पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सव भोलिदेखि सुरु हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही वैशाख ५ गतेसम्म सञ्चालन हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने...

  पोखरा: कास्की क्षेत्र १ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार दिपक गुरुङ माइलाले घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन् । उनले आइतबार पोखरा–१४ मा घरदैलो तथा मतदाता भेटघाट गरेका छन् ।   उनले मतदाताले आफूप्रति सकरात्मक भएको बताए । ‘ए ! दिपक भन्नी हजुर हो ? नयाँ हुनुहुन्छ, भोट गरेर जिताउँछौं भनेर मतदाताले भनेको पाएको छुँ, ’ उनले भने, ‘मतदाताको सकरात्मक र उर्जाशिल भनाइले गर्दा चुनाव जितिसकेको अनभुव भएको छ ।’ उनले जनताको योजना र आवश्यकता आफ्नो प्राथमिकता भएको सुनाए । ‘अब झुटो बोल्ने उम्मेदवारलाई जनताले पत्याउँदैनन्,’ उनले भने, ‘मतदातालाई विभिन्न योजनाहरु देखाउने र प्रभावित पार्न खोज्ने प्रवृतिको अन्त्य हुनपर्छ ।’ अबको बाटो भनेको विकास र समृद्धिको हुँदा मंसिरको निर्वाचनले जनताको मतको कदर गर्ने उनले बताए । विकास र समृद्धि तर्फ प्रदेशलाई अगाडि बढाउने जिम्मा आएको उनले सुनाए । ‘विकास निर्माणको काम गर्दा राजनीतिक पूर्वग्रह राख्नुहुँदैन,’ उनले भने, ‘त्यसैले गठबन्धन विकासको लागि भएको हो विनाशको लागि होइन् । कसैलाई आक्षेप लगाउँदैनौं । सबै जनताले बुझिसकेका छन् ।’ पोखरा–१४ मा घरदैलो गर्दै मतदाताले दिएको सुझावलाई आत्मसाथ गर्दै त्यस क्षेत्रको विकास, निर्माणाम समर्पित हुने गुरुङले प्रण गरे । मुलुकको समग्र विकासमा लागि स्पस्ट नीति, विचार र सिद्धान्त आवश्यक पर्ने उनको भनाइ थियो । विकास निर्माणको खाँका र इच्छाशक्ति पाँच दलीय गठबन्धनको सरकारसँग मात्र रहेको उनको दावी  छ ।   

पोखरा:   पोखरा महानगरपालिकको आर्थिक सहयोग र साइकल सिटी पोखराको आयोजनामा दोस्रो राष्ट्रिय मेयरकप साइकल दौड प्रतियोगिता हुने भएको छ ।  आइतबार साइकल सिटी पोखराले पोखरा महाननगरपालिकाका मेयर धनराज आचार्यले  प्रतियोगिताको झण्डा हस्तातरण गर्दै साइकल दौड प्रतियोगिताको मितिको घोषणा गरेको हो ।  छैठौं टुर दि पोखराका संयोजक राजन गोङ्गजुले पौष ६ गते दोस्रो राष्ट्रिय मेयरकप साइकल दौड प्रतियोगिता पोखराको रानीवनमा बिहान ८ बजे आयोजना हुने बताए ।  महिला पुरुष साइकल दौड प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने प्रतियोगिले क्रमशः३०, २० र १० हजार पुरस्कार प्राप्त गर्नेछन् भने प्रतियोगितामा सहभागिता निशुल्क गरेको छ ।  यस्तै साइकल सिटी पोखराले पौष ७ गते बागलुङ कालिका मन्दिर देखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली हुनेछ । साइकल र्‍यालीमा बागलुङ कालिकाबाट ७ः३० बजे पोखरा प्रस्थान गर्नेछ ।  