पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सव भोलिदेखि सुरु हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही वैशाख ५ गतेसम्म सञ्चालन हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने...

पोखराः   आगामी मंसिर चार गते हुने आम निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रामजी प्रसाद बराल जीवनले विकास निर्माणका योजना जसले शुरु गरेको हो उसैले सम्पन्न गरे मात्रै दीगो विकास हुने बताएका छन् । पोखरा महानगरपालिका वडा नम्बर ३ का मतदाताहरुसँगको भेटघाटका क्रममा उनले निर्माण सम्पन्न हुन लागेका योजनाहरु पुरा हुन गठबन्धनले जित्नुपर्ने बताए । उनले पोखराको नदीपुरमा रहेको ढललाई व्यवस्थापन गर्न नसक्दा हरेक वर्ष वर्षामा यहाँको क्षेत्र भासिने चर्कने समस्या भएको हुनाले यसलाई विशेष ध्यान दिने प्रतिवद्धता व्यक्त गरे । ‘वर्षा लागेपछि यहाँका जनतामा त्रास उत्पन्न हुन्छ, कतिबेला भासिन्छ भनेर, कतिबेला चर्किन्छ भनेर, यो समस्याको दीगो समाधान हुनु जरुरी छ ।’ उनले भने, ‘अब गठबन्धन सरकारले यसको दीर्घकालीन समाधान गर्छ ।’ उनले आफूले सुरूवात गरेका केही योजनाहरु पूरा गर्नका लागि पनि आफ्नो प्रतिनिधि सभामा उम्मेदवारी दिएको बताए । स्थानीय बासिन्दा उमेश पराजुलीले बरालले नदिपुरको भुगोल चिनेको केही कामको सुरूवात गरेको आधारमा उम्मेदवार बराललाई  मतदान गर्ने स्थानीयले बताए । उनले अबको समय विकासको समय भएकोले झुट्टा आश्वासन बाँड्नेलाई विश्वास नगर्न आम मतदातासँग आग्रह गरे । संविधान सभा सदस्य शारदा पौडेलले संविधान रक्षाको लागि गठबन्धनको जित आवश्यक भएको बताईन् । अबको समय स्थायी शान्ति कायम गरेर सम्बृद्धिको मार्गमा लाग्ने समय भएको बताउँदै पौडेलले देशमा अस्थिरता निम्त्याउनेहरुले फेरी जित्न नहुने तर्क गरिन् । काँग्रेस नेता नारायण उदासले लामो संघर्षपछि आएको लोकतन्त्र मासिने खतरा बढेकोले गठबन्धन गर्नुपरेको बताउँदै शान्ति र सम्बृद्धिका लागि सबै पक्ष एक हुनुपर्ने बताए । निर्वाचन प्रचार प्रसार समितिका सदस्य विष्णु खत्रीले अझै पनि प्रतिगमनले जित्ने हो भने नेपाली जनता सधैं व्यवस्था जोगाउने संघर्षमा समय खर्चिनुपर्ने भएकोले अहिलेनै विचार पुर्याउनुपर्ने बताए । 

पोखराः   धेरै मानिस पहिला समस्या देख्छन्, सम्भावनातिर ध्यान दिँदैनन् । यसका कारण हुन्ः मान्छे नकारात्मक कुरामा रमाउँछ, सम्भावना देखिए पनि मेहनत गर्न र धर्य गर्न चाहँदैन । समस्या राम्ररी सुन्ने, बुझ्ने, योजना बनाउने र कार्यान्वयन गर्नेहरुले समाजको नेतृत्व गर्छन्, राजनीतिको नेतृत्व गर्छन् ।  मंगलबार एमाले नेतृ मीना गुरुङले पोखरा १६ का स्थानीयका समस्या सुनिन्, गुनासा बुझिन् । कास्की २ (२)मा एमालेकी प्रदेश सभाकी उम्मेदवार उनी समानुपातिकबाट निवर्तमान प्रदेशसभा सदस्य भएकाले धेरै कुराबारे जानकारै थिइन् । उनले भनिन्, ‘यहाँहरुका समस्याबारे केही हदमा जानकार छु । यहाँहरुकै सहभागिता र विज्ञको सुझाव अनुसार योजना बनाएर समृद्धिको यात्रा हामीअघि बढाउँछौं ।’ उम्मेदवार गुरुङले गएको कार्यकालमा स्रोतको सीमितता र सरकार परिवर्तनले धेरै काम गर्न नपाएको सुनाइन् । उनले सुन्दर भूगोल र प्रकृति रहेको यो क्षेत्र चाडै समृद्ध र पर्यटनको केन्द्र बन्ने उनले उल्लेख गरिन् । भन्छिन्, ‘एकै पटक सबै काम भइहाल्छन् भन्ने आश्वासन म दिन्नँ तर प्राथमिकीकरण गरेर हामी यसका समस्या सुल्झाउँछौं । सम्भावना खोज्छौं । जनताका माग पूरा गर्न संघ र प्रदेशमा एमालेको सरकार चाहिन्छ ।’ एमाले नेतृत्वमा गण्डकी र संघ सरकार हुँदा दुवैतिर जग राख्नेदेखि राष्ट्रिय महत्वका योजना सुरु भएको उनले उल्लेख गरिन् । ‘बीचमा सरकार ढल्यो, सँगसँगै हाम्रा योजना पनि रोकिए । अबको चुनावपछि हाम्रो सरकार बन्छ तर हामी त्यस्तो खालको पूर्वाग्रही राजनीति गर्दैनौं ।’पार्टीको प्रतिवद्धता र अगाडी सारेका विकासका योजना र नीतिहरु नै जितका आधार भएको उनको भनाई छ । 

पोखराः   नेकपा एमाले कास्की क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मनबहादुर गुरूङले अबको लडाई गरिवी अन्त्य गर्ने लडाइँ रहेको बताएका छन् ।  मंसिर ४ गते हुने निर्वाचन केन्द्रित प्रचारप्रसार कार्यक्रम अन्तर्गत पोखरा २९ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेकपा एमालकोे कास्की जिल्ला अध्यक्ष समेत रहेका उनले देशमा राजनीतिक परिवर्तन आईसकेको र अव विकास र समृद्धिका लागि काम गर्ने बेला भएको उल्लेख गरे ।  तर, केही तत्व प्राप्त उपलब्धिलाई उल्ट्याउने खेलमा रहेको हुँदा जनता सचेत बन्नुपर्ने उनको भनाई छ । ‘राजनीतिक परिवर्तन भयो । अब विकास र समृद्धिका लागि काम गर्न मेरो उम्मेदवारी हो ।’ उनले भने –‘यसका लागि तपाईहरुले सुर्य चिन्हमा मतदान गरेर एमाले उम्मेदवारलाई विजयी गराउनुहुन म अनुरोध गर्दछु ।’  

पोखरा: कास्की क्षेत्र नम्बर २ का भूमिहीन सुकुम्बासीहरुले लालपुर्जा वितरण गर्ने गठबन्धन सरकारका नेताहरुलाई  मत दिन बताएका छन् ।  पोखरा १५ का सुकुम्बासी बस्तीका मतदाताहरुले गठबन्धन कै सरकारका पालामा आफूहरु निस्सा पाएको बताएका थिए । उनीहरुले केही भूमिहीन सुकुम्बासी, भूमिहीन दलितहरुले लालपुर्जा नै पाएको बताउँदै आफूहरुको हितमा काम गर्ने गठबन्धनका उम्मेदवारलाई मत हाल्ने बताए ।  कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको समस्या समाधान आफ्नो प्रतिवद्धता पत्रमै उल्लेख गरिएको जानकारी गराए । उनले सुकुम्बासीका लागि आवास सहकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाए । पोखरा महानगरका ११ वटाका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुलाई सहयोग पुग्ने किसिमको आवास सहकारी कार्यक्रम सञ्चालन गर्ने, रोजगारी दिलाउने एवं जग्गाधनी प्रमाणपत्रपूर्जा दिलाउने उनले बताए ।  यस्तै कास्की १ (क) का उम्मेदवार विश्वप्रकाश लामिछाने संविधानमा लेखिएको मौलिम हक पूरा गर्ने बताए । आफूहरुसँग सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्ने योजना रहेकोकाले गठबन्धनलाई जिताउन उनको आग्रह थियो । गठबन्धनको सरकार बनेको समयमै नै धेरै ठाउँमा सुकुम्बासीलाई निस्सा वितरणको काम सरु गरिएको उनले सम्झिए । निस्सा लिएकाहरुलाई लालपुर्जा प्रदान गर्न पनि अब फेरी गठबन्धनकै उम्मेद्वारले जित्नुपर्ने उनले बताए ।  कास्की २ (ख) का उम्मेदवार विन्दुकुमार थापाले गण्डकी प्रदेशको राजधानी पोखरामा मुटु अस्पताल निर्माणका लागि पहल गर्ने बताए । थापाले आफू विजयी भएमा प्रदेशका लागि विशिष्टकृत अस्पताल र मुटु अस्पताल बनाउन पहल गर्ने उनको भनाई थियो । घरदैलो अभियानमा रहेका थापाले हरेक नागरिकका लागि प्रदेशमै उपचार गराउने व्यवस्था गराउनका लागि आफूले काम गर्ने बताए । ‘गण्डकी प्रदेशको राजधानी पोखरामा प्राथमिकतामा आधारमा विशिष्टकृत अस्पताल र पहिलो चरणमा विशिष्टकृत मुटु अस्पताल निमार्णका लागि महल गर्नेछु’, थापाले भने । 

