलाई जिताउन उनको आग्रह थियो ।
पोखरा: प्रदेश सभा र प्रतिनीधी सभा सदस्यको लागि पछिल्लो समयमा चुनावी अभियान तिव्र रुपमा अघि बढिरहेको छ । तर पोखरा मतदाता भने ठुला पार्टीलाइ भन्दा साना पार्टीलाई अवसर दिनुपर्ने धारणा राख्छन । कास्की क्षेत्र नम्वर २ ‘क’ का प्रदेश सभा सदस्यका उम्मेदवार बिजय बहादुर भण्डारीको घरदैलाको क्रममा पोखरा १७ का छबी पोख्रेलले पुराना पार्टीले काम नगरेको भन्दै नयाँ पार्टीले चुनाव जित्नुपर्ने धारणा राखे । पुराना सत्तामा भएका पार्टीले देश बिकाश नगरेको, जनताको समस्याको वास्था नगरेको आफ्नो र कार्यकर्ताको हितको लागि मात्र काम गरेको भन्दैै ठुला पार्टीले देश बनाउन नसक्ने भण्डारीलाई सुनाए । ‘उनले भने,‘भण्डारी जस्ता युवा र बिकासका योजना भएका नेतालाई भोट दिनुपर्छ अब’ । पोखरा १७ का नै टंक गौतम अव ठुला पार्टीलाई मत नदिने पक्षमा रहेको सुनाउ छन । देश विकास गर्न नभइ ठुला पार्टीका नेता स्वार्थ र कुर्सीको लागि चुनावमा होमिएको उनको भनाइ । भ्रष्टचार मुक्त देश बनाउन सक्ने देशमा उत्पादनमा जोड दिने नेताको खाँचो रहेको सुनाए । पोखरा १७ कै बासिन्दा सृष्टि पौडेलले ठुला पार्टी प्रति असन्तुष्टि व्यक्त गदै अबको आवश्यकता भनेको पढेलेखेको राष्ट्रपति वफादारी युवा नेताको आवश्यता भएको गुनासो पोखिन् । युवा शिक्षित नेताको खाँचो रहेको बताइन । युवा उम्मेदवार विजय भण्डारीले जनताको समस्या र गुनासो सुन्दै मत मागेको थिए । उनले आफु नष्ट हुने तर भ्रष्ट नहुने बाँचा गरेको जानकारी दिदै जनताको समस्या समाधान गर्न राजनितीमा होमिएको मतदातालाई सुनाए । भण्डारीले ठुला पार्टीले जनतालाई भ्रममा पारी मत मागेको चुनाव जितेपछी सत्ता र शक्तिआफ्नो हातमा पारेर देश र जनतालाई बन्द कोठामा राखेको संज्ञा दिए । जनताको मतको कदर गरी जनजिबिकाको ग्यारेन्टी गर्न आफुले उम्मेदवारी दिएको बताए । नेपालीको जीवन स्तर उच्च पार्न, देशमै रोजागारीको व्यवस्था गर्न देश विकास गर्न उम्मेद्वारी रहेको मतदातालाई बुझाउदै आफ्नो पक्षमा मतदान गर्न आग्रह गरे । घरदैलो अभियानमा समानुपातिक तर्फका उम्मेद्वार बिष्णु कुमारी गुरुङले आफुलाई समेत मतहाली बिजय गराउन मतदातालाई आग्रह समेत गरेकी थिइन् ।
पोखरा: पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका प्रत्यासी रामजी प्रसाद बराल जीवनले लामाचौर, सार्दीखोला हुँदै माछापुच्छ्रे गाउँपालिका जोड्ने नमुना सडक बनाउने बताएका छन् । चुनावी प्रचार अभियान अन्तर्गत आइतबार घरदैलो कार्यक्रममा सहभागी हुँदै उम्मेदवार बरालले लामाचौरदेखि सार्दीखोला हुदै माछापुच्छ्रे गाउँपालिका जोड्ने नमुना सडक बनाउने बताएका हुन् । उम्मेदवार बरालले भने “कृषि र पर्यटनको महत्व रहेको लामाचौर, सार्दीखोला हुदै माछापुच्छ्रे