कार्यक्रम संयोजक गोङ्गजुका अनुसार पौष ९ गते १ हजार ५ साइकलन यात्रीको साथमा पोखराको प्रर्दशनी केन्द्र, नयाँबजार, महेन्द्रपुल, पालिखेचोक, तेर्सापट्टी, नालामुख, विन्ध्यवासिनी, बागबजार, टुडिखेल, हरिचोक, मिरुवा, जिरोकिलोमिटर, सभागृह,बिपि चोक, महेन्द्रपुल, रानीपौवा, सितलादेवी, भद्रकाली क्याम्पस, कुडहर, ३२ केभि, अमरसिँह, कालिकाचोक, रामबजार, बुद्धचोक, पृथ्वीचोक हुँदै प्रर्दशनी केन्द्र नयाँबजारमा आएर र्‍याली सम्पन्न हुनेछ ।  साइकल र्‍यालीसँगै लायन्स क्लब अफ पोखरा ग्रिन हिलको सहकार्यमा रक्तदान र सो साइकल प्रतियोगितासँगै राष्ट्रिय कलकारको सांगितिक कार्यक्रम आयोजना गरिएको राजन गोङ्गजुले जानकारी दिए । साइकल र्‍यालीसहित सांगितिक कार्यक्रममा सञ्चालनमा २५ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ । पोखरालाई नयाँवर्षमा पर्यटकीय राजधानी घोषणा गर्ने तयारीमा छौः मेयर  आचार्य   पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई नयाँ वर्षको अवसरमा पर्यटकीय राजधानी घोषणा गर्ने तयारीमा रहेको बताएका छन् ।    आज (आइतबार) साइकल सिटी पोखराले आयोजना गरेको साइकल दौड प्रतियोगिताको झण्डा हस्तातरण कार्यक्रममा बोल्दै पर्यटकीय राजधानीको रुपमा परिचित पोखरालाई औपचारिक रुपमै घोषणा गर्ने तयारीमा रहेको बताएका हुन् । ‘पोखराको पर्यटकको राजधानी हो’, उनले भने, ‘पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न पोखरा महानपालिका र गण्डकी प्रदेश एकमत छ । नयाँ वर्षको अवसरमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारीमा छौं ।’ पोखरा महानगरका मेयर आचार्यले पर्यटकीय राजधानी घोषणा गरेर मात्र नहुने भएकाले पोखराका सास्कृतिक सम्पदाको प्रचारप्रसारमा लाग्ने बताए । ‘पर्यटन क्षेत्र भनेर मात्र हुँदैन । होटल र रेष्टुरेन्टमा आउने पर्यटकले मात्र पुग्दैन । पर्यटकीय क्षेत्रबाट आम्दानी र रोजगारीका लागि साँस्कृतिक सम्पदा र सँस्कृति संरक्षणमा विशेष ध्यान पुर्याउन आवश्यक छ ।’ उनले भने ।

  पोखरा: पूर्व अन्तरराष्ट्रिय फुटबल खेलाडी बसन्त गौचनले आफ्नो गृह नगर पोखरामा फुटबल एकेडेमी सञ्चालनमा ल्याएका छन् ।  विगत दुई दशक देखि जापानलाई कर्मथलो बनाउदै आएका उनले आफ्नै नाममा खोलेको बसन्त गौचन (बीजी) फुटबल एकेडेमी शनिबार देखि सञ्चालनमा आएको हो ।  ३ महिना अघि एकेडेमीमा प्रशिक्षण दिन सुरु गरे पनि शनिबार यसको औपचारिक उद्घाटन गरिएको थियो । पोखरा महानगरपालिका वडा नम्बर २७ रिठेपानीमा अवस्थित एकेडमी १५ रोपनी जग्गामा फैलिएको छ । दिनको २ सय जनालाई प्रशिक्षण दिन सकिने एकेडेमीको निर्देशकमा एन्फा प्रशिक्षक राजेन्द्र तामाङ, मुख्य प्रशिक्षकमा शम्भु केसी राखिएको छ ।  अखिल नेपाल फुटबल संघका (एन्फा) वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, पोखरा महानगरपालिकाका वडा नं.