कास्की:  नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड) ले प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन २०७९ ले अपराध गर्ने जत्था मात्रै तयार गर्ने बताएका छन् ।   बुधबार पोखरामा हुने जनसभालाई सम्बोधन गर्न पोखरा आइपुगेका प्रकाण्डले आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै आसन्न निर्वाचन जनविरोधी भएको बताउदै वहिष्कार गरेको स्पष्ट पारे ।  ‘अहिले हुन लागेको चुनाव भनेको पाँच वर्ष क्राइम गरेका मान्छेहरुलाई सेभ साइड राख्ने र नयाँ क्राइम गर्ने जत्था तयार गर्ने भन्दा अरु केही पनि होइन, उनले भने, ‘यसले राष्ट्रघात, जनघात, कमिशन महिला बेचविखन, सामाजिक असुरक्षा भन्दा केही पनि गर्दैन भत्यसैले यसको कुनै औचित्य छैन भन्ने हाम्रो पहिलो राजनीतिक निष्कर्ष हो ।’    उनले आसन्न निर्वाचन जनघाती भएको बताउदै आम नागरिकले नै वहिष्कार गर्नुपर्ने उल्लेख गरे । ‘यो निर्वाचन जनघाती भएकाले यसलाई जनताले पिसफुल्ली रिजेक्ट गर्नुपर्छ, उनले भने, ‘नत्र यसले के देखिन्छ भने पाँच वर्ष लुट भनेर पठाएको जस्तै हुन्छ ।’   उनले संसद विदेशीको चलखेलको अखडा मात्रै बनेको बताए । ‘नेपालको संसदको हालत एमसिसी पास हुदा देखिइयो, त्यसकारण नेपालको संसद साम्राज्यवादको चाटुकार भन्दा अरु केही भएन । विदेशीको दलाल र अखडा भन्दा अरु केही भएन । त्यसैले हामीले यो चुनावको अर्थ र औचित्य छैन भनेर खारेजीको नीति अगाडि सारेका हौं ।’   नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीको जनसभा भोलि (बुधबार) पृथ्वीचोकमा आयोजना हुने बताइएको छ भने र्याली अमसिँहचौरदेखि सुरु गरिने जिल्ला समिति कास्कीले जनाएको छ ।  

पोखरा: विद्यार्थी बेलाको त्यो समय । बुवा चन्द्रबहादुर थापा भारतीय आर्मीमा थिए । विद्यालय पश्चातको फुर्सतको समय । विन्दुकुमार थापा आफूलाई कहिँ न कहिँ व्यस्त राख्थे । त्यो बेला पोखराले अहिलेको रुप लिइसकेको थिएन । ग्रामीण परिवेश थियो । त्यो सामाजिक परिवेशमा विद्यालय सकेपछि विन्दुकुमार थापा पनि कृषिमा नै जोडिन पुगे । गोठमा गाई भैँसी पालेका थिए । रोपनी जग्गामा कोदो रोप्थे, फसल उत्पादन गर्थे । त्यतिबेलाको समय स्मरण गर्दै विन्दुकुमार थापा भन्छन, “हामी पनि कृषक परिवारबाट आएका हौँ, खेतबारीमा काम गथ्र्यौँ, पसिना बहाउँथ्यौँ ।” बाल्यकालीन ती दिन अहिले विन्दुकुमार थापाको सम्झनामा मात्रै छन । आफ्नै दमले परिचय बदलेका विन्दु आफ्नो संघर्ष भन्न हिचकिचाउँदैनन । कृषि क्षेत्रमा गरेका दुख, बगाएका पसिना उनलाई ताजै छन । प्राथमिक तह, माध्यमिक तहको पढाई सकेपछि उनी आइएल पढ्न पृथ्वीनारायण क्याम्पस भर्ना भए । पछि कानूनमा स्नातक पनि गरे । कलेज पढ्दाताका नै उनी राष्ट्रबैंकको जागिरे जीवनमा प्रवेश गरे । तीन वर्ष अस्थायी जागिरपछि राष्ट्रबैंकमा उनले आफ्नो १८ वर्ष बिताए । १८ वर्ष सेवापश्चात उनी पेन्सन निस्के । पेन्सन निस्किँदा उनको हातमा थियो, १८ लाख रुपैयाँ । त्यही १८ वर्ष राष्ट्रबैंकमा बेचेको युवा उमेर, पसिनाको कमाई थियो, त्यो ।  