गाउँपालिका केन्द्र जोड्ने नमुना सडक निर्माण गर्न हामीहरुले बिषेश पहल गर्ने छौं, हाल जिर्ण सडकको अबस्थाले स्थानियले धेरै दुःख पाएको हामीले महशुस गरेका छौं ।” लामाचौर, घार्मी, पुरुन्चौर, सार्दीखोला तातोपानी हुदै माछापुच्छ्रे केन्द्र र माछापुच्छ्रे गाउँपालिकाका पर्यटकीय गाउँसम्म चक्रपथको रुपमा जोड्ने आफुहरुसंग बृहत योजना रहेको उम्मेदवार बरालले जनाए । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री समेत रहेका उम्मेदवार बरालले प्रदेश सरकारले चाहेर पनि धेरै बजेट व्यबस्थापन गर्न कठिन भएकोले बृहत योजनाहरु सम्पन्न गर्न केन्द्रीय बजेट आवश्यक भएकोले आफुलाई संघको जनप्रतिनिधिको रुपमा स्थानियले अत्याधिक बहुमतले विजयी गराउने विश्वास व्यक्त गरे । स्थानियले लामाचौर, घार्मी, पुरुन्चौर, सार्दीखोला लगायतको सडक स्तरोउन्ती गर्न माग गरेका थिए । त्यसैगरी पोखरा १९ को घार्मीको डाँडादेखि चनौटेसम्मको ढल तथा भलपानीको लागि नालाको उचित व्यबस्थापन गर्ने उम्मेदवार बरालले बताए । स्थानियको माग बमोजिम घार्मीको डाँडादेखि चनौटेसम्मको ढल तथा भलपानीको लागि नालाको उचित व्यबस्थापनमा बिषेश ध्यान दिने उनले जनाए । तिलवारीदेखि ठुलीपोखरीसम्म करिब २ किलोमिटर क्षेत्रमा करिब ९० घरधुरी रहेको चनौटे बस्तीमा ढल पानी उचित ढंगले व्यबस्थापन गर्न नसक्दा हरेक बर्ष ठुलो बर्षाद हुँदा स्थानियहरु बाढीको जोखिममा पर्ने गरेको स्थानियले उम्मेदवार बराल समक्ष गुनासो गरे । घरदैलो कार्यक्रममा संविधान सभा सदस्य शारदा पौडेल, काँग्रेस नेता पोषनाथ शर्मा लगायतको सहभागिता रहेको माओबादी केन्द्रका युवा नेता सविन जिसीले जानकारी दिए ।
पोखरा: गण्डकी प्रदेशसभा सदस्य उम्मेद्वार विन्दुकुमार थापाले काहुँडाँडाको विकासका लागि गुरुयोजना सहित विकासका योजना ल्याउने बताएका छन् । गठबन्धनबाट कास्की क्षेत्र २(२) मा प्रत्यक्ष उम्मेद्वार बनेका थापाले पोखरा महानगरपालिका वडा ११ काहुँ डाडाँमा घरदैलो गर्दै गरेको चुनावी कोणसभामा उक्त कुरा बताएका हुन् । थापाले वडा नं. ११ मा काहुँ डाडा निकै पिछडीएको बताउँदै यस्को विकासका लागि गुरुयोजना अघि सार्न आवश्यक रहेको सुनाए । उनले आफु अबको पाँच वर्षपनि जनताको काम गर्नका लागि आएको सुनाउँदै अघिल्लो पाँच वर्ष प्रदेश नामाकरण, प्रदेश संरचना निमार्ण, नीति नियम, ऐन कानून निमार्ण गर्दा सकिएको स्पष्ट पारे । थापाले आफुले पाँचवर्ष अघि जितेर गएपनि विकासका योजना ल्याउने मन्त्रालयमा नपर्दा चाहेजति विकास गर्न नसकेकोमा आफु लज्जित भएको बताए । ‘ म यो ठाउँको सांसद भएरपनि तपाईँहरुले चाहेजतिको विकास गर्न सकिन । मेरो अधिकार क्षेत्रले जति दियो त्यतिमात्रै गरे । फेरी मैले मन्त्रालय पनि विकासका योजना ल्याउने खालको पाइन’, उनले भने,‘तपाइंहरुलाई थाहै छ म कानून बनाउने मन्त्रालयमा परे । हाम्रै सरकार हुँदा पनि मैले थोरै मात्रै काम गरे ।’ थापाले काहुँ विकासका लागि आफुले स्थानीयसँग बसेरै गुरुयोजना निमार्ण गरि अघि बढ्ने सुनाए । ‘बजारबाट नजिकै रहेर पनि काहुँ निकै पिछडीएको क्षेत्र हो । मैले यहाँको सबै समस्या बुझेको छु । सबैभन्दा ठूलो समस्या भनेको सडक नै हो । सडक सञ्जाल भयो भने सबैतिर विकास हुन बेर लाग्दैन् । अर्को कुरा सराङकोट भन्दापनि यो बढी रमणीय ठाउँ छ तर पनि विकास हुन सकेन’, उनले थपे, ‘अब काहुँ डाँडा पर्यटकीय गन्तव्यको रुपमा विकास हुन जरुरी छ । सडक मात्रै होइन् तपाईंहरुले भनेझै यहाँ पदमार्गपनि बनाउनुपर्छ ताकी हाइकिङ हाउने गरोस् ।’ थापाले अब आफ्नो ठाउँको लागि पार्टीभन्दा माथि उठेर हेर्नुपर्ने भनाई राखे । थापाले रानी बौरहुँदै जाने सडकलाई अब कृषि सडकको रुपमा विकास गर्ने गरी प्रदेशको रातो किताबमा परेको समेत सुनाए । उनले कृषि सडक अन्तरगत एक करोड रुपैयाँ विनियोजन भइसकेको र अब काम सुरु हुन मात्रै बाकीँ रहेको बताए । उक्त योजनालाई आफु निर्वाचित भएर गएमा बहुवर्षे योजनामा पार्दै स्तरीय कृषि सडकको रुपमा विकास गर्ने बताए । थापाले काहुँमा समेत ठाउँठाउँमा पहिरोको जोखिम भएकाले पहिरो जोखिम नियन्त्रण गर्दै वातावरणीय अनुकुलको विकासलाई बढाउन आजको आवस्यकता रहेको स्पष्ट पारे । ‘विकास निर्माणका लागि योजना लिएर आउन मन्त्रालयको कार्य क्षमताले दिएन । सामाजिक वा अन्य कुनै मन्त्रालय पाएको भएपनि काम गर्ने थिए तर त्यसो हुन सकेन कानुन बनाउने स्थानमा भइयो त्यसैले मेरो अधिकार क्षेत्रमा परेर । मेले भ्याएसम्म गरे ।’, उनले भने ।
पोखरा: आसन्न निर्वाचनको मिति नजिकिंदै जाँदा राप्रपा नेपाल कास्की पनि चुनावी प्रचार–प्रसारमा तिब्रताका साथ लागि परेको छ । पार्टीले पोखराका सबै वडाहरुमा घरदैलो साथै प्रचार सामग्री वितरण गरेको छ । चुनाव चिन्ह ‘तीर’ लिएर चुनावी मैदानमा होमिएको राप्रपा नेपाल कास्कीका उम्मदवारहरु कार्यकर्ताका साथ मतदाताको घरदैलोमा पुगेका हुन् । मत माग्न घरदैलो गरिरहँदा मतदाताबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त भएको राप्रपा नेपालका सह महामन्त्री समेत रहेका उम्मदेवार शिवकुमार बाँस्तोलाले बताएका छन् । ‘सम्वद्र्धनवाद, सुशासन र समृद्धि’ हाम्रा पार्टीको मुलमन्त्र हो, हाम्रो चुनावी नारा पनि यसैमा केन्द्रित छ’–बाँस्तोलाले भने । राप्रपाले कास्कीमा प्रतिनिधी सभातर्फ समानुपातिकमा शिवकुमार बाँस्तोला र इश्वरी बैगारी तथा प्रदेश सभा सदस्यको समानुपातिकतर्फ विरबहादुर तामाङ्ग, इन्द्रकुमार शाही, मधु अधिकारी गुरुङ्ग र प्रेमकान्त तिवारीलाई उम्मेदवारका रुपमा अगाडी सारेको छ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमाले र राप्रपा नेपाल कास्कीका प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेकोमा राप्रपा नेपाल कास्कीले कास्कीको प्रतिनिधी र प्रदेश सभाको उम्मेदवारी फिर्ता गरि निःशर्त रुपमा नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी गराउन सहयोग गर्ने गरि सहमति गरेका छन् । देशको राजनीतिक परिस्थिती, सत्तारुढ दलको अराजनीतिक एवं जनविरोधी गतिविधीका साथै अप्राकृतीक गठबन्धनले मुलुकको लोकतान्त्रमाथिनै प्रश्न चिन्ह खडा भएको महशुस गर्दै राजनीतिक विचार मिलेकाले एमालेसग यस्तो सहमति गरेको राप्रपा नेपालले जनाएको छ ।
पोखरा: कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले पोखरामा सेटलाइट टाउन निर्माणका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् । पोखराको ग्रामिण वडा वा सँगै जोडिएका स्थानमा ग्रेटर पोखराको अवधारणासँग तालमेल गर्न ५ वटा सेटलाइट टाउन निर्माण गर्न पहल गर्ने जनाएको छ । यस्तै फेवाताल संरक्षण सौन्दर्यीकरण परियोजना गर्ने तथा जैविक प्रवद्र्धन परियोजनालाई गठबन्धन उम्मेदवारहरुले प्राथमिकता दिएका छन् । अत्याधुनिक पर्यटक सूचनाकेन्द्र स्थापना र सञ्चालन गर्न पहल गर्ने, पोखरादेखि विभिन्न तालसम्म एअर कनेक्सन गर्न पहल गर्ने बताएको छ । होमस्टे सञ्चालन गरी ग्रामिण पर्यटन हबको कार्यक्रम सञ्चालन गर्ने नीति पनि लिएको छ । यसैगरी भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुलाई सहयोग पुग्ने किसिमको आवास सहकारी कार्यक्रम सञ्चालन गर्ने, रोजगारी दिलाउने एवं जग्गाधनी प्रमाणपत्रपूर्जा दिलाउने प्रतिवद्धता जनाएको छ । गठबन्धनले उद्यमशिलता, पर्यटन, रोजगार तथा मानव संसाधन विकाससहित स्थानीय स्रोत, साधनको अधिकतम परिचालन गरी रोजगारका अवसरहरु सृजना गर्न पहल गर्ने बताएको छ । रेमिट्यान्स परिचालन गरी पर्यटन, कृषि र उद्योग विकासका पूर्वाधार निर्माण गरी उद्यमशिलता प्रवद्र्धन गर्न विप्रेषण सदुपयोग कार्यक्रम सञ्चालन गर्न पहल गर्ने जनाएको छ । दक्ष जनशक्तिलाई स्थानीय स्तरमा परिचालन गर्न विशेष स्वरोजगार कार्यक्रम सञ्चालनको पहल गर्ने पनि उनीहरुको प्राथमिकता छ । युवा स्वरोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन कृषि, पर्यटन र साना व्यावसाय संचालन गर्न आवश्यक सिप, तालिम तथा लगानीमैत्री वातावरण कायम गर्न विशेष योजना ल्याउने प्रतिवद्धता गरिएको छ । हाईकिङ पोईन्ट, दृष्यावलोकन केन्द्र, हरियाली प्रवद्र्धन कार्यक्रम, जैविक विविधता पार्क, बनस्पती उद्यान स्थापना लगायन कार्यक्रम गठबन्धनका उम्मेदवारहरुको प्राथमिकतामा छन् । रोजगारीका लागि सहजीकरण, समन्वय, सञ्जालीकरण, नवपर्वतन र अनलाईन रोजगार बजारजस्ता सेवा प्रदान गर्न मानव संसाधन विकास केन्द्र स्थापना गर्न पहल गर्ने उनीहरुको प्रतिवद्धता छ । कास्कीको निर्वाचन क्षेत्र नं. २ मा आफ्नो चुनावी अभियानका क्रममा उमेदवारहरुले शिक्षा क्षेत्रमा यस्तो काम गर्ने बताएका हुन् । गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं.२ मा प्रतिनिधि सभा सदस्य तर्फ नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल, प्रदेशसभा २ (क) मा नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछाने र प्रदेशसभा २ (ख) मा नेपाली काँग्रेसका विन्दुकुमार थापा उम्मेदवार छन् ।
पोखरा: कास्की १ (ख) का वाम गठबन्धनका साझा उम्मेद्वार दीपक गुरुङ माइलाले आफूले टिकट पाउनु नै तरुण दल र वाइसिएल लगायत गठबन्धनका भातृ संगठनको प्रतिनिधित्व भएको बताएका छन । गुरुङ आफै पनि नेविसंघ हुँदै तरुण दल कास्कीको कार्यवहाक सभापति भएर काम गरेका व्यक्ति हुन । तरुण दलमा उनी वडा, क्षेत्र हुँदै जिल्ला तहमा पुगेका छन भने पार्टीमा महाधिवेशन प्रतिनिधी, महासमिति सदस्य समेत छन । कास्की १ (ख)मा गठबन्धनले कांग्रेसका गुरुङलाई अघि सारेको छ भने (क)मा माओवादीका दीपक कोइराला उमेदवार छन । चुनावी अभियानका क्रममा एक कार्यक्रममा बोल्दै गुरुङले आफूहरुलाई पार्टीले युवाहरुको प्रतिनिधित्वको सम्मान गर्दै उम्मेद्वार बनाएको र यसलाई तरुण दल र वाइसिएलले गर्वका साथ लिनुपर्ने बताए । “तरुण दल, नेपाली कांग्रेस गठबन्धनबाट मैले टिकट पाएको छु । यसलाई अपनत्व लिएर तपाई तरुण साथीहरु जो खटिनुभएको छ । तपाइहरुलाई धन्यवाद ।” उनले भने, “गठबन्धनका अर्का उमेदवार दीपक कोइरालालाई पनि पार्टीले अगाडि बढाएको छ । यसलाई तरुण दल र वाइसिएलले पनि गर्वका साथ लिनुपर्छ ।” पार्टीले दिएको यो स्थानलाई सम्मान गर्दै सबै तरुण दल, वाइसिएल सहित गठबन्धनका सबै दलहरुको भातृ संगठनलाई एकजुट भएर गठबन्धनका उम्मेद्वारलाई जिताउन उनले आग्रह गरे । जीतपछि संसदमा “युथ अफ भोइस” को रुपमा आवाज उठाउने उनले प्रतिबद्धता पनि जनाए । “यो सम्पुर्ण युवाहरुको प्रतिनिधीत्व गरेका छौँ । संसदमा पनि हामीले युवाको आवाज, तरुणको आवाज बोल्दै नीति निर्माण कामहरु गर्नेछौँ ।” उनले भने ।
पोखरा: सर्वसाधारणले लाइसेन्स प्राप्त १ सय ३३ हातहतियार जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार सर्वसाधारणहरुले कास्की प्रहरीलाई बुझाएका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक सुन्दर तिवारीले आसन्न निर्वाचनको सुरक्षालाई लक्षित गरि सर्वसाधारणहरुले घरमा राखेका भरुवा बन्दुक लगायतका हातहतियार बुझाएको बताए । ‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्ने लक्ष्य सरकारको छ’ उनले भने, ‘त्यसैले प्रशासनको सूचना अनुसार जिल्लामा इजाजत प्राप्त हातहतियार सर्वसाधारणले बुझाएका छन् ।’ गएको बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा प्रशासनमा १ सय ३५ हातहतियार सर्वसाधारणले बुझाएका थिए भने अहिले इजाजत प्राप्त गरेका २ जना व्यक्ति नेपाल भन्दा बाहिर भएकाले त्यस हतियार प्रशासनमा ल्याउन सम्पर्क गरिरहेको प्रहरी उपरिक्षक तिवारले बताए । ‘निर्वाचनलाई लक्षित गरेर प्रशासनले सूचना प्रकाशित गरेपछि स्थानीय निर्वाचनमा बुझाएका हतियार धनीलाई निरन्तर सम्पर्क ग¥यौं र अहिले १ सय ३३ वटा हयिार प्रशासनमा बुझाएका छन्’, उनले भने,‘ स्थानीय निर्वाचनमा बुझाएका हतियारधनी देश बाहिर भएकाले प्रशासनमा ल्याउन पहल गरेका छौं ।’ जिल्ला प्रशासन कार्यालय कास्कीले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा निर्वाचनलाई स्वच्त, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न असोज १४ गते इजाजत प्राप्त गरेका हातहयिार बुझाउन जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना प्रकाशित गरेको थियो । प्रशासनले निर्वाचन सम्पन्न भएको एक हप्तापछि इजाजत प्राप्त हातहतियार फिर्ता लैजान सक्ने कानूनी प्रावधान रहेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका नायव सुब्बा शिव खत्रीका अनुसारका कास्कीबाट इजाजत बैधानिक रुपमा घरमा हातहतियार राख्न १ हजार १ सय ३७ जनाले इजाजत लिएका छन् । इजाजत प्राप्त गरेका १ हजार व्यक्तिले किन हतियार बुझाएनन् भन्ने प्रश्नमा नायव सुब्बा खत्रीले भने, ‘सम्बन्धित जिल्ला नभनी जहाँ प्रहरी प्रशासन छ, जहाँ प्रशासन नजिक छ उनीहरुले त्यहाँ नै हतियार बुझाउन सक्ने भएकाले इजाजत बराबरको हतियार बुझाएको तथ्याङ्कसँग नमिलेको हो ।’
पोखरा: आगामी मंसिर ४ गते हुने आम निर्वाचनपछि कास्की क्षेत्र नम्बर ३ का सबै सामुदायिक विद्यालयमा नर्सको व्यवस्था गर्ने ५ दलीय गठबन्धनले घोषणा गरेको छ । बलियो स्वास्थ्यसँगै गुणस्तरीय शिक्षाको लागि भन्दै गठबन्धनका उम्मेदवारहरुले आवश्यक शिक्षक कर्मचारी सहित नर्सको व्यवस्था गर्ने घोषणा गरेका हुन् । कास्की ३ मा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का रामजीप्रसाद बराल , प्रदेश १ मा माओवादी केन्द्रकै दुर्गादत्त भण्डारी र २ मा नेपाली काँग्रेसका प्रकाश बराल चुनावी मैदानमा छन् । यो व्यवस्थाले नर्सिङ् विषय अध्ययन गरेर पनि विदेशिने बाध्यताको न्यूनीकरण हुने गठबन्धनको विश्वास छ । अहिले पनि नेपालका नर्सिङ् अध्ययन गरेर विदेशी मुलुकमा नेपाली नर्सहरु दैनिक विदेशिने बाध्यता छ । यसका साथै विद्यालयहरुको दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिने, आवश्यकता अनुसार सामुदायिक पुस्तकालयहरुको निर्माण गर्ने, प्राविधिक धार अध्यापन गराउने विद्यालयहरुलाई व्यवस्थित गर्ने समेत उम्मेदवारहरुले घोषणा गरेका छन् ।