२७ का अध्यक्ष पूर्णबहादुर गुरुङ, प्रदेश खेलकुद परिषदका सदस्य दिलबहादुर गुरुङ र एकेडमीका अध्यक्ष बसन्त गौचनले एकेडेमीमा प्रशिक्षण लिइरहेका विज्ञान भाग्य भुजेललाई छात्रवृतिका साथै खेलकुद पोशाक प्रदान गरि एकेडेमीको उद्घाटन गरेका थिए ।  मंसिरको तेस्रो साताबाट एन्फाले पनि राजधानीमा ८ देखि १५ वर्षका खेलाडीलाई प्रशिक्षण दिन लागेको जानकारी गराउदैं एन्फा केन्द्रिय उपाध्यक्ष खड्काले बसन्त गौचन एकेडेमीका लागि प्रशिक्षक, खेल सामाग्री सबै सहयोग गर्न नेपाली फुटबलको सर्वोच्च निकाय गर्न तयार रहेको जनाए । पोखरा महानगरपालिकाका वडा नं.२७ का अध्यक्ष गुरुङले बसन्त गौचन फुटबल एकेडेमीका कारण रिठेपानीले आफ्ना पहिचान पाएको जनाए । नेपालको यू १६, यू २३ हुदैं बसन्त गौचन सन् १९९९ मा काठमाडौंमा भएको आठौं दक्षिण एसियाली खेलकुदबाट सुपर स्टार बनेका थिए । त्यसको लगत्तै जापान लागेका उनले जापानको फनरुट्स फुटबल एकेडेमीमा प्रशिक्षण दिदैं आएका छन् । हाल उनले टोकियोकै चोफुओच्का सकर क्लबको युथ टोली सम्हाल्दै आएका छन् ।  अध्यक्ष गौचनले आफुले नेपालबाट उमेर समूह देखि राष्ट्रिय टोलीसम्म खेले पनि युवा फुटबलको वास्तविक अर्थ जापान पुगेपछि मात्र थाहा पाएको बताए । जापानमा ४ वर्ष देखि बच्चालाई प्रशिक्षण दिने र १२ वर्ष देखि एक्सपोज गराउने गरेकाले नेपालमा पनि यो मोडल अपनाउन जरुरी भएको महसुश गरेर एकेडेमी सञ्चालनमा ल्याइएको बताए ।  एकेडेमीका अध्यक्ष गौचनले भविष्यमा फनरुट्ससहित जापानका विभिन्न एकेडेमी तथा जर्मनीको जुगेन्ड फुटबल एकेडेमी, कोलोनसग द्धिपक्षीय सम्बन्ध विस्तारका लागि सम्झौता भइसकेको बताए ।  पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष एवंम पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराईले नेपाली खेलकुदको निराशाका कारण गौचन जापान लाग्नु परेको जनाउदै तर विदेशमा दुखः गरेर उनले स्वदेशको फुटबलमा सहयोग गर्न आएकाले एकेडेमीलाई सबैले मिलेर सहयोग गर्नु पर्ने जनाए । कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्जवल रन्जीत, सहारा क्लब हङकङका अध्यक्ष दीपक गुरुङ, प्रदेश खेलकुद परिषदका सदस्य दिलबहादुर गुरुङले एकेडेमीको सफलताका लागि शुभकामना दिए । निर्देशक राजेन्द्र तामाङले युवा फुटबलमा ठुलो उद्धेश्य राखेर एकेडेमी सञ्चालनमा ल्याएको बताए ।  

पोखरा: गण्डकी प्रदेश सभा सदस्यका लागि कास्की क्षेत्र नम्बर १ (ख) बाट एमाले उम्मेदवार वेदबहादुर गुरुङ ‘श्याम’ले आफू जनताको सेवा गर्नका लागि भरिया बनेर आएको भन्दै आफुलाई जिम्मेवारीको भारी बोकाउन मतदाताहरुलाई आग्रह गरेका छन् ।  