हातमा पैसा भएपछि पनि त्यसलाई कहाँ प्रयोग गर्ने ? सोचमग्न भए उनी । त्यो १८ लाख र त्यसको सही लगानी, त्यसको प्रतिफल चाहिँ अहिलेका विन्दुकुमार थापा हुन । उनको नाम एउटा छ, परिचय चाहिँ अनेकौँ । धनाढ्य विन्दु, व्यवसायी विन्दु, समाजसेवी विन्दु, नेता विन्दु, गण्डकीका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दु । यी अनेकौँ परिचय बनाउन उनले गरेका संघर्षका अनेकौँ परिचय छन । जागिरे जीवन होस वा व्यवसाय, चाहे राजनीति । उनी बद्नाम भएनन । त्यसकारण उनले अर्को नाम पाएका छन, ‘निष्कलंक विन्दु ।’ उनै निष्कलंक विन्दु व्यवसायपश्चात थालेको राजनीतिक यात्राको दोश्रो जीतको लागि जनतालाई भेटेका छन, मतदातासामु पुगेका छन । विन्दु नै यस्ता भाग्यमानी उमेदवार हुन, जसको निर्वाचन क्षेत्र कास्क २ (ख) पोखरा महानगरपालिकाको बजारक्षेभित्र पर्छ, अर्कातर्फ उनको पहिचानका कारण सबै मतदाताले राम्रोसँग चिनेका छन । सहजता, उनको अर्को विशेषता हो । मन्त्रालय होस वा घर, विन्दुकुमार थापाको घरमा आम मानिसलाई जान कुनै रोकतोक छैन । उनी मतदातालाई चुनावको समयमा मात्रै होइन, अघिपछि पनि सहजरुपमा सुन्छन र उनीहरुका समस्या समाधानको प्रयत्न गर्छन । राजनीति गरे, चुनाव जिते तर, आफूले पाउने सेवासुविधा सबै जनताको काममा खर्चिएका कारण समाजसेवीको छवि बनाएका विन्दुलाई त्यही कारण दोश्रोपटक पार्टीले विश्वास गरेर अघि सारेको छ । प्रतिकूलताका बिच ०७४ को प्रदेश तथा प्रतिनिधीसभा निर्वाचनमा कास्की जिल्लाका अन्य सबै क्षेत्र नै वाम गठबन्धनले कब्जा गर्दा प्रदेश राजधानी पोखरामा कास्की २(ख) बाट चुनाव जितेर उनले पार्टीको साख जोगाइदिएका थिए । विगतको तुलनामा अहिले गठबन्धनको सहयोग उनलाई छ । पाँचदलीय गठबन्धनका साझा उमेदवार बन्दै गर्दा उनी दोश्रोपटक प्रदेशसभामा पुग्न प्रयासरत छन । राजनीतिमा आउनुअघि विन्दु व्यवसायमा व्यस्त थिए । देशकै पुरानो उद्योगी व्यवसायीको संस्था उद्योग वाणिज्य संघ पोखरालाई उनले २०७२ मा नेतृत्व गरे ।  थापा वि.सं. २०५० सालमा नेपाल राष्ट्र बैंक स्टाफ संघको सदस्य, नेपाल अटोमोबाइल डिलर्स एशोसियसन नाडा उपाध्यक्ष (२००८ देखि १०१० ), नेपाल रसिया च्याम्बर अफर कमर्स गण्डकीको अध्यक्ष (२०१२ देखि २०१६), सल्लाहकार पश्चिमाण्चल अटोमोबाइल डिलर्स एशोसियसन (२००५ देखि २०१६), सल्लाहकार गण्डकी ल्याण्ड एण्ड हाउजिङ एशोसियसन (२००२ देखि २०१६) संस्थामा आबद्ध भएका थिए । उद्योग वाणिज्य संघको कार्यकाल पश्चात नै विन्दु थापा राजनीतिमा सक्रिय भएका हुन । पहिलो कार्यकाल, पहिलो अभ्यास र पहिलो निर्वाचनबाट चुनाव जित्दै उनले आफ्नो पाँच वर्ष सफल तुल्याए नै यस अवधीमा उनी उदाहरणीय सांसद, मन्त्री नै बन्न पुगे । उदाहरणीय यस अर्थमा कि, पाँच वर्षमा उनले आफ्नो सेवासुविधाबाट पाउने रकममा व्यक्तिगत खर्च थपेरै ५८ लाख ३० हजार रुपैयाँ सामाजिक क्षेत्रमा खर्च गरे । ‘राजनीतिलाई सेवा गर्ने माध्यम’ नीति लिएर उनले पाँचवर्षमा सांसद भएबापत ४० लाख ७१ हजार रुपैयाँ पारिश्रमिकमा १८ लाख ३० हजार व्यक्तिगत रुपमा थप गरि जनसेवामा खर्च गरेका थिए । पहिलो पाँच वर्षमा गण्डकीले ६१ वटा कानून बनाउँदा विन्दुकुमार थापा बहालवाला कानूनमन्त्री छन । प्रदेश नं. ४ लाई गण्डकी र अस्थायी राजधानी पोखरालाई स्थायी बनाउने प्रक्रियाको नेतृत्व मन्त्री हुनुपूर्व उनै थापाले गरे । प्रदेशका ११ वटै जिल्लामा पुगेर, जनतादेखि संस्थागत राय सुझाव लिएर थापा नेतृत्वको ‘प्रदेश नामांकन तथा स्थायी राजधानी’ को लागि गठित विशेष उपसमितिले बुझाएको प्रतिवेदनकै आधारमा गण्डकी प्रदेशसभाले नाम ‘गण्डकी’ र राजधानी ‘पोखरा’ तोक्न सफल रह्यो । प्रदेशको नामाकरण र राजधानी जस्तो ऐतिहासिक अनि संवेदनशील कामको नेतृत्व गरि त्यसलाई टुंगोमा पु¥याउन उनले भूमिका खेले । राजनीतिको दोश्रो अध्यायमा थापा पाँच वर्ष कार्यकाल सकिँदै गर्दा आसन्न प्रदेशसभामा सोही क्षेत्रबाट उमेदवार बनेका छन थापा । चुनावपछि विगतको कार्यकाल झैँ आफूले पाउने सेवासुविधा व्यक्तिगत काममा खर्च नगरी समाजसेवामा नै निरन्तरता दिने उनले प्रतिबद्धता जनाइसकेका छन ।  लोकतान्त्रिक बाम गठबन्धनका साझा उमेदवार बनेका थापाका २६ प्रतिबद्धताहरु: १.प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि सुशासन र पारदर्शिताको मूल मन्त्रलाई अंगीकार गर्दै भ्रष्टाचारमुक्त तथा जनमैत्री जनप्रतिनिधिको रुपमा अघिल्लो कार्यकालजस्तै तपाईंहरुसँग सधैं नजिक रहेर आफ्नो कार्यसम्पादन गर्ने कुरामा मेरो मुख्य ध्यान रहनेछ । समग्र गण्डकी प्रदेशकै विकासका लागि गुरुयोजना तयार पार्न तथा कार्यान्वयन गर्न मेरो सिर्जनशील भूमिका रहनेछ । २.दलीय गठबन्धनबाट उम्मेदवार रहेको म गठबन्धनका अरु दलहरुसँगको सहकार्यलाई आत्मसात गर्दै नेपाली काँग्रेसको एक जिम्मेवार सदस्यका हिसाबले प्रदेश सभा निर्वाचन २०७९ का लागि नेपाली काँग्रेसले तयार पारेको संकल्पप्रति पूर्ण प्रतिबद्ध रही स्थानीय आवश्यकताका आधारमा एक जिम्मेवार जन–प्रतिनिधिको हैसियतमा आफ्नो क्षेत्रको समृद्धि र विकासका नीति निर्माण गर्न थप निम्न बुँदाहरुमा म प्रतिबद्ध छु । ३.अघिल्लो कार्यकाल जस्तै यस कार्यकालमा पनि प्रदेश सभा सदस्यको रुपमा मलाई प्राप्त हुने सम्पूर्ण तलब तथा सेवा सुविधाहरु यसै क्षेत्रको विकासका लागि विभिन्न सामाजिक कार्यमा खर्च गर्नेछु। सदाझै सुशासन, पारदर्शिता र भ्रष्टाचारमा शून्य सहनशीलता प्रमुख मन्त्र रहनेछ । ४.समृद्ध प्रदेशको आधार, उर्जा, कृषि, उद्यमशीलता, पर्यटन र पूर्वाधार रणनीतिलाई आत्मसात गर्नेछु । ५.कोरला नाकादेखि गण्डकी प्रदेशको नवलपुरबाट भारतको सीमासम्म जोडिने मोटरबाटोलाई उच्च प्राथमिकतामा राखी चीन र भारत दुबै बिचको व्यापारिक सेतुका रुपमा तथा दुबै देशका पर्यटकलाई भित्राउन सजिलो हुने र गण्डकी प्रदेशले फाइदा लिने गरी स्थलमार्ग निर्माण गर्न पहल गर्नेछु । ६.गण्डकी प्रदेशमा लगभग १२००० मेगावाट बिजुली उत्पादनको संभावना रहेपनि हालसम्म लगभग साढे ६ सय मेगावाट मात्रै उत्पादन भइरहेकोमा गण्डकी प्रदेशलाई जलविद्युत उत्पादनको केन्द्र बनाउने योजनासहित यस क्षेत्रमा भएका जलप्रवाहलाई उच्चतम रुपमा सदुपयोग तथा सौर्य उर्जा र उपल्लो हिमाली भेगमा वायुऊर्जा उत्पादन गर्नका निमित्त आवश्यक नीति निर्माणमा जोड दिन पहल गर्नेछु । ७.समग्र प्रदेशको एकीकृत पर्यटन विकासका लागि बृहत्तर पोखरा (ग्रेटर पोखरा) को अवधारणा राख्दै त्रिवेणीधामदेखि मुक्तिनाथसम्म विभिन्न जिल्लामा पर्ने धार्मिकस्थलहरुलाई जोड्ने गरी धार्मिक पर्यटनका लागि रुट निर्माण र त्यसका लागि आवश्यक पूर्वाधार तयार गर्न पहल गर्नेछु । ८.केवल प्राकृतिक पर्यटनमा भर परिरहँदा गण्डकी प्रदेशको पर्यटन मौसमी मात्रै रहेकाले अब मानवनिर्मित पर्यटकीय आर्कषणका केन्द्र थप गरी तथा सांस्कृतिक पर्यटनलाई समेत प्रवद्र्धन गरी सबै मौसम पर्यटकीय मौसमका रुपमा विकास गर्न योजना अगाडि बढाउनेछु । ९.निजी क्षेत्रसँगको सहकार्यमा होटल पूर्वाधार र जनशक्तिको विकास एवं गन्तव्यहरूको प्रवद्र्धन गर्न योजना अगाडि सार्नेछु। पश्चिमी राष्ट्रहरू र मध्यम वर्गीय जनघनत्व भएका उदीयमान एसियाली राष्ट्रहरूबाट पर्यटकहरू भित्राउन व्यापक बजारीकरण गरिनेछ । १०.सरकारी र सार्वजनिक नयाँ पूर्वाधारको निर्माण गर्दा स्थानीय पहिचान झल्किने र पर्यटकका लागि आकर्षण बन्न सक्ने परम्परागत संस्कृतिलाई कलात्मक रुपमा सौन्र्दयकरणका निम्ति जोड दिनेछु । ११.गण्डकी प्रदेशमा बाह्य लगानी भित्राउन र पर्यटनको प्रचुर विकास गर्न लगानी सम्मेलन गरिनेछ । १२.गण्डकी प्रदेशको राजधानी पोखराको मुख्य बजार र वरपरका क्षेत्रलाई समेटने गरी चक्रपथको निर्माणका लागि पहल गर्नेछु । १३.गण्डकी प्रदेशको राजधानी पोखरामा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण गर्न योजनालाई मूर्त रुप दिन कार्यतर्फ अगाडि बढ्नेछु । १४.परम्परागत शैलीमा निर्माण भएका घरहरुको संरक्षण तथा त्यस्तै शैलीमा नयाँ घर निर्माण गर्न खोज्नेहरुका लागि घरकर तथा अन्य सहुलियत दिएर प्रोत्साहन गर्न पहल कदमी लिनेछु । १५.कृषिको व्यवसायिकरण गर्न गण्डकी प्रदेशस्थित सहर वरिपरि कृषि पकेट क्षेत्रको पहिचान गरी आधुनिक कृषि प्रणाली अवलम्बनका निमित्त कार्ययोजना अगाडि बढाउनेछु । १६.कृषिलाई प्रत्यक्ष रुपमा रोजगारीसँग जोडेर यूवाहरुको क्षमताको उपभोग र उत्पादनशीलता बढाउन आर्कषक योजना ल्याइनेछ । १७.लेखनाथमा निर्माण गर्ने भनिएको बसपार्कलाई अत्याधुनिक रुपमा तत्काल निर्माण गर्न सम्बन्धित निकायसँग समन्वय गर्नेछु । १८.दक्ष जनशक्तिलाई नेपालमै अवसर सिर्जना गर्न उद्यमशीलता कार्यक्रमलाई प्रश्रय दिँदै बिज लगानीको अवधारणा अगाडि सार्ने तथा बाह्य लगानी भित्राउने, आन्तरिक पुँजीको समुचित उपयोग र औद्योगीकरणको विकासमा मेरो ध्यान रहनेछ । १९.महिलाहरुको उद्यमशीलता बढाउन प्रत्येक प्रदेशमा महिला उद्यमशीलता केन्द्रको स्थापना गरी नगरपालिका र गाउँपालिकाहरुमा लघुउद्यम र व्यवसायिक तालिमलाई जोड दिइनेछ । २०.कतिपय भूमिहीन नागरिकले जग्गाको निस्सा प्राप्त गरिसक्नुभएको र बाँकी रहेको भूमिहीनहरुको व्यवस्थित बसोवासका लागि सम्बन्धित निकाय समक्ष समन्वय गर्नेछु । २१.गण्डकी प्रदेशलाई अन्तर्राष्ट्रिय खेलकुद केन्द्रको रुपमा विकास गर्न सोहीअनुसार पूर्वाधारहरु निर्माणका लागि पहल गर्नेछु । हाई अल्टिच्युड खेलकुद मैदान र स्टेडियम निर्माणमा जोड दिनेछु । २२.गण्डकी प्रदेशका विविध जातजाति र धार्मिक आस्थाका धार्मिक एवं सांस्कृतिक सम्पदाहरुको संरक्षण र स्तरोन्नति गर्नका लागि योजना अगाडि बढाउनेछु । २३.