उनले जनताको सेवाका लागि राजनीति गरेको बताउँदै जिम्मेवारीको भारी बोकेर जनताको अनुहारमा चमक ल्याउने उल्लेख गरे । शनिवार घरदैलोमा पुगेका श्यामले आफूले जित्दा किसान, मजदुर, महिला, वृद्धवृद्धा, बालबालिका र सबै तप्काका नागरिकहरूको अनुहारमा खुसी ल्याउने उनको भनाई छ । उनले गण्डकीमा पनि पृथ्वी सुव्बा नेतृत्वका सरकारले ३ वर्षमा जनताको पक्षमा र संघीयतालाई बलियो बनाउने आधार निर्माण गरेपनि गठबन्धन नेतृत्वले जनताको पक्षमा काम गर्न नसकेको बताए । ‘गठबन्धन सरकारले २ वटा बजेट ल्यायो । तर, अहिलेसम्म जनताले अनुभूति गर्न सक्ने कुनै पनि काम गर्न सकेको छैन । उल्टो हिजो एमाले नेतृत्वले सुरु गरेका कामका व्याज खाएको छ,’ उनले भने, ‘सरकार भनेको जनताको पक्षमा काम गर्न बन्छ । तर, यो सरकार कार्यकर्तालाई जागिर दिने र सत्तामा कसरी टिक्ने भन्दा अरु ध्यान छैन ।’ आफ्नो निर्वाचन क्षेत्रमा रोजगारी र आम्दानी दिने काम बाँकी रहेकोले चुनावको मैदानमा आएको गुरुङको भनाई छ । ‘युवालाई विदेशिन नपर्ने, यही रोजगारीको सिर्जना गर्नु मेरो पहिलो प्राथमिकता हो,’ गुरुङले भने । ०७४ सालको निर्वाचनमा मादी गाउँपालिकाको अध्यक्ष समेत रहेका गुरुङले पालिका प्रमुख हुँदा सुरु गरेको विकास निर्माणका काम पूरा गर्न पनि आफ्नो उम्मेदवारी रहेको बताए । ‘अवको बाटो भनेकै विकास र समृद्धिको हो ।’ तपाईहरुको मतको खेर जान दिने छैन । अब विकास र समृद्धितर्फ प्रदेशलाई अगाडि बढाउने मेरो उद्देश्य हो,’ उनले भने । निर्वाचन क्षेत्रका जनतालाई आफूले उत्साह दिलाउने गरी काम गर्ने उनको भनाई छ । ‘विकास निर्माणको काम गर्दा राजनीति पुर्वग्रह राख्दिनँ,’ उनले भने, ‘हाम्रो उम्मेदवारी गठबन्धनको विरुद्ध होइन् । यहाँको अशिक्षा र पछौँटेपन अन्त्य गर्न हो । विकास गर्न हो ।’ उनले आफूले गाउँपालिका अध्यक्ष हुँदा कास्कीमा नमुना गाउँपालिकाको रुपमा मादीलाई पु¥याएको र अझै धेरै काम गर्न बाँकी रहेको बताए । ‘मुलुकको विकास कसले गर्न सक्छन् र त्यसैलाई मतदाताले पहिचान गर्नुपर्छ,’ उनले भने । उनले एमाले बाहेकका अरु दलको सिङगल सरकार बन्ने सम्भावना नरहेको उनले बताए । ‘कांग्रेसले गठबन्धनबाट प्रत्यक्षमा करिब ८५ सिट भन्दा पाएको छैन । माओवादीको त्यही ४५÷४६ कति हो । अरु दलको कुरा नगरौं । यसरी गठबन्धनबाट कसैको बहुमतको सरकार बन्ने सम्भावना झिनो आश पनि छैन,’ उनले भने, ‘बहुमतको सरकार बनाउने भनेको एमाले बाहेक अरु दलको सम्भवना छैन । यसैले एमालेलाई भोट दिएर स्थायी सरकार बनाउन तपार्ईंहरुले समानुपातिक र प्रत्यक्षमा भोट दिनुस् ।’ उनले जनतालाई भ्रममा पार्ने झुटा आश्वासन नदिने बताएका छन् । शनिवार मादी ५ को घरदैलो कार्यक्रममा बोल्दै उनले राजनीतिक दल र उनीहरुका उम्मेदवारले गर्दै नगरेका र गर्न नसकिने काम पनि हामीले गरेको हो र गर्छौं भन्ने झुटा दिँदै आएकाले आफूले त्यो नगर्ने बताए । ‘म जे बोल्छु त्यो गर्छु । जे सक्छु त्यो गर्छु । उनले भने, ‘केही उम्मेदवारले जनतालाई दिग्भ्रमित पार्ने गरी भुट्टा आश्वासन बाँडिरहेका छन् ।’ बहुमतको सरकारले मात्र नेपालमा काम गर्न सक्ने श्यामले बताए । उनले आफूलाई देखाएको माया र विश्वासको सम्मान गर्ने बताए । ‘जनताले गरेको यो माया र भरोसा कहिले पनि टुट्न दिने छैन गुरुङले भने, ‘शिक्षादेखि भौतिक पूर्वाधारको विकासमा जनताले महसुस गर्ने गरि काम गर्ने छु ।’  

अन्नपूर्ण:   कास्कीका मुख्य पर्यटकीय गाउँमा पाहुनाको घुइँचो लाग्न थालेको छ । दसैँ–तिहारलगत्तै कास्कीको घान्द्रुक, सिक्लेस, ताङतिङ, धम्पुस, ल्वाङ, घलेललगायत गाउँमा पर्यटकको चहलपहल बढ्न थालेको छ ।    पोखरा घुम्न आएकाहरू आजभोलि पोखरामा मात्र सीमित हुन चाहँदैनन् । उनीहरुको रोजाइ हुने गरेको छ, वरपरका गाउँबस्ती र थुम्का । पोखराको सुविधासम्पन्न होटलमा आरामदायी सुविधा लिएका पर्यटक गाउँसम्म पुगेर त्यहाँको आतिथ्यता र प्राकृतिक सुन्दरतासँग रमाउन थालिसकेका छन् ।    पर्यटकीय गाउँ घान्द्रुकमा दैनिक दुई हजारभन्दा बढी पर्यटक पुग्ने गरेको स्थानीय व्यावसायी अमृत गुरुङले जानकारी दिनुभयो । कोरोनाका समयमा पर्यटकका लागि बन्द रहेको गाउँ गत वर्ष असोज १ गतेदेखि खुला गरिएपछि पाहुना जाने क्रम सुरु भएको उहाँले बताउनुभयो । यो वर्ष झन् थामिनसक्नु पर्यटक घान्द्रुक पुगेको उहाँले जानकारी दिनुभयो ।    उहाँले भन्नुभयो, “शुक्रबार र शनिबार घान्द्रुकका होटल र होमस्टे सबै भरिभराउ भए । त्यसैले घान्द्रुक घुम्न आउँदै हुनुहुन्छ भने पूर्वजानकारी गराएर मात्र आउनुहुन अनुरोध गर्दछु ।” शुक्रबार दुई हजार तीन सयको हाराहारीमा पर्यटक त्यहाँ पुगेको थिए । तीमध्ये दुई हजारले बास भएको उहाँले जानकारी दिनुभयो । बाँकी लगभग तीन सय पहुना बास नपाएर फर्कन बाध्य भएको उहाँले सुनाउनुभयो ।   घान्द्रुकमा पाहुना राख्नका लागि ५० को हाराहारीमा होटल र २० वटा होमस्टे रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिनुभयो । यसमा पाहुना धेरै भएको अवस्थामा १० घर जतिमा व्यवस्थापन गर्न सकिने उहाँले बताउनुभयो । सत्तरी–असी होटल होमस्टेमा एक दिनमा दुई हजारसम्म मात्र पाहुना राख्न सकिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।    कास्कीको अर्को पर्यटकीय गाउँ सिक्लेसमा पनि दैनिक एक हजार पर्यटक पुग्ने गरेको मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिनुभयो । “सिक्लेसमा ५०–६० जनासम्म राख्न सक्ने होटल १५ वटा छन्, दर्ता भएका नभएका गरी २७ होमस्टे छन्”, उहाँले भन्नुभयो, “होटल र होमस्टेमा गरेर दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म राख्न सकिन्छ । यतिबेला सबै प्याक छन् ।” सिक्लेस नजिकैको गाउँ ताङतिङमा पनि उत्तिकै सङ्ख्यामा पर्यटक पुग्ने गरेको गुरुङले बताउनुभयो ।   