विकराल समस्याका रुपमा रहेको वैदेशिक पलायनलाई रोक्नका लागि प्रत्येक जिल्लामा नमुना शिक्षण संस्थाको स्थापना गरी व्यवसायिक र प्राविधिक शिक्षालाई जोड दिनेछु । २४.यस कार्यकालमा निर्माणको अन्तिम चरणमा रहेको मिडिया विधेयक प्रेस स्वतन्त्रतामैत्री बनाई श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने व्यवस्थातर्फ पहलकदमी गर्नेछु । २५.गण्डकी प्रदेशको राजधानी पोखरामा प्राथमिकताका आधारमा विशिष्टकृत अस्पताल र पहिलो चरणमा विशिष्टकृत मुटु अस्पताल निर्माणको पहल गर्नेछु । २६.सरकारी कार्यालयबाट प्राप्त हुने सेवालाई प्रदेशको हक र अधिकारले भ्याएसम्म यहिबाट र संघसँग समन्वय गर्नुपर्ने ठाउँमा समन्वय गरि डिजिटल गण्डकी प्रदेशको निर्माणमा लाग्नेछु । प्रदेश सभा सदस्य र गण्डकी प्रदेश सरकारको मन्त्रीका रुपमा समेत मेरो अघिल्लो कार्यकाल पूर्ण विवादरहित र सफल रहेको आमजनमानसको मूल्यांकनले मलाई थप हौस्याएको छ। संसदीय व्यवस्था र प्रदेश तहमा नेतृत्व प्रमाणित गरिसकेकाले हालसम्म मैले आर्जन गरेको अनुभव र सफलताको उर्जालाई र संघीयताको जग सफलतापूर्वक राखिसकेर अबको कार्यकाल गण्डकी प्रदेशको समृद्धिमा लगाउने दृढ इच्छा भएको मलाई ५ दलीय गठबन्धनका तर्फबाट जनताको प्यारो पार्टी नेपाली कांग्रेसले मलाई पुनः उम्मेदवार बनाएको छ । राजनीतिलाई फोहोरी खेलको रुपमा बुझेका आमजनताको राजनीतिप्रतिको वितृष्णा कार तुल्याउनु आजको चुनौती हो र मेरो उम्मेदवारी त्यही जिम्मेवारी बोधका साथ आएको हो। आउनुहोस्, गण्डकी प्रदेश र कास्की २ (ख) को निर्माणमा हातेमालो गरौँ । 

पोखरा:  कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले पोखरालाई खेलकुदको राजधानी बनाउने प्रतिवद्धता जनाएका छन् ।  खेल पर्यटनको माध्यमबाट पोखरालाई खेलकुदको राजधानी शहरको रुपमा विकास गर्न पहल गर्दै अन्तराष्ट्रिय क्रिकेट मैदान सम्पन्न गर्ने बताएको छ । साथै मौजाको हाई अल्टिट्युड खेल मैदान सम्पन्न गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरको छ ।  खेलसँगै उनीहरुले प्रतिवद्धता पत्रमा पोखरा अन्तराराष्ट्रिय विमानस्थल संचालन भएपश्चात हाल संचालनमा रहेको विमानस्थलमा अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र एंव अन्तराष्ट्रिय स्तरको बोटानिकल गार्डेन निर्माण एंव फ्लाईङ स्कुल जस्ता परियोजना संचालन गर्न तत्काल डिपिआर तयार गरि कामको थालनी गर्ने जनाएको छ ।  पोखरा ल्याण्डफिल्ड साईडलाई व्यवस्थापन गरी निर्माणको अन्तिम अवस्थामा रहेको पोखरा अन्तराष्ट्रिय विमानस्थललाई यथाशक्य छिटो संचालन गर्न विशेष पहल गरिन उनीहरुले प्रतिवद्धता जनाएका छन् । पृथ्वीचोकमा सिटी बसपार्क, लामेआहालमा आधुनिक बसपार्क र छोरेपाटन एंव हेमजामा इन्ट्रान्स बसपार्क बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।  यस्तै पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग तथा पोखरा बाग्लुङ राजमार्गको स्तरोन्नती गरी प्रभावितलाई उचित मुआब्जा दिलाउन पहल गर्नुका साथै पुष्पलाल मध्येपहाडी लोकमार्ग एंव कोरोला जोमसोम देखी त्रिवेणी भैसालोटन सम्मको निर्माणाधिन लोकमार्गलाई छिटो सम्पन्न गर्न पहल गर्ने बताएका छन् । केरुङ पोखरा लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन गरी डिपिआर बनाई निर्माण कार्य गर्नका लागि सम्बन्धित निकायमा पहल गर्ने र काठमाण्डौ–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक बनाउन पहल उनीहरुले प्रतिवद्धता जनाएका छन् । पोखरा क्षेत्रमा चक्रपथ निर्माण एंव बाहिरी चक्रपथको अध्ययन सुरु गर्न पहल गरिने उल्लेख छ ।  भरतपोखरी, निर्मलपोखरी, कृस्ती हुदैँ कुभिन्डेसम्मको वैकल्पिक राजमार्ग सक्न पहल गर्ने र ट्राफिक व्यवस्थापनको लागि बहुआयामिक सुविधासम्पन्न पार्किङ स्थल निर्माण, निजी साझेदारीमा बेसमेन्ट पार्किङ संचलन गर्ने महानगरिय योजनालाई सहयोग गर्ने घोषणा पत्रमा उल्लेख छ ।  खानेपानी प्रणालीलाई बहुसरोकारवाला परियोजना मार्फत व्यवस्थित गरी सबै गाउँ बस्ती र नागरिकसम्म प्रर्याप्त र गुणस्तरिय खानेपानीको सहज पहुँच पुर्याइने छ । 

पोखरा:  पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की क्षेत्र १ (ख) का दिपक गुरुङले ‘माइला’ ले अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने र भूमिहीन सुकुम्बासीलाई लालपूर्जा उपलब्ध गराउने बताएका छन् । मंगलबार पोखरा–१४ मा मतदाता भेटघाट कार्यक्रम र घरदैलो कार्यक्रममा उनले सुकुम्बासीका समाधान गर्ने बताए । ‘सुकुम्बासीका समस्या अध्ययन गरेर स्थायी रुपमै ती समस्या समाधान गर्नेछु,’ उनले भने, ‘पहिला हजुरले प्रदेश सांसद बनाएर पठाउनुहोस् ।’ उनले जनताको सेवाका लागि राजनीतिमा आएको सुनाउँदै जिम्मेवारी वहन गर्ने आतुर रहेको बताए । ‘जनतालाई खुशी र सुखी बनाउनेछु,’ उनले भने, ‘स्वार्थको राजनीति गर्नु छैन मलाई । जनताले आसपास रहेर काम गर्नेछु ।’ उनले राजनीतिक पहिचान बनाउने गरी काम गर्ने प्रतिवद्वता गरेका छन् । गुरुङले मतदाताले गर्व अनुभुति गर्ने गरी आफूले काम गर्ने उल्लेख गरे । उनले राजनीतिमा अनुशासन, मर्यादा र शुद्वता आवश्यक रहेको जनाउँदै वर्तमान शिक्षा व्यवस्थामा परिवर्तन गरी शिक्षालाई उद्यमशीलतासँग जोड्नुपर्ने विचार राखे । कृषि, पर्यटन, शिक्षा, बेरोजगारीको अन्त्य र आयात प्रतिस्थापन गर्ने योजना र नीति बनाउन भूमिका निर्वाह गर्ने उनको भनाइ छ । ‘सामुदायिक विद्यालयलाई नीजि विद्यालयको सरहको सुविधा दिइनेछ,’ उनले भने, ‘जनसंख्या, भूगोल र आवश्यकताका आधारमा आवासीय विद्यालय सञ्चालनको पहल गर्नेछु ।’ वर्तमान बजारले खोजका जनशक्ति उत्पादनमा शिक्षण संस्थालाई सिकाई केन्द्रका रुपमा विकास गर्ने उनले सुनाए । ‘सामुदायिक विद्यालयमा न्यूनतम तहको प्राविधिक पढाईका लागि पहल गर्नेछु,’ उनले भने ।   

पोखरा:   मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकीका अर्का मन्त्रीपनि बर्खास्त गरेका छन् ।   उनले मंगलबार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्री कुमार खड्कालाई हटाएका हुन् ।   कांग्रेसबाट समानुपातिक सांसद बनेर मन्त्री बनेका खड्कालाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको 'ग्रिन सिग्नल' मिलेपछि मुख्यमन्त्रीले हटाएकाे बताइएकाे छ ।   स्रोतका अनुसार मुख्यमन्त्री र कांग्रेस पार्टी तथा उमेदवारलाई 'असहयोग गरेपछि' उनलाई हटाइएको हो ।  यसअगाडि बर्खास्तीमा परेका हरिशरण आचार्यलाई चाहिँ प्रचण्डलाई असहयोग गरेको भन्दै हटाइएको थियो ।