ग्रामीण क्षेत्रमा हाउसफुल हुँदा पोखरामा भने सोचेजस्तो पर्यटक नभएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिनुभयो । “पछिल्लो समय विदेशीसँगै आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ । यसले व्यवसायीमा आशा त जगाएको छ”, उहाँले भन्नुभयो, “तर हामीले सोचेको जस्तो बढेको चाहिँ होइन । अब यो कतिसम्म जान्छ भन्ने हो । यो क्रम बाह्रैमास भएमा पर्यटन क्षेत्र उकासिन्छ ।” उहाँले पोखरा भित्रने बाटो बन्दै गरेकाले छिटो निर्माण गर्न सरकारलाई आग्रह गर्नुभयो । “बाटो बन्नु भनेको हाम्रा लागि राम्रो कुरा हो तर बाटो बन्दै गर्दा वैकल्पिक बाटो पनि सरकारले बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “यसो भयो भने पर्यटक जाममा नपर्ने गरी समय जोगिन्छ ।”   होटल सङ्घ पोखरा पनि पोखरामा सोचेजस्तो पर्यटक नआएको जनाएको छ । अहिले पोखराको होटेल ‘अकुपेन्सी’ २० देखि ३० प्रतिशत हाराहारी रहेको होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो । “पछिल्ला समय केही आशा जगाएको छ”, उहाँले भन्नुभयोे, “केही होटलमा ५० प्रतिशत जति छ केहीमा १०–२० प्रतिशत, त्यो हिसाबले एभरेजमा २०–२२ प्रतिशत अकुपेन्सी छ ।” नवौँ राष्ट्रिय खेलकुद हुने समयमा ६०/७० प्रतिशत अकुपेन्सीको भए पनि पछिल्लो समय घटेको सुवेदीको भनाइ थियो ।   कोरोनाभन्दा अघि यही समयमा कोठा नपाएर भनसुन गर्नुपर्ने अवस्था रहेको उहाँले विगत सम्झनुभयो । सङ्घसँग आवद्ध चार सय २५ होटल छन् भने उत्तिकै सङ्ख्यामा सङ्घमा आवद्ध नभएका होटल पोखरामा रहेको उहाँले जानकारी दिनुभयो ।

पोखराः   पर्यटकिय क्षेत्र लेकसाइडका युवाहरु आगामी निर्वाचनमा कास्की क्षेत्र नम्वर ३(२) मा राजीव पहारीलाई जिताउन संगठित भएका छन् ।    लेकसाइडलाई अन्र्तराष्ट्रिय पर्यटकिय केन्द्र बनाउन पहारीको जित आवश्यक भएको लेकसाइडका युवाहरुको ठम्याई छ । ‘लेकसाइडको सडकमा खाडलै खाडल थिए, सडकमा पानी जम्दा कायाक समेत गरेर व्याङग्य प्रदर्शन गरे, तर अहिले यहाँ पहारीले सांसद बनेपछि चिल्लो अस्फाल्ट पिच गरे’–हल्लनचोकका शोभित परियारले भने ।   पहारीको कार्यकालमा फेवातालको सौन्दर्यकरणका लागि फुटट्रयाकदेखि लेकसाइडका भित्री बाटोघाटो समेत ढलान पिच भएका छन् । राजीव पहारी लेकसाइडकै स्थानिय भएकाले पनि युवाहरुका सबै खाले समस्या पहारीले नै हल गर्ने बंग्लादीका अर्का युवा सुन्दर पहारीले बताए । ‘उहाँ फेवातालको पानी खाएर हुर्किएको मान्छे हो, यहाँको माटोले खोजेको विकास उहाँलाई नै थाहा छ, त्यसैले आगामी निर्वाचनमा फेरी पनि उहाँलाई नै जिताउन हामी लागि पर्नेछौं’-सुन्दरको भनाई छ ।   ‘कोभिडबाट आक्रान्त पर्यटन व्यवसायलाई उकास्न पनि फेरी पहारीकै जितको खाँचो छ, उहाँले हाम्रो समस्या राम्ररी बुझ्नुभएको छ’ अर्का युवा सन्दीप बरालले भने । यहिबेला लेकसाइडका विभिन्न समुहहरु पहारीको पक्षमा मत माग्न घरदैलोमा छन् । 

पोखराः   देशमा धेरै पटक चुनाव भए । चुनावले कहिले बहुमत र कहिले गठबन्धन, अल्पमतका सरकार बने, गिरे । संसदीय राजनीतिको यो कुरुप पक्षले जनतालाई दिक्क पारेको छ ।    अहिले सत्ता गठबन्धनका दल एकातिर र एमाले एक्लै अर्कातिर भएर चुनावमा भिडेका छन् । यो अवस्थामा जनताले स्थिर, दरिलो सरकार र तीव्र विकासका लागि एमालेलाई नै छान्ने एमाले उम्मेदवार मीना गुरुङ बताउँछिन् ।   कास्की २ (२) मा उम्मेदवार बनेकी उनले मंसिर ४ को चुनावपछि एमालेले प्रदेशहरु र संघमा एकल सरकार बनाउने दावी गरिन् । उनले भनिन्, ‘हाम्रा एजेन्डा, जनताको आर्कषण र अहिलेको माहोलले हाम्रो जित भइसकेको छ । जनताले ५ तिर फर्किएको स्वार्थको गठबन्धन होइन, एमालेको बलियो नेतृत्व चाहेका छन् ।’ गण्डकी प्रदेश सभाकी निवर्तमान सांसद समेत रहेकी उनले अघिल्लो कार्यकालमा सुरु गरी अधुरा रहेका योजना पूरा गर्न पनि आफु दोहोरिन चाहेको उल्लेख गरिन् ।   शनिवार पोखरा ९ मा घरदैलोका क्रममा उनले मतदाताले दिएको सुझावलाई आत्मसाथ गर्दै उक्त क्षेत्रको विकास, निर्माणमा समर्पित हुने प्रण गरिन् । मुलुकको समग्र विकासका लागि स्पष्ट नीति, विचार र सिद्धान्त आवश्यक पर्नेमा जोड दिंदै उनले यसको खाँका र इच्छा शक्ति एमालेसँग मात्र भएको दावी गरिन् ।   उक्त क्षेत्रमा पोखरा महानगरका वडा नं. ४, ८, ९, ११, १६ र २० पर्छन् । पार्टीको उद्देश्य, घोषणापत्र, भावी योजना र कार्यान्वयनमा एमालेभित्र कतै समस्या नभएको उनले जनाइन् । उनले भनिन्–‘हाम्रो एकताको सामना गर्न अरु सबैजसो दल गठबन्धन बनाएर आउनुपरेको छ । म सँगसँगै टिकटको आकांक्षा राख्नुभएका साथीहरु, मेरो क्षेत्रका नेता, कार्यकर्तालाई चुनावी अभियानमा हुनुहुन्छ । हाम्रो एकता र जनताको सदिच्छा नै हाम्रो जितको मुख्य आधार हो ।’

पोखराः   नेकपा एमालेका उम्मेदवार वेद वहादुर गुरुङ श्यामले चुनाव जित्नको लागि अनुचित चन्दा संकलन गरी खर्च नगर्ने घोषणा गरेका छन् ।    नेकपा (एमाले) को तर्फबाट कास्की १ ‘ख’ का प्रदेश सभा सदस्य पदका उम्मेदवार गुरुङले सामाजिक सञ्जाल फेसवुकमा पोष्ट सेयर गर्दै उक्त कुरा व्यक्त गरेका हुन् ।   गुरुङले लेखेका छन् ‘चुनाव जित्नकै लागि म अनुचित चन्दा लिदिनँ र खर्च पनि गर्दिनँ ।’ उनले वर्तमान अवस्थामा अरु नेताहरुले चुनाव जित्न अनेक तिकडम गर्ने बताउँदै आफुले त्यस्तो नगर्ने उल्लेख गरे । पोष्टबारे स्पष्ट पार्दै उनले उनले भने,-‘म आफ्नो योजना सुनाएर जनताको मत जित्न चाहान्छु ।’ उनले अवैध रुपमा चन्दा उठाएर अनि खर्च गर्नु निर्वाचन आचार संहिता विरुद्ध मात्र नभई दीर्घकालिन रुप असर पर्ने बताए ।    चुनाव केन्द्रित प्रचार प्रसार तथा घरदैलो कार्यक्रममा व्यस्त उनले आफ्नो क्षेत्रका स्थानियसँग आफूलाई सुर्य चिन्हमा मत दिएर विजयी बनाउन आग्रह गर्दै आफु निर्वाचित भए गुणस्तर शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, कृषि उत्पादन तथा बजारीकरण, पर्यटन, निशुल्क खानेपानी, व्यवस्थित सार्वजनिक यातायात, फोहोर व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका छन् । साथै गठबन्धन सरकारले कटौती गरेका परियोजनाहरुलाई पुनः बजेट विनियोजन गरी कार्य सम्पन्न गर्ने बताएका छन् ।  

पोखराः   कास्की क्षेत्र नम्बर २ बाट उम्मेद्वार बनेका नेताहरुले पोखराको सुन्दरतामा ध्यान दिने बताएका छन् ।     शनिबार पोखरा १७ घारीपाटनमा पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी अभियानमा कास्की २ का उम्मेदवार श्रीनाथ बरालले पोखराको सौन्दर्यीकरणमा ध्यान दिने बताए ।    कास्की २ भित्र पोखरा महानगरका ११ वटा वडा मात्र पर्ने भएकाले पोखरा सौन्दर्यतामा आफूहरुको विषेश ध्यान जाने उनले सुनाए । ‘पछिल्लो समय पोखरामा भिडभाड बढेको छ । काठमाडौं, बुटवल, र नारायणगढ लगायत शहरबाट पोखरामा गाडीहरु थुप्रने गरेका छन्,’ उनले भने, ‘पोखरामा नयाँ विमानस्थल बनेको अवस्थामा बाईबास रोड बनाउने र पोखरालाई सफा सुन्दर राख्ने कुरामा ध्यान दिनेछौं ।’ पोखराको मुख्य समस्या फोहर व्यवस्थापन रहेकाले ल्याण्डफिल बनाउन पोखरा महानगरलाई सहयोग गर्दै पोखरालाई सफा र सुन्दर राख्ने प्रतिवद्धता जनाए ।    यसबाहेक भूमिहीन दलित, भूमिहीन सुकुुम्वासी र अव्यवस्थीत बासोबासीको समस्या समाधान गर्ने बताए । पोखराका केही क्षेत्र कृषिका लागि योग्य भएकाले पनि कृषिमा आधुनिकीकरणमा ध्यान दिने उनले बताए । स्वरोजगार, तालिम, पर्यटन, साना घरेलु उद्योग, विना भेदभाव विकासका काम लगायतमा ध्यान दिने उनले बताए । यसका लागि मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन उनको आग्रह थियो ।    गठबन्धनबाट कास्की २ (क) का उम्मेदवार विश्व प्रकाश लामिछानेले व्यवस्था परिवर्तन भए अनुसार अबस्था परिवर्तन गर्न गठबन्धनले जित्नुपर्ने बताए ।     यसैका लागि आफूहरु गठबन्धन गरेर आएको उनले बताए । आफ्नो क्षेत्रमा विजयी भएमा स्वास्थ्य र शिक्षासँगै विकास निर्माणका काममा ध्यान दिने उनले प्रतिवद्धता जनाए । ‘अहिले देशका लागि असल नेतृत्वको अहिले आवश्यक परेको छ यसैका लागि हामी गठबन्धन गरेर आएका हौं,’ उनले भने, ‘कास्की २ (क) मा मलाई विजयी गराउनुभयो भने यस क्षेत्रको नमुना बिकास गरेर देखाउने छु । बिजयका लागि मतदान गर्न अनुरोध गर्छु ।’   यसैगरी, कास्की २ (ख) का उम्मेदवार विन्दुकुमार थापाले पोखरा ११ को विकासका लागि गठबन्धनलाई मत दिन आग्रह गरेका छन् ।   शनिबार मतदाताहरु सँगै भेट्दै थापाले गठबन्धनले नै स्थानीयको पिरमर्कालाई बुझ्ने र समाधान गर्ने हुँदा विकासका आयामहरुका लागि मत दिन आग्रह गरेका हुन् ।  ‘पोखरा ११ मा सडक, सिँचाई, सामाजिक भवन, शिक्षा, स्वास्थ्य र रोजगारीका थुप्रै समस्या छन् । जसमा केही काम हिजो पनि गरियो । अब पनि यहाँहरुले निर्वाचित गराउनुभयो भने गठबन्धन सरकारले नै विकास दिनेछ ।’,उनले भने ।    पोखरा ११ को कृषि सडकका लागि आफ्नै पहलमा एक करोड विनियोजन भएको उनले जानकारी गराए । काहुमा नै कृषि सडक राख्ने तयारी आफुले गरिरहेको भनाई उनको छ । बास खोला नियन्त्रण गर्दै बस्ती सुरक्षाका लागि समेत आवश्यक पहलकदमी गरिएको र संरक्षणमा लाग्ने प्रतिबद्धता उनको छ ।